राष्ट्रिय

    Showing १११-१२० of १,०९६ items.
  • इटहरी सवारी परीक्षण कार्यालयका प्रमुख र लेखापाल मन्त्रालय तानिए

    इटहरी, असोज १३ गते । सवारी परीक्षण कार्यालय, इटहरीमा अनियमितता बढेको गुनासो बढेपछि संघीय सरकारले कार्यालय प्रमुख रोशन कुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई पदमुक्त गर्दै मन्त्रालयमा तानेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार दुबैजनाको जिम्मेवारी खोस्ने निर्णय गरेको हो। सेवाग्राहीसँग घुस असुल्ने, अनावश्यक दुःख दिने र राजस्वसमेत हिनामिना भएको आरोप लागेपछि मन्त्रालयले तत्काल कदम चालेको हो। कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजस्व हिनामिना भएको प्रारम्भिक आशंका मन्त्रालय स्रोतले जनाएको छ। कार्यालयमा दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी स

    • प्रकाशित मितिः असोज १३, २०८२
    • ३७३ पटक पढिएको
    • समृद्धिपथ
  • पाकिस्तानलाई पराजित गर्दै भारत नवौँ पटक एशिया कप च्याम्पियन

    दुबई। भारतले एशिया कप क्रिकेटको उपाधि नवौँ पटक जितेको छ। आइतबार राति दुबई क्रिकेट रंगशालामा सम्पन्न फाइनल खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो। पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। भारतका तिलक वर्माले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६९ रनको पारी खेले। उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए। बलिङतर्फ पाकिस्तानका फहिक असरफले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र अब्रार अहमदले समान १–१ विकेट हात पारे। यसअघि टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तान १९.१ ओभरमै १४६ रनमा अलआउट भएको थियो। पाकिस्तानक

    • प्रकाशित मितिः असोज १३, २०८२
    • ६५४ पटक पढिएको
    • समृद्धिपथ
  • अपहरणपछि किशोरको हत्या, प्रहरीले भन्यो– ‘अनुसन्धान जारी’

    सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरणमा परेका १७ वर्षीय अभिषेक महतो मृत फेला परेका छन्। प्रहरीका अनुसार मंगलबार बिहान घरबाट करिब एक सय मिटर पूर्वस्थित आँपको बगैचामा उनको शव भेटिएको हो। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहका अनुसार हातखुट्टा बाँधिएको र शरीरमा एसिड खन्याइएको अवस्थामा शव फेला परेको हो। अभिषेक आइतबार राति खाना खाएपछि घर नजिकैको चोकमा हिँड्न गएका थिए। तर उनी घर फर्किएनन्। परिवारले रातभर खोजी गरे पनि नपाएपछि सोमबार बिहान प्रहरीले निवेदन दर्ता गरेको थियो। सोमबार बिहानै अपहरणकारी समूहले अभिषेकको आमाको मोबाइलमा ‘इमो’मार्फत पा

    • प्रकाशित मितिः असोज ७, २०८२
    • ७३८ पटक पढिएको
    • समृद्धिपथ
  • केपी ओली सैनिक ब्यारेकबाट बाहिर, गुण्डुमा नयाँ बसोबास

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिर निस्किएका छन्। जेनजी आन्दोलनको क्रममा नेपाली सेनाले उनलाई सुरक्षाको लागि नियन्त्रणमा लिइएको थियो। प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि २४ भदौदेखि ब्यारेकमा बस्दै आएका ओली अब सामान्य अवस्थामा बाहिर आएका हुन्। सुरक्षा स्रोतका अनुसार ओली अहिले भक्तपुरको गुण्डु सरेका छन्, जहाँ उनको बसाइका लागि भाडाको घर व्यवस्था गरिएको छ। बालकोटस्थित उनका निवासमा प्रदर्शनकारीले आगजनी गरेपछि उनी गुण्डु सरेका हुन्। एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले ओलीलाई गुण्डु ल्याउने पहल गरेका थिए। बस्नेतले आगामी दिनमा ओलीलाई भव

    • प्रकाशित मितिः असोज २, २०८२
    • ५५० पटक पढिएको
    • समृद्धिपथ
  • आन्दोलनमा लुटिएका सामान फिर्ता गर्न भगवानपुर गाउँपालिकाको आह्वान

    फिरोज सिद्दिकी  सिरहा । भगवानपुर गाउँपालिका कार्यालयले जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा हराएका तथा लुटिएका सामान फिर्ता गर्न आह्वान गरेको छ। गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै भदौ २४ गतेको आन्दोलनमा गाउँ कार्यपालिकाको कार्यालय र वडा नं. २ को कार्यालयमा भएको क्षतिको विवरण सार्वजनिक गर्दै ७ दिनभित्र सामान बुझाउन आग्रह गरेको हो। सूचना अनुसार सिसिटिभी क्यामेरा, कम्प्युटर, प्रिन्टरसहित कार्यालयका अन्य सर-सामान केही व्यक्तिहरूले लगेका वा प्राप्त गरेका हुन सक्ने भन्दै ती सामग्री गाउँ कार्यपालिकाको कार्यालय वा अस्थायी प्रहरी पोष्ट भगवानपुरमा बुझाउन अनुरोध गरिएको छ। गाउँपालिका अध

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • ४५२ पटक पढिएको
    • समृद्धिपथ
  • जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुट्ने दुई पक्राउ

    जनकपुरधाम । जनकपुरधाममा जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुट्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले सीसीटीभी फुटेज विश्लेषण गरी सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट लुटिएको एसएलआर राइफल फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार भदौ २४ गते बेलुका करिब ७ बजे मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयमा आन्दोलनकारीहरूले प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए। घटनामा सुरक्षामा खटिएका प्रहरीको एसएलआर राइफल एक थान र त्यस

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ८२६ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका युवाहरूको सक्रियतामा लुटिएका चामल फिर्ता हुँदै

    फिरोज सिद्दिकी लहान । जेन्जी आन्दोलनको क्रममा लहानका सरकारी कार्यालय र प्रतिष्ठानबाट लुटिएका खाद्यान्न फिर्ता गर्न स्थानीय युवाहरू सक्रिय देखिएका छन्। उनीहरूले लहानका विभिन्न वडाबाट सङ्कलन गरी करिब एक सय बोरा चामल आजै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानलाई बुझाएका हुन्। गत मङ्गलबार भएको आन्दोलनको क्रममा करिब १२ करोड रुपैयाँ बराबरको चिनी, चामल र अन्य बोरा लुटपाट भएको थियो। यस क्रममा आन्दोलनकारीहरूले सरकारी कार्यालय र प्रतिष्ठानमा तोडफोड तथा आगजनी पनि गरेका थिए। जिल्ला प्रशासन कार्यालय सिरहाले लुटपाट गरिएका सार्वजनिक सम्पत्ति फिर्ता गर्न सूचना जारी गर्दै, एक साताभित्र सामान फिर

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • ६१९ पटक पढिएको
    • समृद्धिपथ
  • प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण, जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा

    काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै सरकारले पहिलो निर्णयमा जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेकी छन्। साथै, मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको छ। सरकारको पहिलो बैठकपछि मुख्यसचिव एकनारायण अर्यालले निर्णयको जानकारी दिँदै तोडफोड र आगजनीका कारण सरकारी सेवा प्रवाहमा चुनौती आएको बताए। उनका अनुसार मन्त्रालय, अदालत, सिडिओ कार्यालयलगायतका संरचनाहरू नष्ट भएकाले प्राथमिकताका आधारमा पुनर्निर्माणको आवश्यकता देखिएको छ। पदभार ग्रहणपछि कर्मचारीलाई सम्बोधन गर्दै प्रधानमन्त्

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • ४६५ पटक पढिएको
    • समृद्धिपथ
  • मातृत्व र पारिवारिक समृद्धिको प्रतीक जितिया पर्व सुरु

    सिराहा । मधेशलगायत नेपालको तराई क्षेत्रका महिलाहरू आजदेखि तीन दिनसम्म मनाइने जितिया पर्वमा व्यस्त भएका छन्। मिथिला, मधेश र तराईका थारु, मैथिल, आदिवासी र अन्य समुदायका महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिका लागि निराहार ब्रत बस्ने परम्परा यस पर्वसँग जोडिएको छ। धार्मिक मान्यता अनुसार जितिया पर्व वीर पुरुष जितमहानको स्मरणमा सुरु भएको हो। जितमहानले धर्मको रक्षा गर्न कठिन सङ्घर्ष र वीरता देखाएका थिए भन्ने विश्वासले महिलाहरूले ब्रत बस्ने चलन कायम राखेको हो। यस पर्वमा तीन दिनसम्म महिलाहरू निराहार र निर्जल व्रत बस्छन्, जसलाई अत्यन्त कठोर पर्व मानिन्छ। पहिलो दिन ओठगनमा महिलाहरू न

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • ७५१ पटक पढिएको
    • समृद्धिपथ
  • अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त

    काठमाडौं, भदौ २७ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ गराउनु भएको हो। शपथग्रहणपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै आगामी कार्यकाल सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना दिनुभयो । यससँगै देशले पहिलोपटक महिला कार्यकारी नेतृत्व प्राप्त गरेको छ । कार्की यसअघि पनि नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी थिइन् । करिब आठ वर्षअघि न्यायपालिकाबाट अवकाश लिएपछि कार्यपालिकाको नेतृत्व गर्ने अवसर पाउँदा

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • ५४८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A