राजनीति

    Showing ११-२० of ४६५ items.
  • लहानका मेयरलाई जेन–जी संगठनको ध्यानाकर्षणपत्र, भ्रष्टाचार नियन्त्रण र सुशासनको माग

    फिरोज सिद्दिकी  लहान । भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना र प्रशासनिक पारदर्शिता सुनिश्चित गर्न जेन–जी संगठन–लहानले सोमबार लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीलाई ध्यानाकर्षणपत्र बुझाएको छ। संगठनले देशव्यापी जेन–जी आन्दोलनको भावना अनुरूप स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको अभ्यास हुनुपर्ने माग राखेको हो। ध्यानाकर्षणपत्रमा गत भदौ २३ र २४ गते भएको ऐतिहासिक जेन–जी आन्दोलनले शासन परिवर्तनसम्मको परिस्थिति निर्माण गरे पनि आन्दोलनका मुख्य मागहरू अझै कार्यान्वयनमा नआएको कारण संघर्ष निरन्तर जारी रहेको जनाइएको छ। संगठनले लहान नगरपालिकामा व्याप्त भ्रष्टाचार, ढिला

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ४६९ पटक पढिएको
    • समृद्धिपथ
  • बालेन र सुधनविरुद्ध नेविसंघद्वारा जाहेरी, २४ घण्टाको अल्टिमेटम

    काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनालाई लिएर नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। नेविसंघका केन्द्रीय सदस्य अशोक सिंह बिष्टले आज काठमाडौं र ललितपुर प्रहरी कार्यालयमा जाहेरी दिएका हुन्। उनले संगठनको निर्णयअनुसार काठमाडौं प्रहरी परिसरमा जाहेरी दर्ता गर्न पुगेको बताए। जाहेरीमा बालेन साह र सुधन गुरुङले युवा विद्यार्थीहरुलाई उकासेर सर्वसाधारणको ज्यान जाने गरी मुठभेड गराएको, सरकारी र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा लुटपाट गराएको,

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ३५६ पटक पढिएको
    • समृद्धिपथ
  • जेन्जी सहिद परिवारले तीन मन्त्रालयमा नियुक्ति माग गर्दै सरकारलाई चेतावनी

    काठमाडौं । जेन्जी सहिद परिवार संघर्ष समितिले सरकारले सहिद परिवारप्रति बेवास्ता गरेको भन्दै तीन मन्त्रालयमा आफ्ना प्रतिनिधि नियुक्त गर्न माग गरेको छ। बिहीबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा समितिले चेतावनीसहित सरकार समक्ष आफ्नो माग राखेको हो। समितिले श्रम तथा रोजगार मन्त्रालयमा सहिद विजय चौधरीका दाजु दीपक चौधरी, खानेपानी मन्त्रालयमा सहिद इस्वत अधिकारीका आफन्त भोज विक्रम थापा, र युवा तथा खेलकुद मन्त्रालयमा सहिद योगेन्द्र न्यौपानेका मामा कमल सुवेदीको नाम सिफारिस गरेको जानकारी गराएको छ।  समितिले ७ दिनभित्र माग सम्बोधन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। सहिद श्रीय

    • प्रकाशित मितिः असोज २३, २०८२
    • २७८ पटक पढिएको
    • समृद्धिपथ
  • गगन थापा विशेष महाधिवेशनको अडानबाट पछि हटे, अब नियमित महाधिवेशनको पक्षमा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनको अडानबाट पछि हट्दै नियमित महाधिवेशनको पक्षमा उभिएका छन्। युवाहरूमार्फत हस्ताक्षर अभियान चलाइरहेका थापाले बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा मंसिरभित्र नियमित महाधिवेशन गर्ने प्रस्ताव एजेन्डाका रूपमा राखेका हुन्। विशेष महाधिवेशनका लागि विधानगत जटिलता र पर्याप्त समर्थन नपाएपछि थापाले रणनीति परिवर्तन गरेका हुन्। उनले डा. शेखर कोइरालालाई भेटी नियमित महाधिवेशनका लागि समर्थन मागेका थिए। अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशनका लागि अपिल गरे पनि प्रयास असफल भएपछि पार्टी अब नियमित महाधिवेशन

    • प्रकाशित मितिः असोज २३, २०८२
    • २४३ पटक पढिएको
    • समृद्धिपथ
  • ‘असंवैधानिक रूपमा बनेको सरकारले लोकतन्त्रको जग भत्काउन खोज्दैछ’ : अध्यक्ष ओली

    भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई सही बाटोमा ल्याउन असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् पुनर्स्थापनाको माग लिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन्। भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार संविधानविपरीत बनेको दाबी गर्दै तत्काल संसद् विघटन फिर्ता गर्नुपर्ने आवश्यकता औंल्याए। ओलीले भने, “मलाई विश्वास छ, कांग्रेसले पनि यही बाटोमा आफूलाई उभ्याउनेछ। अरू पार्टीहरू पनि यही बाटोमा अघि बढ्छन्। देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन अरू बाटो छैन।” उनले असंवैधानिक निर्णयलाई समर्थन गरेर अघि बढे देश र संविधान दुबै अफ्ठेरोमा पर्ने चेतावनी दिए। अध्यक्ष

    • प्रकाशित मितिः असोज २३, २०८२
    • २२६ पटक पढिएको
    • समृद्धिपथ
  • केपी ओली सैनिक ब्यारेकबाट बाहिर, गुण्डुमा नयाँ बसोबास

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिर निस्किएका छन्। जेनजी आन्दोलनको क्रममा नेपाली सेनाले उनलाई सुरक्षाको लागि नियन्त्रणमा लिइएको थियो। प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि २४ भदौदेखि ब्यारेकमा बस्दै आएका ओली अब सामान्य अवस्थामा बाहिर आएका हुन्। सुरक्षा स्रोतका अनुसार ओली अहिले भक्तपुरको गुण्डु सरेका छन्, जहाँ उनको बसाइका लागि भाडाको घर व्यवस्था गरिएको छ। बालकोटस्थित उनका निवासमा प्रदर्शनकारीले आगजनी गरेपछि उनी गुण्डु सरेका हुन्। एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले ओलीलाई गुण्डु ल्याउने पहल गरेका थिए। बस्नेतले आगामी दिनमा ओलीलाई भव

    • प्रकाशित मितिः असोज २, २०८२
    • ३९० पटक पढिएको
    • समृद्धिपथ
  • आन्दोलनमा लुटिएका सामान फिर्ता गर्न भगवानपुर गाउँपालिकाको आह्वान

    फिरोज सिद्दिकी  सिरहा । भगवानपुर गाउँपालिका कार्यालयले जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा हराएका तथा लुटिएका सामान फिर्ता गर्न आह्वान गरेको छ। गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै भदौ २४ गतेको आन्दोलनमा गाउँ कार्यपालिकाको कार्यालय र वडा नं. २ को कार्यालयमा भएको क्षतिको विवरण सार्वजनिक गर्दै ७ दिनभित्र सामान बुझाउन आग्रह गरेको हो। सूचना अनुसार सिसिटिभी क्यामेरा, कम्प्युटर, प्रिन्टरसहित कार्यालयका अन्य सर-सामान केही व्यक्तिहरूले लगेका वा प्राप्त गरेका हुन सक्ने भन्दै ती सामग्री गाउँ कार्यपालिकाको कार्यालय वा अस्थायी प्रहरी पोष्ट भगवानपुरमा बुझाउन अनुरोध गरिएको छ। गाउँपालिका अध

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • ३१६ पटक पढिएको
    • समृद्धिपथ
  • प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण, जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा

    काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै सरकारले पहिलो निर्णयमा जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेकी छन्। साथै, मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको छ। सरकारको पहिलो बैठकपछि मुख्यसचिव एकनारायण अर्यालले निर्णयको जानकारी दिँदै तोडफोड र आगजनीका कारण सरकारी सेवा प्रवाहमा चुनौती आएको बताए। उनका अनुसार मन्त्रालय, अदालत, सिडिओ कार्यालयलगायतका संरचनाहरू नष्ट भएकाले प्राथमिकताका आधारमा पुनर्निर्माणको आवश्यकता देखिएको छ। पदभार ग्रहणपछि कर्मचारीलाई सम्बोधन गर्दै प्रधानमन्त्

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • ३३० पटक पढिएको
    • समृद्धिपथ
  • अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त

    काठमाडौं, भदौ २७ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ गराउनु भएको हो। शपथग्रहणपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै आगामी कार्यकाल सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना दिनुभयो । यससँगै देशले पहिलोपटक महिला कार्यकारी नेतृत्व प्राप्त गरेको छ । कार्की यसअघि पनि नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी थिइन् । करिब आठ वर्षअघि न्यायपालिकाबाट अवकाश लिएपछि कार्यपालिकाको नेतृत्व गर्ने अवसर पाउँदा

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • ३८२ पटक पढिएको
    • समृद्धिपथ
  • जेन–जी आन्दोलनको चपेटामा प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौँ । देशभरि चर्किँदो जेन–जी आन्दोलन अखेर प्रधानमन्त्री केपी शर्मा ओलीको पद गुम्ने कारण बनेको छ। मंगलबार दिउँसो करिब २ः३० बजे ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका छन्। उनले पत्रमा असामान्य परिस्थिति सिर्जना भएकाले समाधान संविधानमै खोजिनुपर्ने उल्लेख गरेका छन्। राष्ट्रपति पौडेलले राजीनामा स्वीकार गरेर अर्को प्रधानमन्त्री नआएसम्म ओलीलाई कार्यवाहक बनाइएका छन्। ओली पद छाड्नुअघि नै सत्तारूढ गठबन्धन फाटिसकेको थियो। कांग्रेसका गृहमन्त्री रमेश लेखकले सोमबार राजीनामा दिए, मंगलबार स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी र खेलकुद मन्त्री तेजुलाल चौधरीले पन

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • ३४५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A