समाज

    Showing १८१-१९० of ८५९ items.
  • नेपाल पत्रकार महासङघलाई एक गोलले जित

    जीवछ उदासी लहान समाचारदातालहान,मङ्सिर २० गते । लहान सिटि जेसिस र नेपाल पत्रकार महासङघ सिरहा शाखाले विकृति र कुलतमा लागेका युवाहरुलाई सहि बाटोमा ल्याउन खेलेको मैत्रीपुर्ण फुटवल खेलमा पत्रकारको समूह जीत हासिल गरेको छ । लहान नगरपालिका –१० मा रहेको खेल मैदानमा बुधबार विहान सम्पन्न खेलमा नेपाल पत्रकार महासङघ सिरहाका समूहले दुई गोलको विरुद्ध तीन गोल गरेर जित निकालेको हो । नेपाल पत्रकार महासङघ तर्फबाट पत्रकारहरु लालविहारी यादव,विरेन्द्र विरु यादव र अनुभक्त चौधरीले एक एक गोल गरेर जीत हासिल गरेको थियो । लहान सिटी जेसिसको तर्फबाट शम्भु चौधरी र नित्यानन्द साहले एक एक गोल गरेर जवाफी प्रहार गरेको

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • १,२९७ पटक पढिएको
    • समृद्धिपथ
  • नगर उपप्रमुखद्वारा कर्मचारीलाई धम्की दिएको घटनाको विरोधमा ज्ञापनपत्र 

    लहान । लहान नगरपालिकामा कार्यरत कर्मचारीहरूले नगर उपप्रमुख राम चलितर महतोद्वारा एक असिस्टेन्ट सब-इन्जिनियरलाई धम्की र अभद्र व्यवहार गरिएको घटनाको विरोधमा ज्ञापनपत्र बुझाएका छन्।   नगरपालिकाको योजना शाखामा कार्यरत असिस्टेन्ट सब-इन्जिनियर राजीव कुमार बैठालाई नगर उपप्रमुख महतोले आज बुधबार आफ्नो कार्यकक्षमा बोलाई प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा र कृषि शाखाका प्रमुख प्रकाश साह हलुवाईको उपस्थितिमा अभद्र गालीगलौज गर्दै भौतिक कारवाही गर्ने धम्की दिएको आरोप लगाएका हुन्। यस घटनाले कर्मचारीहरूमा त्रासको वातावरण सिर्जना गरेको भन्दै नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूले उक्त कार्यको घोर भर्त्सन

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • ६६४ पटक पढिएको
    • समृद्धिपथ
  • पद्मोदय फाउन्डेसनद्वारा सिराहाका अपाङ्गहरुलाई व्हीलचेयर वितरण

    फिरोज सिद्दिकी  लहान । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा पद्मोदय फाउन्डेसनले ६४ जना अपाङ्ग व्यक्तिहरूलाई व्हीलचेयर वितरण गरेको छ।  मङ्गलबार धनगढीमाई नगरपालिकाको तरकारी बजारमा डाइनामिक हाइड्रो इनर्जी प्रा. लि.को सौजन्यमा आयोजना गरिएको कार्यक्रममा व्हीलचेयर वितरण गरिएको हो। अपाङ्गता भएका व्यक्तिहरूको सम्मान, उनीहरूको क्षमता विकास र सामाजिक सहभागितामा सकारात्मक सन्देश फैलाउने उद्देश्यका साथ यो कार्यक्रम गरिएको पद्मोदय फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोले बताउनुभयो। कार्यक्रमको अध्यक्षता गरेका महतोले फाउन्डेसनले भविष्यमा पनि अपाङ्गता भएका व्यक्तिहरूको सहयोगका लागि यस्ता गतिविधि नि

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • ६५० पटक पढिएको
    • समृद्धिपथ
  • क्यान महासंघ सिरहा शाखामा नन्दकिशोर गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    फिरोज सिद्दिकी  लहान । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को १५औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशनबाट सिरहा शाखाका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। अधिवेशनले नन्दकिशोर गुप्तालाई अध्यक्षमा चयन गर्दै १० सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।   उपाध्यक्षमा दीपेन्द्र महतो निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा सुरेन्द्र कुमार महतो, कोषाध्यक्षमा सुनैना कुमारी सिंह कुशवाह र सहसचिवमा धुनु महतो चयन भएका छन्। सदस्यहरूमा सन्तोषी कुमारी यादव, सन्तोष कुमार गुप्ता, मनोज कुमार यादव, भगवानलाल चौधरी र कुमोद कुमार यादव निर्वाचित भएका छन्।   कार्यसमितिले सि

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • ५७५ पटक पढिएको
    • समृद्धिपथ
  • लक्ष्मीपुर पतारी वार्ड नं. ६ मा जग्गा विवाद: पीडित अन्जु देवीले गरिन् न्यायको गुहार

    फिरोज सिद्दिकी  लहान । लक्ष्मीपुर पतारी वार्ड नं. ६ की अन्जु देवी साहले आफ्नो निजी जग्गामा धान काट्न रोक लगाइएको र जबरजस्ती जग्गा पास गराउन धम्की दिइएको आरोप लगाएकी छन्। उनले पत्रकार सम्मेलनमार्फत आफ्नो पीडा सुनाउँदै वार्ड सचिव घुरन यादवको नेतृत्वमा बसेको बैठकमा आफूलाई धम्की दिँदै सही छाप गराइएको दाबी गरेकी हुन्। अन्जु देवीले २०६७ सालमा बिन्दीलाल दासबाट किन्नु भएको कि.नं. १०१२ र १०२७ नम्बरको जग्गामा अहिले बिन्दीलाल दासले जबरजस्ती मिटर ब्याजको आधारमा जग्गा आफ्नो नाममा पास गराउन खोजिरहेको बताएकी छिन्।   यो प्रकरणमा उच्च अदालत जनकपुर, राजविराज इजलासले २०८१ मंसिर ७ गते अन्जु देव

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • ६६८ पटक पढिएको
    • समृद्धिपथ
  • लायन्स क्लब अफ लहान सनसाइनद्वारा शैक्षिक सामग्री वितरण

    फिरोज सिद्दिकी  लहान । लायन्स क्लब अफ लहान सनसाइनको आयोजनामा लहान नगरपालिका वडा नम्बर १७ स्थित श्री आधारभूत विद्यालय, बलानसेरका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।  शुक्रबारका दिन आयोजित कार्यक्रममा विद्यालयका सम्पूर्ण विद्यार्थीलाई कापी, पेन्सिल, एरेजर, कटरलगायतका सामग्री प्रदान गरिएको हो। शैक्षिक सामग्री वितरण कार्यक्रममा वडा अध्यक्ष प्रथमलाल चौधरी, लायन्स क्लब डिस्ट्रिक्ट ३२५ का जीइटी कोअर्डिनेटर पचक्रपाणि दहाल, एलर्ट चिफ सुदिप कुमार चौधरी, जोन चेरपर्सन पुनम चौधरी, आयोजक क्लबका अध्यक्ष सङ्गिता कुमारी चौधरी, एलसिआइएफ कोअर्डिनेटर रिंकि साह, सर्भिस चेयरपर्सन रुबि कामे

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • ४५० पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकामा महालेखा परीक्षकको प्रतिवेदनले देखाएको सैद्धान्तिक बेरुजु, भ्रष्टाचारको आशंका

    लहान । महालेखा परीक्षकको कार्यालयले लहान नगरपालिकाले विविध खर्चका नाममा रु. ३ करोड ६० लाख ५३ हजार खर्च लेखेको तर खर्चसँग सम्बन्धित कागजात तथा बिलहरूको अभावका कारण सैद्धान्तिक बेरुजु देखाएको छ। खर्च लेख्ने क्रममा "कार्यालयको मागअनुसार खाना खाजा उपलब्ध गराएको" भन्ने बिल मात्र संलग्न गरिएका उदाहरणहरू भेटिएका छन्। महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ कि खर्चका लागि स्पष्ट प्रयोजन नखुलाई यस्ता शीर्षकमा रकम खर्च गर्नु नियम विपरीत हो। यसले बजेटको दुरुपयोग र आर्थिक अपारदर्शिताको संकेत दिन्छ। खाना खाजा तथा अन्य खर्चको विषयमा कानुनी व्यवस्था अनुसार बिल भरपाई र आवश्यक कागजात संलग्न गर्नुपर्ने भए पनि

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • ९६२ पटक पढिएको
    • समृद्धिपथ
  • अर्बान फुड प्रा.लि.को कार्यप्रति मुस्लिम समुदायको आपत्ति

    फिरोज सिद्दिकी  लहान । अर्बान फुड प्रा.लि.ले नेपालमा उत्पादन गर्दै आएको सुंगुरको मासुबाट बनेको ससेजमा हलालको लोगो प्रयोग गरी बिक्री वितरण गरेको घटनाले मुस्लिम समुदायको आस्था माथि चोट पुर्‍याएको भन्दै गम्भीर आपत्ति जनाइएको छ।   दारुल इफ्ता वल कजा नेपालका काजी-ए-नेपाल मुफ्ती मुहम्मद उस्मान बरकातीले जारी गरेको विज्ञप्तिमा सो कार्य इस्लाम धर्ममा वर्जित भएको र यसले मुस्लिम समुदायको भावनामा ठेस पुर्‍याएको जनाइएको छ। विज्ञप्तिमा कम्पनीको यस प्रकारको गतिविधि पुनः नदोहोरिने सुनिश्चित गर्न सम्बद्ध सरोकारवाला निकायसँग आवश्यक अनुगमन र कानुनी प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।&nbs

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • ५२० पटक पढिएको
    • समृद्धिपथ
  • कमला नदीमा डुबेका किशोरमध्ये एकको शव फेला, अर्काको खोजी जारी

    सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ उत्तरवाहिनीस्थित कमला नदीमा नुहाउने क्रममा डुबेका दुई किशोरमध्ये एकजनाको शव फेला परेको छ भने अर्काको खोजी कार्य जारी छ। डुबेका मिर्चैया नगरपालिका–५ का १६ वर्षीय रोशन मण्डलको शव करिब तीन घण्टापछि नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो। उनीसँगै नुहाउन गएका कर्जन्हा नगरपालिका–५ का १५ वर्षीय लक्ष्मण कुमार साह भने अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। कात्तिके पूर्णिमाका अवसरमा नुहाउन गएका किशोरहरू नुहाउने क्रममा डुबेका थिए। प्रत्यक्षदर्शीहरूले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय बन्दिपुर र सशस्त्र प्रहरी बल मिर्चै

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • ४७२ पटक पढिएको
    • समृद्धिपथ
  • खोरिया बस्तीका किसान कोदोखेतीमा सीमित, सिँचाइ र सहयोग अभावले चुनौती

    सिरहा । सिरहा जिल्लाको मिर्चैया बजारबाट १० किलोमिटर उत्तरतर्फ चुरे क्षेत्रको फेदमा अवस्थित खोरिया बस्ती दलित, जनजाति, र सीमान्तकृत समुदायका २६ परिवारको बसोबास रहेको स्थान हो। यहाँका बासिन्दा साना झुपडी, बाँसका भाटाले बेरेका फुसका टहरामा जीवन यापन गर्छन्। मिर्चैया नगरपालिका–७ मा पर्ने यो गाउँमा अधिकांश किसानका लागि कोदोखेती नै मुख्य र निर्विकल्प स्रोत हो। स्थानीय किसान हर्कबहादुर परियारका अनुसार, सिँचाइको सुविधा नहुँदा र क्षेत्र सुक्खा भएका कारण यहाँ कोदोखेती गर्नुपर्ने बाध्यता छ। “बाउबाजेदेखि कोदो रोप्दै आएका छौँ। पिउने पानीसमेत छ महिनासम्म अभाव हुने ठाउँमा कोदो बाहेक अरू केही उब्

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • ३७६ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A