समाज

    Showing ६७१-६८० of ८५९ items.
  • घरेलु हिंसा सम्बोधनका लागि संयुक्त कार्ययोजना निर्माण

    रामभरोसी महतो, लहान । घरेलु हिंसाका घटनालाई प्रभावकारी सम्बोधनका लागि सिरहा र सप्तरीमा न्यायिक समिति, प्रहरी र स्थानीय समाजिक अभियन्ताहरुले संयुक्त कार्ययोजना निर्माण गरेका छन् । युकेएडको आर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्रले प्रदेश २ मा सञ्चालन गरिरहेको सहज परियोजनाको सहकार्यमा जिल्ला प्रहरी कार्यालयले अयोजना गरेको जिल्ला स्तरीय सामुदायिक अंकपत्र कार्यक्रममा सहभागी न्यायिक समिति, स्थानीय प्रहरी र सामाजिक अभियन्ताहरुले घरेलु हिंसाको घटनालाई सम्बोधन गर्ने सवालमा सहकार्य र समन्वय कमजोर रहेको ठहर गर्दै प्रभावकारी तरिकाले प्रभावितलाई छिटो र छरितो तर

    • प्रकाशित मितिः चैत ८, २०७७
    • ४८९ पटक पढिएको
    • समृद्धिपथ
  • एलएमसि कलेजमा लागु औषध सम्बनधि जन चेतना कार्यक्रम

    विजय साह, लहान । सिरहा प्रहरीले लहानका स्कुल तथा कलेजहरुमा लागु औषध तथा दुव्र्यसनी सम्वन्धी जनचेतना मुलक कार्यक्रम सुरु गरेका छन् । सशस्त्र प्रहरी वल सिरहाले लागु औषध दूव्र्यसनी तथा बिपत व्यावस्थापन सम्बन्धी जनचेतना कार्यक्रम अन्तर्गत शुक्रबार एलएमसी कलेज लहान गरेको हो । लागु औषध दुव्र्यसनीले समाजमा पार्ने नकारात्मक असरहरु तथा बिपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्ने जस्ता बिषयमा प्रहरीले जनचेतना अभियान सुरु गरेको सशस्त्र प्रहरी वल लाहानका प्रमुख प्रहरी नायव उपरीक्षक बिनोद थापाले जानकारी दिनुभयो । स्कुल तथा क्याम्पसमा पढने बिद्यार्थी लागु औषध दूव्र्य

    • प्रकाशित मितिः चैत ६, २०७७
    • ९४९ पटक पढिएको
    • समृद्धिपथ
  • बालबालिकाहरुको आँखा सुरक्षाको लागि शिक्षकहरुलाई सचेतना

    जिवछ उदासी लहान,चैत ६ गते । लहान स्थित सगरमाथा चौधरी आँखा अस्पताल लहानले विद्यालयका बालबालिकाहरुको आँखा सुरक्षाको लागि सामुदायिक विद्यालयका शिक्षकहरुलाई एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ‘रीच’ कार्यक्रम अन्तर्गत साम्दायिक विद्यालयका ३० जना शिक्षकहरुलाई सचेतना गराएको हो । (६–८) वर्ष उमेर समूहका बालबालिकाहरुको आँखाको सुरक्षाको लागि शिक्षक शिक्षिकाहरुको भूमिका महत्पूर्ण रहेकोले विद्यालय स्तरीय कार्यक्रम संचालन भइरहेको कार्यक्रम संचालक चिकित्सक विवश राणा र तीर्थ कुमार सिंहले जानकारी दिनुभयो । उहाँहरुको अनुसार टेढो आँखा ,दृष्टिदोष, मोतिविन्दु र जलबिन्दु लगायतका आँखाका

    • प्रकाशित मितिः चैत ६, २०७७
    • ९३८ पटक पढिएको
    • समृद्धिपथ
  • यस वर्ष लहलहाउँदो गहुँबाली, किसान हर्षित

    वीरेन्द्र कर्णवीरगञ्ज । जगरनाथपुर गाउँपालिका–३ बिजवनियाँका किसान अभय यादवले यस वर्ष १९ बिघा जग्गामा मेशिनले गहुँँ रोप्नुभएको छ । जिरोटिलेज मेशिनले खेतमा गहुँ बीउ छर्दा उहाँका छिमेकी किसानले पत्याएका थिएनन् तर यादवको खेतमा रहेको गहुँको बाला र अन्य किसानको गहुँबाला हेर्दा फरक देखिन्छ । किसान यादवले २०५४ सालदेखि परम्परागत गहुँ खेती विधिलाई त्यागेर खेत नजोतिकनै जिरोटिल मेशिनबाट खेती गर्दै आएकोमा यस वर्ष उहाँको खेतमा गहुँको बाला लहलहाउँदो देखिएको छ । धान खेतीबाट राम्रो उत्पादन लिएपछि उहाँले गहुँ खेतीमा पनि यो प्रविधि प्रयोग गर्नुभएको हो । किसान यादवको देखासिकी गर्दै अन्य किसानले पनि मेशिनको

    • प्रकाशित मितिः चैत ५, २०७७
    • ७६५ पटक पढिएको
    • समृद्धिपथ
  • बम विस्फोट घटनाप्रति मानवअधिकारवादी संघसंस्थाको ध्यानाकर्षण

    धनुषा । सिरहाको लहान नगरपालिका–१ मालपोत कार्यालयमा गत आइतवार बम विस्फोटको घटनाप्रति इन्सेकलगायत मानवअधिकारवादी संघसंस्थाहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बम विस्फोट घटनामा परि १ जना कर्मचारी र ७ जना सेवाग्राहीसहित ८ जना घाइते भई उपचाररत्त रहेकाले सो घटनाप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको एक विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरेका हुन् । इन्सेक प्रदेश २ प्रमुख राजु पासवान, एड्भोकेसी फोरम नेपालका प्रदेश २ संयोजक राजकुमार महासेठ, ओरेक धनुषाका जिल्ला परियोजना संयोजक रोजलिन सिंह बछार, सेफ नेपालका टिम लिडर विनोद महरा, महिला मानव अधिकार रक्षक संंजालका सदस्य जमुना भुजेल, युथ एडभोकेस

    • प्रकाशित मितिः चैत ४, २०७७
    • ४८९ पटक पढिएको
    • समृद्धिपथ
  • अनुगमन गर्न यातायात कार्यालय लहान पुगेपछि विचौलियाहरु भागाभाग

    जिवछ उदासी लहान । लहान स्थित यातायात व्यवस्था कार्यालय लहानमा अनुगमन गर्न पुगेका अनुगमन टोलीलाई देखेर सयौको संख्यामा विचौलियाहरु भागाभाग भएका थिए । आइतबार मालपोत कार्यालय लहानलाई सुचारु गर्न अनुगमन गर्न पुगेका टोली लहान स्थित नापी शाखा र डिभिजन वन कार्यालय लहानको समेत अनुगमन गरेको थियो । यातायात कार्यालयमा पुग्दा लाइसेन्स अनुमति पत्रको लागि फर्म भर्दा मूल्य सूची नभएको कमजोरी गरेका दुई जनालाई सोधपुछको लागि नियणत्रणमा समेत लिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलका अनुसार जनगुनासो बढिरहेको कार्यालयहरुको नियमित अनुगमन गर्नेछ । गएको आइतबार लहान स्थित

    • प्रकाशित मितिः चैत ४, २०७७
    • २,६७४ पटक पढिएको
    • समृद्धिपथ
  • कञ्चनपुर–कमला राष्ट्रिय राजमार्ग चार लेन निर्माण शुरु, स्थानीय खुसी

    जिवछ यादव लाहान । कञ्चनपुर–कमला राष्ट्रिय राजमार्गको चार लेन निर्माण कार्य लहान नगरपालिका क्षेत्रमा तीव्र गतिमा अगाडि बढिररहेको छ । कुल ८७ किलोमिटर मध्ये लाहान क्षेत्रमा पर्ने पाँच किलोमिटर सडकको निर्माण वर्षा लाग्नुभन्दा अगावै सक्ने गरी काम अगाडि बढाइएको छ । सडक निर्माण कार्य अघि वढेपछि स्थानीय खुसी छन् । कञ्चनपुर–कमला परियो्जना अन्तगर्त दुई प्याकेजमा काम सञ्चालन गरिएको परियोजनाका सुपरीक्षक अनिल ढुङगानाले जानकारी दिँदै कुनै बाधा अडचन नभए र यही गतिमा काम अगाडि बढिरहे निर्धारित तीन वर्षभित्रमा सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्म करिब ८७ किलोमिटर निर्माणकार्य सम्पन्न हुने बताउनु

    • प्रकाशित मितिः चैत ४, २०७७
    • १,८६२ पटक पढिएको
    • समृद्धिपथ
  • मालफोत कार्यालय लहानमा बम विस्फोट गराउने एकजना पक्राउ

    लहान । एक दिनअघि सिरहाको लहान स्थित मालपोत कार्यालय भवनमा बम विस्फोट गराउने एक जनालाई सोमबार सिरहा प्रहरीले पक्राउ गरेको छ । बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मण्डल जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का कार्यकता रहेको प्रहरीले जनाएको छ । मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामरा फोटोबाट गोप्य सूचनाका आधारमा प्रहरीको गहिरो अनुसन्धानपछि सिरहा शसस्त्र प्रहरीको टोलीले सुखीपुर नगरपालिका २, विद्यानगरबाट पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको सिरहा प्रहरीले जनाएको छ । आइतवार दि

    • प्रकाशित मितिः चैत २, २०७७
    • ५,७५६ पटक पढिएको
    • समृद्धिपथ
  • जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहले लिए बम विस्फोटको जिम्मा

    लहान । सिरहाको लहान स्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइत समूहले लिएका छन् । आइतबार पौने १ बजेको समयमा सिरहाको लहनास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको घटना गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी( ले प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको हो । विगत १७ वर्षदेखि मधेस स्वतन्त्र देश हुनुपर्ने माग राख्दै सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेसमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गराएको जनाएको छ । अहिले उत्पन्न परिस्थितिको जिम्मेवार केन्द्र र प्रदेश सरकार हुने प

    • प्रकाशित मितिः चैत १, २०७७
    • १,४६३ पटक पढिएको
    • समृद्धिपथ
  • बम विष्फोटका घाइते भण्डारीलाई काठमाडौं गलियो, ट्रमा सेन्टरमा उपचार हुँदै

    लहान । सिरहाको लहान स्थित मालपोत कार्यालयमा भएको बम विष्फोटमा परेर गम्भिर घाइते भएका दिनेश भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं स्थित ट्रमा सेन्टरमा लगिएको छ । आइतबार दिउँसो १ बजे मालपोत कार्यालयको दोस्रो तलामा बम विष्फोट हुँदा गम्भीर घाइते भएका भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं गलिएको हो । घाइते भण्डारीको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रेसर कुकर बम विष्फोटमा परेर मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाइते भएका छन्। घाइते हुनेहरुमा धनगढीमाई नगरपालिका ४, जयपुर घरका दिनेश भण्डारी, भगवानपुर ३ का बद्री नारायण यादव, विष्णुपुर

    • प्रकाशित मितिः चैत १, २०७७
    • १,३१५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A