समाज

    Showing ४११-४२० of ८५९ items.
  • स्कूल क्याप्टेनका लागि समता स्कूलमा नमुना मतदान

    फिरोज सिद्दिकी, लहान । निर्वाचनको झल्को दिनेगरी समता स्कूल लहानले शुक्रबार स्कूल क्याप्टेन, भ्वाईस क्याप्टेन र हाउस क्याप्टेन छनोटका लागि मतदान कार्य सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई मतदान प्रक्रियाको बारेमा जानकारी दिने, आफ्नो भोटको महत्व बुझाउने र आफूले चाहेको प्रतिनिधिलाई छनोट गर्न सिकाउने उद्देश्यले मतदान प्रक्रियावाट नै स्कूल क्याप्टेन, भ्वाईस क्याप्टेन र हाउ क्याप्टेन चयन गर्न लागिएको समता स्कूलका प्रधानाध्यापक कमल सिंगतानले बताउनु भयो । कक्षा १ देखि ९ सम्मका २ सय ५० जना विद्यार्थीहरुले क्याप्टेन छनोटका लागि भएको निर्वाचनमा भाग लिएका थिए । क्याप्टेन छनोटका लागि भएको निर्वाचनबाट स्क

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • १,१७१ पटक पढिएको
    • समृद्धिपथ
  • नगरपालिकाले दिएको नक्सा अनुसार निर्माण गरेको पर्खाल भत्काएपछि

      जीवछ उदासी  लहान,बैशाख १३ गते ।  लहान नगरपालिका -३ अस्पताल चोकमा ठाडी भगवानपुर जाने सडकको पश्चिम किनारामा दुइ दशकभन्दा आगाडि आफ्नो जग्गामा घर निर्माणसँगै बौन्ड्री पर्खाल पनि लगाइ सकेको श्याम सुन्दरी देवी यादवको पर्खाल दक्षिणतर्फका संधियार उर्मिला यादवनीका छोरा देव कुमार यादवले भत्काइ दिएको छ ।  श्याम सुन्दरी देवीका पति इन्द्र नारायण यादवको अनुसार एक कठा सबा दुइ धुर जग्गामा घर निर्माणपछि २०६७ माघ १९ गते लहान नगरपालिकाबाट बाउन्ड्री वालको नक्सा पास गराइ घेरेका थिए । नक्सा पास गर्नुभन्दा नगरपालिकाबाट आएका प्रविधिकले मेरो जग्गा छिट्टयाइ दिएको थियो । २०७९चैत ३ गते मेरो पिता

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • ६३१ पटक पढिएको
    • समृद्धिपथ
  • श्री माध्यमिक विद्यालय लहान गोठको विद्यार्थी भर्ना अभियान र्‍याली सम्पन्न

    फिरोज सिद्दिकी, लहान । ‘समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ सिरहाको लहान ९ मा रहेको श्री माध्यमिक विद्यालय लहान गोठले विद्यार्थी भर्ना कार्यक्रम अन्तरगत र्‍याली सम्पन्न गरेको छ । शैक्षिक सत्र २०८० का लागि श्री माध्यमिक विद्यालय लहान गोठका विद्यार्थी र शिक्षकहरुको सहभागीतामा र्‍याली सम्पन्न गरेको हो । उक्त र्‍याली बासाजोडी, शोभापुरको सिमाना हुँदै लवका टोल, पुरानो टोल, रामजानकी टोल, पछवारी टोल लगायतका स्थानहरुमा परिक्रमा गरेको थियो । निमित्त प्रधानाध्यापक जितेन्द्र महतोले यस माध्यमिक विद्यालय लहान गोठले प्रत्येक वर्षको शैक्षिक प्

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • ९२८ पटक पढिएको
    • समृद्धिपथ
  • जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णय

    काठमाडौं, ६ वैशाख । सरकारले लामो समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकाे हाे ।   भू–उपयोग नियमावली, २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको र यससँगै ‘भू–उपयोग पहिलो संशोधन नियमावली, २०७९ पनि स्वीकृति गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यस व्यवसायमा कित्ताकाट रोकिंदा लगानी गर्नेहरुको अर्बौं रुपैयाँ फसेको छ । घरजग्गा व्यवसायमै मन्दी आएको, यसको असर समग्र अर्थतन्त्रमै परेको आशंका गरिएको छ । कित्ताकाट खुला गरेपछि कारोबार सहज हुने छ । यसअघि नियमावली न

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • ३९९ पटक पढिएको
    • समृद्धिपथ
  • राजनीतिक प्रतिशोध साँध्न दुस्प्रचार गरेकोप्रति मिर्चैया नगरपालिकाको आपत्ति

    सिराहा ५ वैशाख। मिर्चैया नगरपालिकाले वडा नम्बर ५ मा रहेको कित्ता नं २५६ सम्बन्धमा पछिल्लो केही दिनदेखि भइरहेकाे दुस्प्रचारप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको विषयमा राजनीतिक उक्साहटमा नगरलाई बदनाम गर्ने नियतले दुस्प्रचार गरेकाे भन्दै नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेर आपत्ति जनाएकाे छ । मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले जग्गा सम्बन्धमा अदालतबाट भएको आदेश र पर्याप्त कानुनी प्रमाणको आधारमा  मात्र अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको बताएका छ्न्।  घरटहरा हटाउन नगरपाल

    • प्रकाशित मितिः वैशाख ५, २०८०
    • ३८४ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा आगलागीबाट चार घर जलेर नष्ट

    मुकेश कुमार यादव सिरहा, ४ वैशाख।  सिरहामा भएको आगलागिबाट लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।   सिरहा नगरपालिका १८ इटारीमा आइतबार राति दुखी ठाकुरको गाई गोठमा लगाएको घुरबाट सल्केको आगोले उनीसहित पाँच जनाको घरमा रहेको अन्नबाली, कपडा, नगद र सुनचाँदी सहितका सामाग्री जलेर नष्ट भएको हो।  ठाकुरको घरबाट सुरुभएको आगो कप्लेश्वर, रमेश्वर, बुधेश्वर र मुनेश्वर ठाकुरको घर र घरमा रहेको सम्पूर्ण सामाग्रि जल्दा ५० लाखभन्दा बढीको क्षति भएको शिक्षक समेत रहेका बुधेश्वर ठाकुरले बताए। उनले भने, ‘मेरोमात्रै वर्षभरी खाने अन्न, सबै लत्ताकपडा, ४ तोला सुन र काम विशे

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • ३४१ पटक पढिएको
    • समृद्धिपथ
  • आँखा अस्पताल ख्याति कमाउँदै प्रादेशिक अस्पताल साँख गुमाउँदै

    जीवछ उदासी लहान–३ मा टाँसिएरै रहेको सगरमाथा चौधरी आँखा अस्पताल अन्तराष्ट्रिय स्तरको ख्याति कमाउन सफल भएको छ भने प्रादेशिक अस्पताल लहान कमाएको साँख पनि गुमाउने अवस्थामा पुगेको टिकटिप्पणीले लहानमा गति लिएको छ । लहान अस्पतालकै एक कोठाबाट उपचार गर्न पुगेको आँखा अस्पताल सात विगहामा विस्तार भएर दिनहुँ दुई हजारलाई सेवा दिन सफल भइरहेको अवस्थामा प्रादेशिक अस्पताल लहानमा आउने विरामीहरु रेफर भएर बाहिर जान बाध्य भइरहेका छन्  सन् २०२२ मा सगरमाथा चौधरी आँखा अस्पताल लहानले आँखा र कान गरी छ लाख सरसठी हजार ०३३ बिरामीको उपचार र आँखा र कान गरी त्रिसठी हजार २२३ बिरामीहरुको शल्यक्रिया गरेको छ । प्रादे

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • ५१५ पटक पढिएको
    • समृद्धिपथ
  • हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

    सिरहा, २ वैशाख । सिरहाको गोलबजार नगरपालिका–१ लमाडाँडामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  शुक्रबार राति नाच हेर्न गएका बेला हात्तीले आक्रमण गर्दा  गोलबजार–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको मृत्यु भएको हो ।  हात्तीले लखेट्दा भाग्न नसकेका आलेमगरको मृत्यु भयो भने अन्य साथीहरुले भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।   

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • ३७७ पटक पढिएको
    • समृद्धिपथ
  • व्यक्तिगत घटना दर्ता सप्ताहको आज तेस्रो दिन

    सिरहा, ३ वैशाख । व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन रहेको छ । देशभर शुक्रबारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन हो ।  शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ । १ वैशाखबाट गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो ।  जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ । 

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • ३७६ पटक पढिएको
    • समृद्धिपथ
  • वाचनालयको उद्घाटन दोहोराएर गर्नु पुर्वाग्रहीको प्रकाष्ठा : पुर्व नगरप्रमुख साह

    जीवछ उदासी  लहान,चैत १९ गते । लहान नगरपालिका-७ मा निर्माण भएको विद्यापति भानुभक्त वाचनालय पुर्व नगरप्रमुख मुनि साहले उद्घाटन गर्नु भएको भवन फेरि उद्घाटनको लागि तयारी भइरहेको छ ।  २०७८ चैत २१ गते नगरप्रमुख मुनि साहले भवनको उद्घाटन गर्नु भएको थियो । उद्घाटन भएको भवनको पुन: चैत २६ गते नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गर्नु हुने तयारी भइरहेको लहान-७ को वडाध्यक्ष राम औतार शर्माले बताउनुभयो ।  पुरानो भानुभक्त वाचनालय लहानको लागि शिक्षा चेतना र परिवर्तनको लागि महत्पूर्ण भूमिका खेलेकोले यसलाई धार्मिक सांस्कृतिक शैक्षिक जागरणको लागि मैथली भाषाको महाकवि विद्यापतिको नाम समेत ज

    • प्रकाशित मितिः चैत १९, २०७९
    • ७६४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A