फिरोज सिद्दिकी लहान । खुटीखोला सिंचाई संघर्ष समिती सिरहाले लहान नगरपालिकाको विभिन्न वडाका किसानहरूको तर्फबाट बुधवार जिल्ला सिंचाई कार्यालय सिरहामा ज्ञापन पत्र बुझाएको छ। समितीले लहान नगरपालिकाको वडा नं. १, २, ३, ११, १२, १९, २०, २१, २२, र २३ साथै सखुवानन्कारकटी र लक्ष्मीपुर पत्तारी गाउँपालिकाका किसानहरूको ९३५ बिग्हा जमिन सिंचित गर्न नहरको उकास अविलम्ब गरि प्रक्रिया सञ्चालन गर्न माग गरेको हो। समितीले ज्ञापन पत्रमार्फत ७ दिनभित्र माग पूरा नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ। खुटीखोला सिंचाई परियोजनामा स्थानीय सरकारले मनोमानी ढंगले नहरमा ढल निर्माण गर्न ठेक्का दिएकोमा संघर्ष समितीले आपत्
फिरोज सिद्दिकी लहान । सिराहाको लहानमा पैगम्बर मोहम्मद (स.)को १४९९औं जन्मोत्सव धुमधामका साथ मनाइएका छन्। यस अवसरमा मुस्लिम समुदायले शान्ति जुलुस निकालेर जुलुस ए मोहम्मदी पर्व मनाएका हुन्। लहानमा आयोजित शान्ति र्यालीमा स्थानीय मुस्लिम समुदायका साथै हिन्दू धर्मावलम्बीहरू पनि सहभागि भएका थिए, जसले धार्मिक सद्भाव र भाइचाराको सन्देश फैलाएको छ। र्यालीमा सहभागीहरूले विभिन्न धार्मिक नारा लगाउँदै शान्ति, सद्भाव र सहिष्णुताको सन्देश दिएका थिए। समाजमा सबै धर्मका मानिसहरूबीच एकता र भाइचारालाई प्रोत्साहन गर्ने उद्देश्यले यो पर्व मनाइएको हो। हिन्दू-मुस्लिम समुदायले परस्पर शुभकामना आदानप्रदान गरी
फिरोज सिद्दिकी लहान । अखिल नेपाल किसान महासंघ, लहानले लहान नगरपालिकाका प्रमुख महेश चौधरीलाई ज्ञापनपत्र बुझाउँदै किसानहरुको समस्याका विषयमा तत्काल ध्यान दिन माग गरेको छ। महासंघले नगरपालिकाले कृषि विकास र पशुपालनका योजनामा उपेक्षा गरेको भन्दै सात दिनभित्र माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो। महासंघले ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, पछिल्लो कार्यकालका महत्वपूणर् योजनाहरूलाई बेवास्ता गरिँदै जनहितका योजना स्थगित गर्ने वा असफल बनाउन खोजिएको आरोप लगाइएको छ। विशेषगरी, लहान नगरपालिकामा किसानहरूको प्रत्यक्ष हितका लागि निर्माण सम्पन्न भएको खुट्टी नहरलाई ढलमा परिणत गरेर बलान नदीमा खसाल्
फिरोज सिद्दिकी लहान । लहान नगरपालिकामा रहेको नहर संचालनमा नआउँदा किसानहरु आन्दोलित भएका छन्। लहान नगर प्रमुख महेश चौधरीले सिंचाइको लागि निर्माण गरिएको नहरलाई ढलमा परिणत गरेपछि किसानहरु आक्रोशित भएका हुन्। खुट्टी खोला सिंचाइसँग सम्बन्धित किसानहरुको भेलाले आज संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन्। मुख्य बाली धान र गहुँको सिंचाइ अभावका कारण किसानहरु आकाशे पानीको भरमा खेती गर्न बाध्य भएका छन्। लहानका किसानहरूका अगुवा नेता सत्यनारायण यादवका अनुसार, खेतबारीमा सिंचाईको लागि निर्माण गरिएको नहरलाई प्रभावकारी रूपमा प्रयोग नगरेर नगरपालिकाले किसानमारा निणर्यहरू गरिरहेको छ। मुख
फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीद्वारा लहानको सिंचाइ प्रणालीमा गरिएको विवादास्पद निणर्यप्रति किसान तथा स्थानीय जनसमुदायमा गहिरो आक्रोश देखिएको छ। खुट्टी खोलाबाट लहान नगरपालिका वडा नं. २, ११, १२, १९, २०, २१, २२, र २३ मा सिंचाइ गर्ने नहरलाई ढलमा परिणत गरी बलान नदीमा खसाल्ने निणर्यप्रति जनगुनासो बढ्दै गएको हो। मेयर चौधरीले उक्त नहरलाई ढलमा परिवर्तन गर्न ६ करोडको ठेक्का सम्झौता गरेका छन्। यो निणर्यले वडा नं. २, १९, २०, २१ र २३ मा आउने नहरलाई बन्द गर्ने छ, जसले गर्दा त्यहाँका किसानहरूलाई गम्भीर असर पर्ने अवस्था सिर्जना भएको छ। निणर्यपछि ती वडाहरूमा सिंचाइको सुविधा बन
फिरोज सिद्दिकी सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ स्कुल टोलमा सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २ सय ९० किलोग्राम गाँजा फेला पारेको हो। प्रहरी चौकी कर्जन्हाका प्रहरी सहायक निरीक्षक तेज प्रसाद अधिकारी र इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक राम प्रसाद सापकोटाको नेतृत्वमा गएको टोलीले शोभा कुमारी साहको घर पछाडिको बारीमा प्लास्टिकका १९ वटा पोकामा लुकाएर राखिएको अवस्थामा गाँजा फेला पारेको प्रहरीले जनाएको छ। घटनास्थलबाट ३७ वर्षीय प्रदीप मुखियालाई शंका लागी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ। प्रह
फिरोज सिद्दिकी लहान । नेपाल वैश्य कल्याण महासंघ सिरहाले नव निर्वाचित कार्यसमितिलाई प्रमाण-पत्र वितरण तथा सपथ ग्रहण गराउने कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। शनिवार सिरहाको लहानस्थित रौनियार सेवा सदनको सभाहलमा आयोजित समारोहमा नव निर्वाचित कार्यसमितिलाई प्रमाण-पत्र वितरण गरि कार्यक्रम सम्पन्न गरेको हो । नेपाल वैश्य कल्याण महासंघ सिरहाका अध्यक्ष शिव कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य राज कुमार गुप्ता रहेका थिए। कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष अमरनाथ गुप्ता, विभिन्न जातीय जिल्लाका अध्यक्षहरू, लहान नगरपालिकाका पूर्व मेयर तथा नेपाल सौण्डिक समाज
जीवछ उदासीलहान,भदौ १९ गते ।सङघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेश खेलकुदमा पछाडि परेको बताउनु भएको छ । नेपाली काँग्रेस सिरहा–१ ले सोमबार भदौ १७ गते आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहााले यस्तो यस्तो बताउनु भएको हो । आफू युवा तथा खेलककुद मन्त्री भएपछि मधेश प्रदेशबाट खेलकुदमा सहभागिता र रुचि दुबै नरहेको पाएको उहाँले बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो,‘मधेश प्रदेशको बिरगञ्जमा रहेको नरायाणी रङगशालाको अठार विगहा जग्गा भएपनि व्यवस्थि हुन नसकेको मधेश प्रदेशको राजधानी जनकपुरमा पनि कुनै रङगशाला नरेको अवस्था छ । मधेशका सामुदायिक तथा संस्थागत विद्यालयहर
जीवछ उदासी लहान नगरपालिका –२२ जहदी स्थायी घर भएका रामवृक्ष साह डेढवर्षदेखि भाइरलबाबाको रुपमा चिनिन थालेपछि लहान–१ मा को घरमा टाढा टाढाबाटबाट विरामीहरु आउन थालेका छन् । सात वर्ष सिरहा नगरपालिकाको सारश्वर तीन वर्ष चोहर्वा एक वर्ष सखुवानन्कारकटि गाउँपालिकामा जडीबुटीको औषधी बनाएर बाबाशीर (पाइल्स), ग्याष्ट्रिक, निसन्तानहरुलाई सन्तान हुनेहरुलाई उपचार गर्ने रावृक्ष साहको उपचार गर्ने भिडियो एकजनाले सामाजिक सञ्जालमा राखिएपछि त्यो भिडियो भाइरल भयो । भिडियाृ भाइरल भएपछि रामवृक्ष साहको नाम भाइरलबाबा रहन गयो । स्थानीय लहानभन्दा पश्चिममा बारा पर्सा पूर्वमा झापासम्मको विरामीहरु,भारत विह
फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले लहान स्थित दुर्गा मन्दिरको अध्यक्ष पद सम्हालेपछि स्थानीय नगरवासीहरु र समाजसेवीहरुले तीव्र विरोध जनाएका छन्। नगर प्रमुखले नियम विपरित आफैंलाई मन्दिरको अध्यक्ष बनाएको र यस कदमले मन्दिरको आम्दानीमा भ्रष्ट्राचार हुनसक्ने आशंका व्यक्त गरिएको छ। स्थानीय समाजसेवी ध्रुव साहले मेयर चौधरीको यो कदमप्रति गम्भीर आपत्ति जनाउँदै आमरण अनशन सुरु गरेका छन्। उनले विगतमा भएको मन्दिरको आम्दानीको हिसाब किताब सार्वजनिक गरिनुपर्ने र मेयरको अध्यक्षता खारेज गर्नुपर्ने माग गर्दै आमरण अनशन सुरु गरेका हुन्। दुर्गा मन्दिरको नाममा हाल एक किलो सुन र ६० लाख रु
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A