समाज

    Showing ११-२० of ८५९ items.
  • विपन्न परिवारकी छोरीको विवाहका लागि युथ मुस्लिम वेल्फेयर सोसाइटीद्वारा ५० हजार सहयोग

    फिरोज सिद्दिकी  लहान । विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका छोरीहरूको विवाहमा सहयोग गर्ने उद्देश्यसहित सामाजिक अभियान सञ्चालन गर्दै आएको युथ मुस्लिम वेल्फेयर सोसाइटी नेपाल, लहानले एक विपन्न परिवारलाई छोरीको विवाहका लागि आर्थिक सहयोग गरेको छ। सोसाइटीले लहान नगरपालिका–१८, शोभापुर निवासी मोहम्मद किस्मतलाई उनकी छोरीको विवाहका लागि नगद ५० हजार रुपैयाँ सहयोग गरेको हो। छोरीको विवाहका लागि आवश्यक खर्च जुटाउन आर्थिक समस्या भएपछि किस्मतले सहयोगका लागि युथ मुस्लिम वेल्फेयर सोसाइटीसँग आग्रह गरेका थिए। सोही आग्रहअनुसार सोसाइटीका अध्यक्ष इसरायल सिद्दिकीसहित पदाधिकारी तथा सदस्यहरूको उपस्थितिम

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ८०१ पटक पढिएको
    • समृद्धिपथ
  • निर्माण श्रमिकलाई सामाजिक सुरक्षामा जोड्न लहानमा सरोकारवालाको परामर्श

    फिरोज सिद्दिकी  लहान । निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउँदै उनीहरूको हक, अधिकार र श्रम सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले सिराहाको लहानमा सरोकारवाला परामर्श तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक-नेपाल) सिराहाको आयोजनामा ‘निर्माण श्रमिकहरूको लागि सामाजिक सुरक्षा पहुँचको प्रवर्धन र सुदृढीकरण’ विषयक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा निर्माण क्षेत्रमा कार्यरत श्रमिक, श्रमिक संगठनका प्रतिनिधि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा क्यूपेक-नेपालका केन्द्री

    • प्रकाशित मितिः असोज ६, २०८३
    • २५३ पटक पढिएको
    • समृद्धिपथ
  • प्रकोपबाट जोगिन लहानका ३६ वटा विद्यालयहरुमा सचेतना

    जीवछ उदासी लहान असोज २ गते लहान नगरपालिकामा रहेका ५९ वटा सामुदायिक विद्यालयहरुमा प्रकोप र विपत्बाट जोगिन विद्यालय स्तरीय सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ । नेपाल भुकम्पीय जोखिममा ११ औं स्थानमा, बाढी जोखिममा ३० औं स्थान र जलवायु परिवर्तनको चौथो स्थानमा जोखिममा रहेकोले पूर्व तयारीको लागि यस्तो सचेतना कार्यक्रम चलिरहेको विकन परियोजना अन्तर्गतका विद्यालय सहजकर्ता नम्रता भट्टले जानकारी गराउनुभयो । उहाँको अनुसार २०७२ सालमा गएको विनाशकारी भूकम्प यहि भदौ १० गते रसुवा नुवाकोट र धादिङग जिल्लामा आएको विपतिमा भएको क्षतिले पूर्व तयारी र सचेतना आवश्यक छ । लहान नगरपालिकाको खुटी नदीको किनारमा रहेको श्र

    • प्रकाशित मितिः असोज २, २०८३
    • ३११ पटक पढिएको
    • समृद्धिपथ
  • प्रविधियुक्त र जस्तापातामुक्त विद्यालय बनाउने सांसद गुप्ताको प्रतिवद्धता

        जीवछ उदासी लहान,भदौ ३० गते  सिरहा निर्वाचन क्षेत्र नम्वर १ का सांसद लहान -१० स्थित श्री जनता माध्यमिक विदालय बैरिया गुदीगाँउको निरिक्षण गर्दै पनि प्रविधियुक्त र जस्तापातामुक्त विद्यालय भवन बनाउन पहल गरिने बताउनु भएको छ ।   स्थानीयवासीहरुको साथमा विद्यालयको निरिक्षण गर्दै सत प्रतिशत दलित विपन्नका बालबालिका मात्रै पढने यस विद्यालयमा रहेको जस्तापाता भएको भवन विस्थापित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,'चुनसवको बेला गरिएको सबै प्रतिवद्धता व्यक्त गर्न लागि परेका छौ । हामी लामो लामो भाषण होइन,छिटो छिटो काम गर्न जनताको मत पाएका छौ । '   

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • ४६२ पटक पढिएको
    • समृद्धिपथ
  • रसुवाका बाढीपीडितका लागि मदरसा हनफिया अनवारुल उलूमको ७५ हजार सहयोग

    फिरोज सिद्दिकी धनुषा । धनुषाको जनकनन्दिनी गाउँपालिका–२, बल्हागोठस्थित मदरसा हनफिया अनवारुल उलूमले रसुवाका बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ७५ हजार रुपैयाँ सहयोग गरेको छ। मदरसा हनफिया अनवारुल उलूमले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। रसुवालगायत विभिन्न क्षेत्रमा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको मदरसाले जनाएको छ। विपद्को समयमा पीडित नागरिकप्रति मानवीय ऐक्यबद्धता जनाउँदै गरिएको यस सहयोगले राहत तथा पुन

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ११८ पटक पढिएको
    • समृद्धिपथ
  • राहत अभियानमा मस्जिदको शक्ति: सुनसरी मुस्लिम समाजद्वारा ६२ लाखभन्दा बढी सहयोग

    सुनसरी । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सञ्चालित ‘मस्जिदबाट राहत सहयोग अभियान’ ले सामुदायिक ऐक्यबद्धताको बलियो उदाहरण प्रस्तुत गरेको छ। अभियानअन्तर्गत सुनसरी मुस्लिम समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार ६२ लाख ४५ हजार ४९ रुपैयाँ दाखिला गरेको छ। विपत्तिको समयमा मस्जिद र समुदायमार्फत स्रोत परिचालन गरी राज्यको राहत प्रयासमा प्रत्यक्ष योगदान पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। सुनसरी मुस्लिम समाजको अभियानमा वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपाली मुस्लिमहरू आबद्ध ‘सुनसरी मुस्लिम समाज कतार’ले सम

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • १५१ पटक पढिएको
    • समृद्धिपथ
  • विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रामा उमडियो भक्तजनको सागर

    फिरोज सिद्दिकी  विराटनगर, भदौ २० गते । विराटनगरमा आयोजित ऐतिहासिक राधाकृष्ण रथयात्राको दर्शन गर्न लाखौँ भक्तजन उत्साहपूर्वक सहभागी भएका छन्। श्रीराधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रामा भगवान् राधाकृष्णको दर्शन तथा पूजाआराधनाका लागि विराटनगरसहित मोरङ, सुनसरी, झापा, बिहारको जोगबनी लगायत विभिन्न जिल्लाबाट ठूलो संख्यामा श्रद्धालुहरू सहभागी भएका हुन्। रथयात्रा अघि बढ्दै गर्दा सडकको दुवैतर्फ भक्तजनको बाक्लो भीड लागेको थियो। श्रद्धालुहरूले ‘राधे–राधे’ लगायतका धार्मिक जयघोष गर्दै रथको दर्शन गरेका थिए। भक्तजनहरूले रथ तानेर धार्मिक आस्था र उत्साह प्रकट गरेका छन्। केही भक्तजनहर

    • प्रकाशित मितिः भदौ २०, २०८३
    • ३१५ पटक पढिएको
    • समृद्धिपथ
  • बाढीपीडितका लागि लहानका मुस्लिम समुदायको सहकार्य, ४ टन राहत सामग्री प्रभावित क्षेत्रमा पठाइयो

    फिरोज सिद्दिकी  लहान, भदौ १४ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सिराहाको लहानका मुस्लिम समुदायले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेका छन्। समुदायस्तरबाट नगद तथा जिन्सी राहत सामग्री संकलन गरी बाढी प्रभावित क्षेत्रमा पठाइएको हो। बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै लहानका मुस्लिम समुदायले २ लाख ७० हजार रुपैयाँ संकलन गरेका छन्। शुक्रबार जुमाको नमाजपछि लहानका विभिन्न मस्जिदमा गरिएको अपिलपछि समुदायका व्यक्तिहरूले क्यूआरमार्फत पनि रकम जम्मा गरेका हुन्। यस अभियानको अगुवाइ युथ म

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ६७२ पटक पढिएको
    • समृद्धिपथ
  • सन्तोषको मृत्युले परिवार बिच्लीमा,अत्यधिक मदिरा सेवन मृत्युको कारण

      जीवछ उदासी लहान,भदौ १४ गते  लहान नगरपालिका वडा नम्वर १ मिलन चोकमा नहरको किनारमा बस्दै आइरहेको २५ वर्षिय सन्तोष सदाय क्षयरोगले मृत्यु भएपछि परिवार विचल्लीमा परेको छ ।   क्षयरोग छिट्फुट देखिने भनिएपनि यस बस्तीमा क्षयरोगले मृत्यु हुनेहरुको संख्या निकै रहेको स्थानीयहरुले बताएका छन् । क्षय रोग लागेपछि नियमित औषधि खान छाडेर मदिरा सेवन नियमित गर्ने कारणले मृत्यु भइरहेको छ ।  ट्याक्टरको चालक सन्तोष सदायलाई क्षयरोग लागेर मृत्यु भएको उहाँकी पत्नी रुपा देवी सदस्यले बताउनुभयो । गरीवी जीवन काम नगरी के खाने ? दुईवटा बालबच्चालाई कसरी पाल्ने ? नियमित क्षयरोगको औषधि नखाएको र मदि

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ४८३ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा ईद मिलादुन्नबी धुमधामका साथ मनाइयो

    फिरोज सिद्दिकी लहान, सिराहा । इस्लाम धर्मावलम्बीहरूले पैगम्बर हजरत मुहम्मद ﷺ को जन्मदिनको सम्झनामा मनाउने ईद मिलादुन्नबी अर्थात् १२ रबीउल अव्वल आज सिराहाको लहानमा श्रद्धा र उत्साहका साथ मनाएका छन्। ईद मिलादुन्नबीका अवसरमा लहानमा हजारौँको संख्यामा मुस्लिम समुदायका मानिसहरू सहभागी हुँदै धार्मिक र्‍याली निकालेका हुन्। लहान मुस्लिम समाज तथा युथ मुस्लिम वेल्फेयर सोसाइटी नेपालको आयोजनामा निकालिएको र्‍यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। र्‍यालीमा सहभागीहरूले ‘नारे तकबिर–अल्लाहु अकबर’, ‘नारे रिसालत–या रसुलल्लाह’, ‘आकाकी आमद&ndash

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २१५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A