जिवछ उदासी कोरोना महामारीको समयमा फ्रन्टलाइनमा रहेर जनतालाई सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गराउन अहोरात्र खटिने इलाका प्रहरी कार्यालय लहानलाई लहान सिटी जेसिसका पूर्व अध्यक्ष समेत रहनु भएका हार्डवेर व्यापारी सत्य नारायण पञ्यिारले स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रमुख नायव उपरीक्षक डा. तपन दाहाललाई पञ्जियारले एक कार्यक्रमकोबीच ५ हजार थान सर्जिकल मास्क,५० लिटर सेनिटाइजर,५ पीस थर्मल गन,र ५ पीस फेस शिल्ड सहयोग गर्नु भएको हो । लहान सिटी जेसिसका पूर्व अध्यक्ष पञ्जियारले महामारीको वेला आफ्नो हैसियत अनुसार व्यापारी सम्पन्न व्यक्तहरुले सहयोग गरेर मानवता देखाउनु
जिवछ उदासी डिएमसीसीको जेठ ३१ गते सम्पन्न बैठकले लहान स्थित निजि अस्पतालहरुलाई समेत कोभिड अस्पतालमा परिणत गर्नको लागि लहान नगरपालिकालाई जिम्मेबारी दिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताउनु भएको छ । दोस्रो चरणको कोभिड महामारीले दायरा फराकिलो गर्न थालेकोले सिरहाको पूर्वी भेगमा पर्ने लहान नगरपालिकाभित्रका निजि अस्पतालहरुलाई समेत कोभिड अस्पताल सञ्चालन गनुपर्ने आवश्यक्ता महसुस गरि लहान नगरपालिका प्रमुख मुनि साहलाई जिम्मेबारी सुम्पिएको प्रजिअ कणेलले बताउनुभयो । यतिवेला कुन स्वास्थ्य संस्थाले सरकारलाई खुलेर सहयोग गरिरहेको छ ? त्यस स्वास्थ्य संस्थाप्रति सरकारले पनि त्यहि नजरले हेर्ने भएकोले
जिवछ उदासी लहान नगरपालिकाको मुटुको रुपमा रहेको राममन्दिर क्षेत्रमा कोारोना सङक्रमितहरुको संख्या बढेपछि लहान नगरपालिकाले मङगलबारदेखि सील गरी प्रवेश निःशेध गरिएको छ । लहान नगरपालिका –७ मा आधा दर्जन जति व्यक्तिहरुमा कोरोना सङक्रमित देखिएपछि यस क्षेत्रलाई सील गर्न पुगेकको त्यस वडाका वडाध्यक्ष राकेश रोशन गुप्ताले समृद्धिपथलाई जानकारी दिनुभयो । लहान नगरपालिकाले दोस्रो लहर चलिरहेको कोरोना सङक्रमणको तेस्रो लहर पनि आउने स्वास्थ्य विज्ञहरुले दिइरहेको जानकारीलाई ध्यानमा राखेर लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताललाई कोरोना अस्पताल र पशुपति आदर्श माध्यमिक विद्यालयललाई २५ वेडको आइसोलेसन के
जिवछ उदासी कोरोनाको कहरमा लहान नगरपालिका –१ नयाँ बस्तीमा सोमबार राती हतियार सहित आएका डाकाहरुले एक पटक फेरि फिल्मी शैलीमा इन्द्रदेव ठाकुरको घरबाट ६ लाख नगद सहित आठ लाख लुटेर भाग्न सफल भएका छन् । लहान नगरपालिकामा यो लगायत आधा दर्जनभन्दा बढी शृङखलाबद्ध डकैतीका घटनाहरु भएपनि प्रहरीले डाकाहरुको गिरोहलाई नियणत्रणमा लिन नसक्दा स्थानीयहरु भयभित बनेका हुन् । सोमबार राती १२बजेर ३६ मिनेटमा लहानको नयाँ बस्तीको नामले चिनिने विद्युत प्राधिकरणको पूर्वपटिको बस्तीमा इन्ददेव ठाकुरको घरमा आठ जनाको समूहमा डाकाहरु हातमा हतियार नकाबले अनुहार छोपिएको तालिमप्राप्त पेशेबर डाका डाल्ने प्रकृतिका डकैतहरुले प्रवेश
जिवछ उदासी लहान नगरपालिकाले चलाएको विभिन्न सिपमुलक तालिमहरु मध्ये मिथिलाआर्ट सम्बन्धी तालिममा महिलाहरुको मोह अत्यधिक देखिएको छ । तालिमबाट आफूहरु यसलाई व्यवसायीकरण गरेर आत्मनिर्भर हुनुको साथै मिथिला कला र संसकृतिको समेत उजागर गर्ने विश्वास व्यक्त गरेका छन् । तालिम कोरोना कहरलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड पुरा गरी चलाइएको थियो । लोप हुँदै गइरहेको मिथिला आर्टको तालिम गत विगतका वर्षहरुलेखि नै चलाउने सोच भएपनि यस वर्ष लहान नगरपालिकाका २४ वडाका ३५ जना महिलाहरुलाई बैशाख ७ गतेदेखि सहभागिता गराएर २१ दिने तालिम सोमबार सम्पन्न भएको लहान नगरपालिका महिला शाखाले जनाएको छ । त्रेता युगदेखि नै मि
राम भरोसी महतो, लहान । आफुलाई अध्यक्ष चयन नगरेको भन्दै साना किसान कृषि सहकारी संस्था लि. भवानीपुर प्र.ध. धनगढिमाई १ मा गत बैशाख २० गते केही असन्तुष्ट पक्षले गरेको तालाबन्दी आइतवार सामाजिक छलफलमा सहमतिपछि खोलिएको संस्थाका प्रवन्धक गिता चौधरीले जानकारी दिएका छन् । सहकारी संस्थाको गत बैशाख १८ गते धनगढिमाई नगरपालिका वडा नम्वर १ वडा अध्यक्ष सुर्यनारायण महतोको प्रमुख आतिथ्यतामा सम्पन्न बन्द सत्र र निर्वाचन प्रकृयाबाट सर्वसहमतिले माँगैन महतोलाई अध्यक्ष चयन गर्दै नौ सदस्य नयाँ कार्यसमिति चयन गरेको थियो । चयन गरिएको समितिको उपाध्यक्षमा सरिता कुमारी सिंह र सदस्यहरुमा रामअवतार महतो, आशाकुमारी चौधरी, ल
लहान, २४ बैशाख । मोलपोत कार्यालय लहानले बैशाख मसान्त सम्मका लागि आन्तरीक सेवावाहेक सवैसेवाहरु बन्द गरेको छ । कोभिड १९ महामारीको जोखिम उच्च रहेको र यहाँको कर्मचारीहरुमा पनि कट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकोले सूचना प्रकाशित गरी शुक्रबारबाट आन्तरिक कामबाहेक सवै सेवा बन्द गरेको हो । कार्यालयले सूचना जारी गर्दै कोभिड १९ को दोस्रो लहर तिव्र गतिमा फैलिरहेको र यसबाट हामी पनि ग्रसित हुने सम्भावना रहेको र कार्यालयसँग सम्बन्धित लेखापढी व्यसायी, बैक तथा वितिय संस्थाका कर्मचारीहरुमा पनि संक्रमण देखिएको हुदा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकोले आजबाट बैशाख मसान्तसम्म बन्दगर्ने जनाएको छ ।
शम्भु चौधरी, सिरहा २३ बैशाख । सिरहाको धनगढीमाई नगरपालिका १ र २ मा रहेको साना किसान कृषि सहकारी संस्था लि भवानीपुर प्र ध मा बुधबार लक्ष्मी नारायण यादव र उनका समर्थकले तालाबन्दी गरेका छन् । सधारण सभा, बन्द सत्र र चयन गरीए दिनको नियर्ण प्रतिलिपि माग गर्दा दिन आलटाल गरेपछि तालाबन्दी गर्नु परेको सर्वसहम्तिबाट अध्यक्ष चयन भएका लक्ष्मी नारायण यादवले जानकारी दिएका हुन् । साना किसानको प्रक्रिया अनुसार साविक भवानीपुर प्रध को नौ वटै वडाबाट एक एक जना संचालक समितिमा चुनिएर आउने प्रावधान छ र चुनिएर आए पनि । अब अध्यक्षमा पदको दुई जना सुर्य नारायण महतो र मागैन महतो । सुर्य नारायण महतो वडा अध्यक्ष भएकोले मा
अनुभत्त चौधरी, लहान, २३ बैशाख । मैथली कथानक चलचित्र ‘सन्तान’को छयांकन समाप्त भएको छ । समाजमा घटिरहेको अर्थात घटना, कुरीतीलाई चिरने र सन्तान प्रतिको भेदभाव अनि माया ममतालाई चलचित्रले दर्शाएको हो । मैथलि चलचित्र सन्तानका कालाकारह?मा अ?ण विजया, अभिनास झा, ईसिका भुजेल, अनुभत्त, गजेन्द्र गजु, अशोक सिंह, कौशल्या ठाकुुर, बैजनाथ साह बाबा, अधिकला यादव, शाकाश विक पिपिहि राउत संजय, लभली मण्डल, बाल कालाकारह?मा अर्जुन यादव र राहुल यादवलगायतका कालाकाह? रहेको छ भने संगित शैलेन्द्र विक र गित सरोज मंडलको रहेको निर्माण पक्षले जनाएको छ । निर्देशक शिव था?को निर्देशनमा बनिरहेको मैथलि चलचित्र सन्तानक
लहान । सिरहाको लहान ५ स्थित खोला किनारमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा नगरपालिकाले भत्काउँदा झडप भएको छ । अतिक्रमण गरेर बनाएको उक्त घर टहरा खाली गराउने क्रममा झडप हुँदा ५ जना घाइते भएका छन् । झडपमा परी घाइते हुनेहरुमा लहान नगरपालिकाका प्रहरीहरु मनोज यादव, राम दयाल महतो, राम भरोस यादव, सरसफाई कर्मी बब्लु मेस्तर र अनिता मेस्तर रहेका छन् । यसअघि अतिक्रमित जग्गा खाली गर्न पटकपटक सार्वजनिक सूचना जारी गर्दा पनि घर टहरा नहटाएकोले बाध्य भएर डोजर प्रयोग गर्नु परेको नगरपालिकाले जनाएको छ । लहान ९ को खुट्टी खोलादेखि पूर्व र लहान गोठ टोल जाने पिच सडकदेखि पश्चिम तर्फ बैलहाट सडकदेखि पश्चिममा रहेको खुट्
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A