जिवछ उदासी लहान, मंसिर १९ गते । लहान नगरपालिका शिक्षा समितिले सामुदायिक विद्यालयको अर्ध वार्षिक परीक्षा सहयोग समितिले निर्धारण गरेको मिति मंसिर २० गतेदेखि नै हुन प्रष्ट गरेको छ । समितिका संयोजक राम नारायण मेहताको अनुसार २०७५ सालदेखि नै नगरपालिकाले लिँदै आइरहेको परीक्षालाई यसबर्ष पनि निरन्तरता दिएको हो । २० गते सोमबारदेखि हुने परीक्षा रोक्न केहि प्रधानाध्यापकहरुले अनावश्यक बखेडा झिकेर परीक्षा लिन्न भन्दै नगरपालिकामा बुझाएको ज्ञापनपत्रको कुनै तुक छैन । लहान नगरपालिकाले लिइने परीक्षाको अनुमान गर्न अनुगमन समिति समेत गठन गरेर ५९ वटै सामुदायिक विद्यालयमा पुग्ने शिक्षा समितिका
जिवछ उदासी लहान,मंसिर १७ गते । लहान–७ स्थित मुख्य बजारमा रहेको दुर्र्गा मन्दिरलाई पुर्ननिर्माणको लागि एक करोड ९५ लाखको लागतमा तयार हुने भएको छ । मन्दिर निर्माणको लागि लहान –७ वडा अध्यक्ष राकेश रोशन गुप्ताले स्थानीयवासीहरुलाई बोलाएको भेलामा लहान नगरपालिकाले एक करोड ९५ लाखको लागतमा मन्दिर पुर्ननिर्माणको लागि तयार गरिएको डिपिआर नक्सा समेत वितरण गरेको थियो । मन्दिरकोडिपिआर नमूना नक्सा देखेर स्थानीयहरुले अब दुर्र्गा मन्दिर आधुनिक शैलीमा बन्ने निश्चित भएको भन्दै खुसी भएका थिए लहान बजारको विकासमा महत्पूर्ण धार्मिक स्थलको रुपमा रहेको राम मन्दिर निर्माण सुरु भैसकेको र यहि एकदुईमहिना
जिबछ उदासी लहान, मंसिर १७ गते । लहान नगरपालिका-२० स्थित रहेको श्री जनता माध्यमिक विद्यालय व्रम्हान गोडछाडीको व्यवस्थापन समिति कानुन सम्मत रहेको लहान नगरपालिका शिक्षा शाखाले जनाएको छ । लहान नगरपालिका शिक्षा शाखाका संयोजक राज कुमार साहको अनुसार पटक -पटक व्यवस्थापन समिति गठन गर्न अभिभावक भेला बोलाएपनि समिति गठन हुन नसकेपछि जितेन्द्र कुमार साहको अध्यक्षतामा कमिटि गठन गरेर विद्यालयको शैक्षिक र भौतिक विकास अघि बढिरहेको छ । मंसिर १५ गते जिल्ला शिक्षा विकास समन्वय इकाइ सिरहाले गैर कानुनी रुपमा विनि वुद्धिमान दुनुवारलाई अख्तियारी दिइ नगरपालिका शिक्षा शाखासँग समन्वय नगरी जित
जिवछ उदासी लहान, मंसिर १४ गते । नेपाली काँग्रेस सिरहा -१ को क्षेत्रीय सभापतिको लागि केस पद्म नारायण चौधरीको आशिर्बादमा कन्हैया प्रसाद गुप्ता र केस प्रदिप गिरीको आशिर्बादमा महेश चौधरीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कसको आशीर्वाद कामयावी होला चर्चाको बिषय बनेको छ । लहान- १७ का चुलहाई यादवलाई अनुसार थारु समुदायको मत क्रसिङ भए महेश चौधरीको हुनेछ जीत,पद्म नारायण खेमाको मत सुरक्षित रहे कन्हैया गुप्ताको जीत हुनेछ सुनिश्चित । यादव जस्तै अधिकांश मतदाताहरुको यस्तै भनाई रहेको छ । यसभन्दा अघि लहान नगरकमिटिका सभापतिमा रास लाल राय ८१ मतको अन्तरमा र प्रदेश क मा सन्तोष उपाध्यायले ८५ मतको अन्तरमा
जिवछ उदासी लहान, मंसिर १३ गते । नेपाली काँग्रेस सिरहा-१ बाट कन्हैया प्रसाद गुप्ता क्षेत्रीय सभापतिमा उम्मेदबार हुनु भएको छ । कन्हैया प्रसाद गुप्ता र महेश महेश चौधरीबिच प्रतिस्पर्धा हुन लागेको छ । को हुन कन्हैया प्रसाद गुप्ता ? पहिलेको गढा गाविस-६ नम्बर निवासी गुप्ता २०४९ र २०५४ सालको स्थानीय चुनावमा गाविस अध्यक्षमा निर्वाचित २०७४ सालको निर्वाचनमा लहान नगरपालिकामा गाभिएपछि लहान-२३ को वडा अध्यक्षमा गरी लगातार तीन पटक जन निर्वाचित हुनु भएको कन्हैया प्रसाद गुप्ता पहिलो पटक क्षेत्रीय सभापतिमा उम्मेदबार हुनु भएको छ । नेपाली काँग्रेसमा अनवरत सक्रिय रहनु भएको गु
चितवन, मंसिर १० । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा मानव सागर उर्लिएको छ । उदघाटन स्थल नारायणी किनामा चितवनका दर्जनौं स्थानबाट जुलुस आइरहँदा नारायणी किनार भरिसकेको छ । पाँच लाख जनता अटने गरी बनाइएको मैदान जुलस आउनु घि नै भरिएको हो ।
फिरोज सिद्दिकी, लहान । ‘घरैबाट शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं’ भन्ने मुल नाराका साथ सिरहामा पनि लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । जिल्लाको सदरमुकाम सिरहा, लहान नगरपालिका र धनगढीमाई नगरपालिकामा विभिन्न कार्यक्रमगरी ३०औं महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान शुरु गरिएको हो । लहान नगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा लहान नगरपालिकाका सम्पूणर् सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा विहिबारदेखि लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु गरिएको छ । र्याली पश्चात लहान नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमु
जिवछ उदासी प्रदेश २ का सरकारले चलाएको बेटी पढाउ,बेटी बचाउ मुख्यमन्त्री साइकल वितरण कार्यक्रममा व्यापक भ्रष्टाचार भएको सभा सदस्य लगनलाल चौधरीले बताउनु भएको छ । सगरमाथा मावि ढोडना-१५ मा साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । अतसाइकल वितरण कार्यक्रम पवित्र र बेटीलाई प्रोत्साहन गर्ने कार्यक्रम राम्रो हो ।तर यसमा भ्रष्टाचार हुनु दुर्भाग्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, बजारमा पाइने ६ हजारको साइकलको बिल ८ हजार बनाएर प्रति साइकलमा २ हजार भ्रष्टाचार भएको छ । बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत थालेको वीमा कार्यक्रम प्रदेश सरकारले रोक्न नहु
जिवछ उदासी लहान, मंसिर ८ गते । लहान-७ मुख्य बजार स्थित राम मन्दिर निर्माण कार्य सुरु भएको छ । लहान नगरप्रमुख मुनि साहले बुधबार धार्मिक बिधि अनुसार शिलान्यास गर्नु भयो । लहानको पुरानो इतिहास हेर्दा लहान राममन्दिरले लहानको धार्मिक आस्था र विकासमा महत्वपुर्ण भूमिका खेलेको प्रमुख साहले बताउनुभयो । पुरानो भत्काएर नयाँ मन्दिर निर्माणको लागि नगरपालिकाले लिएको लक्ष्य अनुसार काम अघि बढाउन निर्माण कार्य सुरु भैसकेकोले निर्धारित समयमा नै निर्माण कार्य सम्पन्न गर्न ठेकेदारसँग आग्रह गर्नुभयो । लहान-७ का वडाध्यक्ष राकेश रोशन गुप्ताले राम मन्दिरको निर्माण कार्यको सुरु भएपछि यस वडाको विकास मात
चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर चितवन जिल्लामा विशेष सुरक्षा योजना बनाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले विशेष सुरक्षा व्यवस्था मिलाएर सुरक्षाको काम भइरहेको जानकारी दिए। जिल्ला सुरक्षा समितिको बैठकले बसेर महाधिवेशनलाई ध्यानमा राख्दै आवश्यक प्रबन्ध मिलाइएको हो। एसपी अधिकारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली संयुक्त रुपमा खटिएका बताए। एमालेको महाधिवेशनलाई मात्रै केन्द्रीत गरेर एकहजार २७० जना सुरक्षाकर्मीहरु खटिने भएका छन्। झण्डै पाँचलाखको जनसहभागीता गराउने एमालेले तयारी गरेपछि त्यसै अन
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A