समाज

    Showing ११-२० of ८१८ items.
  • लहानमा माघे संक्रान्ति भव्य रूपमा मनाइदै, थारु संस्कृति झल्काउने मेला–महोत्सवले पायो रौनक

    फिरोज सिद्दिकी लहान । लहानमा माघे संक्रान्तिको अवसर यस वर्ष पनि उत्साह, उमंग र सांस्कृतिक रौनकसँगै मनाइएका छन्। थारु समुदायको प्रमुख पर्व मानिने माघे संक्रान्तिलाई लक्षित गर्दै लहान नगरपालिकाका विभिन्न वडाहरूमा माघी महोत्सव तथा परम्परागत मेलाहरूको आयोजना गरिएको हो। चुरे क्षेत्रदेखि तराईका बस्तीहरू झकिझकाउ सजिए, परम्परागत भेषभूषामा सजिएका थारु महिलाजत्तिहरूको र्‍याली र सांस्कृतिक झाँकीले लहान बजार आज एकापट्टि सांस्कृतिक गलैँचा बनेर फैलिएको अनुभूति गरायो। लहान नगरपालिका–९ खुट्टीपारीस्थित लहानगोठ माघी मेला महोत्सवको औपचारिक उद्घाटन नगरप्रमुख महेशप्रसाद चौधरीले गरे। प्रमुख आतिथ्य

    • प्रकाशित मितिः माघ २, २०८२
    • ४११ पटक पढिएको
    • समृद्धिपथ
  • एमबिबिएस र बिएससि नर्सिङमा नाम निकाल्न सफल विधार्थीलाई सम्मान

      जीवछ उदासी  लहान,पुस १४ गते  लहान नगरपालिका वडानम्बर ६ मा रहेको लिटिल स्टार माध्यमिक विद्यालयबाट कक्षा १२ उतीर्ण गरेका तीन जना विधार्थीलाई विद्यालयले एक औपचारिक कार्यक्रमबीच सम्मान गरिएको छ । एमबिबिएसमा नाम निकाल्न सफल भएको ओम प्रकाश दास र विएससि नर्सिङगमा नाम निकाल्न सफल सरस्वती साह र मनिषा कुमारी दासलाई विद्यालयका प्रिन्सिपल जय प्रकाश साह र पमि साहले सम्मान गर्नु भएको छ ।  लहानबाट गुणस्तरीय शिक्षाको लागि पलायन भइरहेको विधार्थी रोक्न लहानका माध्यमिक विद्यालयहरु सक्षम भइसकेको प्रिन्सिपल साहले विश्वास व्यक्त गर्नुभयो ।''२७ वर्षमा यस विद्यालयले उत्पादन भएका विधार्थीहरु

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ३९९ पटक पढिएको
    • समृद्धिपथ
  • सड्यन्त्रकारी र असक्षम निर्वाचन समिति खारेजको माग गर्दै लहानमा व्यवसायीहरूको विरोध प्रदर्शन

    फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानका व्यवसायीहरूले संघको आगामी निर्वाचन प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका छन्। सम्पूर्ण व्यवसायीहरूको सामूहिक आवाजका रूपमा आयोजित उक्त प्रदर्शनमा निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनको सुनिश्चितता गर्न माग गरिएको हो। प्रदर्शनकारी व्यवसायीहरूले हालको निर्वाचन समिति सड्यन्त्रकारी र असक्षम भएको आरोप लगाउँदै तत्काल खारेज गर्नुपर्ने माग गरेका छन्। उनीहरूले संघको विधान विपरीत निर्णयहरू लिइएको, उम्मेदवारी रद्द गरिएको तथा विधानको खुला उल्लङ्घन भएको दाबी गरेका छन्। व्यवसायीहरूको मुख्य मागहरूमा जिल्ला उद्योग व

    • प्रकाशित मितिः पुस २, २०८२
    • ६५२ पटक पढिएको
    • समृद्धिपथ
  • कम्प्युटर एसोसिएसन नेपाल महासंघ सिरहाको १६औं वार्षिक साधारण सभा सम्पन्न

    फिरोज सिद्दिकी सिराहा । कम्प्युटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा सिरहाले आफ्नो १६औं वार्षिक साधारण सभा लहानस्थित होटल सम्राट इनमा सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अतिथि एभरेष्ट कलेजका संस्थापक धरनिधर अधिकारी रहेका थिए। शाखा अध्यक्ष नन्द किशोर गुप्ताको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि धनञ्जय महतो, केन्द्रिय भु.पु. सचिव तथा संस्थापक अध्यक्ष दिपेन्द्र राज सिंघ, मधेश प्रदेश सचिव संजय कुमार ठाकुर, मधेश प्रदेश सदस्य अरुण कुमार महतो, जिल्ला उद्योग वाणिज्य संघका सचिव प्रदिप गुप्ता, शंकर प्रसाद गुप्ता लगायतका विशिष्ट अतिथिहरू उपस्थित थिए। जिल्ला कार्य

    • प्रकाशित मितिः मंसिर ६, २०८२
    • ४५२ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल प्रिमियर लिगमा चितवन राइनोजको ‘कनेक्टिभिटी पार्टनर’ बन्ने भयो भायानेट

    काठमाडौं। देशभरका लाखौँ घरमा इन्टरनेट सेवा पुर्‍याइरहेको भायानेट कम्युनिकेशनले अब खेलकुद क्षेत्रमा पनि आफ्नो उपस्थिति बलियो गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली चितवन राइनोजको ‘कनेक्टिभिटी पार्टनर’ बन्ने भएको छ। शुक्रबार आयोजित एक कार्यक्रममा भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शाहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख सञ्चालन अधिकृत डा. आशिष खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट लिग मानिने एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ (नोभेम्बर १७ देखि डिसेम्बर १३, २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • ३६३ पटक पढिएको
    • समृद्धिपथ
  • प्राकृतिक विपत्तिको दोहोरो मारमा किसान: मधेशमा खेतबारी डुबान, किसान संकटमा

    सिरहा । नेपालभर ‘अन्नको भण्डार’ को रूपमा चिनिने मधेश प्रदेशमा खडेरीको मार नझेलिनु अघि नै नयाँ प्राकृतिक संकट थपिएको छ। लामो समयदेखिको वर्षाले अभाव र सिँचाइ नहुँदा धान तथा अन्य खाद्यान्न उत्पादनमा ठूलो गिरावट आएको मधेश अहिले ‘मोन्था’ नामक चक्रवातको प्रभावमा परेको हो। पछिल्ला तीन दिनदेखि लगातार परेको वर्षा र तीव्र हावाहुरीका कारण सिरहा, सप्तरी, धनुषा, महोत्तरीदेखि सर्लाही र रौतहटसम्मका थुप्रै क्षेत्रका खेतबारी डुबानमा परेका छन्। कति ठाउँमा पाक्न लागेको धान र काटेर सुरक्षित गर्न नपाएको धान पूरै डुबानमा परेपछि किसान चिन्तित बनेका छन्। मधेशमा हाल धान भित्र्याउने समय चलिरहे

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • ४४७ पटक पढिएको
    • समृद्धिपथ
  • छठको पहिलो दिन साँझको अर्घ दिदै भक्तजन

      जीवछ उदासी  लहान,कातिक १० गते लोक आस्था र सामाजिक एकता एवं सद्भावको पर्व छठको पहिलो दिन छठघाटमा साँझको अर्घ भक्तजनहरुले दिइरहेका छन् ।  लहान नगरपालिकाको वडा नम्बर ४,५,६,७,८,९ र १० बजार क्षेत्रका भक्तजनहरु खुटी खोलामा छठ पर्व मनाउँदै आइरहेका छन भने लहान १ र ३ का भक्तजनहरु लहान -३ स्थित पुरनी पोखरी र लक्ष्मण ललिता कुशवाहा माविको पोखरीमा विशेष सजावटका साथ छठ पर्व मनाइरहेका छन् ।  ललकु माविको पोखरीमा २ सय र पुरनी पोखरीमा ३ सय गरी ५ सय घर परिवारले छठ मनाइरहेको पुजा समितिले जनाएका छन् । 

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ५५९ पटक पढिएको
    • समृद्धिपथ
  • मिथिलाको माया, स्नेह र संस्कृतिको उज्यालो प्रतीक भरदुतिया पर्व

    आज मधेसका विभिन्न जिल्लाहरु  धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहटदेखि पर्सासम्म गाउँदेखि सहरसम्म भरदुतिया अर्थात् भाइटिका पर्व धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक स्नेहका साथ उल्लासपूर्वक मनाइँदै छ। दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, स्नेह र रक्षा सम्बन्धको प्रतीकका रूपमा यो पर्व मिथिला समाजमा विशेष महत्त्वका साथ मनाइन्छ। पौराणिक कथा र धार्मिक महत्त्व भरदुतिया पर्व कार्तिक शुक्ल पक्षको दोस्रो तिथि अर्थात् दुतियाको दिन मनाइन्छ। पौराणिक कथाअनुसार, मृत्युका अधिपति यमराज आफ्नो बहिनी यमुना (यमी)लाई भेट्न स्वर्गबाट पृथ्वीमा आएका थिए। यमलाई स्वागत गर्न यमीले आरती, टिका, पुष

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • ४५५ पटक पढिएको
    • समृद्धिपथ
  • धनधान्य र समृद्धिको कामनासहित श्रद्धा–भक्तिपूर्वक लक्ष्मीपूजा मनाइदै

    लहान । यमपञ्चकको तेस्रो दिन आज साँझ अधिराज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा–भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ । हिन्दू धर्मावलम्बीहरूले यस दिनलाई वर्षकै सबैभन्दा शुभ र उज्यालो रातका रूपमा मनाउने परम्परा रहिआएको छ । ‘बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन्’ भन्ने प्रचलित भनाइअनुसार आज बिहानैदेखि नै घर–आँगन सफा–सुग्घर पार्ने, भित्तो–छानो धुने, कौसी, भर्‍याङ, दैलो र सङ्घारसम्म सफा गरी बत्ती बाल्ने तयारी सुरु भएको छ । साँझपख घर–घरमा तेल र मैनबत्तीको उज्यालो छर्ने क्रमसँगै देवी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • ५३३ पटक पढिएको
    • समृद्धिपथ
  • लहान–१५ की धनकुमारी राईले १२ सन्तान जन्म दिँदै नयाँ रेकर्ड कायम

    लहान–१५ बेतहाकी ४२ वर्षीया धनकुमारी राईले १२ सन्तान जन्म दिएर नयाँ रेकर्ड कायम गरेकी छन्। सुन्दा अचम्म लाग्ने यो घटनाले लहान नगरमा मात्र होइन, सम्पूर्ण समाजमा स्वास्थ्य शिक्षा र जनचेतनाको अभावबारे गम्भीर प्रश्न उठाएको छ। धनकुमारी राईले हालै लहानस्थित रामकुमार–सारडा–उमाप्रसाद स्मारक अस्पतालमा १२औं सन्तानका रूपमा एक छोरीलाई जन्म दिएकी हुन्। उनीसहित हाल उनका ९ जना सन्तान (४ छोरा र ५ छोरी) जीवित छन् भने ३ सन्तानले जन्मिएलगत्तै संसार देख्न पाएका छैनन्। सुत्केरीको अवस्थाबारे जानकारी पाएपछि लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी अस्पताल पुगेर धनकुमारीको स्वास्थ्य अवस्थाबारे जानक

    • प्रकाशित मितिः असोज २९, २०८२
    • ३४२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A