जिवछ यदासीलहान,नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिलामन्त्री तथा नेकपाका केन्द्रिय सदस्य सिरहा इन्चार्ज लिालानाथ श्रेष्ठले वर्तमान सरकार ढल्ने कुनै संभावना नरहेको बताउनु भएको छ ।नेकपा केन्द्रिय सदस्यहरु र सिरहा–१ का उपलब्ध जिल्ला कमिटिका सदस्यहरुलाई लहान नगरपालिकामा आयोजित भेटघाट कार्यक्रमलाई छोटो समयमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । देशी विदेशी शक्तिहरु जे राष्ट्रियता, समृद्धि विकासलाई मनराएका छैन तिनिहरु षडयन्त्र गरिरहेका छन् । तर यस्ता खालका षडयन्त्रहरुलाई निस्तृज गरेर हमी अगाडि बढ्दौ र सफल पनि हुनेछौ उहाँले प्रष्टयाउनुभयो ।मन्त्री श्रेष्ठले थप्नुभयो,‘कुनै हालतमा एमस
जिवछ उदासीलहान,भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति सिरहाका अध्यक्ष गंगा प्रसाद यादवले यसपटक जग्गा हुकम्बासीले होइन,वास्तविक सुकुम्बासीले पाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सिरहा जिल्ला अध्यक्षमा नियुक्त कामलाई व्यवस्थित रुपमा अघि बढाउन जिल्ला समन्वय समिति सिरहामा कार्यालय रहने गरी पदभार ग्रहण गर्दै यस्तो बताउनु भएको हो । छोटो समयमा धेरै काम गर्नुपर्ने भएकोले यस आयोगसँग प्रत्यक्ष जोडिएको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, मालपोत कार्यालय र नापी कार्यालय, डिभिजन वन कार्यालय,स्थानीय तहहरु सबैले सहयोग गर्नुपर्ने उहाँले आग्रह गर्दै समृद्ध नेपाल, सुखी नेपालीको नारालाई कार्
जिवछ उदासी भूमि ब्यवस्था (सुकम्बासी समस्या) आयोगको सिरहा अध्यक्षमा नियुक्त हुनु भएको गंगा प्रसाद यादवले सरकारले दिएको जिम्मेबारी इमानदारीपूर्वक निर्वा गर्ने बताउनु भएको छ । सिरहा जिल्लामा सुकम्बासी समस्या समाधानको लागि २०५१ सालमा नियुक्त हुनु भएको राजेन्द्र प्रसाद चौधरीले राम्रो काम गर्नु भएको स्मरण गर्दैै उहाँले भन्नुभयो, उहाँसँग भएको अनुभव र आफूले पाएको केन्द्रिय निर्देशन अनुसार प्रभावकारी कार्य गर्नेछु । कमाइ खाने भाँडोको रुपमा यसलाई प्रयोग गर्ने छैन । सुकमवासी समस्या समाधान नभइकन समृद्ध नेपाल हुन सक्दैन । यहि मान्यतामा टेकेर अघि बढ्ने छु । सिरहा जिललाका सुकम्वासीहरुको हकहितको लागि सधै संघ
प्रदेश २ मा चुनाव पहिलो चरणमा नै हुने ः प्रधानमन्त्री ओलीजिवछ उदासी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रदेश २ मा बैशाख १७ गते पहिलो चरणमा नै हुने बताउनु भएको छ ।शहीद हेम नारायण यादवको १७ औ स्मृतिसभालाई सिरहामा सम्बोध गर्दै यस्तो बताउनु भएको हो । संसद विघट्न संवैधानिक छ र च्नाव पनि हुने निश्चित नै रहेकोले चुनाव नहुने हो कि भने भ्रम पाल्न नहुने भन्दै चुनावको माहोल बनाउन उहाँले सबैमा आग्रह गर्नुभयो । ‘अहिले तराई–मधेश जुरुक्क उठेको छ । शिक्षा र चेतनाको स्तर बढ्दै गएर समृद्धि र विकासको लागि जागृत पनि भएको छ । जातको कुरा छाडेर नयाय र समानताको
जिवछ उदासी लहान, माघ १८ गते । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री समेत रहनु भएको नेकपा केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज लिलानाथ श्रेष्ठले शहीद कुनै विशेष दलको नभएर सबैको साझा रहेको बताउनु भएको छ । माघ १९ गते १७औ शहीद हेम नारायण यादवको स्मृतिसभालाई नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहामा सम्बोधन गर्नुहुने कार्यक्रमको तयारीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । हेम नारायण यादव मधेशकै एक होनहार नेता भएको चर्चा गर्दै उहाँको हत्या प्रतिगामी सत्ताले गरेको बताउनुभयो । १७ वर्ष अगाडी शाही सत्ताले हत्या गरेर लोकतन्त्र र परिवर्तनको सशक्त
विजछ उदासी लहान । नेकपाका केन्द्रिय सदस्य, सिरहा जिल्ला इन्चार्ज तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले नेकपाबाट अलग भएर सडक आन्दोलन गरिरहेका प्रचण्ड–माधव समूहले पार्टीमा दर्ता गराएको आरोपपत्र फिर्ता र अदालतले गर्ने निर्णय मान्न तयार भए अझै पार्टी एक हुन सक्ने बताउनु भएको छ । बुधबार नेकपा सिरहा जिल्ला कमिटिका सदस्यहरुलाई सिरहाको धनगडीमा आयोजित शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । निर्वाचन आयोगले दुवै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा महासचिवको उपस्थितिमा हुने निर्णयलाई नै वैद्य ठहर गरी पार्टी नफुटेको निर्णय सुनाएक
जिवछ उदासी लहान,माघ ११ गते । माघ १९ गते प्रत्येक वर्ष हेमनारायण यादवको स्मृतिसभा मनाँउदै आएकोमा यस वर्ष २५ हजार जनता सभामा उतार्नेगरी नेकपा सिरहाले गृहकार्य सुरु गरेको छ । यस वर्ष नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्मृतिसभामा आउने कार्यक्रम तय भएकोले विशेष तयारी थालिएको नेकपा सिरहाले जनाएको छ । पार्टीमा देखिएको विभाजनलाई मध्यनजर गरेर शक्ति परिक्षणको हिसावले पनि विशेष तयारी चर्चा चलेको छ । सिरहाका १७ वटै स्थानीय तह र ४ वटा संघीय संसद क्षेत्रबाट बस मोटरसायकल तथा अन्य सबारी साधन गरी स्मृतिसभामा जनता उतार्न जिल्लामा उपलब्ध केन्द्रिय कमिटिका सदस्यहरु, जिल्ला कमिटिका पदाधिकारी सदस्य
समृद्धिपथ समाचारदाता लहान । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघ्टन गरेर चालेको कदम विरुद्ध जनता समाजवादी पार्टी, नेपाल सिरहाले बुधबार लहानमा जनप्रदर्शन तथा विरोधसभा गरेको छ । जनता समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय समिति सिरहाद्वारा आयोजित बिरोध सभालाई जसपाका केन्द्रिय कार्यकारणी सदस्य प्रकाश अधिकारीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै संसद पुर्नस्थापना नहुञ्जेलसम्म विरोधका कार्यक्रमहरु नरोकिने बताउनुभयो। उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक मात्रै होइन, संघीयताको विरुद्धमा पनि छ । संविधानमा न नै नरहेको धारा प्रयोग गरेर संसद विघट्न गर्न मिल्दैन । संविधानको रक
जिवछ उदासी लहान, जनमत पार्टीका अधयक्ष डा. सिके राउतले मधेशी जनतालाई धोका दिने मधेशी नेताहरुबाट सावधान रहन आग्रह गर्नु भएको छ । मधेश आन्दोलनमा ज्यान गुमाएका सहीदहरुको सम्झनामा लहानमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । मधेशलाई काँग्रेसका नेताहरुले ६० वर्षसम्म भुलभुलैयामा राखे, कम्युनिष्टहरुले २५ वर्षसम्म ठगे र आफूलाई मधेशका मसियाहा भन्ने मधेशवादी दलहरुले सहीदको रगतलाई सौदावाजी गरेर धोका दिएको भन्दै यी दलहरुबाट मधेशको मुक्ति नहुने उहाँले ठोकुवा गर्नभयो । सर्पलाई जति दुध खुवाएपनि एक न एक दिन डस्ने मात्रै गरेको कुरा विर्सनु हुँदैन, गोमन करेत काला नाग र अजिगर सर
लहान । बैज्ञानिक डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको लहानमा मधेश आन्दोलनका शहीदहरुको सम्झनामा आज बलिदानी दिवस मनाउन लागिएको छ । बलिदानी दिवसको अवसरमा प्रदेश दुईको प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ भने औपचारिक कार्यक्रमको समेत आयोजना गरेको छ । पहिलो मधेश आन्दोलनका पहिलो सहिद रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मधेशभरी बलिदानी दिवस मनाइन्छ । सोही अवसरमा लाहानस्थित सहिद रमेश महतोसहितको शालिकमा गठबन्धनका संयोजक डा.सीके राउतले माल्यार्पण गर्दै लहान स्थित रहेको पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने जनाइएको छ । यसअघि मधेसवादी दलले सरकारमा रहँद
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A