राष्ट्रिय

    Showing २१-३० of १,०१७ items.
  • लहानमा क्षतिग्रस्त सरकारी कार्यालयको अनुगमन

    लहान । जेन–जी आन्दोलनका क्रममा लहानमा तोडफोड, आगजनी र लुटपाटका कारण क्षतिग्रस्त सरकारी कार्यालयहरूको लहान नगरपालिकाले स्थलगत अनुगमन गरेको छ। नगर प्रमुख महेशप्रसाद चौधरीको नेतृत्वमा गरिएको अनुगमनपछि नगरपालिकाले जनतालाई सेवा प्रवाह गर्नका लागि तत्काल आवश्यक फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका विद्युतीय सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको हो। अनुगमन टोलीमा इलाका प्रशासन कार्यालयका प्रमुख उपसचिव वेदनिधि खनाल, लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राई, संचारकर्मीलगायतको सहभागिता रहेको थियो। टोलीले घरेलु तथा साना उद्योग कार्यालय, डिभिजन वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, ना

    • प्रकाशित मितिः असोज २९, २०८२
    • २३९ पटक पढिएको
    • समृद्धिपथ
  • लिटिल स्टार स्कुलद्वारा बिरामीलाई फलफूल वितरण

    फिरोज सिद्दिकी  लहान । सामाजिक उत्तरदायित्वका रूपमा लिटिल स्टार सेकेन्डरी इंग्लिश स्कुल, लहानले लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ। स्कुलले बिहीबार अस्पतालमा उपचाररत ८८ जना बिरामीहरूलाई केरा, स्याउ, हर्लिक्स, बिस्कुट र फ्रूटी जुससहितको फलफूल वितरण गरेको हो। फलफूल वितरण कार्यक्रम स्कुलका फाउन्डर प्रिन्सिपल जय प्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्कुलका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको समेत उपस्थिती रहेको थियो। प्रिन्सिपल चौधरीका अनुसार, समाजसेवा र मानवताको भावना जगाउने उद्देश्यले हरेक

    • प्रकाशित मितिः असोज २९, २०८२
    • ४५० पटक पढिएको
    • समृद्धिपथ
  • मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रोष्टमबाटै राजीनामा दिए

    जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज प्रदेशसभाको बैठकमै रोष्टमबाट आफ्नो राजीनामा घोषणा गरेका छन्। विश्वासको मत लिनुपर्ने समयसीमाको अन्तिम दिन परेको आज उनले विश्वासको मत सामना नगरी सीधै राजीनामा दिने घोषणा गरेका हुन्। प्रदेशसभामा सम्बोधनका क्रममा सिंहले आफ्नो वक्तव्यको अन्त्यमा राजीनामाको घोषणा गरेपछि सभामुख रामचन्द्र मण्डलले विश्वासको मत विभाजन आवश्यक नपर्ने भन्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरेका छन्। मुख्यमन्त्री सिंहले राजीनामा घोषणासँगै आफ्नो पार्टी जनमतका अध्यक्ष डा. सिके राउतमाथि विभिन्न आरोपहरू लगाएका छन्। उनले पार्टीभित्रको असहयो

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ३२० पटक पढिएको
    • समृद्धिपथ
  • लहानका मेयरलाई जेन–जी संगठनको ध्यानाकर्षणपत्र, भ्रष्टाचार नियन्त्रण र सुशासनको माग

    फिरोज सिद्दिकी  लहान । भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना र प्रशासनिक पारदर्शिता सुनिश्चित गर्न जेन–जी संगठन–लहानले सोमबार लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीलाई ध्यानाकर्षणपत्र बुझाएको छ। संगठनले देशव्यापी जेन–जी आन्दोलनको भावना अनुरूप स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको अभ्यास हुनुपर्ने माग राखेको हो। ध्यानाकर्षणपत्रमा गत भदौ २३ र २४ गते भएको ऐतिहासिक जेन–जी आन्दोलनले शासन परिवर्तनसम्मको परिस्थिति निर्माण गरे पनि आन्दोलनका मुख्य मागहरू अझै कार्यान्वयनमा नआएको कारण संघर्ष निरन्तर जारी रहेको जनाइएको छ। संगठनले लहान नगरपालिकामा व्याप्त भ्रष्टाचार, ढिला

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ४६९ पटक पढिएको
    • समृद्धिपथ
  • बालेन र सुधनविरुद्ध नेविसंघद्वारा जाहेरी, २४ घण्टाको अल्टिमेटम

    काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनालाई लिएर नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। नेविसंघका केन्द्रीय सदस्य अशोक सिंह बिष्टले आज काठमाडौं र ललितपुर प्रहरी कार्यालयमा जाहेरी दिएका हुन्। उनले संगठनको निर्णयअनुसार काठमाडौं प्रहरी परिसरमा जाहेरी दर्ता गर्न पुगेको बताए। जाहेरीमा बालेन साह र सुधन गुरुङले युवा विद्यार्थीहरुलाई उकासेर सर्वसाधारणको ज्यान जाने गरी मुठभेड गराएको, सरकारी र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा लुटपाट गराएको,

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ३५६ पटक पढिएको
    • समृद्धिपथ
  • जेन्जी सहिद परिवारले तीन मन्त्रालयमा नियुक्ति माग गर्दै सरकारलाई चेतावनी

    काठमाडौं । जेन्जी सहिद परिवार संघर्ष समितिले सरकारले सहिद परिवारप्रति बेवास्ता गरेको भन्दै तीन मन्त्रालयमा आफ्ना प्रतिनिधि नियुक्त गर्न माग गरेको छ। बिहीबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा समितिले चेतावनीसहित सरकार समक्ष आफ्नो माग राखेको हो। समितिले श्रम तथा रोजगार मन्त्रालयमा सहिद विजय चौधरीका दाजु दीपक चौधरी, खानेपानी मन्त्रालयमा सहिद इस्वत अधिकारीका आफन्त भोज विक्रम थापा, र युवा तथा खेलकुद मन्त्रालयमा सहिद योगेन्द्र न्यौपानेका मामा कमल सुवेदीको नाम सिफारिस गरेको जानकारी गराएको छ।  समितिले ७ दिनभित्र माग सम्बोधन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। सहिद श्रीय

    • प्रकाशित मितिः असोज २३, २०८२
    • २७८ पटक पढिएको
    • समृद्धिपथ
  • गगन थापा विशेष महाधिवेशनको अडानबाट पछि हटे, अब नियमित महाधिवेशनको पक्षमा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनको अडानबाट पछि हट्दै नियमित महाधिवेशनको पक्षमा उभिएका छन्। युवाहरूमार्फत हस्ताक्षर अभियान चलाइरहेका थापाले बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा मंसिरभित्र नियमित महाधिवेशन गर्ने प्रस्ताव एजेन्डाका रूपमा राखेका हुन्। विशेष महाधिवेशनका लागि विधानगत जटिलता र पर्याप्त समर्थन नपाएपछि थापाले रणनीति परिवर्तन गरेका हुन्। उनले डा. शेखर कोइरालालाई भेटी नियमित महाधिवेशनका लागि समर्थन मागेका थिए। अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशनका लागि अपिल गरे पनि प्रयास असफल भएपछि पार्टी अब नियमित महाधिवेशन

    • प्रकाशित मितिः असोज २३, २०८२
    • २४३ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाली क्रिकेट खेलाडीको तस्वीरसहित हुलाक टिकट सार्वजनिक

    काठमाडौं । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्वीर अङ्कित हुलाक टिकट सार्वजनिक गरेको छ। विश्व हुलाक दिवस–२०२५ का अवसरमा विभागले आज एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त टिकटमा टाँचा लगाएको हो। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले टिकटमा टाँचा लगाएर औपचारिक रूपमा सार्वजनिक गरे। कार्यक्रममा मन्त्री खरेलले खेलकुदले मुलुकको अन्तर्राष्ट्रिय पहिचान र कूटनीतिक सम्बन्ध विस्तारमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै हुलाक टिकटमार्फत नेपाली क्रिकेट खेलाडीको सम्मान गर्न पाउनु गौरवको कुरा भएको बताए। हुलाक सेवा विभागका अनुसार उक्त टिकटमा आईसीसी पुरुष विश्वकप र आई

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ३४४ पटक पढिएको
    • समृद्धिपथ
  • ‘असंवैधानिक रूपमा बनेको सरकारले लोकतन्त्रको जग भत्काउन खोज्दैछ’ : अध्यक्ष ओली

    भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई सही बाटोमा ल्याउन असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् पुनर्स्थापनाको माग लिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन्। भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार संविधानविपरीत बनेको दाबी गर्दै तत्काल संसद् विघटन फिर्ता गर्नुपर्ने आवश्यकता औंल्याए। ओलीले भने, “मलाई विश्वास छ, कांग्रेसले पनि यही बाटोमा आफूलाई उभ्याउनेछ। अरू पार्टीहरू पनि यही बाटोमा अघि बढ्छन्। देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन अरू बाटो छैन।” उनले असंवैधानिक निर्णयलाई समर्थन गरेर अघि बढे देश र संविधान दुबै अफ्ठेरोमा पर्ने चेतावनी दिए। अध्यक्ष

    • प्रकाशित मितिः असोज २३, २०८२
    • २२६ पटक पढिएको
    • समृद्धिपथ
  • बारा र पर्सामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने

    काठमाडौं । बारा र पर्सामा फैलिएको हैजा महामारी र पछिल्लो वर्षाको बाढीले सिर्जना गरेको उच्च जोखिमलाई मध्यनजर गर्दै ती जिल्लामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले असोजदेखि कात्तिक महिनासम्म “हैजा रोग विरुद्धको प्रतिकार्य खोप अभियान, २०८२” सञ्चालन गर्ने तयारी गरेको हो। परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै पर्सा जिल्लामा असोज २६ गतेदेखि र बारा जिल्लामा असोज २९ गतेदेखि खोप अभियान सुरु भई तिहारअघि सम्पन्न गरिने बताए। उनका अनुसार खोप अभियानले दुवै जिल्लाका उच्च जोखिम

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ३९० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A