काठमाडौं, २५ असोज। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीद्वारा लिखित ‘धरातल’ विमोचन भएको छ। वुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयमा नै उक्त किताव विमोचन गरेका हुन्। प्रवासी जीवनदेखि कारावाससम्मको संस्मरण समेटिएको पुस्तक ‘धरातल’ चौधरीले डिल्लीबजार स्थित कारागारमा लेखेका हुन्। उनको नयाँ पुस्तक ‘धरातल’ असोज २४ (हिजो) देखि बजारमा आएको छ। पुस्तक विमोचन पश्चात प्रधानमन्त्री प्रचण्डले चौधरी बहुआयामिक व्यक्तित्व भएको भन्दै प्रशंसा गरेका थिए। ‘मैले उहाँको क्षमता र प्रतिभाबारे उहाँ डिल्लीब
पटना, २५ असोज । बिहारको बक्सर नजिक नर्थ ईस्ट एक्सप्रेस पटरीबाट खसेको छ । टुरीगञ्ज र रघुनाथपुर बिच यो दुर्घटना भएको हो । रेलका २१ वटा डिब्बा पटरीबाट खसेका हुन् । दुर्घटनास्थलमा विहानैसम्म राहत तथा उद्धार कार्य जारी रहेको थियो । दुर्घटनामा कुल चार जनाको मृत्यु भएको छ भने करिब ८० जना घाइते भएका छन् । तीमध्ये केहीलाई रघुनाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, केहीलाई आराह र बक्सर तथा केहीलाई एम्स पटना र आईजीआईएमएस पटनामा भर्ना गरिएको छ। रेल अधिकारीहरू घटनास्थलमा उपस्थित छन्। यो ट्रेन दिल्लीबाट कामाख्या जाँदै थियो।
नवलपरासी पश्चिम, २५ असाेज । बर्दघाट नगरपालिका-४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण बहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका-३ दानश्री बस्ने २५ वर्षीय सुरज बिक रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स
धनगढी, २५ असोज । प्रहरीले छापा हानेको भन्दै कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरिएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हेम विक्रम थापाको अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको हो। उनीहरूले दसैंको मुखमा छापा मारेर व्यवसायीहरूलाई आतंकित गरेको भन्दै त्यसको विरोधमा बजार बन्द गर्नुपरेको बताएका छन्। घट्नामा कञ्चनपुर उद्योग वाणिज्य संघले भने कुनै पनि धारणा सार्वजनिक गरेको छैन। व्यवसायीहरूले कञ्चनपुर उद्योग वाणिज्य संघ कहाँ छ भनेर प्रश्न समेत गरिरहेका छन्। प्रहरीले गत शुक्रबार तस्करीका प्लास्टिक जन्य सामानको गोदाममा छापा हानेको थियो। ११ लाखका भन्सार छलीका सामान बरामद गरिएको थियो। सरकारले
बनेपा, २५ असोज । काभ्रेपलाञ्चोकस्थित बनेपा नगरपालिका-८ सिनागालबाट करिब सात किलो चाँदीको सिक्कासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतको रक्सौल नागाटोल, पूर्वी चम्पार घर बताउने २९ वर्षीय आश्वानी शराफलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। विरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार शराफको साथमा ३ वटा पोकामा चाँदी जस्तो देखिने सेतो धातुको सिक्कालगायतको गरगहना फेला परेपछि नियन्त्रणमा लिएको हो। उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ।
काठमाडौं, २५ असोज । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफू इटालीको नागरिक हुँ भन्दै प्रेमको प्रपञ्चमा पारी आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना ५ हजार डलर सहितको गिफ्ट पठाईदिने र उक्त पार्सल पाउनको लागि भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई बिश्वास दिलाई बिभिन्न ब्यक्तिहरूको नाममा रहेका बैंक खाताहरुमा पटक-पटक गरी जम्मा १७ लाख १५ हजार रुपैयाँ रकम पठाउन लगाई लिई ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई प्र
काठमाण्डौ, २५ असोज २०८० । भायानेट कम्युनिकेसन, नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायक, आफ्ना ग्राहकहरूलाई भरपर्दो र किफायती डिजिटल सेवाहरू प्रदान गरेको २४ वर्ष पूरा गरेको छ। सन् १९९९ मा आफ्नो स्थापना भएदेखि नै, भायानेटले अत्याधुनिक ब्रोडब्यान्ड इन्टरनेट र आईपीटीभी सेवाहरू उपलब्ध गराएर आफ्ना उपभोक्ताहरूको डिजिटल अनुभव सुधार गर्न निरन्तर लागिपरेको छ । भायानेट ले २४ औँ वार्षिक उत्सब को अवसरमा, विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३-महिना सदस्यता मात्र रु २४२४ (भ्याट बाहेक)पर्नेछ। यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन्। यसका
जीवछ उदासी लहान,असोज २४ 'घर घरमा माओवादी,जनजनमा माओवादी' विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत लहान-५ नम्बर वडाको बैठक आज सम्पन्न भएको छ । उत्साहजनक सहभागिताले शहरी क्षेत्रमा माओवादीको संगठन बलियो हुन थालेको नेकपा माओवादी लहान नगर कमिटिले जनाएको छ । अभियानको संयोजक केन्द्रिय सदस्य अमर मण्डलले नेकपा माओवादीले गणतन्त्र संघियता ल्याएको भन्दै प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्न समाजवाद ल्याउन नेकपा माओवादीको संगठन शहरी क्षेत्रमा बलियो हुनुपर्ने तर्क गर्नुभयो । नेता मण्डलले भन्नुभयो,'माओवादी पार्टीलाई बलियो बनाउन शहरी क्षेत्रमा मजदूरहरुमा पकड बनाउन आवश्यक छ ।
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकार सरकारको बाटो खालि गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको देश अप्ठ्यारो स्थितिबाट अघि बढिरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह गरेका हुन् । उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई काँग्रेस बाहेक अरूले सम्हाल्न नसक्ने दाबी गरेका छन् । उनले देशको प्रधानमन्त्रीले पार्टीको सभापति झैँ दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताऊ म जातीय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको बताए । उन
काठमाडौँ । नेपालको पश्चिमी जिल्ला बझाङ केन्द्रविन्दु भएर शनिबार पुनः भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर ४५ मिनेट जाँदा सो भूकम्प गएको हो । जिल्लाको भोटेखोला आसपास केन्द्रविन्दु भएर गएको सो भूकम्पको तीव्रता ५.३ म्याग्निच्युडको रहेको थियो । गत १६ गते ६.३ म्याग्निच्युडकोभ भूकम्प गए यता सो जिल्लामा लगातार भूकम्पका धक्काहरू महसुस भइरहेका छन् ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A