समाचार

    Showing ५७१-५८० of १,२६८ items.
  • लहानमा मेडिकल कलेजको आवश्यकता: सांसद यादव

      जीवछ उदासी  लहान,असोज ७ गते ।  सिरहा -१ का संघीय सांसद राम शङकर यादवले लहानमा मेडिकल कलेजको आवश्यक्ता रहेको बताउनु भएको छ ।  राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित भवनको उद्घाटन कार्यलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।  कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई मेडिकल कलेजको लागि मधेश सरकारबाट पहल थाल्नी गर्न उहाँले आग्रह गर्नुभयो ।  सांसद यादवले थप्नुभयो,' लहानमा मेडिकल कलेज सञ्चालन गर्नको लागि अस्पतालका मुरारका र शारडा दाता परिवारद्वय इच्छुक रहेका छन् । दाता परिवारको नाम थपेर रामकुमार शारडा उमा प्रसाद प्रादेशिक अस्

    • प्रकाशित मितिः असोज ७, २०८०
    • ५८७ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षकहरु आन्दोलनमा सहभागीभएछि विद्यालय सुनसान

      जीवछ उदासी लहान,भदौ ५ गते ।  शिक्षक महासंघले अहवान गरेको राजधानी स्थित आन्दोलनमा शिक्षकहरु सहभागी भएपछि सिरहाका सामुदायिक विद्यालयहरु सुनसान बनेको छ ।  तेस्रो दिन जारी आन्दोलनमा शिक्षक महासंघको अहवानमा सिरहाका सयौ शिक्षकहरु सहभागीता जनाएका छन् । जान नभ्याएका शिक्षकहरु जाने तयारी गरिसकेको नेपाल राहत शिक्षक समिति लहानका सचिव हरिनाथ यादवले बताउनुभयो ।   उहाँले भन्नुभयो,'सरकारसँग हुने वार्तामा राहत शिक्षकहरुलाई नसमेटिए ४० हजार राहत शिक्षकहरुले आन्दोलनलाई निष्कर्षमा नपुरयाई फिर्ता हुने छैनौ ।' ६० वर्षसम्म काम गर्न पाउने र अवकासपछि सामाजिक योगदानमा आधारित सामाजिक सुरक्षा

    • प्रकाशित मितिः असोज ५, २०८०
    • ४५१ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षकहरुको माग पुराहोस् : माननीय राजेन्द्रप्रसाद चौधरी

      जीवछ उदासी  लहान, असोज ४ गते ।  मधेश प्रदेशका प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले शिक्षकहरुले उठाएका मागहरु सरकारले पुरा गर्नुपर्ने बताउनु भएको छ ।  दर्ता भएको शिक्षा विधेयकमा देशैभरीको शिक्षकहरुले असहमति जनाउँदै राजधानी केन्द्रित शिक्षकहरुको आन्दोलन लम्बिरहयो भने यसले शिक्षा क्षेत्रमा राम्रो नहुने उहाँले बताउनु भएको छ ।   शिक्षालाई स्थानीय तहमा राख्नु ठिक नभएको,शिक्षकहरुको सेवा सुबिधा कटौती गर्नु जायज नभएको, राहत शिक्षक,विद्यालय कर्मचारी र कार्यालय सहयोगीहरुको स्थायी हुनुपर्ने मागहरुलाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । वार्ता र सम्ब

    • प्रकाशित मितिः असोज ४, २०८०
    • ९५३ पटक पढिएको
    • समृद्धिपथ
  • एमालेले मनाइयो संविधान दिवस, जनमतका कार्यकर्ताद्वारा कालोपटी वाँधेर प्रदर्शन

    जीवछ उदासी लहान, असोज ३ गते । नेकपा एमाले सिरहा जिलला इन्जार्ज सुमन प्याकुरेलले प्राप्त राजनीतिक उपलब्धीहरुको रक्षाको लागि संविधानको रक्षा आवश्यक रहेको बताउनु भएको छ । नेकपा एमाले सिरहाले आयोजना गरेको संविधान दिवसको अवसरमा चोहर्वाको सृजना समुदायिक भवनमा आायेजित कार्यक्रमलाई सम्बोधन गर्दै सिरहा इन्चार्ज प्याकुरेलले सरकार नै संविधान विरोधी कार्यमा लागेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,‘जाती र धर्मको नारा लगाएर एकता र सामजिक सदभाव विगानेृहरुलाई सरकारमा रहेका दलहरुले नै संरक्षण गरेर संविधान विरोधी गतिविधि गर्नेहरुलाई बढावा दिइरहेका छन् ।’नेकपा एमाले संविधानको रक्षा देशको समृद्धि र र

    • प्रकाशित मितिः असोज ३, २०८०
    • ४३४ पटक पढिएको
    • समृद्धिपथ
  • फरक शैलीमा अधिकारकर्मीहरुको तीज

    जीवछ उदासी लहान,असोज १ गते ।तीज भन्ने वितिकै तडकभडक र आफनौ हैसियत अनुसारको पहिरनमा सजिएर मनाउने चलन नै भएको छ । बिल्कुलै तडकभडक नगरी पििडत महिलाहरुको पीडा सुन्दै खुसी बााडदै महिला अधिकारकर्मीहरुले फरक शैलीमा दुई दिन अगाडी नै दर खाएर तीजको रमाइलो गरेको थियो । सिरहाको गोलबजार,कर्जन्हा र सिरहा नगरपालिकामा पीडित महिलाहरुलाई तीज कार्यक्रममा सहभागी गराएर तीजको रमाइलो गरिएको महिला अधिकारकर्मी रेणु कर्ण यादवले बताउनु भएको छ । उहाँको अनुसार विगत केहि वर्षयता महिला अधिकारकर्मीहरुद्वारा समाजमा रहेका हानिकारक परम्परागत अभयासहरुलाई हटाएर हिंसामुक्त समाज निर्माणको लागि पीडित महिलाहरुको पीडा सुन्दै खुसी वा

    • प्रकाशित मितिः असोज १, २०८०
    • ४८५ पटक पढिएको
    • समृद्धिपथ
  • आन्तरिक एकता सुदृढ गर्न र संगठन विस्तार गर्न माओवादीको अभियान

    जीवछ उदासी मिर्चैया, भदौ ३१ गते ।जनजनमा माओवादी घरघरमा माओवादी जनतासंग माओवादी विशेष रुपान्तरण अभियान मिर्चैया नगरपाकिा वडा नम्बर–८ को सम्मेलन सम्पन्न भएको छ । अभियानले आन्तरिक एकता सुदृढ गर्न र संगठन विस्तार गर्न चलिरहेको नेकपा माअ‍ेवादी मधेश प्रदेश कमिटिका सदस्य तथा मिर्चैया नगरप्रमुख श्रवणकुमार यादवले बताउनु भएको छ । नेकपा मोओवादी सिरहा जिल्लामा अरुको कारणभन्दा आफ्नै आन्तरिक कारणले कमजोर देखापरेको उहाँले भन्दै पार्टी भित्रको विवादको विषय चिया पसल र सार्वजानिक ठाउँहरुमा बोलेर समाधान नहुने बताउनुभयो । पार्टीभित्रको समस्या समाधान गर्नको लागि पार्टीले तनि महिने अभियान ल्याएको प्रदेश

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • १,८१६ पटक पढिएको
    • समृद्धिपथ
  • बालमैत्री वडा घोषणामा सुरुङ्गा नगरपालिका प्रथम

      जीवछ उदासी  लहान,भदौ ३० गते ।  बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी मूल नाराको साथ ५९ औ बालदिवसको अवसरमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर -३ बालमैत्री वडा घोषणा गरेर मधेश प्रदेशको पहिले नगरपालिका भएको छ ।  २०७५ सालमा वडा नम्बर -१ लाई बालमैत्री वडा घोषणा गरिएको यस नगरपालिकाले २०८१ मा बालमैत्री नगरपालिका घोषणाको लागि गृहकार्यमा जुटि सकेको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले -३ नम्बर वडामा रहेको जनप्रभात माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा जानकारी गराउनुभयो ।  बालविवाहमुक्त,पुर्ण साक्षर र पुर्ण खोप नारपालिका घोषणा भैसकेको सुरुङ्गा नगरपालिका ब

    • प्रकाशित मितिः भदौ ३०, २०८०
    • ६६५ पटक पढिएको
    • समृद्धिपथ
  • क्याम्पसको प्रथम बैठक सम्पन्न

      जीवछ उदासी  लहान,भदौ ३० गते । लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पस लहानको प्रथम बैठक सौहाद्रपूर्ण रुपमा सम्पन्न भएको छ ।  बैठकले खाता संचालन,पोखरी र बगैंचा र विविध तीन प्रस्ताव पारित गरी बैठक सम्पन्न भएको हो । प्रथम बैठकमा क्याम्पस लहान नगरप्रमुख समेत रहनु भएको क्याम्पस अध्यक्ष महेश प्रसाद चौधरीको निर्देशनमा क्याम्पस प्रमुख संजय चौधरीले प्रस्ताव राख्नु भएको थियो ।   क्याम्पसको विधान अनुसार बैंक खाता नव निर्वाचित अध्यक्ष महेश प्रसाद चौधरी र क्याम्पस प्रमुख संजय चौधरीको नाममा बैंक खाता सञ्चालन गर्ने,पोखरी र बगैंचाको ठेक्का लगाउन नयाँ कार्यविधि बनाउन सञ्चा

    • प्रकाशित मितिः भदौ ३०, २०८०
    • ६२८ पटक पढिएको
    • समृद्धिपथ
  • ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाउदै

    सिरहा । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज नेपालमा पनि राष्ट्रिय बाल दिवस मनाएका छन् । नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ । संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । नेपालको संविधान र कानूनले बाल

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ३९५ पटक पढिएको
    • समृद्धिपथ
  • यामाहाको नयाँ मोडेल बजार पाउनेछ : अध्यक्ष शारडा

      जीवछ उदासी  लहान,भदौ २७ गते । उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकाश शारडाले यमहाको नयाँ मोडेलले बजार पाउने बताउनु भएको छ ।  यामाहाको नयाँ मोडेलको विशेषता बुझेपछि ग्राहकहरुले प्रयोग गर्ने अध।यक्ष शारडाले भन्दै लहानको आर्थिक बिकासमा यामाहा शो रुमले समयानुकूल मोटरसाइकलहरु ल्याइरहेको बताउनुभयो ।  विहिवार लहान-१ संजीव श्रवण शो रुममा नयाँ मोडेलको मोटरसाइकल दशैको अवसरमा बजार ल्याएको मोटरसाइकलको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । फ्युएल इन्जेक्शन १४९ सिसि सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित एफजेड -एस भर्सन ३.० मा एयर कुल्ड ,फोर स्ट्रोक,दुई भल्भ ,एक स

    • प्रकाशित मितिः भदौ २८, २०८०
    • ६०१ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A