समाज

    Showing ८१-९० of ८५९ items.
  • मानव अधिकार एलायन्स नेपालको रक्तदान कार्यक्रम सम्पन्न

    फिरोज सिद्दिकी  लहान, असार ३० गते। राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्यायमञ्च (मानव अधिकार एलायन्स नेपाल) को २६ औँ स्थापना दिवसको अवसरमा एक दिवसीय रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सिराहा जिल्लाको धनगढीस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको कार्यालयमा आइतबार सम्पन्न गरिएको हो। मानव अधिकार एलायन्स नेपाल जिल्ला कार्यसमिति सिराहाको आयोजनामा सम्पन्न कार्यक्रममा ८ जना सामाजिक कार्यकर्ताहरूले स्वेच्छिक रक्तदान गरेका छन्। कार्यक्रमको अध्यक्षता मानव अधिकार एलायन्स सिराहाकी अध्यक्ष पार्वती पाण्डेले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा संस्थाका केन्द्रीय सदस्य गङ्गाराम यादव सहभागी भएका थि

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ६४७ पटक पढिएको
    • समृद्धिपथ
  • लागु औषध दुव्र्यसनविरुद्ध सचेतना, तीनदिने तालिम सम्पन्न

    फिरोज सिद्दिकी  लहान, असर १९ गते । युवामाझ बढ्दो लागू औषध दुव्र्यसनविरुद्ध चेतना फैलाउने उद्देश्यले मानिक दह सलहेस सामुदायिक विकास केन्द्र, लहान–२४, सिरहाको आयोजनामा तीनदिने सचेतनामूलक तालिम सम्पन्न भएको छ। सखुवानन्करकट्टी गाउँपालिकाको सहयोगमा श्री मावि महादेवा पोर्ताहा, सखुवानन्करकट्टी–३ मा उक्त तालिम सम्पन्न भएको हो।  तालिममा कक्षा ८, ९ र १० का विद्यार्थीहरू सहभागी भएका थिए। मंगलबारदेखि विहिबारसम्म सञ्चालन भएको तालिममा प्रशिक्षकका रूपमा साजिदा सिद्दिकी, गंजेश्वर यादव र रवीन्द्र सिंहले सहभागीहरूलाई लागू औषधको असर, रोकथामका उपाय, कानुनी पक्ष र सामाजिक दायित्वका विषयमा प

    • प्रकाशित मितिः असार १९, २०८२
    • ८२० पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु

    ६ असार, सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका–१८ स्थित हुलाकी सडक खण्डमा शुक्रबार बेलुका मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश २–०१–००३ प. ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साइकल ठोक्किँदा मोटरसाइकल चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। मृत्यु हुनेमा कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र सिरहा नगरपालिका–२ का २५ वर्षीय कुसे राय रहेका छन्। तीनै जनाको शव पोष्टमार्टमका लागि प्र

    • प्रकाशित मितिः असार ६, २०८२
    • ६३१ पटक पढिएको
    • समृद्धिपथ
  • दुई मिनि टिफर काठसहित नियन्त्रणमा, तस्करीको आशंका

    ३ असार, लहान । सिरहा प्रहरीले काठसहितका दुई वटा मिनि टिफर नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाले सोमबार राति करिब १० बजे मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७, फुलबरियाबाट ती गाडीहरू नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा कटारीतर्फबाट मिर्चैयातर्फ काठ ल्याइँदै गरेको थाहा पाएपछि सवारी जाँचका क्रममा म.प्र.०३–००१ च.७१४४ र अर्को एउटा मिनि टिफर गाडी नियन्त्रणमा लिइएको हो। गाडीका चालकहरूलाई समेत नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर सन्तोष कुमार बुढाथोकीले जानकारी दिनुभयो। प्रहरीले काठ वन कार्यालयलाई बुझाउन

    • प्रकाशित मितिः असार ३, २०८२
    • ५६० पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल उद्यमी व्यवसायी कल्याण संघ, लहानको चेतावनी, माङ पुरा नभए सङ्घर्षमा उत्रने

    २ असार, लहान । नेपाल उद्यमी व्यवसायी कल्याण संघ, लहान, सिरहा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाऔं महाअभियानले साना उद्यमी, श्रमजीवी, किसान र विपन्न वर्गको हितका लागि ९ बुँदे मागसहित संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। लहानमा आयोजित पत्रकार सम्मेलनमार्फत सोमबार जारी विज्ञप्तिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक तथा सरकारको मौजुदा आर्थिक नीतिलाई जनविरोधी र पूँजीपति–मुखी भन्दै कडा आलोचना गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “मुलुकको आर्थिक विकासले गति लिन नसक्नुमा वित्तीय माफियाको चलखेल, बैंक तथा वित्तीय संस्थाको मनोमानी ब्याजदर, अराजक ऋण नीतिहरू जिम्मेवार छन्।”

    • प्रकाशित मितिः असार २, २०८२
    • १,१८१ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल पत्रकार महासंघ मधेश प्रदेशको बैठकमा पत्रकारको सुरक्षादेखि भवन निर्माणसम्म १३ निर्णय

    जनकपुरधाम, जेठ ३० । नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यसमितिको तेस्रो बैठक शुक्रबार जनकपुरधाममा सम्पन्न भएको छ। करिब पाँच घण्टा लामो छलफलपछि सम्पन्न भएको बैठकमा उपाध्यक्ष अम्बिका दाहालसहित कार्यसमितिका पदाधिकारी र सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। बैठकले पत्रकारिता क्षेत्रको समग्र हितका लागि १३ महत्वपूर्ण निर्णयहरू पारित गरेको हो। बैठकले महासंघको प्रदेश कार्यालय भवन निर्माण कार्यलाई तीव्रता दिने निर्णय गर्दै सञ्चार क्षेत्रको विकाससँगै भौतिक पूर्वाधार सुदृढीकरणलाई प्राथमिकता दिएको जनाएको छ। साथै, आमसञ्चार प्राधिकरणमार्फत पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई प्रदान गरिने विज्ञापन रकममा

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • ६८५ पटक पढिएको
    • समृद्धिपथ
  • एयर इन्डियाको लन्डनका लागि उडेको विमान अहमदावादमा दुर्घटना

    एजेन्सी  अहमदावाद, भारत । बिहीबार अपराह्न भारतीय राष्ट्रिय ध्वजावाहक कम्पनी एयर इन्डियाको लन्डन ग्याटविकका लागि उडेको विमान (उडान संख्या AI171) टेकअफ गरेको केही क्षणमै दुर्घटनामा परेको छ। विमानमा २४२ जना सवार थिए, जसमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए। सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट अपराह्न १:३८ बजे उडेको यो बोइङ ७८७–८ ‘ड्रिमलाइनर’ विमानले उडानपछि केही सेकेन्डमै “Mayday” संकेत गरेको थियो। त्यहीबेला विमान रडारबाट हराएको थियो। केही समयपछि विमान अहमदावादको मेघानीनगरस्थित आवासीय क्षेत्रमा ठोक्किएको पुष्टि भएको हो। दुर्घटनामा मानवीय क्ष

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • ५१९ पटक पढिएको
    • समृद्धिपथ
  • सुनचाँदीमा लगाइएको विलासिता कर खारेजको माग गर्दै लहानका व्यवसायीहरू आन्दोलित

    फिरोज सिद्दिकी लहान, जेठ २९ गते । सरकारद्वारा सुनचाँदी गहनामा लगाइएको विलासिता कर खारेज गर्न माग गर्दै लहानका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको अगुवाइमा विहीबार लहानमा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएका हुन्। व्यवसायीहरूका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी गहनामा गरिएको कर वृद्धि व्यवसायमै संकट निम्त्याउने खालको रहेको छ। सरकारको निर्णयविरुद्ध आज र भोलि देशभरका सम्पूर्ण सुनचाँदी पसल बन्द रहने संघले जनाएको छ। लहान सुनचाँदी व्यवसायी संघ लहानका अध्यक्ष नन्दकिशोर गुप्तासहित प्रतिनिधिमण्डलले इ

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • ७८५ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा ‘फेमिली डेन्टल क्लिनिक’ सञ्चालनमा, नगरप्रमुख चौधरीद्वारा शुभारम्भ

    फिरोज सिद्दिकी लाहान, जेठ १५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लाहान-३ स्थित अस्पताल चोकमा नवनिर्मित ‘फेमिली डेन्टल क्लिनिक’को उद्घाटन गरेका छन्। बिहीबार एक विशेष समारोहबीच नगरप्रमुख चौधरीले रिबन काटेर क्लिनिकको औपचारिक शुभारम्भ गरेका हुन्। स्वस्थ दाँत तथा मुख स्वास्थ्यप्रति जनचेतना र पहुँच वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको उक्त क्लिनिकले आधुनिक प्रविधियुक्त उपकरणमार्फत सेवा प्रदान गर्ने जनाएको छ।  क्लिनिकका सञ्चालक डाक्टर मो. अफरोजले आधुनिक उपकरण तथा प्रविधिको प्रयोगमार्फत गुणस्तरीय सेवा दिने उद्देश्यसहित क्लिनिक सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुस

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • ८५० पटक पढिएको
    • समृद्धिपथ
  • भगवानपुर–२ गमहरियामा स्वास्थ्य चौकी भवनको शिलान्यास

    सिराहा । सिरहाको भगवानपुर गाउँपालिका–२, गमहरियामा नयाँ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। एक विशेष कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले उक्त भवनको शिलान्यास गरेको हो। शिलान्यास समारोहमा बोल्दै अध्यक्ष यादवले हरेक नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य चौकीको निर्माण प्रक्रिया सुरु गरिएको जानकारी दिए। ‘गाउँवासीलाई आधारभूत स्वास्थ्य सेवा घरदैलोमै उपलब्ध गराउने हाम्रो लक्ष्य हो,’ अध्यक्ष यादवले भने, ‘स्वास्थ्य पहुँच नागरिकको मौलिक अधिकार हो, यसलाई सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध छ।’गाउँपालिका स्रोतका अनुसार

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • ५७७ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A