जीवछ उदासी लहान, साउन १ गते पहिलेको बस्तीपुर गाउँपालिका र मलहनमा गाउँपालिकाको सीमाना रहेको पक्कीटेल अहिले लहान नगरपालिका वडा नम्बर १३ र २४ मा पर्दछ । १५० वर्ष अघि खनिएको पक्की इनारबाटै पक्कीटोल बनेको नमाकरण भएको छ । यतिवेला पककीटोल चौतर्फी विकासको लागि चर्चामा रहेको छ । इनारबाट परिचित पककीटोल अहिले विकासका गति लिएर समृद्ध पककीटोल बनाउन नयाँ पुस्ता सक्रिय देखिएको छ । प्रगतिको कारण मधेशी पहाडेको मिश्रित बस्ती हुनुपनि प्रमुख कारण रहेको लहान वडा नम्बर १३ का वडासदस्य मानबीर यादवको बुझाइ छ । उहाँ भन्नुहुन्छ,‘‘विद्यालय वडा कार्यालय,अस्थायी प्रहरी चौकी र रामजानकी मन्दिरलाई आन्तरिक पर्यटक
जीवछ उदासीलहान असार ३२ गते सिरहा जिल्लाको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सरकारी प्रदत्त निकायहरुले सुशासनको महसुस दिउाने गरी कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । सेवाग्राहीहरुको तर्फबाट उठाइको गुनासा, सुझाव तथा जिज्ञासालाई सम्बोधन गर्न मातहतका कार्यालय प्रमुखहरुलाई सुशासनको प्रत्याभुति दिलाउन सुशासन पारदर्शिता र जवाफदेहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न उहाँले जोड दिनु भएको छ । सेवा प्रवाह,शन्ति सुरक्षा तथा अपराध नियणत्रण उपभोक्ता हित विकास निर्माण समन्वय तथा सहजीकरण विषहरुमा जिल्ला प्रशासन कार्यालय सिरहत तथा इलाका प्रशासन कार्यालय लहानले हिजो बुधवार। आयोजना गरिएको सार
जीवछ उदासी लहान,असार २८ गते । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ७ चोहर्वामा एउटै परिवारका तीन बालबालिकाको डुबेर मृत्यु भएको छ । चोहर्वा पशु हाटबजार परिसरमा पशुलाई पानी खाने प्रयोजनको लागि खनिएको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरी नायव उपरीक्षक सूचना अधिकारी रमेश बहादुर पालका अनुसार रौतहट जिल्ला परोहा नगरपालिका २ का स्थायीवासी मोहबद अवास गोलबजार नगरपालिका ७ चोहर्वा डेरा गरी बस्दै आइरहेका मोहम्मद अवासका १३ वर्षिया छोरी सबनम खातुन १० वर्षिया रुविना खातुन र ८ वर्षिय छोरा सैइफु शेख २ बजेतिर खेल्न निस्केको समयमा खेलेर खाल
जीवछ उदासी लहान,असार २८ गते लहान नगरपालिका वडा नम्वर १ मिलन चोकदेखि पश्चिमको सडक स्तरोन्नति र ग्राभेल नहुँदा सुख्खा मौषममा धुलो खाएका स्थानीयहरु अहिले हिलोमा हिड्न बाध्य भएका छन् । तत्कालै पीच र ढलान गर्न नसकेपनि स्यरीय ग्राभेल गरिदिन स्थानीहरुले माग गरेका छन् । बजेट फ्रिज हुन्छ तर स्तरीय ग्रभेल पनि हुँदैन । विकास अनुहार र दल हेरेर होइन,आवश्यकताको आधारमा गरिने घर आँगनको समथानीय सरकारले कहिकतै चुकिरहेको त्यस बस्तीका स्थानीहरको भनाइ छ । स्थानीय ब्रम्हदेव यादव भन्नुहुन्छ," यस पटक सडक बन्ने आगाध विश्वास थियो तर उरायो सपना मुरलीधरले गाएको गीत जस्तै भयो । हाम्रो बस्तीको
काठमाडौं। आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै उनका आफन्त, साथीभाइ तथा समर्थकहरूले शनिबार काठमाडौंस्थित वीर अस्पतालअगाडिको सडकमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले विभिन्न नाराबाजी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। विरोध कार्यक्रममा मुगुका पूर्व दलित सभासदहरूका साथै चलचित्र निर्देशक मिनभान बाम समेत सहभागी भएका थिए। उनीहरूले घटनाको निष्पक्ष अनुसन्ध
लहानमा शौचालय निर्माणको लागि सडक नाटक जीवछ उदासी लहान,असार २७ गते लहान नगरपालिकामा शौचालय निर्माणको लागि सडक नाटक गरेर जनचेतना फैलाउने कार्य सुरु गरेको छ । लहान नगरपालिका २०७४ सालमा नै खुला दिसामुक्त घोषणा। भएपनि अहिले चार हजार २०१ घरमा शौचालय नरहेकोले पुन: खुला दिसामुक्त नगरपालिका घोषणा गर्न लहान नगरपालिका र वाटरएड अन्तर्गतको चिकन परियोजना र दलित जनकल्याण शौचालय निर्माणको लागि विभिन्न रणनीतिक योजना अन्तर्गत दलित विपन्न समुदायमा शौचालय निर्माण र स्वच्छता सम्बन्धी जन जागरणको लागि सडक नाटकलाई समेत प्रथमिकता दिइएको छ । विकन परियोजनाका प्रमेश्वर झा र राजेश लोहनीक
फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायले आज ईद–उल–अजहा (बकर ईद) पर्व हर्षोल्लास र धार्मिक उत्साहका साथ मनाइरहेका छन्। इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो र अत्यन्त पवित्र पर्वका रूपमा मानिने यो दिनमा देशभरका मस्जिद तथा इदगाहहरूमा विशेष नमाज अदा गरिएको हो। हिजरी संवत् अनुसार जिल–हिज्जा महिनाको १० तारिखमा मनाइने यो पर्वलाई धार्मिक रूपमा बलिदान, समर्पण र आस्थाको प्रतीकका रूपमा लिइन्छ। बिहानैदेखि मुस्लिम समुदायका श्रद्धालुहरू सामूहिक रूपमा मस्जिद र इदगाहमा भेला भई विशेष ईद नमाज पढेका थिए र एक–अर्कालाई “ईद मुबारक” भन्दै शुभकामना आदान–प्रदान
जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर्नुपर्ने सम्झौता गरेर लिएको ठेक्का चार वर्ष भैसक्दा पनि वीस प्रतिशत भन्दा बढी काम गर्न नसकको पाँच वटा ठेकका सम्झौता रद्द गरिएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ । यस्तो पाँचवटा ठेक्का सम्झौता अन्तय गर्दा आठ करोड करोड ४९ लाख ९६हजार ७०० रकम कार्य सम्पादन जमानत रकम असुल हुने सडक डिभिजन कार्यालय लहानका सूचना अधिकारी इन्जिनियर शिव नारायण प्रसाद साहले जानकारी गराउनुभयो । उहाँको अनुसार साह इन्जिनियरिङग निर्माण प्राइभेट लिमिटेड शम्भुनाथ सप्तरीले तीनवटा ठेक्कहरु क्रमशः दुई लेन सडक ,फुटपाथ सडक सुरक्षा राजविराज हनुमाननगर भारदहसडक सुरक्षा ठेक्का अ
जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय शासकीय सुधार महाशाखा प्रमुख सहसचिव डा. भीष्म कुमार भुषालले सुशासनको प्रत्याभूति दिलाउन राष्ट्रिय सतर्कता केन्द्रको भूमिका फराकिलो भइरहेको बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले गएको मङगलवार आयोजना गरिएको शासकीय सुधार सम्वाद कार्यक्रमलाई सिरहाको सदरमुकाम सिरहामा एक कार्यक्रममा जिल्लाका कार्यालय प्रमुखहरुको सहभागितामा सम्पन्न कार्यक्रममा यस्तो बताउनु भएको हो । सरकारको पहिलो कार्य नै सुशासनको प्रत्याभूति दिनु रहेकोले पदीय जिम्मेवारीमा रहेका राष्ट्रिय सेवक कर्मचारीहरुले अनियमितता र भ्रष्टाचार हुन नदिन शुन्य सहनशिलताको
फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानले नेपाल सरकारको निर्णयअनुसार आजदेखि जेठ ३ गतेसम्म देशभर मनाइने “मूल्य पारदर्शिता सप्ताह” सफल बनाउन सम्पूर्ण व्यवसायी, उद्योगी तथा सेवा प्रदायकहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ। संघका महासचिव रविन्द्र कुमार श्रेष्ठ द्वारा जारी सूचनामा उद्योग, उत्पादनकर्ता, सप्लायर्स, खुद्रा तथा थोक विक्रेताहरूले आफ्ना सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची (Price List) तयार गरी ग्राहकले सजिलै देख्न सक्ने स्थानमा अनिवार्य रूपमा राख्नुपर्ने उल्लेख गरिएको छ। सूचनामा ग्राहकलाई पारदर्शी र सही जानकारी दिनु सबै व्यवसायीको दायित्व
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A