काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले बुधबार निधन भएकी सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका हुन्। साथै उनीहरूले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसअघि आज बिहान प्रधानमन्त्री प्रचण्डले सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गरे। नेकपा (माओवादी केन्द्र)का नेताहरू पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, ओनसरी घर्तीलगायतले श्रद्धाञ्जलि अर्प
सिरहा । सिरहाको साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको घाँटी रेटी हत्या भएको छ । मिर्चैयास्थित खानेपानीको कार्यालयमा ८ महिनादेखि कार्यरत सोही नगरपालिका–८ का किशोरी रायको हत्या भएको हो । सोमबार बिहान संस्थाका सचिव डिकाराम पोखरेल कार्यालय पुग्दा रायलाई रगताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा उनको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । रातिको समय ड्युटीमा रहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जनाए ।
काठमाडौं । सबै स्थानीय तहले भोलि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छन् । ७ सय ५३ स्थानीय तहले आर्थिक वर्ष २०८०, ०८१ का लागि आइतबार बजेट प्रस्तत गर्न लागेका हुन् । स्थानीय तहले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्यय–बजेटको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा प्रस्तुत गर्नुपर्ने प्रावधान छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा यसबारे उल्लेख गरिएको छ । महानगरसहितका केही स्थानीय तहले आगामी आव २०८०र८१ का लागि शनिवारसम्म १० स्थानीय तहले बजेट पेश गरिसकेका छन् । कू
सिरहा । सिरहाका नेपाल प्रेस युनियन, प्रेस चौधरी नेपाल र प्रेस सेन्टरले संयुक्र रुपमा प्रेस विज्ञप्ती जारी गरी नेपाल पत्रकार महासंघ सिरहा शाखा विघटन गरी तदर्थ समिति गठन गर्नु पर्ने मांग गरेका छन् । नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकार शुद्धिकरणको नाममा गरेको विभेदकारी रबैया प्रति असन्तुष्ट हुँदै यस्तो माग गरेका हुन् । महासंघ सिरहा शाखाको स्थापनादेखि हालसम्म क्रियाशील रहेका अग्रज पत्रकारसहित अन्य क्रियाशील पत्रकारहरुको सदस्यता विभिन्न बहानामा नविकरण नगर्न सिफारिस गरिएको छ । तर, विगत १० दश वर्षदेखि सक्रिय पत्रकारिता नगर्ने, विभिन्न विद्यालय तथा क्याम्पसमा शिक्षण गर्ने, विभिन्न सरकारी तथा ग
जिवछ उदासी लहान,असार ७ गते । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी (थारु) ले पहिचान स्थापनाको लागि लडाइ लडि रहेको बताउनु भएको छ । लहानको नयाँ बसपार्क सिङग्राहीमा आयोजित भेलालाई सम्बोधन गर्दै संरक्षक थारुले यस्तो बताउनु भएको हो । संकृति भाषा र थारु पहिचानको लागि थारुवान प्रदेश हुनुपर्छ माग राखेर आन्दोलन गर्दा आठ वर्ष जेल जीवन बिताउनु परयो भन्दै कर्णाली नदीको नाम,पहिलेको अञ्चलको नाम र अहिले प्रदेशको नाम यस्तै कोशी नदी अञ्चल र प्रदेशको नाम राख्न मिल्ने तर मगर थारु लिम्बु लगायत शोषणमा परेका धर्ती पुत्रहरु थारुवान,लिम्बुवान र मगराँतको माग गर्दा जातीय राज्य भयो भनेर गलत प
समृद्धिपथ समाचारदाता, लहान । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं २ मा रहेको श्री जनता डोमी चौधरी नमुना माध्यमिक विद्यालय प्राविधिक धारको प्रधानाध्यापक पशुपति साहले विद्यालयको रकम हिना मिना गरेको खुलासा भएको छ । स्थानीय नागरिक समाज र अभिभावकहरुको भेलाले प्रधानाध्यापक साह हरहिसाब संन्तुष्टिजनक न दिई ठूलो रकम हिना मिना गरेको खुलासा भएको हो । स्थानीय अमिरि यादव, ज्ञानेन्द्र राय र मनोज साहलगायतका स्थानीयहरुले विद्यालयमा करिब ५२ लाखको मोनोपोलि योजना आफ्नै विद्यालयमा पढाउने शिक्षकसँग बनाएर राता रात गुणस्तर हिन काम गरेको आरोप लगाएका छन् । महिना दिन नवित्दा ढलान चर्केको छ । हामीले जति भनेपछि
फिरोज सिद्दिकी, लहान । सिरहाको लहानमा सुविधा सम्पन्न इज्जीमार्ट सुपर मार्केट संचालनमा आएको छ । लहान-७ स्थित भण्टाघर नजिकै नहरको छेउमा रहेको नयाँ भवनमा उक्त सुपर मार्केट संचालनमा आएको हो। समाजसेवी शोभा देवी राउतले रिबन काटेर उद्घाटन गर्नु भएको हो । ग्राहकहरुको सेवा र सुविधाको लागि एउटै छानामुनि सवै प्रकारको सेवा र सुविधान दिनको लागि आफुले लगानी गरेको सुपर मार्केटका संचालक नहरा रिगौल निवासी अलाउद्दिन साह फकिरले बताउनुभयो । उहाँका अनुसार सिरहा जिल्लाको व्यापारी केन्द्रको रुपमा लहान विकसित हुँदै गएको अवस्थामा यस क्षेत्रको बजार हेरेर सुविधा सम्पन्न सुपर मार्केट संचालनमा ल्याएको जनाउनु भयो । सि
जीवछ उदासी, लहान नगरपालिकाको शहरी क्षेत्रबाट प्राँच किलोमिटर दक्षिण ग्रामीण भेगमा रहेको जनता माध्यमिक विद्यालय सोनमति गढालाई लहान नगरपालिकाबाट सहयोग भइरहे पाँच वर्षमा मधेश प्रदेशकै नमूना विद्यालय बनाइ छाडने प्रधानाध्याक अरबिन्द कुमार दासले दृढता व्यक्त गर्नु भएको छ । २०५६ सालमा तत्कालिन गाउँ विकास समिति सोनमति गढा हाल लहान नगरपालिका –१९ र तत्कालिन गाउँ विकास समिति गढा हाल लहान नगरपालिका २३ मिलेर कक्षा सात सम्म सञ्चालित विद्यालयलाई माध्यमिक तहको विद्यालयमा स्रोन्नति गरेको थियो । माध्यमिक विद्यालय सञ्चालनको लागि सोमति गाँउ विकास समितिका अध्यक्ष बेचन यादव र गढा गाउँ विकास समसतका अध्यक्ष क
फिरोज सिद्दिकी, लहान । भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यदवले पालिकाको समृद्धि र विकासका लागि दृढ रहेको बताउनु भएको छ । पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष यादवले आर्थिक वर्ष २०७९/८० को बजेटले विकासको लिक ओछयाई सकेको छ । अगामी आर्थिक वर्षमा गाउँसीले प्रत्याभूति गर्नेगरि नै विकासको कामहरु अगाडि बढाउन गृह कार्यभईरहेको बताउनु भएको हो । उहाँले विकास जाँदुको छडी होईन, एकै रातमा छु मन्त्र गरेर भैहाल्ने हो, तर यसको लागि भगवानपुर गाउँपालिका दत्तचित्त भएर नै लागेको विश्वास दिलाउनु भयो । भगवानपुरको समृद्धिको आधार शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार क्षेत्रमा काम गरेर नै हुने भएकोले यसलाई आधार मान
समृद्धिपथ समाचारदाता लहान । लहान नगरपालिका -१ मुख्य चोक तरकारी बजारको ढलान निर्माण कार्यमा ढिलाई हुँदा स्थानीयहरुलाई सास्ती खेप्नु परिरहेका छन् । अति व्यस्त रहने चोकमा एक महिनादेखि मोटर साइकल लगायत अन्य सवारी साधन लिएर आउ जाउ गर्न रोक लगाएर थालेको निर्माण कार्य कछुवाको गतिमा अघि बढ्दा स्थानीयहरु सास्ती खेप्न बाध्य भएका हुन् । ४५ लाखमा ढलान निर्माणको लागि असरलाल चौधरीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएपनि ढलान कार्य तीव्र गतिमा होस् भने ठेकेदार दिपक श्रेष्ठलाई ढलान निर्माण कार्य सुम्पिएको हो । कामको गति हेर्दा अझै १५ दिन लाग्ने देखिन्छ । आउ जाउ गर्न बन्द गरेर स
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A