समाचार

    Showing ६९१-७०० of १,२६८ items.
  • सिरहाका सम्झना थपलिया र गंगाप्रसाद यादवसहित एमालेले छान्यो ३४ समानुपातिक सांसद

    मंसिर २४ , काठमाडौँ । नेकपा एमालेले समानुपातिक सांसद चयन गरेको छ। समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गरेको सो पार्टीले ३४ जना सांसद चुनेको हो। आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा चुनिएका छन्। त्यस्तै, खसआर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल छानिएका छन्। थारु क्लस्टरबाट आश्माकुमारी चौधरी र शान्ति चौधरी चयन भएका छ

    • प्रकाशित मितिः मंसिर २४, २०७९
    • १,२०६ पटक पढिएको
    • समृद्धिपथ
  • महाभियोग निष्क्रिय हुने संसद् सचिवालयको पत्रमा कार्यान्वयन नगर्न आदेश

    काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग निष्क्रिय हुने भनी संघीय संसद्‌का महासचिव भरत गौतमले लेखेको पत्रमा कुनै कानुनी आधार नदेखिएको टिप्पणी गरेको छ। सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधान

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • ४४५ पटक पढिएको
    • समृद्धिपथ
  • कर्जन्हा नगरपालिकाले पाठेघर र हाइड्रोसिलका विरामीको निःशुल्क उपचार गर्ने

    मुकेशकुमार यादव सिरहा, २३ मंंसिर । कर्जन्हा नगरपालिका र फूलकुमारी  महतो मेमोरियल अस्पतालले पालिकामा पाठेघर र हाइड्रोसिलका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । पालिका र अस्पतालको साझेदारीमा पालिकामा पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको निःशुल्क शल्यक्रिया सहितको उपचार उपलब्ध गराउने भएको हो । कर्जन्हा नगरपालिका अस्पतालबीच पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको शल्यक्रियाका लागि क्रमशः अधिकतम २६ र ७ हजार दिने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले जानकारी दिए । निशुल्क शल्यक्रिया सेवा, बेड चार्ज, उपचार, औषधि खानाको सुविधा र ऐम्बुलेन्स सेवा निशुल्क हुने

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • ६७२ पटक पढिएको
    • समृद्धिपथ
  • गोलबजारमा माओवादी केन्द्रले गरेको जक्का जाम सहमति पछि खुल्यो

    लहान । नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरु गोलबजार स्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरी गरेको चक्का जाम ८ घण्टा पछि खुलेको छ । शुक्रबार सिरहा ३ बाट नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा मधेश प्रदेशका सह-इन्चार्ज लिलानाथ श्रेष्ठ निर्वाचित हुँदा विजय जुलुसमा सहभागी एमाले कार्यकर्ताहरुले गोलबजार नगरका पूर्व मेयर देवनाथ साहको घरमा ढुंगामुढा गरेको आरोप लगाउदै शनिबार दिन भरी बन्द गरिएको सडक ढुङ्गामुडा गर्नेमाथि कार्वाही गर्ने सहमति पछि खुलेको हो । माओवादी केन्द्रका कार्यकर्ताहरु विहानैदेखि प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गर्दा लामो तथा छोटो दूरीका सवारी साधन अलपत्र परेका छन् । विरोधमा संलग्नह

    • प्रकाशित मितिः मंसिर १०, २०७९
    • ४२५ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाका चारै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन पराजीत, एमाले-जसपा गठबन्धन विजयी

    सिरहा, मंसिर १० । सिराहाको चार वटै निर्वाचन क्षेत्रमा एमाले जसपा गठबन्धन निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ मा एमाले, २ मा जसपा, ३ मा एमाले र ४ नम्बर क्षेत्रमा जसपाका उम्मेदवार निर्वाचित भएका हुन । सिराहा १ मा एमालेका रामशंकर यादव, क्षेत्र नं २ मा जसपाका नेता राजकिशोर यादव , क्षेत्र नं ३ मा एमालेकै नेता पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ भने ४ नम्बर क्षेत्रमा डा. विरेन्द्रप्रसाद महतो निर्वाचित हुनुभएको छ । प्रदेशसभामा मिश्रित परिणाम प्रदेशसभातर्फका आठ क्षेत्रमा भने मिश्रित परिणाम आएको छ । एमाले जसपा गठबन्धन र पाँच दलीय बाम-लोकतान्त्रिक गठबन्धन र अन्य स-साना दलले

    • प्रकाशित मितिः मंसिर १०, २०७९
    • ४७८ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा-३ मा पूर्वकानूनमन्त्री लिलानाथ श्रेष्ठ निर्वाचित

    सिरहा, मंसिर ९ गते । सिरहाको प्रतिनिधिसभा क्षेत्र नम्बर-३ को अन्तिम परिणाम सार्वजनिक भएको छ । अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेश सह इन्चार्ज एवं पूर्वकानूनमन्त्री लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य विश्वनाथ साहलाई १ हजार १ सय ८२ मतले पराजित गरेका हुन् । श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी साहले २६ हजार ८ सय ८२ मत पाएका छन् । साहपछि क्षेत्र नम्बर ३ मा जनमत पार्टीका उम्मेदवार दिनेश कुमार यादव तेस्रो स्थानमा छन् । उनले ११ हजार १ सय ४६ मत पाएका छन् । श्रेष्ठ य

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • ४६७ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा १ को (२) मा जनता समाजवादी पार्टीका गुप्ता निर्वाचित

    लहान, मंसिर ९ गते । सिरहा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका राजकुमार गुप्ता निर्वाचित भएका छन् । विहिबार राती सम्पन्न मतगणना परिणामअनुसार गुप्ताले नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारलाई पाराजित गरेका हुन् । गुप्ताले ३ हजार ६ मतान्तरले निर्वाचित भएका छन् । उनले १६ हजार २ सय ३९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अशोक कुमार यादवले १३ हजार २ सय ३३ मत पाए । सिरहा १ मा प्रतिनिधिसभातर्फ एमालेका रामशंकर यादव र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर (२) बाट एमालेका राजेन्द्र प्रसाद चौधरी निर्वाचित भैसके

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • ३५१ पटक पढिएको
    • समृद्धिपथ
  • सिराहा - १ (१) मा एमालेका उम्मेदवार चौधरी निर्वाचित

    लहान, ८ मंसीर। सिराहा निर्वाचन– १ प्रदेशसभा (१) मा नेकपा एमालेका राजेन्द्र प्रसाद चौधरी निर्वाचित भएका छन् ।  उनले ११ हजार ७२१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार महतोले ११ हजार पाँच सय ५० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय लहानले जनाएको छ । यस क्षेत्रमा प्रतिनिधिसभामा भने एमालेका उम्मेदवार राम शंकर यादव २ हजार ८३ मतका साथ निर्वाचित भै सकेका छन्।  त्यस्तै प्रदेशसभा (२) मा जसपाका उम्मेदवार राजकुमार गुप्ता ३ हजार ४०१ मतको अग्रता दिलाएको छ। उनले १२ हजार १७२ मत प्राप्त गर्दा एकीकृत समाजवादीका अशोक कुमार याद

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • ४३४ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा १ मा नेकपा एमालेका यादव निर्वाचित

    सिरहा, मंसिर ८ । सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका राम शंकर यादव निर्वाचित भएका छन् । यादवले सत्ता गठबन्धनका उम्मेदवारलाई २ हजार भन्दा बढी मतले पछि पार्दै सिरहाह १ बाट निर्वाचित हुनुभएको हो । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका यादवले २९ हजार ४६२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार पद्म नारायण चौधरीले २७ हजार ३७९ मत मात्र पाउनु भएको छ । यादवले पाउनु भएको मत चौधरीले पाउनु भएको मत भन्दा २ हजार ८३ बढी हो । यस्तै जनमत पार्टीका युगल किशोर साहले ६ हजार ८४९ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • ४२९ पटक पढिएको
    • समृद्धिपथ
  • एमाले अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट निर्वाचित

    झापा, मंसिर ७ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्ता गठबन्धनका उम्मेदवारलाई निकै ठूलो मतान्तरमा पराजीत गर्दै झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । अध्यक्ष ओलीले सत्ता गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट निर्वाचित हुनुभएको हो । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमाले अध्यक्ष ओलीले ५२ हजार ३१५ मत प्राप्त गर्नुभएको छ । उहाँसँग प्रतिस्पर्धा गर्नुभएका सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७४१ मत मात्र पाउनु भएको छ । ओलीले पाउनु भएको मत अधिकारीले पाउनु भएको मत भन्द

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • २२४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A