फिरोज सिद्दिकी लहान । प्रेस चौतारी नेपाल सिरहा शाखाले आफ्नो सदस्य तथा ‘दस्तक खबर’ का सञ्चालक विजय साहको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै घटनालाई पत्रकारिताको स्वतन्त्रतामा ठुलो आघात पुगेको ठहर गरेको छ। इलाका प्रहरी कार्यालय लहानले कार्तिक २ गते साहलाई कार्यालयमै काम गरिरहेको अवस्थामा पक्राउ गरेको थियो। साहले लहानको दुर्गा मन्दिरमा दशैँका अवसरमा आयोजित मनोरञ्जनात्मक कार्यक्रममा भएको अश्लील नृत्य र उच्छृंखल गतिविधिबारे सचेतनामूलक सन्देश लेखेका थिए। यस्तै लेखका कारण प्रहरीले साहलाई पक्राउ गरेको हो। प्रेस चौतारी नेपाल सिरहाका अध्यक्ष शिवकुमार साहले विज्ञप्ति जारी गर्दै विजय साहको ग
काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) ले लेबनान र प्यालेस्टाइनमाथि भइरहेको बर्बरतापूर्ण आक्रमण रोक्न माग गर्दै प्रदर्शन गरेको छ। बिहीबार काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शनमा संगठनले इजरायली आक्रमणको विरोध गर्दै लेबनान र प्यालेस्टाइनका जनताप्रति समर्थन र सहानुभूति प्रकट गरेको हो। विद्यार्थी संगठनले इजरायली आक्रमणका कारण लेबनान र प्यालेस्टाइनका जनताले भोगिरहेको दुःखदायी परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। साथै, इजरायल र लेबनानमा रहेका नेपालीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन नेपाल सरकारलाई पहल गर्न आह्वान गरेको छ। अनेरास्ववियू (क्रान्तिकारी) ले हमासको कब्जामा रहेको भनिएका नेप
जीवछ उदासी लहान,असोज २८ गते । मधेशमा शिक्षा जागरणको लागि अभियान थालेको इन्टेलेक्चुअल फाउन्डेसन नेपालले बोदे वरसाइन -८ काचनमा शिक्षाको महत्व र आवश्यकता विषयक विमर्श सम्पन्न भएको छ । मधेशको शिक्षाको स्तर दिनानुदिन खँस्किदैजानु,शिक्षामा अनुशासन र नैतिकता हराउँदैजानु,सामुदायिक विद्यालयप्रति अविश्वास बढ्दैजानु,अभिभावक सचेत नहुनु,विद्यालयका प्रअहरु विद्यालय सुधार योजना नबनाउनु,खाजा कार्यक्रममा प्रति विधार्थी १५ रुपैया अति न्युन हुनु,जनप्रतिनिधिहरुको चासो र बजेट सामुदायिक विद्यालयमा नदिइनु,शिक्षक कर्मचारी र जनप्रतिनिधिका बालबालिकाहरु सामुदायिक विद्यालयमा भर्ना नहुनु ,सामुदायिक वि
फिरोज सिद्दिकी लहान । चाडपर्व नजिकिएसँगै बजार अनुगमनको औपचारिकता मात्र पूरा गर्न गरिएको कार्यले उपभोक्ता र व्यापारीहरू दुवै प्रभावित भएका छन्। सिरहाको लहानमा भैरहेको बजार अनुगमनलाई स्थानीयहरूले “भत्ता पचाउन मात्र गरिएको“ भन्दै आलोचना गरेका हुन्। अनुगमनकर्ताहरू र व्यवसायीहरूबीचको मिलोमतोले अनुगमनको विश्वसनीयतामाथि गम्भीर प्रश्न पनि उठाएको छ। चाडपर्व लक्षित अनुगमनमा ट्राफिक प्रहरीहरूले गर्ने सामान्य चेकजाँचजस्तै, बजार अनुगमनको नाममा उपस्थिति देखाइए पनि कुनै ठोस नतिजा आउने संकेत देखिएको छैन। बजारमा अत्यधिक मूल्यवृद्धि, गुणस्तरहीन सामानको विक्री र म्याद नाघेका वस्तुहरूको बिक्री जस्
लहान । तराई-मधेशको सांस्कृतिक पहिचान झिझिया नृत्य, विशेषतः दशैँ पर्वमा आयोजना हुने यो लोकनृत्य, अहिले आफ्नो मौलिकता गुमाउँदै अश्लीलतामा डुबेको आरोप लाग्न थालेको छ। विगतका वर्षहरूमा यो नृत्यले समाजमा सकारात्मक सन्देश दिने गथ्र्यो, तर हाल भोजपुरी र मैथिलीका अश्लील गीतहरूमा गरिएको प्रदर्शनले यसलाई एक किसिमको विकृतिमा रूपान्तरण गरिरहेको देखिन्छ। झिझिया नृत्यलाई तराई-मधेशका जिल्लाहरूमा निकै लोकप्रिय मानिन्छ। तर हाल त्यसको गीतहरूमा अश्लील शब्दहरूको प्रयोगले यसले समाजमा गलत सन्देश प्रवाह गरेको छ। युवा पुस्तामा यसको प्रभाव झन् गम्भीर हुन थालेको छ। नृत्यमा प्रयोग हुने गीतहरूमा बोक्सी र धामीजस्त
फिरोज सिद्दिकी लहान, असोज १८ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकाशिएको छ, जसका कारण उपभोक्ताहरू आर्थिक मारमा परेका छन्। तर पनि अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको सरोकारवाला एवम् सरकारी निकाय दसैंतिहार नजिकिन थाल्दा मात्रै बजार अनुगमनमा सक्रिय देखिन थालेका हुन्। यो वर्ष मात्रै होइन हरेक वर्ष लहानमा चाडपर्व दसैं अगाडिदेखि बजार अनुगमनको कर्मकाण्ड यही रुपमा चलिरहेको छ। अरु बेला कुम्भकर्ण जस्तो सुतेर बस्ने नियमनकारी निकाय चाडपर्वका बेला एकाएक चल्मलाउँछ। मानौं गुणस्तहीन खाद्यवस्तुले चाडपर्वमा मात्रै मानिसको स्वास्थ्यमा हानी गर्छन्। विगतमा जस्तै चाडपर्वको मुखमा आएर
फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका किसानहरूले नगरपालिकाको किसानमारा क्रियाकलापविरुद्ध शुक्रबार सिरहाको लहानमा व्यापक विरोध र्याली निकालेका छन्। र्याली शहिद चौकबाट सुरु भई लहान बजार परिक्रमा गरी लहान नगरपालिकाको गेट अगाडि पुगेर समापन गरिएको थियो। अखिल नेपाल किसान महासंघ, लहान नगर कमिटीको आयोजनामा भएको उक्त र्यालीमा सहभागी किसानहरूले लहान नगरपालिकाका मेयर महेश चौधरीविरुद्ध नारा लगाउँदै, आफ्नो माग पूरा नगरे अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। किसानहरू नगरपालिकाको केही योजनाहरूले कृषि क्षेत्रलाई असर पारिरहेको आरोप लगाउँदै आक्रोशित बनेका छन्। उनीहरूले प्रमुखतया खुट्टी नह
जीवछ उदासी लहान,असोज १७ गते । मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखी लहानको बलान नदी कटान क्षेत्रमा पुगेर स्थलगत निरिक्षण गर्नु भएको छ । लहान-४ सुन्दरपुर र इस्लामपुर र लहान-२३ तिलेबोना पुगेर कटानबाट पीडित भएकाहरुलाई उपलब्ध स्रोत साधनबाट सक्दो सहयोगस्वरुप राहत दिइने मन्त्री लेखीले विश्वास दिलाउनुभयो । लहान-४ सुन्दरपुर र इस्लामपुरमा केहि वर्ष अघि बसेको दलित विपन्नहरुको बस्तीमा गत वर्षदेखि तटबन्ध कटान गरेर वस्तीमा बाढी प्रवेश गरिरहेको जोखिमताले उठिवासको अवस्था आएको छ । लहान-२३ मा बलान नदीलेगरिरहेको कटानले यस वर्ष आँपको वगैंचा सहित उर्वरभूमि पाँ
फिरोज सिद्दिकी लहान । लायन्स क्लब अफ लहान फुलबारीद्वारा आयोजित “साउण्ड सिस्टम वितरण कार्यक्रम“ लहान-१० स्थित श्री जनता मावि, वैरिया गुदिगाउँमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम पुष्पा-हरिकिशन सारडा, लहान-७ को सौजन्यमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन शंकर प्रसाद गुप्ताले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा क्लबका चार्टर प्रेसिडेन्ट लायन राकेश झा रहनुभएको थियो। कार्यक्रममा क्लबका द्वितीय उपाध्यक्ष लायन श्यामसुन्दर साह, तृतीय उपाध्यक्ष लायन मनिष सारडा, महासचिव दिपेन्द्र साह, कोषाध्यक्ष शिवदयाल महतो लगायत डा. रितेश गिरी, डा. बिनय कुमार यादव, डा. मिथ
फिरोज सिद्दिकी लहान । लहानस्थित माखनभोग होटलका लिट्टी र समोसामा किरा भेटिएपछि होटलको स्वास्थ्य र स्वच्छता स्थितिको अनुगमन गरिएको छ। लहान नगरपालिकाका उपमेयर रामचलितर महतोको नेतृत्वमा भएको अनुगमन टोलीमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलु तथा साना उद्योग कार्यालय लहान, राष्ट्रिय उपभोक्ता मञ्च र सञ्चारकर्मीहरू सहभागी थिए। अनुगमनका क्रममा होटलको भान्सामा समोसा र लिट्टी पकाइरहेको अवस्थामा किरासहितका खाद्य पदार्थ फेला परेको हो। दूषित समोसा र लिट्टी तत्कालै नष्ट गरिएको छ भने होटलको स्वच्छता मापदण्डहरू पालन नगरेको पाइएपछि थप कारवाहीका लागि आवश्यक प्रक्रिया थालिएको छ। खाद्य सुरक्षाको
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A