अपराध

    Showing ३१-४० of ५९ items.
  • पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

    लहान । जनआस्था साप्ताहिकका पत्रकार सन्तोष बराइलीमाथि समाचार संकलनका क्रममा भएको कुटपिट र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाको ध्यानाकर्षण भएको जनाएको छ। गत असोज १३ गते साँझपख पत्रकार शम्भु यादवसँग ‘कान्छा होटल’ मा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको स्थानीय सर्वसाधारणसँग स्थापित सम्बन्ध र साधारण जीवनशैलीबारे कुराकानी भइरहँदा प्रेस युनियन नेपाल, सिरहाका अध्यक्ष भरत जर्घामगरले बराइलीमाथि दुर्व्यवहार गरेको महासंघ सिरहा शाखाले जनाएको हो । महासंघले स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुटेका पत्रकारलाई कुटपिट र दुर्व्यहार गर्नेमाथि कानुनबमोजिम कारबाही गरी प्र

    • प्रकाशित मितिः असोज १८, २०८०
    • ७५० पटक पढिएको
    • समृद्धिपथ
  • नापी कार्यालय लहानमा अख्तियारको छापा, एक जना पक्राउ

    लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लहानको नापी कार्यालयमा छापामारी गरि अमिनलाइ घुसको रकम सहित रङ्गेहात पक्राउ गरेको छ । अख्तियारको टोलीले नापी कार्यालयका अमिन दिपरन्जन यादवलाई १० हजार घुसको रकम सहित पक्राउ गरेको हो । बर्दिवासबाट आएका अख्तियारका टोलीले लहान १ मटियर्वास्थित नापी कार्यालय लहान अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयमा छापामारी गरेको थियो । अमिन यादवले साविक गा.वि.स.तरेगना गोविन्दपुरको गाउँब्लकका जग्गा कित्ता काट गर्न सेवाग्राही सग १० हजार घुसको रकम लिइ रहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ । पक्राउ परेका

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • १,०३८ पटक पढिएको
    • समृद्धिपथ
  • आफ्नै घरको शौचालयमा एक महिला मृत फेला, हत्या भएको माइती पक्षको आरोप

    सिराहा । सिराहामा एक महिला आफ्नै घरको शौचालय मृत अवस्थामा फेला परेकी छन् । सिराहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ हटलेटवा बस्ने स्थानीय धनिक लाल यादवको छोरा सुधन यादवकी श्रीमती अन्दाजी वर्ष २० की शान्ति यादव आफ्नै शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । सुधनसँग करिब ५ वर्ष अघि किशोरी उमेरमै बिहे गरेकी शान्तिसँग २ वर्षीय छोरी रहेकी छन् । उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । राती २ बजेको समयमा प्रहरीलाई जानकारी गएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । मृतको श्रीमान् सुधन वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् । उनी राती २ बजे झुन्डिएको भेटिएको परिवारजनको बयान छ । यद

    • प्रकाशित मितिः साउन ५, २०८०
    • ७७३ पटक पढिएको
    • समृद्धिपथ
  • विमानस्थलबाट सुन बरामद प्रकरणमा पक्राउ परेकाहरू यी हुन्

    काठमाडौँ । एक सय किलो सुन तस्करी काण्डमा राजस्व अनुसन्धान विभागले छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्ट पनि छन् । सुन तस्करी प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । प्रहरीले पक्राउ परेकाको पहिचान खुलाएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको सुन विभागको टोलीले बरामद गरेको थियो । विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुईजनालाई पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । सुन हङकङबाट ल्याइएको खुलेको छ । एकै प

    • प्रकाशित मितिः साउन ४, २०८०
    • ६१३ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा खानेपानी कार्यालयका सुरक्षा गार्डको हत्या

    सिरहा । सिरहाको साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको घाँटी रेटी हत्या भएको छ । मिर्चैयास्थित खानेपानीको कार्यालयमा ८ महिनादेखि कार्यरत सोही नगरपालिका–८ का किशोरी रायको हत्या भएको हो । सोमबार बिहान संस्थाका सचिव डिकाराम पोखरेल कार्यालय पुग्दा रायलाई रगताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा उनको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । रातिको समय ड्युटीमा रहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जनाए । 

    • प्रकाशित मितिः असार ११, २०८०
    • ६२३ पटक पढिएको
    • समृद्धिपथ
  • रौतहटमा गोली चल्दा एक जनाको मृत्यु

    रौतहट, २ वैशाख । रौतहटको गढीमाइ नगरपालिकामा सडक सम्बन्धी विवादका क्रममा दुई समूहबीच झडप हुँदा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । गोली लागेर गढीमाइ नगरपालिका-८ का ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य चार जना घाइतेको उपचार भइरहेको छ । घटनामा संलग्न भएको आशंकामा १० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको र सीमा क्षेत्रमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार गाउँमा सडक कहाँ बनाउने भन्ने विषयमा एकै गाउँका दुई समूहबीच विवाद चर्किँदै गर्दा झडप

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • ५४६ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरप्रमुख चौधरीको मिलोमतोमा सरकारी सम्पत्तीमा भ्रष्टाचारको आरोप

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीको मिलोमतोमा लहान ७ का वडाअध्यक्ष रामऔतार शर्माले सरकारी सम्पत्ती आफूखुशी बेचविखन गरी भ्रष्टाचार गरेको आरोप स्थानीयहरुले लगाएका छन् । लहान-७ स्थित रहेको पुरानो नगरपालिकामा १५ लाख मूल्य बराबरको कावाडी फलामहरु कुनै लिलामी प्रक्रिया पुरा नगरी बिक्री गरेर वडाध्यक्ष राम औतार शर्माले नीतिगत भ्रष्टाचार गरेका हुन् । सरकारी सम्पत्ति गैरकानूनी रुपमा दुरुपयोग गरेको भन्दै लहान-७ का पुर्व वडाध्यक्ष राकेश कुमार गुप्तालगायत स्थानीयहरुले अख्तियार रुपयोग अनुशन्धान आयोगमा निवेदन समेत दर्ता गराएको पत्रकार सम्मेलन मार्फत जनाएको छ । पत्रकार सम्म

    • प्रकाशित मितिः चैत १९, २०७९
    • १,४७७ पटक पढिएको
    • समृद्धिपथ
  • गोलबजार नगरप्रमुख श्रेष्ठमाथि भएको दुव्र्यवहार अमानविय, दोषीमाथि कारवाहीको माग

    फिरोज सिद्दिकी, लहान । गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठमाथि नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरु गरेको दुव्र्यवहार प्रति गोलबजार नगरपालिकालगायत विभिन्न संघसंस्थाहरुले दोषीमाथि कारवाहीको माग गरेका छन् । मानवअधिकार एलाइन्स सिरहा, लहान नगरपालिका लहान, अनेरास्ववियू सिरहा र गोलबजार नगरपालिका सम्पूणर् कर्मचारी परिवारले छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गरी त्यस्ता निन्दनीय कार्य प्रति घोर भत्र्सना गर्दै कारवाहीको काम गरेका हुन् । बुधबार पत्रकार सम्मेलन गर्दै गोलबजार नगरप्रमुख श्रेष्ठले नगरपालिकामा भएको उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषी माथि कानूनी रुपमा कडा कारवाही

    • प्रकाशित मितिः चैत १५, २०७९
    • ७७२ पटक पढिएको
    • समृद्धिपथ
  • मिर्चैया- कल्याणपुर सडकमा मनि ट्रान्सफरका लागि लगिँदै गरेको ९ लाख रुपैयाँ दिनदहाडै लुटियो

    बुधबार, १० फागुन २०७९ सिहरा । सिरहामा प्रहरीको सुरक्षामा मनि ट्रान्सफरका लागि लगिँदै गरेको ९ लाख रुपैयाँ दिनदहाडै लुटिएको छ । मिर्चैया- कल्याणपुर सडक खण्डमा पार्ने कटहा पुल नजिकैबाट लुटेरा ९ लाख रुपैयाँ लिएर फरार भएका हुन् । लुटेरालाई खोज्न अहिले जिल्लाका हरेक सडक र नाकामा प्रहरी परिचालन गरिएको छ । ज.६ प.४२५६ नम्बरको मोटरसाइकलमा राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारीले मिर्चैयाबाट ९ लाख रुपैयाँ लैजाने क्रममा लुटपाट भएको प्रहरीको भनाई छ । मोटरसाइकलमा आएका लुटेराले रकमसहित प्रहरीको हतियार समेत लुटेको स्रोतले जनाएको छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले रकम लुटेको पुष्टि ग

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • १,६३७ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको विष्णुपुरबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

    सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका-३, राजपुरबाट एकथान कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहाबाट प्रहरी नायव निरिक्षक गोबिन्द कुमार खत्रीको कमाण्डमा खटिएको गस्ती टोलिले बुधबार राति उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विष्णुपुर-३, राजपुर बस्ने २२ वर्षीय विन्दे भन्ने शावनकुमार दासलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताएका छन्। यस घटनाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय सरोज यादव र निज विन्देले मोट

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • ६८९ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A