जीवछ उदासी फागुन १७ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी जनतासँग गहिरो सम्बन्ध जोडन हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानमा रहेको बताउनु भएको छ । झापाबाट सुरु भएको अभियान फागुन १६ गते सिरहाको भगवानपुरबाट सुरु भएको अभियान आज फागुन १७ गते सिरहा स्थित सुर्य नारायण सत्य नारायण मोरबैता बहुमुखी क्याम्पसको प्राङगनमा आयोजित सभालाई सम्बोधन गरी सिरहाबाट धनुषातर्फ प्रस्थान गरेको छ । सिरहालाई आफ्नै माइतीघर सम्झिने प्रचण्ड सिरहा आएपछि आफ्नै घर आएको महसुस हुने गरेको बताउनुभयो । भगवानपुरमा भव्य स्वागत शुक्रबार भगवानपुर
फिरोज सिद्दिकी लहान । लामो रस्साकस्सीपछि अन्ततः लहान नगरपालिकाका मेयर महेश चौधरी र खुट्टी नहर सिंचाई संघर्ष समिति बीच समझदारी कायम भएको छ। संघर्ष समितिको निरन्तर आन्दोलनका कारण लहान क्षेत्रको शान्ति सुरक्षा तथा सामाजिक सद्भाव प्रभावित भएको भन्दै नगरपालिका र समितिले संयुक्त बैठक गरी सम्झौतामा हस्ताक्षर गरेका हुन्। बिहीबार जिल्ला प्रशासन कार्यालय सिराहामा भएको सम्झौता अनुसार, लहान नगरपालिका क्षेत्रभित्र निर्माणाधीन खुट्टी खोला सिंचाई नहर खुला रूपमा निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहको लगानी जुटाउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, हाल भईरहेको नहरमा ढल निर्माण कार्यलाई स्थगित
फिरोज सिद्दिकी लहान, माघ १३ गते। लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीद्वारा पुनः वार्ता र संवादको आव्हान केवल कर्मकाण्डी प्रक्रिया मात्र भएको संघर्ष समितिले आरोप लगाएको छ। मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै खुट्टी खोला सिँचाइ नहर संघर्ष समितिले नगर प्रमुखको वार्ता गर्ने शैलीप्रति गम्भीर असहमति जनाउँदै यस्तो बताएको हो। संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा नगर प्रमुखले वार्तालाई कर्मकाण्डी रूपमा प्रयोग गर्दै बारम्बार सहमति तोड्ने गरेको आरोप लगाइएको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, पछिल्ला सात महिनामा आठौँ पटक वार्ताको प्रस्ताव आएको छ। तर
लहान, माघ १२ गते । लहान नगरपालिकाका मेयर महेश चौधरीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगातार ६ घण्टासम्म बयान लिएको छ। आज बिहान १० बजे आयोगको बर्दिवासस्थित कार्यालयमा हाजिर भएका मेयर चौधरीसँग आयोगले इन्धन खर्चमा देखिएको अनियमितताका विषयमा विस्तृत बयान लिएको हो। सूत्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा २ करोड रुपैयाँ र २०८०/८१ मा ३ करोड रुपैयाँ इन्धन खर्च भएको विवरण देखिएपछि अख्तियारले प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। पहिलो चरणमा अख्तियारले नगरपालिकाले इन्धन वापत दिएको भुक्तानी र सम्बन्धित कागजात झिकाएर अध्ययन गरेको थियो। प्रारम्भिक अध्ययनपछि अनियमितता देखिएपछि विस्तृत छानविन अगाड
राबिया बसरिया एजुकेशनल एकेडेमी (कन्या विद्यालय), लहानका संस्थापक प्रिन्सिपल मो. हासिम राईनले बालिका शिक्षामा गुणस्तरीय शिक्षा र व्यावसायिक तालिमको महत्वलाई उजागर गर्दै विद्यालयको विकास यात्रा प्रस्तुत गरेका छन्। हाम्रा सहकर्मीले उनीसँग गरिएको यस विशेष कुराकानीमा विद्यालयको स्थापना, नाम परिवर्तन र भविष्यका योजनाबारे विस्तृत चर्चा गरिएको छ। कुराकानीका केही संपादित अंशः ० विद्यालय स्थापना कहिले र किन गर्नुभयो?— विद्यालयको स्थापना सन् २०१६ मा जामिया राबिया बसरिया लिलबनातको नामबाट गरिएको थियो। यो विद्यालय खोल्ने मुख्य उद्देश्य बालिका शिक्षालाई प्राथमिकता दिनु र उर्दु शिक्षालाई प्रवद्र्धन गर्
फिरोज सिद्दिकी लहान, माघ ११ गते । सिरहाको लहानमा बलात्कार, हत्या र जातीय छुवाछुतविरुद्ध न्यायको माग गर्दै विरोध र्याली निकालिएको छ। विभिन्न संघसंस्थाहरूको संयुक्त आयोजनामा लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको र्याली रमेश महतो चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। विरोध प्रदर्शनमा सहभागीहरूले 'दण्डहीनताको अन्त्य गर', 'रिंकु सदालाई न्याय दे', 'कानूनी शासन सुनिश्चित गर', 'न्याय किनबेच गर्न पाइँदैन' जस्ता नारासहित प्रदर्शन गरेका थिए। कोण सभामा महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय अध्यक्ष श्यामकुमारी साहको विशेष उपस्थिति रहेको थियो। वक्त
फिरोज सिद्दिकी लहान, माघ १० गते । लहान नगरपालिकाद्वारा वार्ताका लागि गरिएको आह्वान एक नाटक मात्र रहेको खुट्टी नहर संघर्ष समितिका संयोजक धर्मराज चौधरीले बताएका छन्। शनिबार प्रेस विज्ञप्ति मार्फत नगरपालिकाले वार्ताका लागि आह्वान गरिरहेको भए पनि वास्तविक रूपमा वार्ताको वातावरण नबनाएको आरोप संघर्ष समितिले लगाएका हुन्। मेयर महेश चौधरीले हालै प्रेस विज्ञप्ति जारी गर्दै संघर्षरत पक्षलाई वार्ताका लागि आग्रह गरेका थिए। तर, संयोजक धर्मराज चौधरीले उक्त आह्वानलाई ‘झुटो आश्वासन’ भन्दै नगरपालिकामाथि गम्भीर आरोप लगाए। उनका अनुसार, मेयर चौधरी पटकपटक वार्ताका नाममा केवल आश्वासन बाँड्
जीवछ उदासी फागुन ११ गते नवराजपुर गाउँपालिका –४ का मुकेश यादव अहिले मङगल दिप अजरवत्ती उद्योग चलाएर आफू आत्मनिर्भर हुनुको साथै अन्य चार जनालाई समेत रोजगारी दिन सफल हुनु भएको छ । नवाजपुर गाँउपालिकामा कम्प्युटर अपरेटरमा करारामा कार्यरत मुकेश यादवको करारको जागीर गाउँपालिका अध्यक्षमा अर्को दलले चुनाव जितेपछि म्याद नथपिदिएपछि बेरोजगार हुन पुगेको थियो मुकेश यादव । एउटा जागिर खेसिएपछि अर्को जागिर गर्न निकै प्रयाररत रहेको उहाँले सुनाउनुभयो । ‘केहि दिन रोजगारीको लागि निकै भौतारिए तर जागिर नभएपछि कुनैबेला विदेश नै जाने मनपनि भयो । विदेश जानुभन्दा आफ्नै गाउँ ठाउँमा केहि गर्न पाए हुन्थ्यो कि च
फिरोज सिद्दिकी लहान, माघ ८ गते । लहान नगरपालिकाले खुट्टी नहरलाई ढलमा परिणत गर्ने ठेक्का दिएको विरोधमा सात राजनैतिक दल र विभिन्न किसान संघ संगठनहरूले संयुक्त रूपमा आन्दोलन गर्ने घोषणा गरेका छन्। विगत केही महिनादेखि स्थानीय किसान र विभिन्न दलले पटकपटक विरोध जनाउँदै ज्ञापनपत्र बुझाए पनि नगरपालिकाले मागको बेवास्ता गरेको आरोप संयुक्त पत्रकार सम्मेलन मार्फत लगाइएका हुन्। खुट्टी नहर सिचाइ उपभोक्ता किसान संघर्ष समितिले दुई चरणको आन्दोलन र जनजागरण अभियान चलाइरहेको भए पनि नगरप्रमुख महेश प्रसाद चौधरीले सहमति उल्लङ्घन गर्दै प्रहरी प्रशासनको बलमा केही भागमा होम पाइप राखेर नहर पुर्न थालेको कि
फिरोज सिद्दिकी सिरहा, माघ ७ गते । सिरहाको ठाडीस्थित प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मको टोलीले बुधबार नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको प्रतिबन्धित महुर प्रजातिको भुरा माछा नियन्त्रणमा लिई नष्ट गरेको छ। सशस्त्र प्रहरी निरीक्षक राजेश आचार्यका अनुसार भारतबाट नेपालतर्फ ल्याउन खोजिएको करिब १५ केजी महुर प्रजातिको माछालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर प्रहरी कार्यालय हाताभित्र नष्ट गरिएको हो। महुर प्रजातिको माछा नेपालमा स्वास्थ्य जोखिमको कारणले प्रतिबन्धित छ। यस माछाको सेवनले क्यान्सरजस्ता गम्भीर रोगहरू निम्त्याउन सक्ने भएकाले नेपाल सरकारद्वारा यसको
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A