समाचार

    Showing २१-३० of १,३११ items.
  • बाढीपीडितका लागि लहानका मुस्लिम समुदायको सहकार्य, ४ टन राहत सामग्री प्रभावित क्षेत्रमा पठाइयो

    फिरोज सिद्दिकी  लहान, भदौ १४ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सिराहाको लहानका मुस्लिम समुदायले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेका छन्। समुदायस्तरबाट नगद तथा जिन्सी राहत सामग्री संकलन गरी बाढी प्रभावित क्षेत्रमा पठाइएको हो। बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै लहानका मुस्लिम समुदायले २ लाख ७० हजार रुपैयाँ संकलन गरेका छन्। शुक्रबार जुमाको नमाजपछि लहानका विभिन्न मस्जिदमा गरिएको अपिलपछि समुदायका व्यक्तिहरूले क्यूआरमार्फत पनि रकम जम्मा गरेका हुन्। यस अभियानको अगुवाइ युथ म

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ६५२ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा ईद मिलादुन्नबी धुमधामका साथ मनाइयो

    फिरोज सिद्दिकी लहान, सिराहा । इस्लाम धर्मावलम्बीहरूले पैगम्बर हजरत मुहम्मद ﷺ को जन्मदिनको सम्झनामा मनाउने ईद मिलादुन्नबी अर्थात् १२ रबीउल अव्वल आज सिराहाको लहानमा श्रद्धा र उत्साहका साथ मनाएका छन्। ईद मिलादुन्नबीका अवसरमा लहानमा हजारौँको संख्यामा मुस्लिम समुदायका मानिसहरू सहभागी हुँदै धार्मिक र्‍याली निकालेका हुन्। लहान मुस्लिम समाज तथा युथ मुस्लिम वेल्फेयर सोसाइटी नेपालको आयोजनामा निकालिएको र्‍यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। र्‍यालीमा सहभागीहरूले ‘नारे तकबिर–अल्लाहु अकबर’, ‘नारे रिसालत–या रसुलल्लाह’, ‘आकाकी आमद&ndash

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २०४ पटक पढिएको
    • समृद्धिपथ
  • एमालेको ‘मिसन जागरण अभियान’अन्तर्गत लाहान ९ मा वडा भेला

    फिरोज सिद्दिकी  लहान । नेकपा (एमाले) ले स्थानीय तहसम्म पार्टी संगठनलाई थप सक्रिय बनाउँदै सदस्यता नवीकरण तथा संगठन सुदृढीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ‘मिसन जागरण अभियान’अन्तर्गत लहान नगरपालिका–९ मा कार्यकर्ता वडा भेला सम्पन्न भएको छ। नेकपा (एमाले) वडा नम्बर ९ का अध्यक्ष मोहम्मद नियामुद्दिन मियाको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य तथा जागरण अभियानका लहान नगर इन्चार्ज मुनी साह प्रमुख अतिथि रहेका थिए। भेलालाई सम्बोधन गर्दै साहले पार्टी संगठनलाई स्थानीय तहसम्म थप मजबुत बनाउन जागरण अभियान सञ्चालन गरिएको बताए। उनले पार्टी सदस्यता नवीकरणसँगै कार्यकर्ता

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ४३३ पटक पढिएको
    • समृद्धिपथ
  • बस्तीपुरमा चार कोठे भवनको उद्घाटन

        जीवछ उदासी  लहान समाचारदाता  लहान भदौ ३ गते  लहान नगरपालिका वडा नम्बर १४ स्थित श्री बस्तीपुर माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्मित चार कोठे भवनको आज लहान नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गर्नु भएको छ ।  २५ लाखमा निर्मित चार कोठे भवन सञ्चालनमा आएपछि शैक्षिक कार्यक्रमको लागि निकै सहयोग पुगेको विद्यालयको प्रधानाध्यापक शोभानन्द चौधरीले बताउनुभयो ।  २००४ सालमा स्थापित बस्तीपुर माध्यमिक विद्यालय कुनैबेला लहानको मात्रै नभएर देशकै नमुना विद्यालय रहेको यस विद्यालयको शैक्षिक अवस्था ओरालो लागेको थियो । पुरानो शैक्षिक विर

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ६२६ पटक पढिएको
    • समृद्धिपथ
  • २६ लाखभन्दा बढीको अवैद्य सामान बरामद

        जीवछ उदासी  लहान भदौ १ गते  नेपाल भारत सीमा क्षेत्रमा रहेको विभिन्न नाकाबाट अवैद्य रुपमा भित्र्याइरहेका सामानहरु सशस्त्र प्रहरीले बरामद गरेका छन् ।   किराना ,हार्डवेयर,पेय पदार्थ,सवारी साधन र इलोक्ट्रोनिक्स सामानहरु २६ लाख २९ हजार ९९३ मूल्यको रहेको सशस्त्र प्रहरीवल नेपाल नम्वर ७ गण सिरहाले जनाएको छ ।  आज भदौ १ गते बरामद गरिएको सामानहरु माडर भन्सार कार्यालय सिरहामा दाखिल गरिएको नम्वर ७ गणका उपरीक्षक सुमनजङग थापाले बताउनुभयो ।‌नेपाल भारत खुल्ला सीमानामा हुने चोरी निकासी र अवैद्य सामानहरु ४७ किलोमिटर सिरहाको सीमा क्षेत्रमा भएकै स्रोत साधन र प्रह

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १,०५३ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा ‘पूर्ण ट्रमा सेन्टर’ होइन, तत्काल ‘ट्रमा युनिट’ सञ्चालनमा ल्याउने

    फिरोज सिद्दिकी लहान, साउन ३० गते । पूर्व–पश्चिम राजमार्गमा हुने दुर्घटनाका घाइतेलाई उपचारका लागि अन्यत्र रेफर गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले सिरहाको लहानस्थित रा.उ.प्रादेशिक अस्पतालमा तत्काल ‘ट्रमा युनिट’ सञ्चालनमा ल्याउने तयारी गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माण तत्काल सम्भव नभए पनि उपलब्ध पूर्वाधारलाई उपयोग गर्दै ट्रमा युनिटबाट सेवा सुरु गर्न लागिएको घोषणा गरेकी हुन्। लहानमा आयोजित कार्यक्रममा मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), भवन निर्माण,

    • प्रकाशित मितिः साउन ३०, २०८३
    • २१८ पटक पढिएको
    • समृद्धिपथ
  • ९१ किलो गाँजाजस्तो पदार्थसहित एक जना पक्राउ, चार जना फरार

    लहान । सिरहा प्रहरीले ९१ किलो २५ ग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आशंकामा थप चार जना फरार भएका छन्। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ जमुवा टोलका ४३ वर्षीय मोहन साह रहेका हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब २ः३० बजेको समयमा सखुवानान्कारकट्टी गाउँपालिका–४ स्थित बलान खोलामा इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशपुर सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीले गस्तीका क्रममा पाँच जना व्यक्तिहरू पाँचवटा बोरा कपडाको नाम्लो बनाई टाउकोमा बोकेर हिँडिरहेको अवस्थामा

    • प्रकाशित मितिः साउन २३, २०८३
    • २१३ पटक पढिएको
    • समृद्धिपथ
  • गृहमन्त्री र मृतक परिवारबीच साततबुँदे सम्झौतपछि सिरहामा जनजीवन सहज हुँदै

        जीवछ उदासी लहान,साउन १६ गते गृहमन्त्री सुधन गुरुङग र साउन १४ गते बुधवार सिरहाको गोलवजार झडपमा गोली लागेर मृत्यु भएको गणेश यादवको पिता रामवृक्ष यादवबीच शुक्रवार राति साँतबुँदे सम्झौता भएको छ । सम्झौता भएपछि शनिवारदेखि सिरहाको जनजीवन सहज हन थालेको छ । मृतकलाई नेपाल सरकारबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र मृतकका परिवारलाई दसलाख उपलब्ध गराउने ,२०८३ साउन १४ गते गोलवजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानविन गरी दोषी उपर कानुनी प्रक्रिया अघि बढाउने,मृतकको परिवारमा योग्य एक जनालाई रोजगारी उपलब्ध गराउने,घटनाको अध्धययनको लागि गठित छानविन समितिले पेश गर्ने

    • प्रकाशित मितिः साउन १६, २०८३
    • ४६५ पटक पढिएको
    • समृद्धिपथ
  • 'विकासको लागि सहमति र सहकार्य आवश्यक'

      जीवछ यादव लहान साउन १० गते  जहाँ सहमति सहकार्य एकता छ,त्यहाँ विकास भएको देखिएको छ । विकासको लागि सहमति सहकार्य र एकता आवश्यक भएको सरोकारवालाहरुले बताइएका छन् । सिरहाको १७ वटा पालिकाहरुमा १६४ वटै वडाहरुको विकास कार्यलाई अनुगमन गर्दा विकासको लागि सहमति भएका वडाहरुमा ६० देखि ८० प्रतिशत विकास निर्माणको काम भएको जिल्ला समन्वय समिति सिरहाको प्रमुख दिनेश कुमार महतोले बताउनुभयो । उहाँले भन्नुभयो," विकास भनेकै सहमति सहकार्य र एकता हो ।विकासको लागि सबै दलको बिचमा एकता आवश्यक छ ।" देशकै सबैभन्दा बढी वडा भएको लहान नगरपालिकामा ११,१२,१४,१५,१६,१७,२०,२१,२२ र २४ नम्वर वडाहरुमा सहमति र बजेट फ्र

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ४९२ पटक पढिएको
    • समृद्धिपथ
  • महिला हिंसाको केन्द्रबिन्दु बन्दैछ नवराजपुर गाउँपालिका

    महिला हिंसा बढ्दै नवराजपुर गाउँपालिकामा  जीवछ उदासी  लहान,साउन ९ गते  हुलाकी मार्गमा पर्ने भारतीय सीमासँग जोडिएको मवराजपुर गाउँपालिका महिला हिंसाको चपेटामा परेको अधिकारकर्मीहरुले बताएका छन् ।   साउन ६ गते नवराजपुर -४  राम शङकर यादव र सुन्दर यादव दाजुभाइ मिलेर अमानीय तरिकाले रड तताएर   संजना यादवलाई बेहोस हुनेगरी कुटपिट  थिए । पीडित संजनालाई आधारभुत अस्पताल नवराजपुरमा भेटन पुगेका मानव अधिकारवादी राजकुमार राउत र महिला मानव अधिकारकर्मी रेणु कर्ण र गीता साहले यस्तो बताउनु भयो । हिजो शुक्रवार उहाँहरु पीडितलाई भेटेर आएपछि सञ्चारकर्मीहरुलाई यस्तो बताउन

    • प्रकाशित मितिः साउन ९, २०८३
    • ८८७ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A