समाचार

    Showing ५११-५२० of १,२६८ items.
  • प्रअ साहको मृत्युबारे आठ शिक्षक संगठनद्वारा निष्पक्ष छानविनको माग

    जीवछ उदासी लहान, कातिक २१ गते । गोलबजार नगरपालिका–३ जम्दह तेतरिया स्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीव साहको विद्यालयकै भवनमा पासो लागेर झुण्डिएको रहस्मय घट्नाको निष्पक्ष छानविनको लागि सिरहामा रहेका आवटै पेशागत शिक्षक संगठनहरुले माग गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहाका अध्यक्ष राम सेवक यादव,नेपाल शिक्षक संघ सिरहा अध्यक्ष करुण प्रपाद यादव,एकिकृत अखिल नेपाल राष्ट्रिय शिषक संगठनका अध्यक्ष प्रमोद कुमार सिंह,प्रगतिशलि नेपाल राष्ट्रिय शिषक संगठाका अध्यक्ष राम उदगार साह,नेपाल राष्ट्रिय शिक्षक परिषदका अध्यक्ष विनोद कुमार सि.ह,नेपाल शिक्षक मञ्चका अध्यक्ष सियाराम याद

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • ५७७ पटक पढिएको
    • समृद्धिपथ
  • सरसफाईमा लहानलाई ‘नमुना’ वनाउने अभियान सुरु

    फिरोज सिद्दिकी, लहान । लहान नगरपालिकाको सरसफाई संयोजकमा श्याम साह ‘भोरेभोर’ नियुक्त भएपछि सरसफाई अभियानले तिव्रता पाएको छ । लहान नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष समेत रहेका भोरेभोरले सरसफाई अभियानमा सक्रियता बढाएपछि लहान नगरले सरसफाईमा तिब्रता पाएको हो । लहान नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएको झण्डै डेढ वर्ष भन्दा बढी हुनलाग्दा पनि बजार क्षेत्र बाहेक अन्य वडाका वासिन्दाहरुले सरसफाईको अनुभुति पटक्कै नगरेको लहान ९ का समाजसेवी संजय साहले गुनासो पोख्दै आज बल्ल सरसफाई संयोजक भोरेभोरको सक्रियतामा लहान ९ मा पनि सरसफाई हुन लागेको बताउनु भयो । दिपावली तथा छठ पर्व नजिकिदै गर

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • ६७८ पटक पढिएको
    • समृद्धिपथ
  • प्रधानाध्यापक साह मृत्यु प्रकरण : दोषीमाथि कारबाहीको माग गर्दै मिर्चैमामा प्रदर्शन

    सिरहा । पूर्व पश्चिम राजमार्गअन्तरगत सिरहाको मिर्चैमामा सडक अवरुद्ध गरिएको छ । जिल्लाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जिव कुमार साह मृत्यु प्रकरणको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै परिवारजन तथा स्थानीयले पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिर्चैयामा सडक अवरुद्ध गरेका हुन् । मिर्चैया नगरपालिका ७ का प्रधानाध्यापक साहको हत्या भएको भन्दै परिवारजनले उचित न्याय पाउनुपर्ने मागसहित मिर्चैयाको कटारी चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । सडक अवरुद्धका कारण सयौं सवारी साधन अलपत्र परेका छन् । प्रहरीले सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । उनीहरुले

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • ४०३ पटक पढिएको
    • समृद्धिपथ
  • अमेरिकी दूतावास कब्जा गरेको वर्षगाँठमा इरानमा बिशाल र्‍याली

    तेहरान, १९ कार्तिक । सन् १९७९ मा तेहरानस्थित अमेरिकी दूतावास कब्जा गरेको वार्षिकोत्सव मनाउँदै हजारौं इरानीहरूले गाजामा प्यालेस्टिनीहरूको समर्थनमा देशभर जुलुस निकालेका छन् ।  साे क्रममा तिनीहरूले इजरायललाई वाशिंगटनले दिएकाे समर्थनको निन्दा गरेका छन्, जसले हमास विरुद्धको युद्धमा गाजा पट्टीमा निरन्तर बमबारी गरिरहेको छ। शनिबारको र्‍याली, जुन राज्यले आह्वान गरेको थियो । इजरायल–हमास युद्ध चौथो हप्तामा प्रवेश गरेपछि याे बिशाल र्‍याली आयोजना गरिएकाे थियाे ।  अक्टोबर ७ मा इजरायलमा हमासको अचम्मको आक्रमणमा लगभग १४०० मानिस मारिएका थिए, जबकि २२० भन्दा बढीलाइ बन्धक बनाइएकाे छ

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • ४२७ पटक पढिएको
    • समृद्धिपथ
  • भरतपुर महानगरले भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने

    भरतपुर, १९ कात्तिक । भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।  आज बसेको ८७औं कार्यपालिका बैठकले १ करोड सहयोग गर्ने निर्णय गरेको गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जानकारी दिए। भूकम्प प्रभावित क्षेत्रमा खोज,उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माणलगायतका कार्यमा सहयोग पुर्‍याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने भएको हो। जम्मा हुने सहयोग जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्ष

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • ३५७ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा विद्यालयमै पासो लागेको अवस्थामा भेटिए प्रधानाध्यपक

    मुकेश कुमार यादव सिरहा, १९ कात्तिक । सिरहाको गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमीक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापकले विद्यालयमै पासो लागेको अवस्थामा फेला परेका छन्। बिहानै विद्यालय आएका प्रधानाध्यापक संजिवकुमार साहको खोजी भएपछि धेरै समयसम्म फेला नपरेपछि खोजतलास गर्ने क्रममा आफ्नै विद्यालयको तेस्रो तल्लाको सभाहलमा सलकाे पासो लागेको अवस्थामा भेटिएका हुन्।  बिहानै विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय सहयोगीलाई मोबाइलको रिचार्ज कार्ड किन्न पठाएर आफू भवनको माथि जान कैँचीगेटको साँचाे मागेका थिए।  रिचार्ज कार्ड किनेर आएपछि साहलाई खोजीगर्दा नभेटेपछि कतै गएकाे हाेला भन्न

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • ५३० पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा पनि सुविधा सम्पन्न लन्ज एण्ड वार सञ्चालनमा

    लहान । लहानमा सुविधा सम्पन्न २४ मार्च क्याफे लन्ज एण्ड वार सञ्चालनमा आएको छ । लहान ८ स्थित सेल्फी रोडमा स्विमिङ्ग पुल सहितको लन्ज एण्ड वार शुक्रबारदेखि सञ्चालनमा आएको हो । जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास शारदा तथा पूर्व अध्यक्ष अशोक अमात्यले लन्ज एण्ड बारको उद्घाटन गरेका छन् । स्थानीय युवा व्यवसायीहरूको झन्डै दुई करोड भन्दा बढीको लागतमा सञ्चालनमा आएको लन्ज एण्ड बारको संचालकका आमा बुवा लगायतका अतिथिहरूले रिबन काटेर उद्घाटन गरेका थिए । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संचालकहरु मध्येका एक राकेश महतोले वर्तमान समयमा युवाहरू वैदेशिक रोजगार तर्फ आकर्षित भइरहेको बेला हामीले

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • ७८४ पटक पढिएको
    • समृद्धिपथ
  • विचारले एमाले मजबूत छ : केस गङ्गा प्रसाद यादव

      जीवछ उदासी  लहान कातिक ११ गते । नेकपा एमालेका केन्द्रिय सदस्य सिरहा इन्चार्ज तथा संघीय सांसद गङ्गा प्रसाद यादवले सङ्गठनलाई मजबूत बनाउन बैचारिक र सैद्यान्तिक पक्ष मजबूत हुनुपर्ने बताउनु भएको छ ।  नेकपा एमाले सखुवानन्कारकटी गाउँपालिकाले मौवाही -१ मा आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।  नेकपा एमालेको संगठनलाई कुनै हुरी बतासले कमजोर गर्न नसक्नुको कारण बैचारिक र सैद्यान्तिक पक्षलाई नेता कार्यकर्ताले बुझेर व्यवहारमा ढाल्नु रहेको बताउनुभयो । एमाले पार्टीबाट चोइटिएर गएकाहरु फेरि एमालेमा नै फर्किरहेको छ र यो अभियान जा

    • प्रकाशित मितिः कार्तिक ११, २०८०
    • ७२६ पटक पढिएको
    • समृद्धिपथ
  • 'भ्रष्टाचारीहरुलाई साथ दिनु हुँदैन'

      जीवछ उदासी  कातिक ११ गते ।  नेकपा माओवादीका केन्द्रीय सदस्य तथा घरघरमा माओवादी जनजनमा माओवादी विशेष रुपान्तरण अभियान लहानको संयोजक अमर मण्डलले बताउनु भएको छ । लहान- ४ नम्बर वडामा आयोजित भेलालाई सम्बोधन गर्दै नेता मण्डलले यस्तो बताउनु भएको हो ।  यो देशको समृद्धि विकास र समाजवादको यात्रामा अघि बढ्ने बाधक भ्रष्टाचार नै रहेकोले भ्रष्टाचारीहरुलाई साथ दिइने र स्वयम भ्रष्टाचारमा लिप्त हुनेहरु वास्तविक माओवादी हुन नसक्ने उहाँले बताउनुभयो ।  गरीव दलित पछाडि परेको र पारिएको वर्गको उठानको लागि माओवादी पार्टीले दस वर्षको जनयुद्ध गरेको स्मरण गराउँदा शान्ति वार्तापछि संसदीय ध

    • प्रकाशित मितिः कार्तिक ११, २०८०
    • १,४७७ पटक पढिएको
    • समृद्धिपथ
  • सामाजिक विकृति हटाउन लागौ : सांसद रामशङ्कर यादव

      जीवछ उदासी  सिरहा -१ का संघीय सांसद राम शङकर यादवले सामाजिक विकृति हटाउन यादव समुदाय अघि बढ्नुपर्ने बताउनु भएको छ ।  गोपाल सेवा समिति लहानले आयोजना गरेको दसैं,दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।  मधेशमा १४ प्रतिशत यादव समुदाय रहेको उहाँले भन्दै यो समुदाय सामाजिक विकृति हटाउन र सामाजिक न्यायको लागि अगुवाइ गर्नुपर्नेमा जोड दिनुभयो ।  दसैंले शक्ति दिपावलीले सम्पति र छठ पर्वले सुस्वास्थ्य राखुन शुभकामना ब्यक्त गर्दै सांसद यादवले भन्नुभयो,'यादव समुदायमा रहेको राम्रो पक्ष अन्य सम

    • प्रकाशित मितिः कार्तिक ९, २०८०
    • ५१७ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A