फिरोज सिद्दिकी लहान । निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउँदै उनीहरूको हक, अधिकार र श्रम सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले सिराहाको लहानमा सरोकारवाला परामर्श तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक-नेपाल) सिराहाको आयोजनामा ‘निर्माण श्रमिकहरूको लागि सामाजिक सुरक्षा पहुँचको प्रवर्धन र सुदृढीकरण’ विषयक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा निर्माण क्षेत्रमा कार्यरत श्रमिक, श्रमिक संगठनका प्रतिनिधि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा क्यूपेक-नेपालका केन्द्री
लहान, असोज ३ गते । नेकपा (एमाले) लहान नगर कमिटीले १२औँ संविधान दिवसको अवसरमा शनिबार लहानस्थित घण्टाघर अगाडि दीप प्रज्वलन कार्यक्रम गरेको छ। सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ता, स्थानीय नागरिकलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले नेपालको संविधानको महत्व, संवैधानिक व्यवस्था र राष्ट्रिय एकताको भावनालाई स्मरण गर्दै दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा वक्ताहरूले संविधानले सुनिश्चित गरेका नागरिकका अधिकार, लोकतान्त्रिक मूल्य मान्यता र संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। संविधान दिवसका अवसरमा देशका विभि
जीवछ उदासी लहान असोज २ गते लहान नगरपालिकामा रहेका ५९ वटा सामुदायिक विद्यालयहरुमा प्रकोप र विपत्बाट जोगिन विद्यालय स्तरीय सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ । नेपाल भुकम्पीय जोखिममा ११ औं स्थानमा, बाढी जोखिममा ३० औं स्थान र जलवायु परिवर्तनको चौथो स्थानमा जोखिममा रहेकोले पूर्व तयारीको लागि यस्तो सचेतना कार्यक्रम चलिरहेको विकन परियोजना अन्तर्गतका विद्यालय सहजकर्ता नम्रता भट्टले जानकारी गराउनुभयो । उहाँको अनुसार २०७२ सालमा गएको विनाशकारी भूकम्प यहि भदौ १० गते रसुवा नुवाकोट र धादिङग जिल्लामा आएको विपतिमा भएको क्षतिले पूर्व तयारी र सचेतना आवश्यक छ । लहान नगरपालिकाको खुटी नदीको किनारमा रहेको श्र
फिरोज सिद्दिकी लहान । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत लहान नगरपालिकामा संगठनात्मक गतिविधि तीव्र बनाएको छ। अभियानअन्तर्गत नगरका १८ वटा वडामा पार्टीका बैठक तथा भेला सम्पन्न भएका छन्। लहान नगरपालिका वडा नं. १, ४, ५, ६, ७, ९, ११, १२, १३, १५, १६, १७, १८, १९, २०, २१, २२ र २४ मा वडा कमिटीका बैठक तथा भेला सम्पन्न भएको एमालेले जनाएको हो। सम्बन्धित वडा कमिटीका अध्यक्षहरूको अध्यक्षतामा सम्पन्न बैठक तथा भेलामा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं अभियानका लहान नगरपालिका इन्चार्ज मुनि साह सुडी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। बैठक तथा भेलामा
जीवछ उदासी लहान,भदौ ३० गते सिरहा निर्वाचन क्षेत्र नम्वर १ का सांसद लहान -१० स्थित श्री जनता माध्यमिक विदालय बैरिया गुदीगाँउको निरिक्षण गर्दै पनि प्रविधियुक्त र जस्तापातामुक्त विद्यालय भवन बनाउन पहल गरिने बताउनु भएको छ । स्थानीयवासीहरुको साथमा विद्यालयको निरिक्षण गर्दै सत प्रतिशत दलित विपन्नका बालबालिका मात्रै पढने यस विद्यालयमा रहेको जस्तापाता भएको भवन विस्थापित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,'चुनसवको बेला गरिएको सबै प्रतिवद्धता व्यक्त गर्न लागि परेका छौ । हामी लामो लामो भाषण होइन,छिटो छिटो काम गर्न जनताको मत पाएका छौ । '
सिरहा । विद्यार्थीको सिकाइ र शिक्षाको गुणस्तर सुधारका लागि पाठ्यक्रम निर्माण तथा परिमार्जनमा स्थानीय तह, शिक्षक र जनप्रतिनिधिको सुझाव लिन आयोजित कार्यक्रम नै विवादमा परिणत भएको छ । सिरहाको औरही गाउँपालिकाले आयोजना गरेको पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी भएका बेला जनप्रतिनिधिबीचको असन्तुष्टि र विवाद चर्किएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष शिवजी यादवपछि पुगेका मन्त्री पोखरेललाई सम्बोधनका लागि सीधै माइक दिइएपछि जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोले आपत्ति जनाएका थिए । कार्यक्रममा सहभागी अन्य शिक्षक तथा जनप्रतिनिधिले पनि आफूहरूल
फिरोज सिद्दिकी धनुषा । धनुषाको जनकनन्दिनी गाउँपालिका–२, बल्हागोठस्थित मदरसा हनफिया अनवारुल उलूमले रसुवाका बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ७५ हजार रुपैयाँ सहयोग गरेको छ। मदरसा हनफिया अनवारुल उलूमले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। रसुवालगायत विभिन्न क्षेत्रमा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको मदरसाले जनाएको छ। विपद्को समयमा पीडित नागरिकप्रति मानवीय ऐक्यबद्धता जनाउँदै गरिएको यस सहयोगले राहत तथा पुन
सुनसरी । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सञ्चालित ‘मस्जिदबाट राहत सहयोग अभियान’ ले सामुदायिक ऐक्यबद्धताको बलियो उदाहरण प्रस्तुत गरेको छ। अभियानअन्तर्गत सुनसरी मुस्लिम समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार ६२ लाख ४५ हजार ४९ रुपैयाँ दाखिला गरेको छ। विपत्तिको समयमा मस्जिद र समुदायमार्फत स्रोत परिचालन गरी राज्यको राहत प्रयासमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। सुनसरी मुस्लिम समाजको अभियानमा वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपाली मुस्लिमहरू आबद्ध ‘सुनसरी मुस्लिम समाज कतार’ले सम
सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित कोप्चे डाँडाको जंगलबाट प्रहरीले एक नाले भरुवा बन्दुक बरामद गरेको छ बिहीबार राति इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा खोजतलास गर्दा जंगलमा बेवारिसे अवस्थामा राखिएको एक नाले भरुवा बन्दुक फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार भदौ २५ गते राति मिर्चैया–७, कटारी जाने ग्राभेल सडकको पश्चिमतर्फ रहेको कोप्चे डाँडा क्षेत्रमा शंकास्पद व्यक्तिहरू भरुवा बन्दुकजस्तो देखिने हतियार बोकेर हिँडिरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। प्रहरीले बरामद हतियारलाई कानुनबमोजिम नियन्त्रणमा लिएर इलाका प्रहरी कार्याल
फिरोज सिद्दिकी विराटनगर, भदौ २० गते । विराटनगरमा आयोजित ऐतिहासिक राधाकृष्ण रथयात्राको दर्शन गर्न लाखौँ भक्तजन उत्साहपूर्वक सहभागी भएका छन्। श्रीराधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रामा भगवान् राधाकृष्णको दर्शन तथा पूजाआराधनाका लागि विराटनगरसहित मोरङ, सुनसरी, झापा, बिहारको जोगबनी लगायत विभिन्न जिल्लाबाट ठूलो संख्यामा श्रद्धालुहरू सहभागी भएका हुन्। रथयात्रा अघि बढ्दै गर्दा सडकको दुवैतर्फ भक्तजनको बाक्लो भीड लागेको थियो। श्रद्धालुहरूले ‘राधे–राधे’ लगायतका धार्मिक जयघोष गर्दै रथको दर्शन गरेका थिए। भक्तजनहरूले रथ तानेर धार्मिक आस्था र उत्साह प्रकट गरेका छन्। केही भक्तजनहर
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A