एलवी यादव, लहान । ‘सुरक्षित मातृत्व, हामी सबैको दायित्व’ भन्ने मुल नाराका साथ सिरहाको लक्ष्मीपुर पतारी गाँउपालिका वडा नं ६ सितापुरमा २४सै घण्टा निःशुल्क प्रसुति सेवा केन्द्र (बर्थिङ्ग सेन्टर)को स्थापना भएको छ। सरकारको नीति अनुसार हरेक गर्भवती महिलाको प्रसुति घरमा नभई स्वास्थ्य संस्थामा हुपर्ने भएकोले सितापुर स्वास्थ्य चौकीमा प्रसुति सेवा केन्द्र (बर्थिङ्ग सेन्टर) स्थापना भई संचालनमा आएको हो । लक्ष्मीपुर पतारी गापाका जनताले पनि सो सुविधा पाएकामा स्थानीय वासीहरु हर्षविभोर भएका छन्। स्वास्थ्य चौकी सितापुरमा २४ सै घण्टा प्रसुति सेवा संचालनमा रहने र सो कार्यका लागि स्वास्थ्य चौकी २४ स
सिरहा । मानवअधिकारको क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरुको साझा संजाल मानवअधिकार एलाइन्स सिरहाले सरकारद्वारा हालै भएको भूमि सम्बन्धी समास्या सामाधान आयोग खारेजी गर्ने निर्णय फिर्ता लिई भूमिहीन सुकुम्बासीहरुको ब्यबस्थापनमा ध्यान दिन आग्रह गरेको छ । मानवअधिकार एलाइन्स सिरहाका अध्यक्ष देवराज पोखरेल सहितको टोलीले साउन २७ गते इलाका प्रशासन कार्यालय लहानका प्रमुखमार्फत सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नेपालको संबिधानले प्रत्याभूत गरेको भूमिहीन सुकुम्बासीहरुको आवासको हकलाई सुनिश्चितता गर्न गठित भूमि सम्बन्धी समस्या समाधान आयोगको खारेजी फिर्ता आह्वान गरेको हो । हालस
हाम्रो लहान, समृद्ध लहानको नाराका साथ लहानको २४ वटै वडाहरुमा विकास भएको श्रोत साधनलाई प्रयोग गरे शहरी र ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर द्रुत गति दिएको विकास निर्माणको क्रममा पछिल्लो चरणमा केहि गौरवका विकास योजनाहरुमा अबरमोध सृजना भएको छ । यहि सन्दर्भमा पत्रकार जिवछ उदासीले लहान नगरप्रमुख मुनि साहसँग गरेको छोटो कुराकानीको अंश: 0 पछिल्लो चरणमा लहान नगरपालिकाले अघि बढाएको गौरवका तीन विकासका योजनाहरु के के छन् ? –हाम्रो लहान समृद्ध लहानको नारा व्यवहारमा उतार्न श्रोत साधनले भ्याएसम्म चुनावमा नगरवासीसँग गरेका चुनावी प्रतिवद्धताहरु ९० प्रतिशत नै पुरा गर्ने अठोटका साथ सडक निर्माण,शिक्षा, स्व
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको हो । नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ । नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ । देशभरबाट ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए । त्यसैगरी www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.se
जिवछ उदासी लहान,साउन १७ गते । लहान नगरपालिका –३ स्थित दलित बस्तीमा रहेको सन्यासी आधारभूत विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको दुई कोठे पक्की भवन निर्माण हुने भएपछि स्थानीयहरु खुसी भएका छन् । फुसको घर निर्माण गरेर सञ्चालनमा आएको यस विद्यालयका पक्की दुई कोठे भवन निर्माण सुरु भएपछि स्थानीयहरु खुसी भएका हुन् । स्थानीय नगिना पासवान भन्नुहुन्छ,शुक्रबार विद्यालयमा पक्की भवन निर्माणको लागि लहान नगरप्रमुख मुनि साहको आगवन भएपछि हर्षले खुसी भयौ । २०५४ सालमा वाँसको फुसको घर बनाएर बाल विकासबाट स्थापना भएको यो विद्यालय कक्षा–३ सम्म चलिरहेको छ । पक्की भवन निर्माण होला र गरीव
जिवछ उदासी लहान नगरपालिकाका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विधार्थीहरु वैकल्पि विधिबाट पढ्न नजोडिदा माथिल्लो कक्षा भौतिक उपस्थितिमा नै सञ्चालन हुनुपर्ने निष्कर्ष निकालेर सरोकारवाला निकायहरुसँग पहल थालिएको छ । लहान–३ स्थित लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहता र विद्यालयका प्रधानाध्यापक शिब शङकर मेहताले सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक व्यवस्थापन समिति र लहान नगरपालिकाको शिक्षा समितिका सदस्यहरुसँग अन्तरक्रिया गरेर यस्तो पहल थालिएको हो । कोभिड–१९ को कारण बन्द रहेका विद्यालयहरु अब विस्तारै कक्षा ६ देखि माथिको विद
समृद्धिपथ समाचारदाता, सिरहा । सिरहामा पछिल्लो समय बलात्कारका घटनामा बृद्धि हुुन थालेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाकोे तथ्याकंअनुसार पछिल्लो छ महिनाको अवधिमा २५ वटा बलात्कारका घटना दर्ता भएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले जिल्लाको मानवअधिकारको अवस्थाको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ । प्रस्तुत प्रतिवेदनमा जिल्लामा ५२ वटा मानवअधिकार हननका घटनाहरु संकलन गरीएको थियो । जसमा राज्य पक्षबाट १ र ५१ वटा घटना गैर राज्य पक्षब
जिवछ उदासी लहान नगरपालिका प्रमुख मुनि साहले ‘हाम्रो लहान समृद्ध लहान’को नारा कार्यान्वयनको क्रममा नयाँ बजराको आधुनिकीकरण निर्माण कार्यमा सहयो गर्न सबैसँग आग्रह गर्नु भएको छ । लहान नगरपालिका–५ नम्बर वडा कार्यालयको नव निर्मित भवनलाई बाख्रा बजारमा समुद्घाटन गर्दै यस्तो बताउनु भएको हो । चुनावमा गरेको प्रतिवद्धतामध्ये ९० प्रतिशत पुरा गरि सकेको दाबी गर्दै उहाँले गौरवको योजनाहरुमध्ये नयाँ बजारको नयाँ स्वरुप दिन निर्माण कार्य अघि बढाउने तयारी भइरहेकोले बाधा उत्पन्न नगरी सरोकारवालाहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । प्रमुख साहले भन्नुभयो,‘सहमति सहकार्य र एकताको माध्यमबाट लहानको
लहान । इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका-१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ः ०० बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् । प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । यसैबीच सिराहा प्रहरीले विगत दुई साताको अवधिमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका नौ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । कैद र जरिवानाको फैसला सुनाएका फ
जिवछ उदासी लहान नगरपालिकाले हाम्रो लहान, समृद्ध लहानको नारा तय गरेर अघि बढिरहेको छ । लहानको सम्पन्नताको लागि मात्रै नभएर कुनै पनि ठाँउको विकासमा शिक्षाको महत्पूर्ण भूमिका हुन्छ । सामुदायिक विद्यालय पछि परेको अवस्थामा केहि केहि विद्यालयहरु प्रगतिपथमा रहेको छ । यस्तो विद्यालयको श्रेणीमा लहान –३ स्थित लक्षमण ललिता क्ुशवाहा माध्यमिक विद्यालयलाई लिन सकिन्छ । दुई दशकदेखि मावि सञ्चालन रेहेको यस विद्यालयले प्रगति गर्नुको प्रमुख कारण विद्यालय व्यवस्थापन समितिको सक्रियता, शिक्षकहरुको लगनशीलता र समाजको सहयोगी भावना नै हुन् । लहान नगरपालिकाभित्र रहेको पशुपति आदर्श माध्यमिक विद्यालय र बस्तीपुर माध्यम
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A