समाचार

    Showing १,२५१-१,२६० of १,२६८ items.
  • सप्तरीमा थपिए १६ कोरोना संक्रमित

    सप्तरी, २६ जेठ । सप्तरीमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु सबै भारतबाट भर्खरै मात्र नेपाल आएका थिए । उनीहरू सबै क्वारेन्टाइनमा नै बसेका थिए । जिल्लाको बलान विहुल गाउँपालिकाका १६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । संक्रमितमध्य एक जना महिला रहेका छन् भने बाँकी सबै पुरूष रहेको जनाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमितहरू १२ देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । आज १६ संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ९३ पुगेको छ ।

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • १३६ पटक पढिएको
    • समृद्धिपथ
  • रौतहटमा संक्रमितको संख्या ४ सय नाघ्यो

    रौतहट, २६ जेठ । रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । आज थप ११ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ४ सय १० पुगेको हो । आज संक्रमण पुष्टि भएका सबैजना हालसालै भारतका विभिन्न सहरबाट रौतहट आएका नेपालीहरु रहेका छन् । संक्रमितहरु मध्ये परोहा नगरपालिकाकाका ५ जना, गढीमाइ नगपालिकाका ४, इशनाथ नगरपलिकाका १ जना र गौर नगरपालिकाका १ जना प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आज संक्रमण पुष्टि भएका सबै स्थानीय पालिकाहरुको क्वारेन्टाइनमा रहेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार सोमबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वार

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • ९५ पटक पढिएको
    • समृद्धिपथ
  • मरुती सिमेन्टमा काम गर्ने भारतीय मजदुरको मृत्यु

    समृद्धिपथ समाचारदाता लहान, जेठ २५ गते ।  सिरहाको गोलबजार नगरपालिका ९ स्थित मारुती सिमेनट फैक्ट्रीमा काम गर्ने ४० वर्षिय एक मजदुरले अचानक लडेर घाइते  भएपछि थप उपचारको लागि फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लग्ने क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।    सिरहा प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार आइतवार भारत विहारको बक्सर जिल्ला गुहाटी घर भएको मोहर अलि फैक्ट्रीमा रहेको प्रि हिटरमा पाइप लगाउने क्रममा अचानक लडेर घाइते भएपछि उपचारको लागि मिर्चैया स्थित मंगलम अस्पतालमा ल्याएको थियो । थप उपचारको आवश्यक्ता देखिएपछि कर्जन्हा स्थित फूलकुमारी मेमोरिय

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • १८९ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकाको छैठो नगरसभा असार १० गते हुने 

    समृद्धिपथ समाचारदाता लहान जेठ २५ गते । लहान नगरपालिकाको आइतबार सम्पन्न कार्यपालिका बैठकले छैठो नगरसभा असार १० गते हुने निर्णय गरेका छन्  । समृद्धिपथ दैनिकसँग कुरा गर्दै लहान नगरप्रमुख मुनि साहले भन्नुभयो, असार १० गते सम्पन्न हुने नगरसभाले लहानको समृद्धि र विकासको लागि अघिसारीसकेको योजनाहरुलाई सम्पन्न गर्नेगरी अघि बढ्ने छ । समयमा नै नरसभा सम्पन्न गरेर समयमै विकासका गतिविधिहरु अघि बढाउन नगरसभा गर्न लागिएको हो । लहान नगरपालिका देशकै सबैभन्दा ठूलो २४ वटा वडा भएको नगरपालिका भएपनि क्षेत्रफल र जनसंख्याको आधारमा चाहिने बजेट संघ र प्रदेश सरकारबाट  उपलब्ध नभएपनि लहान नगरपालिकाले आफ्नै श्रोत

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • २२५ पटक पढिएको
    • समृद्धिपथ
  • आँपको उचित मूल्यको लागि कृषि सहकारी सक्रिय हुनुपर्ने

    जिवछ उदासी   लहान, जेठ २५ गते । आँपको राजधानीको रुपमा चिनिएको सिरहाको लहानमा कृषकहरुले उचित मूल्य  पाउन सकेको छैन । स्थानीय कृषि सहकारीहरु सक्रिय नहुँदा कृषकहरु प्रत्येक वर्ष मारमा पर्ने गरेको छ ।  कोरोना भाइरसको महामारीले विश्व नै अक्रान्त रहेको वेला नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीले अझै कृषकहरु मारमा पर्ने हो कि चिन्ता सर्वत्र देखिएको छ ।  लहान नगरपालिकामा २१ वटा कृषि सहकारीहरु दर्ता भएपनि कृषकहरुको हकहितमा काम गर्न नसकिरहेको अवस्था रहेको लहान कृषि शाखाका प्रमुख प्रकाश साहले बताउनुभयो । उहाँको अनुसार एक वर्ष विराएर फल्ने आँप यस वर्ष निकै मज्जर लागेपनि वेलामा कृषकह

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • ३७९ पटक पढिएको
    • समृद्धिपथ
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

    काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।  योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको छ ।  उनले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् ।  यसैबीच कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको नियमित प्

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १७९ पटक पढिएको
    • समृद्धिपथ
  • राजदेवी जाने पक्की सडक निर्माण कार्य प्रारम्भ

    जिवछ उदासी/फिरोज सिद्दिकी लहान, जेठ २४ गते । लहान नगरपालिका १५ ढोडनामा रहेको धार्मिक पर्यटकीय क्षेत्र पञ्चावती राजदेवी मन्दिर जाने पक्की सडकको निर्माण कार्य प्रारम्भ भएको छ । लहान नगरप्रमुख मुनि साहले खुटी पारी लहान १८ भदैयादेखि लहान १५ स्थित राजदेवी मन्दिरसम्मको साढे चार किलोमिटर पक्की सडक निर्माण कार्यको शिलान्यास गर्दै प्रारम्भ गरेको हो । शिलान्यास गर्दै प्रमुख साहले भन्नुभयो, ‘पक्क्ी सडक निर्माणले राजदेवी मन्दिरमा आउने जाने धार्मिक पर्यटकहरुको लागि मात्रै सहज नभएर उत्तरी भेगको विकासमा समेत कोसे ढुङगा सावित हुनेछ । ग्रामीण र शहरी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर सबै योजनाहर

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १,२५४ पटक पढिएको
    • समृद्धिपथ
  • अघोषित रुपमा सिरहाका पसलहरु खुल्न थाले 

    फिरोज सिद्दिकी / जिवछ उदासी लहान, जेठ २४ गते । सिरहा जिल्लाका विभिन्न सहरी क्षेत्रका पसलहरु अघोषित रुपमा खुल्न थालेका छन् । लामो बन्दाबन्दीले उकुसमुकुस भएका व्यापारीहरुले उद्योग वाणिज्य संघ सिरहा लहानको पहलमा पसलहरु खोल्न थालेका हुन् । जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल आमात्यले व्यापारीहरुको बढ्दो गुनासोका कारण आलोपालो गरी पसल खोल्न पहल गरे लगतै पसलहरु खोल्न थालेका छन् । किराना पसलहरु पहिलेदेखि नै साझ विहान खुल्दै आएपनि कपडा, सुनचँदी, कस्मेटिक लगायतका पसलहरु समेत खुलेका छन् । लहान नगरप्रमुख मुनि साहले पसलहरु खुल्न थालेपछि भीड बढे ठूलो जोखिमता आउन सक्नेतर्फ समेत सचेत गरा

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • ४४२ पटक पढिएको
    • समृद्धिपथ
  • कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुग्यो, डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु

    काठमाडौं । कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीले उनी दम रोगी रहेको र उनको जेठ २१ गते मृत्यु भएको बताए । उनी सोही रोगको सुर्खेतमा उपचार गराएर जेठ १९ गते डोल्पा फर्किएका थिए ।   त्यसपछि होम क्वारेन्टाइनमा रहेका उनको २१ गते मृत्यु हुन पुगेको र मृत्यु पश्चात जेठ २२ गते स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएकोमा  

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • २०२ पटक पढिएको
    • समृद्धिपथ
  • भारत चीन बीच सीमा विवाद बारे कुरा हुंदै

    इजहार मिकरानी २४ जेठ । बढ्दो तनावका बीच आज भारत र चीनका उच्च सैनिक अधिकारीहरू सीमा विवाद बारे कुराकानी गर्दैछन् । दुबै देशका तीन तारे सैनिक कमाण्डरहरू बीच छलफलका लागि आज ८ः३० को समय तोकिएको थियो । भारतको अंग्रेजी दैनिक इण्डियन एक्सप्रेस अनुसार मीटिंगमा पहिले भारतीय पक्षले सीमामा शान्ति र अमन कायम गर्न र दुबै पक्षले दुई देश बीच हस्ताक्षरित सम्झौता र प्रोटोकल पालना गर्ने आग्रह प्रस्तूत गर्नेछ । भारत र चीन बीच लगभग एक महिना देखि लद्दाखको वास्तविक नियन्त्रण रेखामा चलि आएको तनावपूर्ण स्थिति र समस्या समाधान गर्न आजको मीटिंग भइरहेको छ । अखबारका अनुसार आजको मीटिंगमा भारतको तर्फबाट कोर कमाण

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • ८२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A