समाचार

    Showing ४१-५० of १,२३३ items.
  • मातृत्व र पारिवारिक समृद्धिको प्रतीक जितिया पर्व सुरु

    सिराहा । मधेशलगायत नेपालको तराई क्षेत्रका महिलाहरू आजदेखि तीन दिनसम्म मनाइने जितिया पर्वमा व्यस्त भएका छन्। मिथिला, मधेश र तराईका थारु, मैथिल, आदिवासी र अन्य समुदायका महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिका लागि निराहार ब्रत बस्ने परम्परा यस पर्वसँग जोडिएको छ। धार्मिक मान्यता अनुसार जितिया पर्व वीर पुरुष जितमहानको स्मरणमा सुरु भएको हो। जितमहानले धर्मको रक्षा गर्न कठिन सङ्घर्ष र वीरता देखाएका थिए भन्ने विश्वासले महिलाहरूले ब्रत बस्ने चलन कायम राखेको हो। यस पर्वमा तीन दिनसम्म महिलाहरू निराहार र निर्जल व्रत बस्छन्, जसलाई अत्यन्त कठोर पर्व मानिन्छ। पहिलो दिन ओठगनमा महिलाहरू न

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • ५३३ पटक पढिएको
    • समृद्धिपथ
  • अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त

    काठमाडौं, भदौ २७ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ गराउनु भएको हो। शपथग्रहणपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै आगामी कार्यकाल सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना दिनुभयो । यससँगै देशले पहिलोपटक महिला कार्यकारी नेतृत्व प्राप्त गरेको छ । कार्की यसअघि पनि नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी थिइन् । करिब आठ वर्षअघि न्यायपालिकाबाट अवकाश लिएपछि कार्यपालिकाको नेतृत्व गर्ने अवसर पाउँदा

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • ३८२ पटक पढिएको
    • समृद्धिपथ
  • इतिहासको समिक्षा र सुदुर भविष्यको सुन्दर सपना

        जीवछ उदासी  भदौ २६ गते लहान सिरहा  अहिले देशले एकपटक फेरि कोल्टे फेरेको छ । विगतको परिवर्तनको इतिहास वर्तमान अवस्थामा त्यसको समीक्षा र सुदुर भविष्यको सुन्दर सपना सकारको लागि चौतर्फी बहसले गति लिएको छ । वहस हुनुपर्छ,बहसलाई गति दिइनुपर्छ। बर्षौ लडेरपनि परिवर्तन गर्न संभव भएको थिएन । तर,जिन-जे पुस्ताको आन्दोलनले तख्ता पल्टिदिइयो । आउने पुस्ताको लागि पनि यो प्ररणादायी इतिहास बन्ने निश्चित छ । हिजोका दिनमा आन्दोलनहरु गर्दा परिवर्तनको सन्देस पुरयाउनै भेला गर्नै महिनौ समय खर्चिनु पर्दथ्यो । आहिले डिजिटल युगको करामत हो । सुचना र प्रविधिको बाहक बनेको सामाजिक सञ्जालले वर्षौ र

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • ५१९ पटक पढिएको
    • समृद्धिपथ
  • जेन–जी आन्दोलनको चपेटामा प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौँ । देशभरि चर्किँदो जेन–जी आन्दोलन अखेर प्रधानमन्त्री केपी शर्मा ओलीको पद गुम्ने कारण बनेको छ। मंगलबार दिउँसो करिब २ः३० बजे ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका छन्। उनले पत्रमा असामान्य परिस्थिति सिर्जना भएकाले समाधान संविधानमै खोजिनुपर्ने उल्लेख गरेका छन्। राष्ट्रपति पौडेलले राजीनामा स्वीकार गरेर अर्को प्रधानमन्त्री नआएसम्म ओलीलाई कार्यवाहक बनाइएका छन्। ओली पद छाड्नुअघि नै सत्तारूढ गठबन्धन फाटिसकेको थियो। कांग्रेसका गृहमन्त्री रमेश लेखकले सोमबार राजीनामा दिए, मंगलबार स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी र खेलकुद मन्त्री तेजुलाल चौधरीले पन

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • ३४५ पटक पढिएको
    • समृद्धिपथ
  • भ्रष्टाचारमुक्त देश बनाउने जिम्मेबारी जिएनजी पुस्तामा

    जीवछ उदासी लहान, भदौ २४ गते हिजो काठमाण्डौ केन्द्रित आन्दोलनमा उत्रिएका जिएनजी पुस्ताको आन्दोलन खबरदारीको रुपमा हुने सर्वत्र अनुमान थियो । लोकतन्त्रमा शान्तिपुर्ण प्रदर्शन गर्न पाइन्छ । गर्नपनि दिइनुपर्छ । शान्तिपूर्ण प्रदर्शन संसद भवनतर्फ अघि बढ्दै जाँदा सुरक्षाकर्मील चलाइयो गोली । दुई दर्जनभन्दा बढी युवाहरुको ज्यान गयो । सयौ घाइते भए । सोमबार राती देशवासीले सुत्नै पाएन । होनहार युवा विधार्थीहरु जसले जीवनका सुन्दर सपना बोकेका थिए तिनिहरुलाई सरकारको आदेशमा कसरी प्रहरी निर्मम भएर ठोके गोली, निरकुंश भए सरकारको नेतृ्रत्व गरेका प्रधानमन्त्री ओली । सोमबार शोकमा डुबेका राजधानी काठमाण्डौंको आन्दोलनम

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • ४३० पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा आधादर्जनभन्दा सरकारी कार्यालयमा तोडफोड र आगजनी

    जीवछ उदासी लहान,भदौ २४ गते जेनजीले गरेको आन्दोलन लहानमा उग्र हुँदै गएपछि लहानको आधा दर्जनभन्दा सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरेको छ । विहान इलाका प्रहरी कार्यालय लहान आगाडी सडकमा टायर बालेर थालेको आन्दोलन उग्रहुँदै गएपछि लहान -१० मा रहेको लहान नगरपालिका,डिभिजन वन कार्याललहान,घरेलुकार्यालय,यातायात कार्यालय लहान र आन्तरिक राजश्व कार्यालय लहानमा आगजनी र तोडफोड गरेको छ । इलाका प्रहरी कार्यालय आगाडि आन्दोलनकारीहरुले प्रदर्शन जारी राखेको छ । विहानदेखि प्रदर्शन जारी रहेको छ ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • ३३४ पटक पढिएको
    • समृद्धिपथ
  • भायानेटले सुशान्त केसीलाई ब्रान्ड एम्बासडर घोषणा गर्दै ‘Internet for Dreamers’ अभियान सुरु

    काठमाडौं । लोकप्रिय इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्रान्ड एम्बासडर घोषणा गर्दै नयाँ अभियान ‘Internet for Dreamers’ सुरु गरेको छ। भायानेटले सुरु गरेको उक्त अभियानको उद्देश्य डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू तथा इन्टरनेटमार्फत आफ्नो क्षमता प्रदर्शन गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने रहेको छ। चर्चित कलाकार सुशान्त केसीको संगीत यात्रा इन्टरनेटबाटै सुरु भएको थियो। आफ्ना गीतहरू अनलाइन सार्वजनिक गर्दै लोकप्रिय बनेका केसी आज नेपाली संगीत क्षेत्रमा सफल कलाकारका रूपमा स्थापित छन्। सोही कारण भायाने

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ४५० पटक पढिएको
    • समृद्धिपथ
  • भानु आविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्याम सदाय

    जीवछ उदासी  लहान,भदौ १८ गते  लहान नगरपालिका -२ स्थित श्री भानु आधारभुत विद्यालयमा डाकिएको अभिभावक भेलाबाट आज श्याम सदाय विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएको छ ।  सदस्यहरुमा क्रमश: चौठी महतो,वविता राम,देवनाथ यादव सियाराम यादव शिक्षक प्रतिनिधि चाँदनी यादव र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक किन्त्रराज प्रसाद गुप्ता रहेका छन् ।  २०३९ सालमा स्थापना भएको भानु आधारभुत विद्यालयको हाल बेहाल भएपछि विद्यालयको सुधार गर्न र पुरानो साँख फिर्ता ल्याउन युवा प्रधानाध्यापक किन्त्रराज प्रसाद गुप्ता (सन्तोष ) लाई पठाएको लहान नगरपालिका शिक्षा शाखा प्रमुख अमिरी यादवले बताउनुभय

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ६२० पटक पढिएको
    • समृद्धिपथ
  • मृतक सदाय परिवारलाई राहत वितरण

    जीवछ उदासी  लहान,भदौ १८ गते  लहान-१९ कटहाका मृतक सदाय परिवारको घरमा पुगेर लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले राहत वितरण गर्नु भएको छ ।  गएको शनिबार भदौ १४ गते विद्युत सिटि रिक्सामा करेन्ट लागेर ४७ वर्षिय चमकलाल सदायको मृत्यु भएको थियो ।  लहान वडा नम्बर -१९ का वडाध्यक्ष मो कमरुदिनले मृतक सदायको मृत्यु भएको जानकारी लहान नगरपालिकामा गराएपछि आज बुधवार १ क्विन्टल चावल ५ किलो दाल ३ किलो नुन र ३ लिटर तेल लिएर मृतक सदायको घर पुगेर राहत वितरण गर्नुभयो ।  राहत ग्रहण गर्दै मृतक सदस्यको पत्नी सावित्री सदस्यले कक्षा १२ उतीर्ण गरेको छोरा कृष्ण सदायलाई नगरपालिकामा रोजगारी

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ४१४ पटक पढिएको
    • समृद्धिपथ
  • सहरमा नहर विवाद

    जीवछ उदासीलहान,भदौ १८ गते लहान नगरपालिका वडा नम्बर १० मा खुटी नहरको पानी निकासको लागि निर्माण भएको हेडवक्र्स सञ्चालनमा नआउँदै सहरी क्षेत्रमा खुटी नहरको विवाद पेचिलो बन्दै गइरहेको छ । चार वर्ष अघि आठ करोड ७२ लाखको लागतमा निर्माण भएको हेडवक्र्सबाट नहरमा पानी निकास भए दक्षिण भेगका ९३५ विगहामा सिँचाई हुने लक्ष्यको साथ निर्माण गरिएको हेडवक्र्सबाट पानी निकास हुने खुटी नहर किसान संघर्ष समिति प्रयासरत रहेको छ भने नहरमाथि र नदी गहिरो हुँदै गएकोले यसबाट पानी बग्न नसक्ने तर्क सहरी क्षेत्रका स्थानीयहरुले गर्दै आइरहेका छन् । चन्द्र शमशेरको पालामा नै गौरवको नौ वटा आयोजनाहरुमध्ये एक लहानको खुटी नहर सञ्चाल

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ६२२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A