समाज

    Showing ५५१-५६० of ८५९ items.
  • जेएस मुरारका क्याम्पसलाई ५० लाख सहयोग गर्छौ :अर्थ मन्त्री साह

    जिवछ उदासी लहान । प्रदेश–२ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले लहान स्थित गुणस्तरीय चिन्ह प्रत्ययन (क्युएए) प्राप्त जेएस मुरारका बहुमुखी क्याम्पसको अधुरा विज्ञान भवन निर्माणको लागि ५० लाख सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सिरहा १ को (क) प्रदेशका प्रदेशसभा सदस्य लगन लाल चौधरीको विशेष आग्रहमा क्याम्पसको निरिक्षण गर्न आइपुग्नु भएको मन्त्री साहले यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । राजविराज स्थित महेन्द्र विन्देश्वरी क्याम्पसको रङगरोङगन गर्न ५० लाख र लहान स्थित जेएस मुरारका क्याम्पसको विज्ञान भवन निर्माणको लागि तत्काल ५० लाख रकम विनियोजन गर्ने मन्त्री समहले विश्वास दिलाउ

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • १,०८३ पटक पढिएको
    • समृद्धिपथ
  • युवा प्रदर्शनले एमाले झन शक्तिशाली रहेको प्रमाणित :नेता श्रेष्ठ

    जिवछ उदासी नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा–३ का ससांसद लिलानाथ श्रेष्ठले एमाले सिरहा जिल्लामा झन् शक्तिशाली रहेको मोटरसाइकल रयालीले प्रमाणित गरेको बताउनुभयो ।युथफोर्स नेपालको सिरहा जिल्ला भेलाको लागि आयोजना गरेको मोटरसाइकल रयालीपछिको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा आइतबार लहानमा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । सिरहाको इतिहास रहँदै आएको छ कहिले पनि फुटको पक्षमा नगएको नेता श्रेष्ठले भन्दै दशौ हजारको संख्यामा मोटरसाइकल रयाली युवाहरुले निकालेर नेकपा एमाले झन शक्तिशाली भएको प्रमाणित गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘नेकपा एमालेको पक्षमा देशैभरि लहर सृजना

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • ७७० पटक पढिएको
    • समृद्धिपथ
  • मर्यादित पत्रकारिता नै रामानन्द गुप्ताप्रतिको सच्चा श्रद्धाञ्जली

    जिवछ उदासी प्रादेशिक समितिका प्रदेश–२ का उपाध्यक्ष रामानन्द गुप्ताको निधनले एक अभिभावक गुमाएको भन्दै मर्यादित आत्मनिर्भर पत्रकारिताको विकास नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने अग्रज पत्रकारले बताएका छन् । कातिक ५ गते रक्तचाप बढेर विराटनगरमा उपचार गराउने क्रममा निधन भएको गुप्तालाई श्रद्धा सुमन दिन नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश –२ जनकपुरधाम र पत्रकार महासंघ सिरहा शाखाले उहाँको निज निवासमा शनिबार आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै यस्तो बताउनु भएका हुन् । प्रमुख अतिथिको रुपमा आम सञ्चार प्राधिकरण प्रदेश–२ का अध्यक्ष श्याम सुन्दर यादवले रामानन्द गुप्ता यस प्

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • ६२० पटक पढिएको
    • समृद्धिपथ
  • एमालेको प्रथम लहान नगर अधिवेशन सम्पन्न

    जिवछ उदासी नेकपा एमाले लहान नगरपालिको प्रथम अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले सर्वसम्मतिबाट राज कुमार साहको नेतृत्वमा ४३ सदस्यीय कमिटि गठन गरेको नेकपा एमाले लहानले जनाएको छ । ‘पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु मिलेर अघि बढौ, हाम्रो लहान समृद्ध लहान ’को नारा कार्यान्वयन गरौ भने मूल नाराकासाथ सभ्य र भव्य रुपमा अधिवेशन सम्पन्न भएको लहान नगर इन्चार्ज सरियार कुमारी चौधरीले बताउनु भएको छ । अध्यक्षमा राज कुमार साह, उपाध्यक्षमा पविना कुमारी सिन्हा,सचिवमा विरेन्द्र प्रसाद चौधरी,उपसचिवमा राम अधिन यादव र प्रथमलाल चौधरी चयन हुनु भएका छन् । सदस्यहरुमा ललित नारायण चौधरी,जित

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ७१० पटक पढिएको
    • समृद्धिपथ
  • नाच हेर्न गएका किशोरको शव इनारमा भेटियो

    सिरहा । सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । गोलबजार नपागरपालिका–८ भाइजिटोलका भुनेश्वर महतोको छोरा १७ वर्षीय सत्रुधन महतोको नरहा गाउँपालिका–३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार विहान फेला परेका हुन् । दशैँको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका महतो मृत अबस्थामा भेटिएका हुन् । मेलामा राति झगडा भएको बेलामा भाग्ने क्रममा इनारमा झरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । मेलामा राति दुई युवा समूहबीच विवाद भएको स्थानीय राम कृपाल यादवले जानकारी दिए । उनी गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत रहेको बताइएको छ । घटनाबारे पनि अ

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • ६८७ पटक पढिएको
    • समृद्धिपथ
  • सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्दै

    सप्तरी । बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न रोगका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ । केही दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत झाले बताए । एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको सङ्ख्या बढेको छ। यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनको भनाइ छ। मौसम परिर्वतनका कारण अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीको बिरामीहरुको चाप अहिले बढदै गएको म

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • १,०३७ पटक पढिएको
    • समृद्धिपथ
  • यस वर्षपनि वास्तविक मूल्यभन्दा बढीमा बोका खरीद गर्नुपर्ने बाध्यता

    जिवछ उदासी लहान,सोमबार लहानको हटियामा दशैंमा बली चढाउन बोका खरीद गर्न आएका उपभोक्ताहरु बेकाको तौल अनुसार हुने मूल्यभन्दा बढी मूल्य तिरेर खरीद गर्नु परेको बाध्यता पोखेका छन् । ५ हजारमा पाउने बोका ८ हजारमा ७ हजारमा पाउने १० हजार तिरेर खरिद गर्नुपर्ने बाध्यता यस वर्ष महसुस भएको बोका खरिद गर्न आएका उपभोक्ताहरुले गुनासो पोखेका हुन् । तौल अनुसारको मूल्य निर्धारण नगरिएकोले महँगोमा खसी बोका खरिद गर्नु परेको लहान–२ की मन्दिरा यादवले भन्दै दशैको बेला खसी बोका बजारको अनुगमन र मूल्य निर्धारणको लागि सम्बन्धित निकायको ध्यान जानुपर्नेमा त्यसो नहुनुले उपभोक्ताहरु मनपरी मूल्य तिरेर बोका खरीद गर्नुपरेको

    • प्रकाशित मितिः असोज २६, २०७८
    • १,३०९ पटक पढिएको
    • समृद्धिपथ
  • जीर्ण भवन भत्काउँदै टहरा निर्माण गर्दै नयाँ बजार निर्माण कार्य सुरु

    जिवछ उदासी,लहान, असोज २६ गते । टेण्डर भएको विगत पाँच महिनादेखि लहान–५ स्थित रहेको नयाँ बजार निर्माण कार्यले पछिल्लो दलीय सहमति अनुसार निर्माण कार्यले गति लिएको छ । असोज २४ गते जिल्ला प्रशासन कार्यालय सिरहामका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सहमति गरेपछि लहान नगरपालिकाले कार्य सुरु गरेको हो । असोज १२ गते नगरपालिका र चार दलीय सहमतिकै आधारमा अस्थायी टहरा निर्माण र पुरानो १० वटा जीर्ण भवन खाली गराउने क्रममा नगरप्रहरी र स्थानीय व्यापारीबीच झडप भएको थियो । झडपमा लहान–५ की गुडिया खातुन र लहान–७ का रामऔतार शर्मा घाइते भएको थियो । ईलाका प्रहरी कार्यालय लहानले लहान&nd

    • प्रकाशित मितिः असोज २६, २०७८
    • १,२७६ पटक पढिएको
    • समृद्धिपथ
  • भित्ते पत्रिका तथा प्रतिवेदन लेखन तालिम सम्पन्न

    रामभरोसी महतो, लहान । मुक्ति नेपालद्धारा सिरहाको गोलबजारमा सञ्चालित तीन दिने बाल भित्ते पत्रिका तथा प्रतिवेदन लेखन तालिम शनिवार सम्पन्न भएको छ । भित्ते पत्रिका तथा प्रतिवेदन लेखन क्षमता विकास गर्ने उदेश्यले गोलबजारस्थित मुक्ति नेपालको तालिम हलमा विहिवारदेखि सञ्चालन गरेको सो तालिममा मुक्ति नेपालसंग आवद्ध बाल क्लव, युवा क्लव र शान्ति दुतहरु गरी २२ जनाको सहभागिता रहेको कार्यक्रम अधिकृत विशेश्वर दासले जानकारी दिनुभयो । बाल अधिकार, युवा र नेतृत्व, बाल भित्ते पत्रिकामा समावेश गरिने विधा र सो विधा लेखन सीप, एवम् प्रतिवेदन लेखन लगायतको विषयमा छलफल गरिएको सो तालिममा रेडियोकर्मी एवम् भित्ते पत्रिका

    • प्रकाशित मितिः असोज २४, २०७८
    • ९२४ पटक पढिएको
    • समृद्धिपथ
  • आज घटस्थापना, घरघरमा जमरा राखीयो

    सिरहा । आज घटस्थापना, अर्थात दशैंको पहिलो दिन। नेपालीको घरघरमा जमरा राखेर मनाईदैछ। विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो। प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्छ। आज स्थापना गरिएको पूणर् कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ। घर शुद्ध भएपछि मात्र देवीको आगमन हुने मान्यतासंगै आज बिहानैबाट नुहाएर घरसफा गरेर गाईको गोबरले लिपपोत गरि शुद्ध बनाएर सजाउने गरिन्छ। यो प्रक्रिया पश्चात नवरात्रि शुरु भएको मानिन्छ। घटस्थापना

    • प्रकाशित मितिः असोज २१, २०७८
    • ६७८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A