समाज

    Showing ८१-९० of ८१८ items.
  • सिरहामा बोराभित्र शव फेला, हराएकी बालिकाको हुन सक्ने आशंका

    सिरहा । सिरहाको गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोलाको किनारमा बोराभित्र एक शव फेला परेको छ। शव फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली घटनास्थलमा पुगेको छ। प्रहरीका अनुसार शवको पहिचान खुल्न सकेको छैन। तर सोही गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन गत फागुन २९ गतेदेखि हराइरहेकी थिइन्, जसका कारण स्थानीयहरूले शव उनकै हुन सक्ने आशंका गरेका छन्। बालिका खातुन गाउँकै सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन्। उनी फागुन २९ गते बिहान ९ बजे घरबाट निस्केकी थिइन् तर फर्केर नआएपछि उनकी आमा जाहेदा खातुनले चैत १ गते इलाका प्रहरी कार्यालयमा छोरी हराएको जानकारी गराउँदै नि

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ५३५ पटक पढिएको
    • समृद्धिपथ
  • औरही गाउँपालिका अध्यक्ष शिवजी यादवसहित तीन जनाविरुद्ध जाहेरी  

    सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलित समुदायमाथि भएको ज्यादती प्रकरणमा पीडित परिवारले गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएका छन्।   शनिबार, दलित समुदायका अगुवासहित जिल्ला प्रहरी कार्यालय, सिरहा पुगेका पीडितहरूले गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाएर जाहेरी दिएका हुन्।   पीडित दीपक मल्लिककी श्रीमतीका अनुसार, उनीहरू अहिले पनि त्रासमा छन्। उनले भनिन्, “घरमा खानेकुरा केही छैन। गाउँपालिका अध्यक्षका छोराले पैसा लिएर आएर मिल्न भनेका थिए,

    • प्रकाशित मितिः चैत ९, २०८१
    • ५७८ पटक पढिएको
    • समृद्धिपथ
  • जातीय छुवाछुतको आरोपमा गाउँपालिका अध्यक्ष शिवजी यादव सहित दुई जना पक्राउ

    सिरहा । सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडा अध्यक्ष, जनमत पार्टीका नेता दिलीप यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार अपराह्न उनीहरूलाई जातीय छुवाछुतको आरोपमा नियन्त्रणमा लिएका हुन्। उनीहरूलाई दलित दीपक मरिकको घर भत्काउने र माटो अपवित्र भन्दै खुर्केर फाल्ने आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिरहाको औरही गाउँपालिका–५ मा आगामी १७ चैतदेखि आयोजना हुन लागेको श्री विष्णु महायज्ञ स्थलमा दीपक मरिकको घर रहेको भन्दै आयोजक बाबा बजरंगीको सल्लाहअनुसार अध्यक्ष यादव र पूर्व वडाध्यक्ष दिलीप यादवले डोजर लगाएर घर भत्काएको आरोप लागेको छ। घर भत्काएपछि त्यहाँ

    • प्रकाशित मितिः चैत ८, २०८१
    • ५६५ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाका प्रमुख जिल्ला अधिकारी दहाल फिर्ता, अर्याललाई जिम्मेवारी

    सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बासुदेव दहाललाई असक्षम ठहर गर्दै गृह मन्त्रालयले फिर्ता बोलाएको छ। गृह श्रोतका अनुसार, उनको कार्यकालमा प्रशासन फितलो भएको, नागरिकताको तस्करी मौलाएको, एसईई परीक्षा मर्यादित रूपमा सञ्चालन गर्न नसकिएको तथा दलित समुदायमाथि भएका अत्याचारप्रति प्रशासन मुकदर्शक बनेको मूल्याङ्कन गरिएको छ। विशेषगरी, सिरहाको औरही-५ मा दलित दीपक मरिक डोमको घर भत्काएर यज्ञ गरिएका घटनामा प्रजिअ दहालले उत्पीडक पक्षलाई जोगाउन भूमिका खेलेको आरोप लागेको थियो। यस घटनापछि गृह मन्त्रालयले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो। दहालको कार्यकालमा ग्राभेल तस्करी, भन्सार तस्करी, गाँजा त

    • प्रकाशित मितिः चैत ८, २०८१
    • ५१२ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा जातीय विभेद: महायज्ञका लागि दलित परिवार विस्थापित

    सिरहा, चैत ७ । सिरहाको औरही–५ मा लाग्न लागेको विष्णु महायज्ञका लागि त्यहाँ बस्दै आएका दलित परिवारलाई बलपूर्वक विस्थापित गरिएको छ। महायज्ञको मण्डप नजिक दलित आउजाउ गर्न नहुने भन्दै आयोजक बजरंगी बाबा र गाउँपालिका अध्यक्ष शिवजी यादवको निर्देशनमा दलित दीपक मलिक डोमको घर डोजर लगाएर भत्काइएको हो।   विगत ३० वर्षदेखि बस्दै आएको घर गुमाएका मलिक परिवारका सदस्य अहिले गाउँभन्दा टाढा, सुनसान क्षेत्रमा अस्थायी टहरामा बस्न बाध्य भएका छन्। फागुन १० मा गाउँपालिकाकै डोजर लगाएर उनीहरूको दुईकोठे पक्की घर भत्काइयो। अझ अछुत बस्दै आएको भन्दै घर रहेको ठाउँको माटोसमेत खनेर फालिएको छ।   विस्थ

    • प्रकाशित मितिः चैत ७, २०८१
    • ५७४ पटक पढिएको
    • समृद्धिपथ
  • जे.एस.मुरारका क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयको लागि अपिल

    लहान, फागुन ३ गते । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानको स्ववियु चुनावको सन्दर्भमा अनेरास्ववियुका उमेदवार सभापति मनिस चौधरी, सचिव सन्तोष यादव, कोषाध्यक्ष कलमा अन्सारी लगायत सम्पूर्ण प्यानलका पदाधिकारी सदस्यहरूलाई आफ्नो अमुल्य मत दिई विजय गराउन विद्यार्थी ाइबहिनीहरूलाई हार्दिक अपिल गरिएको छ। वामपन्थी राजनीतिमा लोकतान्त्रिक गणतन्त्र र संघियताको रक्षा गर्नका लागि नेकपा एमाले मधेश प्रदेश कमिटीका सदस्य रामनारायण मेहता, सुमेश यादव, मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य अशोक यादव, कमल यादव, पूर्व क्याम्पस सभापति दीपेन्द्र चौधरी र विद्यार्थी नेता लक्ष्मीनारायण यादवले अनेरास्ववियुको प्यानललाई विजय गर

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ८३८ पटक पढिएको
    • समृद्धिपथ
  • जे.एस. मुरारका बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा

    लहान, चैत २ गते । लहान स्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसमा यही चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि तीन वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन्।   नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) तथा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा (एस) सम्मिलित संयुक्त मोर्चाले आ-आफ्ना उम्मेदवार टुंगो लगाएका हुन्।   सभापतिका लागि नेविसंघबाट रोहित राउत, अनेरास्ववियुबाट मनिष चौधरी, र संयुक्त मोर्चाबाट ललित यादव उम्मेदवार बन

    • प्रकाशित मितिः चैत २, २०८१
    • ६०५ पटक पढिएको
    • समृद्धिपथ
  • विद्युत प्राधिकरणको लापरवाहीका कारण करेन्ट लागेर युवकको मृत्यु, स्थानीयद्वारा चक्का जाम

    सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१३, ढुंगाना टोलका २७ वर्षीय हेम खड्काको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानका अनुसार, खड्काको घर अगाडि रहेको ११ हजार भोल्टेजको तार अचानक चुँडिएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो। घटनाका प्रत्यक्षदर्शी स्थानीय बिनोद मण्डलले भने, "खड्का चिच्याउँदै लडे पनि नेपाल विद्युत प्राधिकरण लाहानले लामो समयसम्म लाइन नकटेकाले तत्काल उद्दार हुन सकेन। यदि समयमै लाइन काटिएको भए उनलाई बचाउन सकिन्थ्यो।" मृतक खड्का ट्यांकर चालक थिए। केही वर्षअघि श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि उनी पाँच वर्षीया

    • प्रकाशित मितिः चैत २, २०८१
    • ६५८ पटक पढिएको
    • समृद्धिपथ
  • होली पर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा मनाउन सिरहा प्रशासनको अपिल

    फिरोज सिद्दिकी  सिरहा, फागुन २७ गते । नजिकिँदै गरेको फागु पूर्णिमा (होली) पर्वलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा मनाउन सिरहा जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेको छ।   जिल्ला प्रशासन कार्यालय, सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालद्वारा जारी सूचनामा सबै जिल्लावासीलाई शुभकामना व्यक्त गर्दै होली पर्वलाई सभ्य, भव्य तथा सौहार्दपूर्ण रूपमा मनाउन अनुरोध गरिएको हो।   सूचनामा उल्लेख गरिएअनुसार, होली पर्वको बहानामा जबरजस्ती रंग हाल्ने, प्लास्टिकजन्य लोला प्रहार गर्ने, फोहोर छ्याप्ने, यात्रुहरूलाई दुःख दिने, बाटो अवरुद्ध गर्ने, सवारीसाधनबाट रकम असुल्ने,

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • ३७० पटक पढिएको
    • समृद्धिपथ
  • प्रेस चौतारी नेपाल मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार लालबाबु शेख निर्वाचित

    फिरोज सिद्दिकी सिरहा । ‘समृद्धिको लागि सञ्चार कर्म, प्रेस चौतारी नेपालको मुल मर्म’ भन्ने नाराका साथ प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ। रौतहटको चन्द्रपुरमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा वरिष्ठ पत्रकार लालबाबु शेख सर्वसम्मत निर्वाचित भएका छन्। नयाँ कार्यसमितिमा उपाध्यक्षमा गौतम श्रेष्ठ, महिला उपाध्यक्षमा भवानी सुवेदी, महासचिवमा दिवाकर भण्डारी, कोषाध्यक्षमा जितेन्द्र साह चयन भएका छन्। यसैगरी, सचिव पदमा ग्यासु मिया देवान, अनिरुद्ध ठाकुर, धनवीर महतो, राकेश यादव, जिवनारायण झा, श्याम कुशवाहा निर्वाचित भएका छन्। सदस्यहरूमा गणेश प्रसाद खरेल, शेखर छतकुल

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ४८३ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A