समाज

    Showing ६१-७० of ८१८ items.
  • जसपा लहान नगर अध्यक्षमा महतो निर्वाचित

      जीवछ उदासी  लहान,बैशाख ४ गते  जनता समाजवादी पार्टीको लहान नगर कमिटिको अध्यक्षमा राम उदगार महतो निर्वाचित हुनु भएको छ ।  सर्वसम्मत कमिटि चयन हुन नसकेपछि अध्यक्ष उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्ष पदको लागि आज सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा राम उदगार महतो ७० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उहाँलाई योगेन्द्र (कारी) यादवले ६१ मत ल्याएर पछ्याउनु भएको थियो ।  यसैगरी उपाध्यक्षमा शत्रुधन यादव ,चन्द्र नारायण कुशवाहा सचिवमा राम औतार महतो सह सचिवमा क्रमश: शिव कुमार महतो र राम किसुन यादव र कोषाध्यक्षमा राधा महतो निर्वाचित हुनु भएको छ ।  १३५ प्रतिनिधि मध्ये १३

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • ६४१ पटक पढिएको
    • समृद्धिपथ
  • न्यायको लागि छटपटाइ रहेकी आनन्दी मृत्यु रोज्न बाध्य

    जीवछ उदासीलहान,चैत ४ गत नवराजपुर गाउँपालिका –३ जगतपुर दुनवारीकी २४वर्षिया विवाहित आनन्दी देवी सदायसँग पुस ९गते दिनको दस बजेतिर गाउँका दुई युवकहरुले जर्वजस्ती करणीको प्रयास गरेको थियो । जर्वजस्ती करणी प्रयास गरेका युवकहरुलाई प्रहरीले नियणत्रणमा लिन नसकेको र मिलापत्र गराउन निकै दबाब प्रलोभन आइरहेको तनावलाई थेग्न नसकेर बैशाख २ गते दिनको १२ बजे झुण्डिएको अवस्थामा मृत्यु अवस्थामा फेला परेकी थिइन । आनन्दी देवी सदायका भाउजु विनिता देवी सदायका अनुसार दिनको दस बजेतिर बरियारपटि गाउँपालिका नरगी गाउँमा बस्ने जेठी दिदी लक्ष्मीनिया देवी सदायसँग भेट्न घरबाट हिडेकी थिइन । घरदेखिपश्चिम एक किलोमिटरको दु

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • ६१७ पटक पढिएको
    • समृद्धिपथ
  • हिंसा भड्काउने प्रयासप्रति मुख्यमन्त्री सतिशकुमार सिंहको गम्भीर चासो, दोषीमाथि कडा कारबाहीको निर्देशन

    सिरहा, वैशाख ३ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगंजमा हनुमान जयन्तीको शोभायात्राका क्रममा उत्पन्न तनाव र त्यसपछिका हिंसात्मक घटनाप्रति गहिरो चासो व्यक्त गर्दै दोषीमाथि कडा कारबाहीको निर्देशन दिनुभएको छ। प्रेस सल्लाहकार अनिलकुमार कर्णद्वारा जारी विज्ञप्तिअनुसार मुख्यमन्त्री सिंह तनाव साम्य पार्दै जनजीवनलाई सहज बनाउन सम्बन्धित प्रशासनिक तथा प्रहरी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहनुभएको हो। मुख्यमन्त्रीले समाजका सबै धार्मिक, साँस्कृतिक र जातीय समुदायबीच आपसी सम्मान र भाइचाराको आधारमा मात्रै सहिष्णुता र शान्ति कायम हुन सक्ने धारणा राख्नुभएको छ। उहाँले साम्प्रदायिक विद्वेष फैलाउ

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • ६३७ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा गृहमन्त्रीको गम्भीर चासो, सत्यतथ्य छानबिनको निर्देशन

    सिरहा, वैशाख ३ । सिरहाको नवराजपुर गाउँपालिका–३, जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको रहस्यमय मृत्यु प्रकरणमा गृहमन्त्री रमेश लेखकले गम्भीर चासो व्यक्त गर्नुभएको छ। गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई फोन गरी घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन दिनुभएको गृहमन्त्रालयको सचिवालयले जनाएको छ। आनन्दीदेवी मङ्गलबार आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनी करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी थिइन्। पुस ९ गते दिदीलाई भेट्न जान लागेकी आनन्दीदेवीमाथि स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले जबर्जस्ती करणी प्रयास गरेका थिए। घटनापछ

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • ७०० पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको लक्ष्मीपुर पतारीमा लाखौं भक्तजन सहभागी ऐतिहासिक मेला सम्पन्न

    फिरोज सिद्दिकी सिरहा । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ मा अवस्थित ऐतिहासिक पतारी पोखरीमा नव वर्षको दोस्रो दिन वैशाख २ गते प्रत्येक वर्ष झैं यसपटक पनि भव्य मेला सम्पन्न भएको छ। नेपाल, भारत लगायत विभिन्न देशका लाखौं श्रद्धालु भक्तजनको उपस्थितिमा मेला विशेष धार्मिक वातावरणमा सम्पन्न भएको हो। विशेषगरी निःसन्तान दम्पतीहरू सन्तान प्राप्तिको कामनासहित आउने यस मेलामा भक्तजनहरूको अपार भीड लाग्ने गरेको छ। सन्तान प्राप्तिको विश्वासका साथ पोखरीमा स्नान गरी पहिलो डुबुल्कीमै भेटिएको कुनै पनि जीवलाई मुठ्ठीमा राखी गाउँको सीमा नाघेपछि मात्र कपडा फेर्ने परम्परा वर्षौंदेखि चलिआएको छ। लक्ष्म

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • ६९९ पटक पढिएको
    • समृद्धिपथ
  • हावाहुरीले एकल महिलाको झुपडीको छाना उडाएपछि बिचल्ली

    सिराहा, वैशाख २ गते । सोमबार राति आएको भीषण हावाहुरीले मिर्चैया नगरपालिका–१, महदेवास्थित सार्वजनिक पोखरीको डिलमा रहेको एक झुपडीको छाना उडाएपछि त्यहाँ बसोबास गर्दै आएकी एकल महिला फुदुरदेवी सदा बिचल्लीमा परेकी छन्। झुपडीको छाना उडेर घर खुलेको आकाशजस्तो भएपछि उनी छोरीसहित छिमेकीको घरमा शरण लिन बाध्य भएकी छन्। झन्डै दुई वर्षअघि श्रीमान् मगनिया सदाको निधन भएपछि करिब ४३ वर्षीया फुदुरदेवी आफ्ना दुई छोराहरू विदेशिएका र छोरीसँग गाउँमै मजदुरी गर्दै गुजारा चलाइरहेकी थिइन्। अत्यन्तै विपन्न अवस्था र अभावमा बस्दै आएकी सदा परिवारले दुःखसुख गरेर बनाएको टिनको छानासमेत हावाहुरीले उडाएपछि अहिले खुला आकासम

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • ४६० पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा एमालेमा सर्वसम्मत कि चुनाव ? चर्चामा अशोक यादव

      जीवछ उदासी  नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनको बन्द सत्र सिरहा सदरमुकाम सिरहामा चलि रहेको छ । सर्वसम्मत नेतृत्व चयनको लागि अध्यक्ष मण्डल लागि परेको छ । अध्यक्ष मण्डलको संयोजक एमाले सिरहा इन्चार्ज केन्द्रिय सदस्य सर्बसम्मत नेतृत्व चयनको लागि सारा तागत झोक्नु भएको छ । उद्घाटन सत्रमा पार्टीमा गुट उपगुटको जन्म हुन नदिन सर्वसम्मत नेतृत्व चयनको लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले निर्देशन दिनु भएको थियो । अध्यक्ष ओलीको निर्देशनलाई आधार बनाएर नै मधेश प्रदेशको इन्चार्ज समेत रहनु भएको लिलानाथ श्रेष्ठ सर्वसम्मत नेतृत्व चयनको लागि पार्टीको पुरानो पुस्ताबाट नेतृत्व छान जोड घटाउ

    • प्रकाशित मितिः चैत २८, २०८१
    • ९४० पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षक आन्दोलनले शैक्षिक सुधारको माग पनि थपियोस्

      जीवछ उदासी  शिक्षा कुनै पनि देशको विकासको मेरुदण्ड हो । शिक्षाको जग बलियो भएन भने विकासको गति अघि बढ्दैन । नेपालको संविधानमा मौलिक हकको धारा ३१ मा उल्लेख भए अनुसार शिक्षा सबैले समान शिक्षा र नि:शुल्क शिक्षा पाउन नसकिरहेको पनि प्रष्टै छ । देशमा जारी २०२८ को शिक्षा ऐन संशोधन माथि संशोधन गरेर चलि रहेको छ । देशमा राजनीतिक परिवर्तन पटक पटक भयो तर नयाँ शैक्षिक ऐन आउन नसक्नु दुर्भाग्य हो । तीन तहको सरकार मध्ये स्थानीय सरकारलाई शिक्षा हेर्ने दिएको अधिकारको चरम दुरुपयोग भइरहेको छ । स्थानीय सरकारका प्रमुखले कुन शिक्षक कुन दलमा रहेको आधारमा दृष्टिकोण बनाएर पुर्वाग्रही भइ दुख दिइने कामले शिक

    • प्रकाशित मितिः चैत २६, २०८१
    • ८६० पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा पत्रकार मुकेश यादवमाथि सांघातिक आक्रमण : दोषीमाथि कारबाहीको माग

    फिरोज सिद्दिकी सिरहा, चैत २२ गते । सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोक नजिकै बिहीबार साँझ पत्रकार मुकेश यादवमाथि अज्ञात समूहद्वारा भएको सांघातिक आक्रमणप्रति देशभरका पत्रकार संगठनहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।  नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी नेपाल लगायतका पत्रकार संगठनहरूले एकपछि अर्को प्रेस विज्ञप्ति जारी गर्दै घटनाको कडा निन्दा गरेका गर्दै दोषीलाई अविलम्ब पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका हुन्। सिमापोस्ट अनलाइनका सम्पादक तथा राससका संवाददाता समेत रहेका यादवमाथि बिहीबार साँझ करिब ७:४५ बजे दुई वटा मोटरसाइकलमा आएका ४–५ जना नक

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ५७१ पटक पढिएको
    • समृद्धिपथ
  • पदीय मर्यादाको ख्याल गरियोस

    जीवछ उदासी, चैत २० गते लहान नगरपालिका देशकै सबैभन्दा बढी २४ वटा वडाहरु भएको नगरपालिका हो । एक लाखभन्दा बढी जनसंख्या रहेको यस नगरपालिकाको सांस्कृतिक राजनीतिक र धार्मिक क्षेत्र लोभ लाग्दो रहेको छ । यस नगरको विकासको लागि पूर्व नगरप्रमुख मुनि साहको कार्यकालमा हाम्रो लहान,समृद्ध लहानको नारा कार्यान्वयन गर्न अघि बढ्यो । वर्तमान नगरप्रमुख महेश प्रसाद चौधरीले नारालाई परिमार्जन गरी नारालाई केहि शब्दहरु थपेर लम्बे चौडे बनाउनुभयो । अर्थात फरक कार्यकाल फरक नारा हाम्रो लहान,सभ्य सुन्दर र सम्पन्न लहान राखियो । नाराको कार्यन्वयनको लागि एकल राजनीति दलीय सिण्डिकेटबाट संभव छैन । यसको लागि सहमति सहकार्य आवश्यक

    • प्रकाशित मितिः चैत २०, २०८१
    • ७०९ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A