जीवछ उदासी लहान,फागुन १३ गते नेपाली काँग्रेसको पुरानो नेता अच्चमितलाल चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ । रा्स्वपा सभापति रवि लामिछाने लहानको मुख्य चोकमा रहेको सहिद शालिकहरुमा माल्यार्पण र चुनावी सडक प्रदर्शनमा आउनु भएको अवसरमा अच्चमितलाल चौधरी नेपाली काँग्रेस परित्याग गरी रास्वपामा प्रवेश गर्नु भएको हो । यसैगरी वातावरणविद् दिनेश कुमार यादव पनि रास्वपामा प्रवेश गर्नु भएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नौ हजारभन्दा मत ल्याएर लहान नगरप्रमुखको प्रत्यासी रहनु भएको अच्चमितलाल चौधरी पटक पटक नेपाली काँग्रेसको लहान नगर सभापति समेत रहि सक्नु
सिरहा, १० फागुन । गोली प्रहार गरी डकैती गर्ने घटनामा संलग्न चार जनालाई हतियार तथा लागुऔषधसहित सिरहा प्रहरीले पक्राउ गरेका छन्। अनुसन्धानका क्रममा पक्राउ पर्नेमा लहानका लाल मोहमद अन्सारी, मोहमद गुलाब अन्सारी, मो. एकवाल मियाँ र अमरप्रकाश पासवान रहेको जनाएका हुन्। जिल्ला प्रहरी कार्यालय सिराहाले प्रेस विज्ञप्ति जारी गर्दै जनाए अनुसार २०८२ मंसिर ३ गते राति सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीस्थित भोला महतोको घरमा ८/१० जना नकाबधारी व्यक्तिहरूले प्रवेश गरी ज्यान मार्ने धम्की दिँदै करिब १ तोला सुन, ९६ तोला चाँदी, मोबाइल र ड्रोन क्यामेरा लगायत करिब ६ लाख रुपैयाँ बराबरको धनमाल लुटेर फरार
फिरोज सिद्दिकी सिराहा, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, सिराहाले सर्लाहीको मलंगवामा कार्यरत एक सब–इन्जिनियरमाथि गोली प्रहार गरी हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले उक्त घटनाको घोर निन्दा तथा भर्त्सना गर्दै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको हो। जिल्ला कमिटी सिराहाका अध्यक्ष अशोक कुमार यादवद्वारा जारी प्रेस विज्ञप्तिमा मिति २०८२ फागुन ३ गते आइतबार भौतिक पूर्वाधार विकास कार्यालय, सर्लाही मा कार्यरत सब–इन्जिनियर प्रमोद यादवमाथि अज्ञात व्यक्तिले दिनदहाडै गोली प्रहार गरी हत्या गरेको समाचारले पार्टी स्
सिरहा, २ फागुन। सिरहामा नेकपा एमालेभित्रै गम्भीर असन्तोष बढेको देखिएको छ। शनिवार गोलबजारमा आयोजित पत्रकार सम्मेलनमा दुई पूर्व सांसदसहित पाँच दर्जनभन्दा बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। यस घटनाले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी र स्थानीय राजनीतिक सन्तुलनमा असर पार्ने अनुमान गरिएको छ। पार्टी परित्याग गर्नेहरूमा निवर्तमान सांसद सम्झना थपलिय र पूर्व सांसद जानकी रामको नाम उल्लेखनीय छ। यसबाहेक जिल्ला कमिटी सचिवालय सदस्य, उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज फूलेश्वर नायक, नेपाल उद्योग व्यवसायी महासंघका सिरहा जिल्ला अध्यक्ष पशुपति साह, नगर
जीवछ उदासीलहान माघ २८गते नेपाली काँग्रेसका केनद्रीय सभापति गगन कुमार थापाले नेपाली काँग्रेस नयाँ पार्टी बनेर चुनावमा होमिएको बताउनु भएको छ । लहानमा नेपाली काँग्रेस सिरहा १ नम्बर क्षेत्रीय समितिले आयोजना गरिएको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको छ । नेपाली काँग्रेस पुरानो पार्टीको रुपमा धेरै राजनीति विकृति बोकेको आभास भएर नै माघ १ गतेबाट यस पार्टीलाई नयाँ पार्टी बनाएको उहाँले बताउनुभयो ।‘‘आवेग आक्रास जम्मा गरेर नयाँ पार्टी बन्दैन । त्यसको लागि इतिहास, विरासत र अनुभवको समेत आवश्यक्ता पर्दछ । नेपाली काँग्रेस विगतबाट सिकेर वर्तमानमा नयाँपन ल्याएर देशको सुन
जीवछ उदासी लहान, माघ २२ गते जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा सप्ताहव्यापी रुपमा खेलकुद सुरु भएको छ । खेलकुदको उद्घाटन लहान नगरपालिकामा प्रमुख एवं जेएस मुरारका बहुमुखी क्याम्पस लहानका सञ्चालक समिति अध्यक्ष महेश प्रसाद चौधरीले उदघाटन गर्नुभयो । उहाँले भन्नुभयो,"खेलकुदमा अवल भएर राष्ट्रियको पहिचान बनाउन सकिने भएकोले यसतर्फ पनि यस क्याम्पसले लगानी गरिरहेको छ ।" दसवटा खेलकुदमा म्युजिकल चेयर,स्लो साइकल रेस,लिङग जम्प,१०० मिटर दौड,चेस,फुटबल,क्रिकेट,कवडी,भलिबल खेल रहेको अतिरिक्त क्रियाकलाप संयोजक राम प्रकाश महतोले बताउनुभयो ।म्युजिकल चेयर खेलको उद्घाटन जेएस माध्यमिक विद
जीवछ उदासी लहान समाचारदातालहान,माघ २२ गते फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको सपना साकार हुने चुनावी प्रतिवद्धता आउनुपर्ने लहान वडा नम्बर १५ ढोडनाका जेनजी आन्दोलनका सहिद विजय चौधरीको पत्नी अमेरिका चौधरीले माग गरेकी छिन । यस पटकको निर्वाचनमा जेनजी आनदोलन लगायत पटक–पटकको आन्दोलनमा वलिदनी गरिएका सहिदहरुको सपना साकार हुने गरी काम नभएकोले भदौ २३ गते ७६ जना जेनजी युवाहरुले सहादात गरिएकोले सहिदको सपना साकार गर्ने सरकार बनाउन परिर्वतनको पक्षमा लागेको उहाँले बताउनुभयो । ‘‘एक सहिद पत्नीको पीडा अरुलाई के थाहा हुन्छ ? हाँस्ने खेल्न
राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ फेरि एकपटक राजनीतिक प्रयोगशालाजस्तै बनेको छ । यहाँ चुनाव जित्नेभन्दा पनि हार्ने इतिहास दोहोरिने गरेको छ । २०५६ सालयता कुनै पनि उम्मेदवारले लगातार जित निकाल्न नसकेको यो क्षेत्र यसपटक पनि बहुकोणीय प्रतिस्पर्धाका कारण अत्यन्तै अनिश्चित देखिएको छ । यो क्षेत्रको चुनावी चरित्र नै मतदाताको असन्तोष, परीक्षण र परिवर्तनसँग जोडिएको छ । २०४८ र २०५१ मा गजेन्द्रनारायण सिंहले जितेपछि २०५६ मा १७ मतले पराजय भोग्नुपर्यो । त्यसयता मतदाताले पटक–पटक नयाँ अनुहार र नयाँ दललाई अवसर दिँदै आएका छन् । यही प्रवृत्तिले २०७४ मा उपेन्द्र यादव र २०७९ मा डा. सिके राउतलाई
जीवछ उदासी लहान,माघ १९ गते लोक आवाज खबरको कार्यालय लक्ष्मीपुर पतारी वडा नम्बर -६ सितापुर बजारमा सञ्चालनमा आएको छ । ग्रमीण भेगमा कार्यालय सञ्चालन गरेर आवाज विहिन हरुको आवाजलाई प्राथमिकतामा राखेर अघि बढ्ने सञ्चालक विवेक परियारले बताउनुभयो । कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रेस सेन्टर नेपाल मधेश प्रदेशको महासचिव जीवछ उदासीले जनताको आवाजलाई निरन्तर उठाइ रहन पत्रकार आचार संहितालाई ध्यानमा राखेर काम गर्न सल्लाह दिनुभयो । ग्रामीण भेगमा लोक आवाज खबरको कार्यालय सञ्चालन गरेर सहासिक कार्य गरेको शुभकामना प्रेस चौतारी नेपालको अध्यक्ष शिव क
जीवछ उदासी लहान,माघ १८ गते लहान सिटि जेसिसको २४ औ स्थापना दिवस भव्य कार्यक्रमकोबीच सम्पन्न भएको छ । सन् २०२६ को लागि बमचन्द्र चौधरीको अध्यक्षतामा सर्वसम्मत गठित समितिलाई सन २०२५ का अध्यक्ष देवनलाल ठाकुरले चाँदीको सिक्रि गालामा लगाएर पद हस्तान्तरण गर्नुभयो । स्थापना दिवसको कार्यक्रममा लहान सिटि जेसिसको प्रमुख अतिथि सन् २०२५ को केन्द्रीय अध्यक्ष रजनी थापाले जेसिस चारवटा क्षेत्रमा काम गरेर नेतृत्व र व्यक्तित्व निर्माणको साथै सवल र सफल बन्ने माध्यम रहेको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि लहान नगरपालिकाको नगरप्रमुख महेश प्रसाद चौधरीले शासन व्यक्तिको हो
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A