राष्ट्रिय

    Showing ६०१-६१० of १,०५१ items.
  • बालुवाटारमा सीतालाई श्रद्धाञ्जली अर्पण गर्न कलाकार, मन्त्रीदेखि कुटनीतिज्ञसम्म पुगे, शोकमग्न प्रचण्ड परिवार (तस्बिरहरू)

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले बुधबार निधन भएकी सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका हुन्। साथै उनीहरूले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसअघि आज बिहान प्रधानमन्त्री प्रचण्डले सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गरे। नेकपा (माओवादी केन्द्र)का नेताहरू पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, ओनसरी घर्तीलगायतले श्रद्धाञ्जलि अर्प

    • प्रकाशित मितिः असार २८, २०८०
    • ५२७ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा खानेपानी कार्यालयका सुरक्षा गार्डको हत्या

    सिरहा । सिरहाको साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको घाँटी रेटी हत्या भएको छ । मिर्चैयास्थित खानेपानीको कार्यालयमा ८ महिनादेखि कार्यरत सोही नगरपालिका–८ का किशोरी रायको हत्या भएको हो । सोमबार बिहान संस्थाका सचिव डिकाराम पोखरेल कार्यालय पुग्दा रायलाई रगताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा उनको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । रातिको समय ड्युटीमा रहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जनाए । 

    • प्रकाशित मितिः असार ११, २०८०
    • ६०५ पटक पढिएको
    • समृद्धिपथ
  • आइतबार स्थानीय तहले बजेट सार्वजनिक गर्दै

    काठमाडौं ।  सबै स्थानीय तहले भोलि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छन् ।  ७ सय ५३ स्थानीय तहले आर्थिक वर्ष २०८०, ०८१ का लागि आइतबार बजेट प्रस्तत गर्न लागेका हुन् । स्थानीय तहले हरेक  वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्यय–बजेटको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा यसबारे उल्लेख गरिएको छ ।  महानगरसहितका केही स्थानीय तहले आगामी आव २०८०र८१ का लागि शनिवारसम्म १०  स्थानीय तहले बजेट पेश गरिसकेका छन् । कू

    • प्रकाशित मितिः असार ९, २०८०
    • ६४० पटक पढिएको
    • समृद्धिपथ
  • पत्रकार महासंघ सिरहा शाखा विघटन गरी तदर्थ समिति गठनको मांग

    सिरहा । सिरहाका नेपाल प्रेस युनियन, प्रेस चौधरी नेपाल र प्रेस सेन्टरले संयुक्र रुपमा प्रेस विज्ञप्ती जारी गरी नेपाल पत्रकार महासंघ सिरहा शाखा विघटन गरी तदर्थ समिति गठन गर्नु पर्ने मांग गरेका छन् । नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकार शुद्धिकरणको नाममा गरेको विभेदकारी रबैया प्रति असन्तुष्ट हुँदै यस्तो माग गरेका हुन् । महासंघ सिरहा शाखाको स्थापनादेखि हालसम्म क्रियाशील रहेका अग्रज पत्रकारसहित अन्य क्रियाशील पत्रकारहरुको सदस्यता विभिन्न बहानामा नविकरण नगर्न सिफारिस गरिएको छ । तर, विगत १० दश वर्षदेखि सक्रिय पत्रकारिता नगर्ने, विभिन्न विद्यालय तथा क्याम्पसमा शिक्षण गर्ने, विभिन्न सरकारी तथा ग

    • प्रकाशित मितिः असार ७, २०८०
    • ५५५ पटक पढिएको
    • समृद्धिपथ
  • पहिचानको लागि लडिरहेको छु: रेशम थारु

    जिवछ उदासी  लहान,असार ७ गते ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी (थारु) ले पहिचान स्थापनाको लागि लडाइ लडि रहेको बताउनु भएको छ । लहानको नयाँ बसपार्क सिङग्राहीमा आयोजित भेलालाई सम्बोधन गर्दै संरक्षक थारुले यस्तो बताउनु भएको हो ।  संकृति भाषा र थारु पहिचानको लागि थारुवान प्रदेश हुनुपर्छ माग राखेर आन्दोलन गर्दा आठ वर्ष जेल जीवन बिताउनु परयो भन्दै कर्णाली नदीको नाम,पहिलेको अञ्चलको नाम र अहिले प्रदेशको नाम यस्तै कोशी नदी अञ्चल र प्रदेशको नाम राख्न मिल्ने तर मगर थारु लिम्बु लगायत शोषणमा परेका धर्ती पुत्रहरु थारुवान,लिम्बुवान र मगराँतको माग गर्दा जातीय राज्य भयो भनेर गलत प

    • प्रकाशित मितिः असार ७, २०८०
    • ६५० पटक पढिएको
    • समृद्धिपथ
  • पाँच वर्षमा नमूना विद्यालय बनाई छाडने प्रअ दासको प्रतिवद्धता

    जीवछ उदासी, लहान नगरपालिकाको शहरी क्षेत्रबाट प्राँच किलोमिटर दक्षिण ग्रामीण भेगमा रहेको जनता माध्यमिक विद्यालय सोनमति गढालाई लहान नगरपालिकाबाट सहयोग भइरहे पाँच वर्षमा मधेश प्रदेशकै नमूना विद्यालय बनाइ छाडने प्रधानाध्याक अरबिन्द कुमार दासले दृढता व्यक्त गर्नु भएको छ । २०५६ सालमा तत्कालिन गाउँ विकास समिति सोनमति गढा हाल लहान नगरपालिका –१९ र तत्कालिन गाउँ विकास समिति गढा हाल लहान नगरपालिका २३ मिलेर कक्षा सात सम्म सञ्चालित विद्यालयलाई माध्यमिक तहको विद्यालयमा स्रोन्नति गरेको थियो । माध्यमिक विद्यालय सञ्चालनको लागि सोमति गाँउ विकास समितिका अध्यक्ष बेचन यादव र गढा गाउँ विकास समसतका अध्यक्ष क

    • प्रकाशित मितिः असार ६, २०८०
    • ९१६ पटक पढिएको
    • समृद्धिपथ
  • भगवानपुरको समृद्धि र विकासका लागि दृढ छौ : अध्यक्ष उग्रनारायण यादव

    फिरोज सिद्दिकी, लहान । भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यदवले पालिकाको समृद्धि र विकासका लागि दृढ रहेको बताउनु भएको छ । पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष यादवले आर्थिक वर्ष २०७९/८० को बजेटले विकासको लिक ओछयाई सकेको छ । अगामी आर्थिक वर्षमा गाउँसीले प्रत्याभूति गर्नेगरि नै विकासको कामहरु अगाडि बढाउन गृह कार्यभईरहेको बताउनु भएको हो । उहाँले विकास जाँदुको छडी होईन, एकै रातमा छु मन्त्र गरेर भैहाल्ने हो, तर यसको लागि भगवानपुर गाउँपालिका दत्तचित्त भएर नै लागेको विश्वास दिलाउनु भयो । भगवानपुरको समृद्धिको आधार शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार क्षेत्रमा काम गरेर नै हुने भएकोले यसलाई आधार मान

    • प्रकाशित मितिः असार ६, २०८०
    • ६३३ पटक पढिएको
    • समृद्धिपथ
  • ढलानमा ढिलाई हुँदा स्थानीयलाई सास्ती

    समृद्धिपथ समाचारदाता  लहान । लहान नगरपालिका -१ मुख्य चोक तरकारी बजारको ढलान निर्माण कार्यमा ढिलाई हुँदा स्थानीयहरुलाई सास्ती खेप्नु परिरहेका छन् ।  अति व्यस्त रहने चोकमा एक महिनादेखि मोटर साइकल लगायत अन्य सवारी साधन लिएर आउ जाउ गर्न रोक लगाएर थालेको निर्माण कार्य कछुवाको गतिमा अघि बढ्दा स्थानीयहरु सास्ती खेप्न बाध्य भएका हुन् ।  ४५ लाखमा ढलान निर्माणको लागि असरलाल चौधरीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएपनि ढलान कार्य तीव्र गतिमा होस् भने ठेकेदार दिपक श्रेष्ठलाई ढलान निर्माण कार्य सुम्पिएको हो ।  कामको गति हेर्दा अझै १५ दिन लाग्ने देखिन्छ । आउ जाउ गर्न बन्द गरेर स

    • प्रकाशित मितिः असार १, २०८०
    • ९४९ पटक पढिएको
    • समृद्धिपथ
  • सार्वजनिक शिक्षा सुदृढीकरणका लागि लहानमा अन्तरक्रिया

    फिरोज सिद्दिकी, लहान । ‘शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह-२०२३’ भन्ने नाराका साथ सार्वजनिक शिक्षा सुदृढीकरणका लागि सिरहाको लहानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनसीई नेपाल जिल्ला कार्य समिति सिरहाले आयोजना गरेको उक्त सार्वजनिक शिक्षामा सुदृढीकरण सम्बन्धि छलफल अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले स्थानीयता र ब्यवहारिकतामा आधारित शिक्षामा जोड दिएको हो । शिक्षामा लगानी र स्थानीय सरकारको भूमिका विषयक प्रतिवेदनमाथि छलफल गर्दै सहभागीहरुले पालिकाहरुको समग्र शैक्षिक अवस्था, समस्या र सुधारका लागि के गर्न सकिन्छ ? भन्ने बिषयमा केन्द्रित रहेल छलफल भएको थियो । प्रतिवेदनमा जिल्ल

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • ५४२ पटक पढिएको
    • समृद्धिपथ
  • अत्यधिक गर्मी बढेपछि एक हप्ताका लागि लहानका सबै विद्यालय बन्द

    लहान । केही दिनदेखि अत्यधिक गर्मी बढेका कारण लहानका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । लहान नगरपालिकाले बिहीबार सूचना जारी गर्दै चर्को घामसँगै बढेको गर्मीले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनगर गर्दै जेठ १९ गतेदेखि २६ जेठसम्म एक साताको लागि सवै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो। अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकुल असर परिरहेको र कतिपय बालबालिका मुर्छित समेत भइरहेकाले वर्षे बिदाबाट कट्टा हुनेगरी एकहप्ता गर्मी बिदा दिने नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा विहिवार जारी सुचनामा उल्लेख गरिएको छ । सुचनामा

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • ७९९ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A