समाचार

    Showing ३९१-४०० of १,२६८ items.
  • वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

    १६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १५० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहदै ७१ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ नदिदा नेपालले हार बेहोरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो । वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अव

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • १,२४८ पटक पढिएको
    • समृद्धिपथ
  • आन्दोलनमा जाने मिटरब्याज पीडितको चेतावनी

    जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटरब्याज पीडितहरूले फेरि आन्दोलनमा जाने चेतावनी दिएका छन् । शुक्रवार लहानमा पत्रकार सम्मेलन गर्दै मिटरब्याज पीडितहरूले आन्दोलनमा जाने चेतावनी दिएका हुन् । मिटरब्याज पीडितसँग सरकारले पटकपटक सहमति गरेपनि सरकार इमानदार नदेखिएको मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज कुमार पासवानले बताउनुभयो । उहाँले भन्नुभयो, 'मिटरब्याज पीडितलाई न्याय दिनुको साटो पछिल्लो समय प्रहरी प्रशासनले साहुकारसँग साठगाठ गरी पक्राउ गर्ने, यातना दिने काम गरिरहेको छ ।' प्रहरी प्रशासन मिटरब्याज आन्दोलनलाई असफल बनाउन र पीडितका समस्या दबाउन षड्यन्त्रपूर्वक लागिपरेको परेको

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • ९०६ पटक पढिएको
    • समृद्धिपथ
  • कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

    काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उहाँहरुको उपस्थितिमा ती सम्झौता र समझदारीमा हस्ताक्षर भएको हो । सो अवसरमा नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • ६६५ पटक पढिएको
    • समृद्धिपथ
  • राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गर्नुभयो । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो ।    रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो । त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका लब्धप्रत

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • ६५३ पटक पढिएको
    • समृद्धिपथ
  • राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता

    काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गर्नुभएको छ ।    राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न यहाँ आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उहाँले यस्तो बताउनुभएको हो ।    “आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट हाम्रो पृथ्वीलाई कसरी सुरक्षित राख्ने, हाम्रो

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • ८०० पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको सलहेश भोजपुर गोल्डकपको सेमिफाइनलमा

    भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन्तरले पराजित गर्दे सलहेश युवा क्लब सिरहा अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भोजपुर नगरपालिका-७, कोदार रङ्गशालामा आज भएको खेलमा सलहेश युवा क्लब सिरहाका तर्फबाट जर्सी नम्वर १० का स्टेफेन बिलोङले खेलको २६औँ र ७५औँ मिनेट दुई गोल गरे । सलहेशकै जर्सी नम्बर ७ का फोडे फोफनाले ५१औँ मिनेटमा एक गोल र जर्सी नम्बर ११ का आदित्य शाक्यले ८६औँ मिनेटमा थप गोल गरेका थिए । मोरङका तर्फबाट गोल हुन सकेन । प्रतियोगिताको म्यान अफ द म्याच सलहेश युवा क्लब सिरहाका स्टेफेन विनोङ भए । उनले नगद पाँच हजारका साथमा मेडल प्राप्त ग

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • १,२५८ पटक पढिएको
    • समृद्धिपथ
  • होटलमा महिला र पुरुष मृत फेला

    जनकपुर, ११ वैशाख : जनकपुरको एक होटलमा आज दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जनकपुरको रामानन्द चोकमा रहेको होटल होलिडे एण्ड गेष्टहाउसमा एक महिला र एक पुरुष मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महोतरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान तथा पिपरा नै माइती भएकी महोत्तरी लोहरपटी नगरपालिका-४ की २५ वर्षीया प्रियङ्का कापर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । होटलको कोठा नं २०५ मा दुवैजनाले सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको जिल्लाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन आवाले जानकारी दिनुभयो । महिलाको अढाइ वर्षीया छोरी कोठा

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • ५०८ पटक पढिएको
    • समृद्धिपथ
  • कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

    काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।   काठमाडौँ महानगरपालिकाले काठमाडौँका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कतारका अमिरको

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • ५६९ पटक पढिएको
    • समृद्धिपथ
  • औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

    मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो ।  केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताउनुभयो ।    गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुग्नुभएका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • ६२४ पटक पढिएको
    • समृद्धिपथ
  • कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त

    काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज यहाँ आउँदै हुनुहुन्छ । उहाँको भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ । उक्त संरचना मातहत विभिन्न सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ । विशिष्ट पाहुनाका स्वागतदेखि बिदाइसम्मका विभिन्न कार्यक्रम र समारोहस्थलमा आवश्यकताका आधारमा सुरक

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • ५३९ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A