समाचार

    Showing १,१६१-१,१७० of १,२६८ items.
  • समयमा रिपोर्ट नआउदा क्वाराइटाइनमा रहेका व्यक्तिहरु तनावमा

    जिवछ उदासी लहान,लहान स्थित पशुपति माध्यमिक विद्यालयको क्वाराइनटाइनमा रहेका व्यक्तिहरुको पिसिआर जाँचको लागि लिएको स्वाब परिक्षणको रिपोर्ट समयमा नआँउदा तनाब बढदै जान थालेको बताएका छन् । जाँच भएको ७२ घण्टामा रिपोर्ट आइहाल्नुपर्नेमा ९६ घण्टा वितिसक्दा पनि रिपोर्ट नआँउदा तनाव बढिरहेको क्वाराइनटानमा रहेका ४९ जनाले यस्तो बताएका हुन् । लहान १७ का राजेन्द्र प्रसाद साह आफू क्वाराइनटाइमा २४ दिनदेखि बसिरहेको भन्दै २० गते नै जाँच गरियो तर अहिले सम्म रिपोर्ट नआँउदा रिपोर्ट कतिखेर आउने तनावमा रहेका छौ । वर्षाको समयमा विद्यालयको अगाडिमा रहेको झारपातमा विषालु सर्पहरु यत्रतत्र देखिन्छ । रातभरि निन्दा हुँदैन

    • प्रकाशित मितिः साउन २५, २०७७
    • ७३३ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षक सरुवा नगरपालिकाको सराहनीय कदम भएको नेकपाको निष्कर्ष

    जिवछ उदासी लहान, लहान नगरपालिकाले पहिलो चरणमा दरबन्दी मिलान सहितको प्राथमिक तहको शिक्षकको सरुवा लहान नगरपालिकाको सराहनीय काम भएको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले निष्कर्ष निकालेको छ । लहान १९ मा नेकपाका केन्द्रिय सदस्य गंगा प्रसाद यादवको उपस्थितिमा बसेको बैठकले यस्तो धारणा सार्वजनिक गरेको हो । केन्द्रिय सदस्य यादवले भन्नुभयो, समाजवादको आधार नै सामुदायिक विद्यालयको सुधार हो । विद्यालयको सुधारको लागि नगरपालिकाले नगरस्तरीय सरुवा गरेर सहासिक र उचित काम गरेकोले यसको विरोध गर्नुको कुनै तुक छैन । शिक्षकहरु पेखरीको पानी जस्तो एकै ठाँउमा कति वर्ष बसिरहने नदिको पानी सरह ताजा भइरहन सरुवा प्रक्रियाल

    • प्रकाशित मितिः साउन २५, २०७७
    • ७१५ पटक पढिएको
    • समृद्धिपथ
  • लकडाउनको पालना गर्न नगरप्रमुख साहको आग्रह

    जिवछ उदासी लहान, लहान नगरप्रमुख मुनि साहले लकडाउनको पालना गर्न सबै नगरवासीहरुमा आग्रह गर्नु भएको छ । चारैतिर संक्रमितको संख्या बढ्दै जानु र लहान ८ मा सामुदायमा नै संक्रमित भेटिएपछि शुक्रबार राती १२ बजेदेखि साउन ३२ गतेसम्म लकडाउन रहने छ । लहान २३ गढामा विभिन्न पार्टी परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नव प्रवेशीहरुलाई स्वागत गर्दै यस्तो बताउनु भएको हो । उहाँले सम्बोधनको क्रममा भन्नुभयो,लहान नगरपालिकाको सबैभन्दा दक्षिणमा रहेको विकासको निकै संभावना बोकेको पहिलेको गढा गाविस हाल लहान नगरपालिका २३ मा विकासको गतिविधिहरु वढाउन नगरपालिकाले विभिन्न योजनाहरु अघि बढाइरहेको बताउनुभयो । बथ

    • प्रकाशित मितिः साउन २३, २०७७
    • ८३९ पटक पढिएको
    • समृद्धिपथ
  • कोभिड १९ को संक्रमण समुदाय स्तरमा देखिन थालेपछि लहानमा नौ दिनका लागि लकडाउन

    फिरोज सिद्दिकी, लहान । लहानमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी नौ दिनका लागि लकडाउन हुने भएको छ । कोरोना भाइरसको महामारी छिमेकी जिल्लाहरुमा तीव्र गतिमा फैलिरहेका कारण यसको महामारीले लहानमा हुन सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साउन ३२ गते राति १२ बजेसम्मका लागि लहान नगरपालिकाले लकडाउन गरिएको जनाएको छ । कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण समुदाय स्तरमा देखिन थालेपछि यसको सम्भावित संक्रमण रोकथाम गर्न तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगतगर्दै विपद् व्यवस्थापन समिति लहानले हाललाई साउन २३ गते राती १२ बजेदेखि लकडाउन जारी

    • प्रकाशित मितिः साउन २३, २०७७
    • २,०६८ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षक सरुवा विवादमा, लहानका शिक्षक आन्दोलित

    फिरोज सिद्दिकी, लहान । लहान नगरपालिकाले गैरकानूनी रुपमा शिक्षा ऐन, नियमाबलि विपरित विभेदकारी तरिकाले शिक्षकको सरुवा गरेको भन्दै शिक्षक आन्दोलित भएका छन । स्थानीय सरकारलाई शिक्षकको दरबन्दी मिलान गर्ने अधिकार भए पनि सरुवाको अधिकार केन्द्र सरकारलाई मात्र भएकोले नगर शिक्षा समितिले कार्यादेशभन्दा बाहिर गएर एकमुस्ठ सरुवा गरेको भन्दै संयुक्त संघर्ष समितिले आन्दोलन गर्नु परेको विहिबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् । लहान नगरपालिकाले नगर शिक्षा समितिको जेठ २८ गतेको निर्णय तथा साउन १४ गतेको सरुवा पत्र अनुसार आधारभूत तहका शिक्षकहरुलाई सरुवा गरेका छन् । संयुक्त संघर्ष समितिका संयोजक नेपाल शि

    • प्रकाशित मितिः साउन २२, २०७७
    • ७३९ पटक पढिएको
    • समृद्धिपथ
  • मिर्चैया नगरपालिका एघार दिनका लागि लकडाउन

    समृद्धिपथ समाचारदाता, मिर्चैया । प्रदेश नं २ स्थित सिरहाको मिर्चैया नगरपालिकाले कोरोना भाइरसको थप संक्र्रमण हुन नदिन नगर क्षेत्र बन्दाबन्दी (लकडाउन) गरेको छ ।बुधबार नगरपालिकाले सुचना मार्फत यही साउन २२ गतेदेखि ३२ गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको जनाएको हो । तराई मधेशका जिल्लाहरुमा समुदाय स्तरमै कोरोना भाईरसको जोखिम बढने सम्भावना हुनथालेपछि नगरपालिकाले सो निर्णय गरेको नगरप्रमुख श्रवण कुमार यादवले बताउनु भयो । उहाँले भाईरस समुदायमा नफैलियोस् भनेर बन्दाबन्दी गरेको जानाउदै अत्यावश्यक सेवाहरु जस्तै दुध, पानी, औषधी पसल, एम्बुलेनस, फलफूल पसल, ग्यास पसल, पेट्रेल पम्प, राजमार्गमा चल्ने स

    • प्रकाशित मितिः साउन २२, २०७७
    • २३१ पटक पढिएको
    • समृद्धिपथ
  • सरुवाको समर्थनमा लहान नगर कमिटि नेपाल राष्ट्रिय शिक्षक संगठन

    जिवछ उदासी लहान, लहान नगरपालिका शिक्षा शाखाले प्रावि तहको पहिलो चरणको दरबन्दी मिलान सहित गरेको शिक्षक सरुवालाई नेपाल राष्ट्रिय शिक्षक संगठन लहान नगरपालिकाले समर्थन जनाएको छ । लहान नगर कमिटिका अध्यक्ष जिवछ यादवले लहान नगरपालिकाले शिक्षक सरुवा गरेकोमा यसलाई संगठनले उचित कदम भएको ठहर गरी स्वागत गर्दै यसमा भएको त्रुटिहरुलाई समेत सच्चयाउन संगठनले माग गरेको हो । उहाँले भन्नुभयो,शिक्षक सरुवा हुनु हुँदैन भने पक्षमा कहिलेपनि शिक्षक संगठन थिएन र अहिले पनि छैन । शिक्षक सरुवा गर्दा महिला, अपाङग, बढी उमेर भएका अशक्तहरुको हकमा मानवीय दृष्टिले हेर्न जरुरी रहेको छ । यस विषयमा नगरपालिका साकारात्मक देखिएकोले

    • प्रकाशित मितिः साउन २१, २०७७
    • ८७१ पटक पढिएको
    • समृद्धिपथ
  • सचेतनाको लागि उद्योग वाणिज्य संघबाट रयाली

    जिवछ उदासी लहान, जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको अगुवाइमा कोरोना भाइरस संक्रमणबाट जोगिन सामाजिक दुरीको पालना,अनिवार्य मास्क लगाउन सबैलाई सचेत हुनको लागि लहानमा रयाली निकालेका छन् । वाणिज्य संघका माहासचिव अब्दुल करिमको अगुवाइमा निकालेको रयालीमा सुरक्षाकर्मी बाणिज्य संघका सदस्यहरु मुख्य चोकदेखि बजार क्षेत्रमा अनिवार्य मास्क लगाउन, पसलमा भीड नगर्न, सामाजिक दुरीको पालना गरेर पसल संचालन गर्ने, सेनिटाइजरको अनिवार्य पालना गर्ने साथै स्थानीय सरकारद्वारा जनहितमा जारी सूचनालाई ध्यानमा राखेर व्यापार संचालन गर्न आग्रह गर्दै म्याकिङग सहित रयाली निकालेका थिए । सिरहा नगरपालिका १६ र लहान नगरपालिका ८

    • प्रकाशित मितिः साउन २०, २०७७
    • २७७ पटक पढिएको
    • समृद्धिपथ
  • अवैध घरेलु मदिरा नष्ट

    फिरोज सिद्दिकी सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधिको रोहबरमा प्रहरीले बरामद गरिएको पाँच हजार ५ सय २५ लिटर मदिरा नष्ट गरेको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले सडक किनारमा रहेको ढलमा अवैध घरेलु मदिरा नष्ट गरेको जानकारी दिनुभयो । उहाँका अनुसार तयारी अवस्थाको २ सय २५ र कच्चा पदार्थका रुपमा रहेको पाँच हजार ३ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको हो। सोमबार विहान इलाका प्रहरी कार्यालय धनगढिबाट खटिएको प्रहरी टोलीले धनगढीमाई नगरपालिका वडा नम्बर २ र १० बाट तयारी अवस्थाको एक सया ८५ लिटर, कच्च

    • प्रकाशित मितिः साउन १९, २०७७
    • २०४ पटक पढिएको
    • समृद्धिपथ
  • डम्पिङगसाइट सुचारु नहुँदा फोहोर व्यवस्थापनमा समस्या

    जिवछ उदासी / फिरोज सिद्धिकी लहान । लहान नगरपालिकाले डम्पिङगसाइटको रुपमा प्रयोग गर्दै आइरहेको लहान ४ स्थित खुटी र बलानको दोभान नजिकको स्थलमा फोहर फाल्न रोक लगाएपछि बर्षाको वेलामा फोहोर वयवस्थापन समस्या बन्दै गइरहेको छ । लहानमा पटक पटक फोहोर फाल्न उत्पन्न समस्याको समाधान हुनेपर्ने शहरी क्षेत्रका स्थानीयहरुले माँग गर्दै आइरहेका छन् । डम्पिङगसाइट सुचारु भए मात्रै यस समस्याको समाधान हुने भएकोले यसतर्फ नगरवासीहरुको ध्यान जान थालेको हो । लहानको शहरी क्षेत्र १ देखि १० नम्वर सम्मका वडामा दैनिक दस ट्रयाक्टर जम्मा हुने फोहर निरन्तर वर्षा हुँदा १३ साउनदेखि लहानमा फोहोर उठन नसकेपछि फोहरले दुर्गन्ध दिन थ

    • प्रकाशित मितिः साउन १८, २०७७
    • २८६ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A