राजनीति

    Showing ११-२० of ४९१ items.
  • विद्यार्थी र कर्मचारी संगठन खारेज गर्ने सरकारी निर्णय स्वागतयोग्य : उपमेयर महतो

    फिरोज सिद्दिकी  लहान, वैशाख २२ गते हो। लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले सरकारद्वारा विद्यार्थी संगठन तथा कर्मचारी संगठन खारेज गर्ने निर्णयलाई स्वागतयोग्य बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले उक्त निर्णयले शिक्षा र सेवा क्षेत्र सुधारतर्फ सकारात्मक संकेत दिएको उल्लेख गरेका हुन्। उपमेयर महतोले विद्यार्थीको मूल दायित्व शिक्षा आर्जन गर्नु र कर्मचारीको प्रमुख काम जनतालाई सेवा दिनु रहेको स्पष्ट पार्दै पछिल्लो समय यी दुवै क्षेत्र अत्यधिक राजनीतीकरणका कारण प्रभावित भएको टिप्पणी गरेका छन्। उनका अनुसार विद्यार्थी र कर्मचारी दुवै समूह राजनीतिक गतिविधिमा बढ

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • २७९ पटक पढिएको
    • समृद्धिपथ
  • मेयर महेश प्रसाद चौधरीमाथि राजनीतिक प्रतिशोध र संगठन कमजोर बनाएको आरोप

    फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताहरूले क्षेत्रीय सभापति तथा लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले गरेको कारबाही सिफारिसप्रति कडा आपत्ति जनाउँदै त्यसलाई “राजनीतिक प्रतिशोध र गुटबन्दीको परिणाम” भएको आरोप लगाएका छन्। सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पदका प्रत्याशी उम्मेदवार कन्हैया प्रसाद गुप्ताले प्रेस विज्ञप्ति जारी गरी यस्तो आरोप लगाएका हुन्। आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा महाधिवेशन प्रतिनिधि सन्तोष चौधरी, गौरी नारायण चौधरी, जिल्ला सदस्य रामगणेश दास, क्षेत्र सह–सचिव मुकेश महतो, बुथ सभापति अम्बर

    • प्रकाशित मितिः चैत १, २०८२
    • ३५६ पटक पढिएको
    • समृद्धिपथ
  • अमेरिका–इजरायलको इरानमाथि आक्रमणप्रति झलनाथ खनालको कडा आपत्ति

    काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरिष्ठ कम्युनिस्ट नेता झलनाथ खनाल ले संयुक्त राज्य अमेरिका र इजरायल ले इरान माथि गरेको संयुक्त सैनिक आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। उक्त आक्रमणका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सहित उच्च पदस्थ अधिकारीहरूको हत्या भएको घटनाप्रति उनले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। खनालद्वारा जारी वक्तव्यमा उक्त घटना मानवअधिकारको ठाडो उल्लंघन, मानवीय विवेकको परित्याग तथा अन्तर्राष्ट्रिय कानुनको खुल्लमखुल्ला उल्लंघन भएको उल्लेख गरिएको छ। एक सार्वभौम राष्ट्रका सर्वोच्च नेताको हत्या गरिनु अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तवि

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • ४३२ पटक पढिएको
    • समृद्धिपथ
  • मध्यपूर्वको मिसाइल आक्रमणप्रति ओलीको चिन्ता, ‘नेपालमा युद्धको धुँवा प्रवेश नगरोस्’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले नेपालमा कुनै पनि आवरणमा युद्धको धुँवा प्रवेश नगरोस् भन्ने कामना गरेका छन्। अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वले आफूलाई अत्यन्त व्यथित बनाएको उल्लेख गर्दै यस परिस्थितिका कारण आफूलाई निदाउनसमेत नसकेको बताएका हुन्। उनले सो क्षेत्रमा रहेका लाखौं नेपाली नागरिक आपत र त्रासको अवस्थामा रहेको भन्दै उनीहरूका परिवार नेपालमा पलपल छट्पटाएर बस्नु परेको बताएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, “मध्यपूर्वका देशहरूमाथि

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • २७२ पटक पढिएको
    • समृद्धिपथ
  • काँग्रेसको पुरानो नेता चौधरी रास्वपामा प्रवेश

      जीवछ उदासी  लहान,फागुन १३ गते  नेपाली काँग्रेसको पुरानो नेता अच्चमितलाल चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ । रा्स्वपा सभापति रवि लामिछाने लहानको मुख्य चोकमा रहेको सहिद शालिकहरुमा माल्यार्पण र चुनावी सडक प्रदर्शनमा आउनु भएको अवसरमा अच्चमितलाल चौधरी नेपाली काँग्रेस परित्याग गरी रास्वपामा प्रवेश गर्नु भएको हो । यसैगरी वातावरणविद् दिनेश कुमार यादव पनि रास्वपामा प्रवेश गर्नु भएको छ ।  २०७४ सालको स्थानीय निर्वाचनमा नौ हजारभन्दा मत ल्याएर लहान नगरप्रमुखको प्रत्यासी रहनु भएको अच्चमितलाल चौधरी पटक पटक नेपाली काँग्रेसको लहान नगर सभापति समेत रहि सक्नु

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • ७३८ पटक पढिएको
    • समृद्धिपथ
  • सब–इन्जिनियर हत्या प्रकरणमा एमाले सिराहाद्वारा कडा कारबाहीको माग

    फिरोज सिद्दिकी  सिराहा, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, सिराहाले सर्लाहीको मलंगवामा कार्यरत एक सब–इन्जिनियरमाथि गोली प्रहार गरी हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले उक्त घटनाको घोर निन्दा तथा भर्त्सना गर्दै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको हो। जिल्ला कमिटी सिराहाका अध्यक्ष अशोक कुमार यादवद्वारा जारी प्रेस विज्ञप्तिमा मिति २०८२ फागुन ३ गते आइतबार भौतिक पूर्वाधार विकास कार्यालय, सर्लाही मा कार्यरत सब–इन्जिनियर प्रमोद यादवमाथि अज्ञात व्यक्तिले दिनदहाडै गोली प्रहार गरी हत्या गरेको समाचारले पार्टी स्

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • ५७२ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा एमालेभित्र विद्रोहः पूर्व सांसदसहित नेता कार्यकर्ताले पार्टी छाडे

    सिरहा, २ फागुन। सिरहामा नेकपा एमालेभित्रै गम्भीर असन्तोष बढेको देखिएको छ। शनिवार गोलबजारमा आयोजित पत्रकार सम्मेलनमा दुई पूर्व सांसदसहित पाँच दर्जनभन्दा बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। यस घटनाले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी र स्थानीय राजनीतिक सन्तुलनमा असर पार्ने अनुमान गरिएको छ। पार्टी परित्याग गर्नेहरूमा निवर्तमान सांसद सम्झना थपलिय र पूर्व सांसद जानकी रामको नाम उल्लेखनीय छ। यसबाहेक जिल्ला कमिटी सचिवालय सदस्य, उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज फूलेश्वर नायक, नेपाल उद्योग व्यवसायी महासंघका सिरहा जिल्ला अध्यक्ष पशुपति साह, नगर

    • प्रकाशित मितिः फागुन २, २०८२
    • २६६ पटक पढिएको
    • समृद्धिपथ
  • ‘नेपाली काँग्रेस नयाँ पार्टी बनेर चुनावमा होमिएको छ’

    जीवछ उदासीलहान माघ २८गते नेपाली काँग्रेसका केनद्रीय सभापति गगन कुमार थापाले नेपाली काँग्रेस नयाँ पार्टी बनेर चुनावमा होमिएको बताउनु भएको छ । लहानमा नेपाली काँग्रेस सिरहा १ नम्बर क्षेत्रीय समितिले आयोजना गरिएको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको छ । नेपाली काँग्रेस पुरानो पार्टीको रुपमा धेरै राजनीति विकृति बोकेको आभास भएर नै माघ १ गतेबाट यस पार्टीलाई नयाँ पार्टी बनाएको उहाँले बताउनुभयो ।‘‘आवेग आक्रास जम्मा गरेर नयाँ पार्टी बन्दैन । त्यसको लागि इतिहास, विरासत र अनुभवको समेत आवश्यक्ता पर्दछ । नेपाली काँग्रेस विगतबाट सिकेर वर्तमानमा नयाँपन ल्याएर देशको सुन

    • प्रकाशित मितिः माघ २८, २०८२
    • ४३६ पटक पढिएको
    • समृद्धिपथ
  • सहिद पत्नीको माग : पटक–पटक वलिदानी गर्न नपरोस

    जीवछ उदासी लहान समाचारदातालहान,माघ २२ गते फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको सपना साकार हुने चुनावी प्रतिवद्धता आउनुपर्ने लहान वडा नम्बर १५ ढोडनाका जेनजी आन्दोलनका सहिद विजय चौधरीको पत्नी अमेरिका चौधरीले माग गरेकी छिन । यस पटकको निर्वाचनमा जेनजी आनदोलन लगायत पटक–पटकको आन्दोलनमा वलिदनी गरिएका सहिदहरुको सपना साकार हुने गरी काम नभएकोले भदौ २३ गते ७६ जना जेनजी युवाहरुले सहादात गरिएकोले सहिदको सपना साकार गर्ने सरकार बनाउन परिर्वतनको पक्षमा लागेको उहाँले बताउनुभयो । ‘‘एक सहिद पत्नीको पीडा अरुलाई के थाहा हुन्छ ? हाँस्ने खेल्न

    • प्रकाशित मितिः माघ २२, २०८२
    • ५४० पटक पढिएको
    • समृद्धिपथ
  • कडा प्रतिस्पर्धाले सप्तरी–२ को चुनाव झन् अनिश्चित

    राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ फेरि एकपटक राजनीतिक प्रयोगशालाजस्तै बनेको छ । यहाँ चुनाव जित्नेभन्दा पनि हार्ने इतिहास दोहोरिने गरेको छ । २०५६ सालयता कुनै पनि उम्मेदवारले लगातार जित निकाल्न नसकेको यो क्षेत्र यसपटक पनि बहुकोणीय प्रतिस्पर्धाका कारण अत्यन्तै अनिश्चित देखिएको छ । यो क्षेत्रको चुनावी चरित्र नै मतदाताको असन्तोष, परीक्षण र परिवर्तनसँग जोडिएको छ । २०४८ र २०५१ मा गजेन्द्रनारायण सिंहले जितेपछि २०५६ मा १७ मतले पराजय भोग्नुपर्‍यो । त्यसयता मतदाताले पटक–पटक नयाँ अनुहार र नयाँ दललाई अवसर दिँदै आएका छन् । यही प्रवृत्तिले २०७४ मा उपेन्द्र यादव र २०७९ मा डा. सिके राउतलाई

    • प्रकाशित मितिः माघ २०, २०८२
    • ४०६ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A