जिवछ उदासी लहान, लहान नगरप्रमुख मुनि साह सुँडीले भवरापार्कले पर्यटकीय लोभ्याउने विश्वास व्यक्त गर्नु भएको छ ।लहान वडानम्बर १ र १० पर्ने भवरापर्क निर्माण कार्यको उद्घाट्न र भूमिपूजा गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकामा धार्मिक र मनोरञ्जनको दृश्यले पर्यटकीय संभावना रहेको लहान नगरपालिकामा निर्माण सुरु भएको भवरापार्कले लहान आउने आन्तरिक वा वाहिय धार्मिक पर्यटकीयहरुले एक पटक भवरापार्क भवरापार्क आउनैपर्ने लोभलाग्दो मनमोहक पार्क निर्माण हुने प्रमुख साहले प्रष्ट्याउनुभयो । भवरापार्क निर्माण कार्यको साइड इन्जििनियर एकमणि सिफलियाले २०७८ पुष ३० गतेसम्म सम्पन्न हुने आयोजना भ्याट समेत ५ करोड
समृद्धिपथ समाचारदाता, लहान । लहान नगरपालिकाका उपप्रमुख सरियार कुमारी चौधरीले बढ्दो आत्महत्याको घटना रोक्न सबै संघ सस्था, स्थानीय निकाय, पत्रकार सरोकारवालाहरु सबै मिलेर रोकथाममा लाग्नु पर्ने बताउनु भएको छ । २९औं लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘आत्महत्याको अवस्था र हाम्रो दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा आइतवार यस्तो बताउनु भएको हो । बढ्दो आत्महत्याको घट्ना रोक्न सबैपक्ष उतिकै जिम्मेबार हुनुपर्ने भन्दै आत्महत्याका घट्नामा कमि ल्याउन लहान नगरपालिकाले बजेट विनियोजन गरेर सामाजिक परामर्शदाताहरुलाई खटाएर घट्ना न्यूनिकरणतर्फ ठोस पहल गर्ने नगर उपप्रमुख तथा न्यायिक स
लहान । ओरेक परियोजना कार्यालय सिरहाले सिरहा नगरपालिकाको १४, १५ र १६ वडाका सय जनागर्भवती, सुत्केरी र अतिविपन्न परिवारलाई राहतबितरण गरेको छ । मंगलबार तीन वटै वडा कार्यलयको सहकार्यमा सय जनागर्भवती, सुत्केरी र अतिविपन्न परिवारका महिलालाई वडा नं. १६ र १४ का वडा अध्यक्षको उपस्थितिमा राहतबितरण गरेको हो । राहतमा २५ किलो चामल, १ किलो चना, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल, १ किलो सर्फ, नुहाउने साबुन र प्याडको लागिप्रयोग गर्न २ मिटर सुतीको कपडा रहेको ओरेक सिरहाकी कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले जानकारी दिनुभयो । कोरोना महामारीका कारण अहिले पनि अवस्था समान्य नभएको अवस्थामा ओरेकले दिएको राहतल
जिवछ उदासी लहान,मंसिर १६ गते । ‘अपन संस्कृति अपन पहिचान वृद्धवृद्धाके करु सम्मान ’ मूल नाराका साथ लहान –१८ ले बृद्धबृद्धमलाई सम्मान गरी सामा चकेवा महोत्सव लहान १८ भदैया सम्पन्न भएको छ । महोत्सवको समापन्न समारोहलाई लहान नगरपालिका उपप्रमुख सरियार चौधरीले सम्बोधन गर्दै भन्नुभयो,लोप हुन लागेको सामा चकेवा पर्वलाई थारु समुदायको युवा युवती नयाँ पुस्ताले महोत्सवको रुपमा मनाएर नयाँ जीवन दिएको छ । यसलाई अझै विस्तार गरेर सामाजिक एकता सदभाव र संस्कृतिको रक्षाको लागि महोत्सव प्रेरणादायी भएको बताउनुभयो । आफै सामा चकेवाको गीत गाएर उपप्रमुख चौधरीले वृद्धवृदालाई दोसल्ला ओढाई फूलको माला लगा
सिरहा । सिरहाको गोलबजार नगरपालिका– ४ का दुई कपडा पसलमा आज बिहान आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ । गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी हुँदा नगद रु ५० हजारसहित कपडा जलेर नष्ट भएको हो । आगलागीबाट सँगै रहेका दुई कपडा पसलमा रहेका कपडालगायत सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । पसलका सबै सटर बन्द थिए । विद्युत् चुहिई आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि यकिन हुन नसकेको प्रहरीले जनाएको छ । गोलबजार, मिर्चैया र लहान नगरपालिकाका वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना
जिवछ उदासी लहान, लहान नगरप्रमुख मुनि साहले सामुदायिक विद्यालयको सुधारको लागि शिक्षक शिक्षिकाहरु आफ्नो कार्यशैलीमा परिवर्तन गर्न सबैमा आग्रह गर्नुभयो । लहान–१८ भदैयामा रहेको राजाजी जनता आधारभूत विद्यालयको भवन शिलान्यास र आधारभूत विद्यालयबाट माध्यमिक विद्यालयमा परिणत नाम भएको बोर्डको उद्घाट्न गर्दै यस्तो बताउनु भएको हो । नगरप्रमुख साहले भन्नुभयो,‘चुनावमा गरेको चुनावी प्रतिवद्धताहरुमध्ये ९० प्रतिशत प्रतिवद्धता पुरा गर्न कार्यक्रमहरु अघि बढिसकेको छ । सामुदायिक विद्यालयको सुधार एक चुनौतीको रुपमा देखिएकोले सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरु आफूसँग भएको ज्ञान सीप कलाको प्
महोत्तरी । महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रमममा प्रहरी हस्तक्षेप भएको छ । अवस्था तनावग्रस्त भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै गोली समेत चलाएको छ । स्थानीयले विहानैदेखि गरेको उग्र प्रदर्शन नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागि थप २ जना सहित ३ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीको गोली लागेर बर्दिबास १ का श्याम कार्की र आफताब आलम घाइते भएका छन् भने उनीहरुलाई उपचार शुभ स्वस्तिक अस्पतालमा भइरहेको छ । यस अघि गोली लागि घाइते हुनेमा स्थानिय युवा संजय न्यौपाने रहेको छ । घाइतेको उपचार वर्दिवास स्थित पिनाकल हस्पिटलमा भइरहेक
फिरोज सिद्दिकी, लहान । लहान नगरपालिकाले निर्माण गर्न लागेको सलहेश दिनाभद्री सपिङ्ग कम्प्लेक्सको मंगलवार शिलान्यास गरिएको छ । लहान नगरपालिका १ स्थित रहेको तरकारी बजारमा निर्माण हुन लागेको सपिङ्ग कम्पलेक्सको लहान नगरप्रमुख मुनि साहले शिलन्यास गर्नु भएको हो । शिलन्यास कार्यक्रममा वोल्दै लहान नगरप्रमुख साहले भवन निर्माण पश्चात नगरपालिकाको आर्थिक प्रगती वढ्ने जानकारी दिनुभयो । आफूहरु नगरपालिकाका जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनु भयो । अहिले सञ्चालनमा रहेको भानुभक्त बाचनालय, नया बजार स्थित रहेको तरकारी बजारलाई नयाँ स्वरुपका साथ अगाडी बढाइएको जानकारी दिदै उहाँले यी सम्पूर्ण योजनाह
लहान । लहानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अस्पताल तोडफोड समेत गरेका छन् । प्रसूति गराउन शनिबार दिउँसो लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल लगिएकी सुखीपुर नगरपालिका–९ बैसाखाकी २७ वर्षीया आरती साहको शल्यक्रियाका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि अस्पताल सञ्चालक, कर्मचारी र चिकित्सकहरू बेपत्ता भएको महिलाका आफन्तले बताएका छन् । ‘डाक्टरले लापरबाही गरेकैले मेरी पत्नीको मृत्यु भएको हो,’ पति प्रमोद साहले भने । लापरबाही गर्ने चिकित्सकमाथि कारबाही गर्नुपर्ने उनको माग छ । आक्रोशित स्थानीयले आइतबार ब
काठमाडौँ । रोजगारीका लागि कतारमा नयाँ श्रम स्वीकृति लिएर जानेका लागि बाटो खुलेको छ । यसअघि बिदामा गएकालाई लिँदै आएको कतार सरकारले अघिल्लो साता सूचना निकालेर नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्नसक्ने बताएसँगै नेपाली श्रमिकका कतार जाने बाटो खुलेको हो । कतारस्थित नेपाली दूतावासले पनि आइतबारदेखि नयाँ मागपत्र प्रमाणीकरणको काम थाल्ने जनाएको छ । कतार सरकारको सूचना आएसँगै दूतावासले नयाँ मागपत्र प्रमाणीकरण थाल्ने जानकारी गराएको हो । कोरोनाका कारण यसअघि कतारले नेपालसहित विभिन्न देशलाई उच्च जोखिमको सूचीमा राखेको थियो । उच्च जोखिममा राखेको देशका नागरिकका लागि कतार सरकारले नय
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A