झापा, मंसिर ७ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्ता गठबन्धनका उम्मेदवारलाई निकै ठूलो मतान्तरमा पराजीत गर्दै झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । अध्यक्ष ओलीले सत्ता गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट निर्वाचित हुनुभएको हो । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमाले अध्यक्ष ओलीले ५२ हजार ३१५ मत प्राप्त गर्नुभएको छ । उहाँसँग प्रतिस्पर्धा गर्नुभएका सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७४१ मत मात्र पाउनु भएको छ । ओलीले पाउनु भएको मत अधिकारीले पाउनु भएको मत भन्द
काठमाडौं, मंसिर ६ । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले विजयी हुनुभएको छ । एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईलाई पराजीत गर्दै थापा बिजयी बन्नुभएको हो । मतगणना परिणाम अनुसार थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत पाउनु भएको छ । अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराई नै हराउँदै गगन विजयी हुनुभएको थियो ।
सिरहा, ६ मंसिर । सिरहा १ प्रतिनिधि सभा सदस्यामा नेकपा एमालेका उम्मेदवार राम शंकर यादवले आफ्नो अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका उम्मेदवार पद्म नारायण चौधरी पछि परेका हुन् । लहान नगरपालिका वडा नम्बर ५, ६, ७ र १० को मत गणना हुँदा चौधरीलाई एमालेका यादवलले पछि पारेका हुन् । एमालेका यादवले २०४७ मत पाएका छन् भने कांग्रेसका चौधरीले १६९१ मत पाएका छन् । त्यस्तैजनमत पार्टीका युगल किशोर साहले २७२ मत प्राप्त गरेका छन् ।
सिरहा, ६ मंसिर । महोत्तरी १ प्रतिनिधि सभा सदस्यामा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले अग्रता लिएको छ । माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल पछि परेका हुन् । चार हजार ४०० मत गणना हुँदा पोखरेललाई एमालेका लक्ष्मी महतो कोइलीले पछि पारेका हुन् । एमालेका महतोले १७९६ मत पाएका छन् भने माओवादीका पोखरेलले १७३३ मत पाएका छन् ।
सिरहा, ६ मंसिर । सिरहाको निर्बाचन क्षेत्र १ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रामशंकर यादवले अग्रता लिनुभएको छ । उहाँले १२०२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पद्म नारायण चौधरीले १२०० मतका साथ पछयाई रहनुभएको छ । त्यसैगरी जनमत पार्टीका उम्मेदवार युगल किशोर साहले २२३ मत पाउनुभएको छ । अहिलेसम्म लहान नगरपालिकाको वडा नम्बर ६, ७ र १० को मतगणना भएको छ ।
सिरहा, ५ मंसिर । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ४७८ मतसहित अग्रता कायम गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका लालबाबु पण्डितले ३६१ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका यादव कुमार प्रधान १२४ मत प्राप्त गर्दा र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षेत्रीले ७७ मत प्राप्त गरेका छन् । यसअघि २०७४ सालमा यस क्षेत्रबाट शेखरलाई हराउँदै लालबाबु निर्वाचित भएका थिए ।
सिरहा, ५ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रारम्भिक नतिजाले माओवादी केन्द्र र एकीकृत समाजवादी पछाडि परेको देखिएको छ । हालसम्म मतगणना भइरहेको निर्वाचन क्षेत्रमध्ये दुई पार्टीले कुनै पनि क्षेत्रमा अग्रता लिएका छैनन् । हालसम्मको तथ्यांकअनुसार एमालेले आठ ठाउँमा, कांग्रेस चार स्थानमा अग्रता एकमा विजयी, राष्ट्रिय स्वतन्त्र पार्टी चार ठाउँमा अग्रता, राप्रपा दुई र जनमत पार्टी एक ठाउँमा अगाडि छ । अधिकांश क्षेत्रमा माओवादी र एकीकृत समाजवादी चौथो र पाँचौँ स्थानमा छन् ।
मुस्ताङ्ग, ५ मंसिर । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । निवर्तमान सांसद नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले गौचनले तीन हजार नौ सय ९२ र एमालेका तुलाचनले तीन हजार ७८ मत प्राप्त गरेका जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का प्रवीणकुमार शेरचनले १३ मत प्राप्त गर्नुभएको छ । आइतबार भएको चुनावमा मुस्ताङमा १० हजार नौ सय ५७ मतदातामध्य
एलिना हिङ्गंमाङ्ग चौधरी, लहान, १ मंसिर । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेश प्रदेशका ६ पालिका र प्रदेश नं. १ को उदयपुर जिल्लाको दुई वटा नगरपालिकामा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा खसेको मतहरु वदर नहोस भन्ने उदेश्यले आई एफ एस नेपालको सहयोगमा समग्र विकास सेवा केन्द्रको आयोजनामा सिरहाको लहान र कर्जन्हा नगरपालिका, सप्तरीको सुरुङ्गा र शम्भुनाथ नगरपालिका, धनुषाको जनकपुर उपमाहानगरपालिका र धनुषाधाम नगरपालिकामा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम गरिएको छ । त्यस्तै प्रदेश १
सप्तरी, १ मंसिर जिल्ला निर्वाचन अधिकृतको कार्यालय सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले सप्तरीमा निर्वाचनको तयारी पूरा भएको बताएका छन् । उनले जिल्लामा २९७ मतदानस्थलमा ५३६ वटा स्थायी र २ वटा अस्थायी गरी ५३८ वटा बुथमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।'जिल्लामा टाढा रहेको बुथमा सुरक्षाकर्मीसहित आजै मतदान सामग्री पठाइउने काम भइरहेको छ । नजिकै रहेका बुथमा भोलि कर्मचारी सुरक्षाकर्मीसहित मतदान सामग्री पुग्ने उनको भनाइ रहेको छ । ३० वैशाखमा भएको स्थानीयतह निर्वाचनको आधारमा २९७ वटै मतदानस्थलको सुक्ष्म अध्यनन गरेर निर्वाचनको तयारी गरिएको जानकारी दिए
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A