फिरोज सिद्दिकी लहान, भदौ १४ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सिराहाको लहानका मुस्लिम समुदायले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेका छन्। समुदायस्तरबाट नगद तथा जिन्सी राहत सामग्री संकलन गरी बाढी प्रभावित क्षेत्रमा पठाइएको हो। बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै लहानका मुस्लिम समुदायले २ लाख ७० हजार रुपैयाँ संकलन गरेका छन्। शुक्रबार जुमाको नमाजपछि लहानका विभिन्न मस्जिदमा गरिएको अपिलपछि समुदायका व्यक्तिहरूले क्यूआरमार्फत पनि रकम जम्मा गरेका हुन्। यस अभियानको अगुवाइ युथ म
जीवछ उदासी लहान,भदौ १४ गते लहान नगरपालिका वडा नम्वर १ मिलन चोकमा नहरको किनारमा बस्दै आइरहेको २५ वर्षिय सन्तोष सदाय क्षयरोगले मृत्यु भएपछि परिवार विचल्लीमा परेको छ । क्षयरोग छिट्फुट देखिने भनिएपनि यस बस्तीमा क्षयरोगले मृत्यु हुनेहरुको संख्या निकै रहेको स्थानीयहरुले बताएका छन् । क्षय रोग लागेपछि नियमित औषधि खान छाडेर मदिरा सेवन नियमित गर्ने कारणले मृत्यु भइरहेको छ । ट्याक्टरको चालक सन्तोष सदायलाई क्षयरोग लागेर मृत्यु भएको उहाँकी पत्नी रुपा देवी सदस्यले बताउनुभयो । गरीवी जीवन काम नगरी के खाने ? दुईवटा बालबच्चालाई कसरी पाल्ने ? नियमित क्षयरोगको औषधि नखाएको र मदि
फिरोज सिद्दिकी लहान, सिराहा । इस्लाम धर्मावलम्बीहरूले पैगम्बर हजरत मुहम्मद ﷺ को जन्मदिनको सम्झनामा मनाउने ईद मिलादुन्नबी अर्थात् १२ रबीउल अव्वल आज सिराहाको लहानमा श्रद्धा र उत्साहका साथ मनाएका छन्। ईद मिलादुन्नबीका अवसरमा लहानमा हजारौँको संख्यामा मुस्लिम समुदायका मानिसहरू सहभागी हुँदै धार्मिक र्याली निकालेका हुन्। लहान मुस्लिम समाज तथा युथ मुस्लिम वेल्फेयर सोसाइटी नेपालको आयोजनामा निकालिएको र्यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। र्यालीमा सहभागीहरूले ‘नारे तकबिर–अल्लाहु अकबर’, ‘नारे रिसालत–या रसुलल्लाह’, ‘आकाकी आमद&ndash
फिरोज सिद्दिकी लहान । नेकपा (एमाले) ले स्थानीय तहसम्म पार्टी संगठनलाई थप सक्रिय बनाउँदै सदस्यता नवीकरण तथा संगठन सुदृढीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ‘मिसन जागरण अभियान’अन्तर्गत लहान नगरपालिका–९ मा कार्यकर्ता वडा भेला सम्पन्न भएको छ। नेकपा (एमाले) वडा नम्बर ९ का अध्यक्ष मोहम्मद नियामुद्दिन मियाको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य तथा जागरण अभियानका लहान नगर इन्चार्ज मुनी साह प्रमुख अतिथि रहेका थिए। भेलालाई सम्बोधन गर्दै साहले पार्टी संगठनलाई स्थानीय तहसम्म थप मजबुत बनाउन जागरण अभियान सञ्चालन गरिएको बताए। उनले पार्टी सदस्यता नवीकरणसँगै कार्यकर्ता
जीवछ उदासी लहान समाचारदाता लहान भदौ ३ गते लहान नगरपालिका वडा नम्बर १४ स्थित श्री बस्तीपुर माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्मित चार कोठे भवनको आज लहान नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गर्नु भएको छ । २५ लाखमा निर्मित चार कोठे भवन सञ्चालनमा आएपछि शैक्षिक कार्यक्रमको लागि निकै सहयोग पुगेको विद्यालयको प्रधानाध्यापक शोभानन्द चौधरीले बताउनुभयो । २००४ सालमा स्थापित बस्तीपुर माध्यमिक विद्यालय कुनैबेला लहानको मात्रै नभएर देशकै नमुना विद्यालय रहेको यस विद्यालयको शैक्षिक अवस्था ओरालो लागेको थियो । पुरानो शैक्षिक विर
जीवछ उदासी लहान भदौ १ गते नेपाल भारत सीमा क्षेत्रमा रहेको विभिन्न नाकाबाट अवैद्य रुपमा भित्र्याइरहेका सामानहरु सशस्त्र प्रहरीले बरामद गरेका छन् । किराना ,हार्डवेयर,पेय पदार्थ,सवारी साधन र इलोक्ट्रोनिक्स सामानहरु २६ लाख २९ हजार ९९३ मूल्यको रहेको सशस्त्र प्रहरीवल नेपाल नम्वर ७ गण सिरहाले जनाएको छ । आज भदौ १ गते बरामद गरिएको सामानहरु माडर भन्सार कार्यालय सिरहामा दाखिल गरिएको नम्वर ७ गणका उपरीक्षक सुमनजङग थापाले बताउनुभयो ।नेपाल भारत खुल्ला सीमानामा हुने चोरी निकासी र अवैद्य सामानहरु ४७ किलोमिटर सिरहाको सीमा क्षेत्रमा भएकै स्रोत साधन र प्रह
फिरोज सिद्दिकी लहान, साउन ३० गते । पूर्व–पश्चिम राजमार्गमा हुने दुर्घटनाका घाइतेलाई उपचारका लागि अन्यत्र रेफर गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले सिरहाको लहानस्थित रा.उ.प्रादेशिक अस्पतालमा तत्काल ‘ट्रमा युनिट’ सञ्चालनमा ल्याउने तयारी गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माण तत्काल सम्भव नभए पनि उपलब्ध पूर्वाधारलाई उपयोग गर्दै ट्रमा युनिटबाट सेवा सुरु गर्न लागिएको घोषणा गरेकी हुन्। लहानमा आयोजित कार्यक्रममा मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), भवन निर्माण,
लहान । सिरहा प्रहरीले ९१ किलो २५ ग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आशंकामा थप चार जना फरार भएका छन्। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ जमुवा टोलका ४३ वर्षीय मोहन साह रहेका हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब २ः३० बजेको समयमा सखुवानान्कारकट्टी गाउँपालिका–४ स्थित बलान खोलामा इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशपुर सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीले गस्तीका क्रममा पाँच जना व्यक्तिहरू पाँचवटा बोरा कपडाको नाम्लो बनाई टाउकोमा बोकेर हिँडिरहेको अवस्थामा
जीवछ उदासी लहान,साउन १७ गते सिरहाको गोलबजारमा गएको बुधवार साउन १४ गते भएको झडपमा गोली लागेर मृत्यु भएको औरही गाउँपालिका वडा नम्वर -२ तुलसीपुरका गणेश यादवको शव परिवारजनले बुझेर गागन नदीमा हिजो शनिवार साँझ हिन्दु परम्परा अनुसार दाह संस्कार गरेको छ । हिजो शुक्रवार गृहमन्त्री सुधन गुरुङग मृतक यादबको घर पुगेर सात बुँदे लिखित सम्झौता गरेपछि मृतक गणेश यादवको पिता रामवृक्ष यादव शव बुझेर अन्तिम संस्कार गर्ने सहमति अनुसार आज शनिवार साँझ गागन खोलामा दाह संस्कार गरिएको थियो । गणेश यादवको दाह संस्कारमा सहभागी हुन १२ बजेदेखेखि नै स्थानीयहरुको भीड लागेको थियो । पोष्टमार्टम
जीवछ उदासी लहान,साउन १६ गते गृहमन्त्री सुधन गुरुङग र साउन १४ गते बुधवार सिरहाको गोलवजार झडपमा गोली लागेर मृत्यु भएको गणेश यादवको पिता रामवृक्ष यादवबीच शुक्रवार राति साँतबुँदे सम्झौता भएको छ । सम्झौता भएपछि शनिवारदेखि सिरहाको जनजीवन सहज हन थालेको छ । मृतकलाई नेपाल सरकारबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र मृतकका परिवारलाई दसलाख उपलब्ध गराउने ,२०८३ साउन १४ गते गोलवजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानविन गरी दोषी उपर कानुनी प्रक्रिया अघि बढाउने,मृतकको परिवारमा योग्य एक जनालाई रोजगारी उपलब्ध गराउने,घटनाको अध्धययनको लागि गठित छानविन समितिले पेश गर्ने
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A