लहान । आज नेपालीहरूले धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मी पूजाको पर्व धूमधामका साथ मनाउँदैछन्। तिहारको तेस्रो दिन अर्थात लक्ष्मी पूजाको दिन, साँझ पख घरको सफा गरेर, झ्यालढोकामा रंगीन बत्ती र फूलमालाले सजाई देवी लक्ष्मीलाई आमन्त्रित गर्ने परम्परा छ। यस अवसरमा मानिसहरूले आ–आफ्ना घर, कार्यालय, पसल र वित्तीय संस्थाहरूलाई विशेष रूपमा सजाउँछन्। यस पर्वको विशेषता भनेको धन र ऐश्वर्यको प्रतीक मानिने देवी लक्ष्मीलाई आह्वान गर्नु हो। परम्परागत मान्यताअनुसार यस दिनले आर्थिक समृद्धि र सुख–शान्ति ल्याउने विश्वास गरिन्छ। घरको सबैभन्दा सफा कोठामा लक्ष्मीको प्रतिमा राखी तेलको दियो, मखमल
लहान । सि.जी. हिरोको दशैं-तिहार “एक्कासी मालामाल अफर“ अन्तर्गत लहानका राम किशुन यादवले पाँच लाख रुपैयाँ नगद क्यास ब्याक जित्नुभएको छ। यादवले हिरोको लोकप्रिय मोडल स्पलेण्डर प्लस, सिटी ट्रेड कन्सर्न, लहान सोरुमबाट खरिद गर्नुभएको हो। सि.जी. हिरोले दशैं-तिहार २०८१ को अवसरमा “दुई चक्के किन्दा चार चक्के उपहार“ अफर सार्वजनिक गरेको छ। अफर अनुसार हिरो ब्रान्डका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्दा स्क्र्याच कार्ड मार्फत नगद ५ लाखसम्म जित्न सकिन्छ भने बम्पर उपहारमा एउटा भीआईभी कारसमेत जित्ने अवसर रहेको छ। नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्डहरूमध्ये एक हिरोले नय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै बालुवाटारमा प्रदर्शन गर्न पुगेका रास्वपाका नेता तथा कार्यकर्तामध्ये १७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङका वीरेन्द्र श्रेष्ठ, काठमाडौंका प्रदिप विष्ट र नवराज भण्डारी, झापाका सुरेश पोखरेल, सिन्धुपाल्चोकका ध्रुब ढकाल र दयाराम नेपाल, गोर्खाका प्रकाश लामिछाने र नवराज मुडबरी, ललितपुरका सवी खड्का, बुद्धरत्न महर्जन र सुरेन्द्रराज अवाले, नुवाकोटकी साहिल प्रिया, भक्तपुरका शैलेन्द्र खत्री, तनहुँका खुसिराम कैनी, र सिन्धुपाल्चोकका उमेश लामा रहेका छन्। पक्राउ परेका व्यक्तिहरूमा सांसद अशोककुमार चौधरी पनि
काठमाडौं । माओवादी लडाकू शिविरमा भएको घोटालाबारे छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सिन्धुली निवासी युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन र चक्रपाणी खनालसहित १३ जनाविरुद्ध उजुरी दर्ता गरेका हुन्। उजुरीमा विस्तृत शान्ति सम्झौता पश्चात् सेना समायोजनको क्रममा माओवादी नेताहरूले सेनाको पोशाकमा फोटो खिचाएर राज्यकोषबाट रकम निकासा गरिएको आरोप लगाइएको छ। माओवादी अध्यक्ष प्रचण्डले एक भिडियोमा ७ हजार लडाकूलाई ३५ हजार पुर्याएर २० हजार लडाकू भेरिफिकेसनमा पारिएक
कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्ने र बचतकर्तालाई आफ्नो पैसा फिर्ता पाउने सुनिश्चितता दिन सरकारलाई आग्रह गरेका छन्। समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, "दोषीलाई उन्मुक्ति दिनु हुँदैन र निर्दोषलाई फसाउनु पनि हुँदैन। कुनै पनि कार्य राजनीतिक पूर्वाग्रहमा आधारित हुनुहुन्न। सरकारले बचतकर्ताको पैसा सुरक्षित रूपमा फिर्ता दिने व्यवस्था मिलाउनुपर्छ।" अध्यक्ष नेपालले आफ्नो पार्टीले हाल अन्य कुनै दलसँग मिलेर जाने योजना नराखेको स्पष्ट पारे। उनले भने, “विचार मिल्ने
फिरोज सिद्दिकी लहान । नेपाली नागरिकहरूलाई कतार पठाइदिने भन्दै ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले एक मलेसियन नागरिक सहित तीन नेपालीलाई पक्राउ गरेको छ। शनिबार साँझ लहान नगरपालिका–४ स्थित गोधुली होटलबाट अवैध रूपमा अन्तर्वार्ता लिई रकम असुल गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूमा मलेसियन नागरिक ५१ वर्षिय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, सिरहा लहान नगरपालिका–२३ का ४२ वर्षिय रामा शंकर यादव, २५ वर्षिय राम भरत यादव र ३९ वर्षका सुर्य नारायण यादव रहेका छन्। अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट चार दिनको म्याद थप
फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले खुट्टी नहर सिंचाई समस्याको दीर्घकालीन समाधानका लागि वार्ता र सहकार्यको माध्यम अपनाउन आग्रह गरेका छन्। आज नगरप्रमुखकै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा हालसम्म सिंचाई सुविधाबाट वञ्चित रहेका किसानलाई पानीको पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै यो विषयमा सबै पक्षसँग समन्वय गर्ने प्रयास भइरहेको जानकारी गराएका हुन्। नगरप्रमुख चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै खुट्टी नहरसँग सम्बन्धित विवादलाई वार्ता र सहमतिबाट समाधान गर्न आग्रह गर्दै उनले भने, “हामी विकल्पका माध्यमबाट समस्याको समाधान खोज्न इच्छुक छौं,
फिरोज सिद्दिकी लहान । किसानहरूले खुट्टी खोला सिंचाई नहरलाई ढलका रूपमा प्रयोग गर्ने लहान नगरपालिकाको कार्यको विरोध गर्दै आज लहानमा एक विशाल र्याली निकालेका छन्। खुट्टीखोला नहर सिंचाई संघर्ष समितिको अगुवाइमा आयोजित र्यालीले “नहरलाई ढल बनाउन पाइदैन”, “किसान विरोधी मेयर चाहिदैन” र “किसानको माग पुरा गर” जस्ता नाराका साथ विरोध र्याली निकालेका हुन्। र्यालीको सुरूवात लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट भएको थियो, जहाँ सयौं किसानहरूको उत्साहपूणर् सहभागिता देखिएको थियो। नगरका विभिन्न भागको परिक्रमा गर्दै र्याली शहिद चौ
फिरोज सिद्दिकी लहान । लहान नगरपालिकामा सिंचाई समस्या र अन्य जनसरोकारका विषयमा आवश्यक निणर्य गर्न नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधिहरूबीच एक संयुक्त बैठक सम्पन्न भएको छ। नगरप्रमुख महेशप्रसाद चौधरीको अध्यक्षतामा बसेको यस बैठकमा सिंचाई सुविधा, किसान अधिकार तथा अन्य स्थानीय मुद्दामा छलफल भएको हो। बैठकमा नगरप्रमुख महेशप्रसाद चौधरी, मधेस प्रदेश सांसद राजेन्द्रप्रसाद चौधरी, नेकपा एमालेका नगर इन्चार्ज राजेन्द्र प्रसाद शाह, नेकपा एमाले लहानका नगर अध्यक्ष राजकुमार साह, नेपाली कांग्रेसका उपसभापति सुनिल महतो, लहान १२ का वडाध्यक्ष बद्रीनारायण चौधरी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अरुण केसी,
फिरोज सिद्दिकी लहान । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सिराहाका सदस्य तथा विद्यार्थी नेता सन्तोष यादवमाथि भएको आक्रमणपछि स्थानीय विद्यार्थी नेताहरू आन्दोलित भएका छन्। लहान नगरपालिका-१९ निवासी यादवलाई यही कार्तिक ०३ गते राति आफ्नै घरमा बसिरहेको अवस्थामा केही समूहले घरेलु हतियार प्रयोग गर्दै आक्रमण गरेको घटनालाई प्रहरीले बेवास्ता गरेको भन्दै आन्दोलित भएका हुन्। उक्त आक्रमणबाट यादव गम्भीर घाइते भएका छन् र उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रेस विज्ञप्ति मार्फत जनाएको हो। विद्यार्थी संघले घटनाको निन्दा गर्दै दोषीलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याउ
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A