फिरोज सिद्दिकी, लहान । सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रूपमा परिभाषित गरी कानुनीरूपमा दण्डनीय बनाउन ल्याएको अध्यादेश खारेजीको माग गर्दै पीडित साहु संघर्ष समिति सिरहाले नारा जुलस गर्दै विरोध प्रदर्शन गरेका छन् । आइतवार सिरहाको लहानमा पीडित साहु संघर्ष समिति, सिरहाले आयोजना गरेको विरोध कार्यक्रममा २०८० अध्यादेशको दफा २४९ ‘क’ खारेज गर्नु पर्ने मागसहित विरोध प्रदर्शन गरेका हुन् । समितिले साहु पीडितको साँवा र व्याज उपलब्ध गराउनु पर्ने, अदालतमा तमसुक दर्ता गर्नेकाम जारी राख्नु पर्ने, मिटरब्याजको नाममा भइरहेको लेनदेन आतंक बन्द गर्नुपर्ने, स्थानीय निकायमा जाँचबुझ गरि मात्र प्रमाण
फिरोज सिद्दिकी लहान । लहान नगरउपप्रमुख राम चलितर महतोले नगरपालिकामा भएको व्यापक भ्रष्टाचार र वेथितिको विरुद्धमा आफू जनतासंगै उभिएको बताएको छ । लहान नगरपालिकामा विकास निमाणर्को काममा भैरहेको व्यापक भ्रष्टाचारको विरोध गर्दै उपप्रमुख महतोले प्रेस-विज्ञप्ती मार्फत जनाएको हो । लहान नगर प्रमुख महेश प्रसाद चौधरीले आफूले गरेको गलत क्रियाकलापका समाचार ढाकछोप गर्न आफ्नो आसेपासे र पत्रकारहरूलाई राजनीतिक नियुक्ति दिएको आरोप लागेका छन् । अहिले देशैभरी भ्रष्टाचार र वेथिति विरुद्ध जनता जागरुक भैरहेको बेला लहान नगरपालिकामा भएको व्यापक भ्रष्टाचार र वेथितिको विरुद्ध आफू जनतासँगै उभिएको उपप्रमुख महतोले बताउनु
फिरोज सिद्दिकी, लहान । तराई मधेशका जिल्लाहरुसंगै सिरहामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह-२०८०’ शुरु गरिएको छ । ‘ट्राफिक नियमको पालना गरौँ, सभ्य नागरिक बनौ’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानको आयोजनामा आज सोमवारदेखि सप्ताहव्यापी ट्राफिक सचेतना अभियान शुरु गरिएको हो । प्रमुख अतिथिका रुपमा लहान नगरपाकिलाका नगरप्रमुख महेश प्रसाद चौधरी र प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले कार्यक्रमको उद्घाटन गर्दै दुर्घट्ना न्युनीकरणका लागि सवैले ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख चौधरीले ट्राफिक नियम प्रति सवै
सिरहा जिल्लामा अहिले शैक्षिक माफियाहरूको हर्कत बाहिर आउन थालेको छ । शिक्षाको नाममा आम नागरिक ठगिने क्रम अझै रोकिएको छैन । लहान स्थित रहेको एक पुस्तक पसलले ३२ भन्दा बढी विद्यालयहरूको पुस्तक बेच्ने ठेक्का लिएका छन् । संस्थागत विद्यालय (वोर्डिङ्ग स्कूल) कमिसनको खेलमा वर्षे पिच्छे किताब परिवर्तन गरेर विद्यार्थी तथा अभिभावकलाई दुख दिने गरेका छन् । निजी विद्यालयमा हुने गरेको कमिसनको खेललाई अभिभावकहरू उजागर गरेको छ। निजी विद्यालयमा अनावश्यक पुस्तक, विद्यार्थीले बोक्नै नसकी भारी र अभिभावकले नसकने महँगी यो त वर्षौँको नियति भएको छ अनि विद्यालयले नै तोकेको ठाउमा किताब, कापी, ड्रेस, टाइवेल्ट किन्नु पर्ने
जीवछ उदासी लहान,बैशाख १३ गते । लहान नगरपालिका -३ अस्पताल चोकमा ठाडी भगवानपुर जाने सडकको पश्चिम किनारामा दुइ दशकभन्दा आगाडि आफ्नो जग्गामा घर निर्माणसँगै बौन्ड्री पर्खाल पनि लगाइ सकेको श्याम सुन्दरी देवी यादवको पर्खाल दक्षिणतर्फका संधियार उर्मिला यादवनीका छोरा देव कुमार यादवले भत्काइ दिएको छ । श्याम सुन्दरी देवीका पति इन्द्र नारायण यादवको अनुसार एक कठा सबा दुइ धुर जग्गामा घर निर्माणपछि २०६७ माघ १९ गते लहान नगरपालिकाबाट बाउन्ड्री वालको नक्सा पास गराइ घेरेका थिए । नक्सा पास गर्नुभन्दा नगरपालिकाबाट आएका प्रविधिकले मेरो जग्गा छिट्टयाइ दिएको थियो । २०७९चैत ३ गते मेरो पिता
फिरोज सिद्दिकी सिरहा । तोकिएकै पुस्तक पसलबाट पुस्तक किन्नुपर्ने ठेकेदारी प्रथाका कारण सिरहाका अभिभावक मारमा परेका छन् । केही संस्थागत विद्यालयले कमिसनको लोभमा अभिभावकलाई तोकिएकै पुस्तक पसलबाट पुस्तक किन्न बाध्य पारिएपछि सिरहामा यस्तो स्थिति आएको हो । यहाँका नाम चलेका केही विद्यालयले अभिभावकलाई जबर्जस्ती पुस्तकको सूची दिएर अभिभावकलाई तोकेकै पसलबाट पुस्तक किन्न बाध्य पारिरहेकाछन् । यहाँ सञ्चालनमा रहेका अधिकांश विद्यालयमा ठेकेदारी प्रथामार्फत पुस्तक पसलबाट २० देखि ३० प्रतिशतसम्म कमिसन खाने गरेको तथ्य खुलाशा भएको छ । ‘अभिभावकको ढाड सेक्ने गरी यहाँका निजी विद्यालयले महँगो शुल्क असुलेर पनि
बैशाख ११ , काठमाडौँ । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मदेवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्। जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता रोक्दै अघि बढेका यादवले पछिल्लो मतपरिणाम अनुसार २ हजा ६ सय मत प्राप्त गरेका छन्। अहिलेसम्म ६ हजार ७६७ मत गणना भएको छ। सुरुवाती दुई नतिजामा अगाडि रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव त्यसपछि दोस्रो नम्बरमा थिए। तर अहिले फेरि उनले अग्रता अघि बढाएका छन्। कलैयाको शिक्षा तालिम केन्द्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार कुशवाहा २ हजार ६७ मत ल्याएर यादवलाई पछ्याइरह
११ वैशाख, बारा । बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् । यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् । पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका छन् । नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन् ।
फिरोज सिद्दिकी, लहान । ‘समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ सिरहाको लहान ९ मा रहेको श्री माध्यमिक विद्यालय लहान गोठले विद्यार्थी भर्ना कार्यक्रम अन्तरगत र्याली सम्पन्न गरेको छ । शैक्षिक सत्र २०८० का लागि श्री माध्यमिक विद्यालय लहान गोठका विद्यार्थी र शिक्षकहरुको सहभागीतामा र्याली सम्पन्न गरेको हो । उक्त र्याली बासाजोडी, शोभापुरको सिमाना हुँदै लवका टोल, पुरानो टोल, रामजानकी टोल, पछवारी टोल लगायतका स्थानहरुमा परिक्रमा गरेको थियो । निमित्त प्रधानाध्यापक जितेन्द्र महतोले यस माध्यमिक विद्यालय लहान गोठले प्रत्येक वर्षको शैक्षिक प्
फिरोज सिद्दिकी, लहान । विद्यालय र मदरसाका सबै शैक्षिक सुविधाका साथै सुविधा सम्पन्न आवाशिय व्यवस्था सहित लहन ५ मा अल-अमिन नेशनल एकेडमी संचालनमा आएको छ । आजको द्रुत रूपमा परिवर्तन भइरहेको संसारमा, हाम्रा बच्चाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो जिम्मेवारी मध्येको एक अत्यन्त महत्वपूणर् जिम्मेवारी हो । विशेष गरी शिक्षाको बढ्दो आवश्यकता संग, लहानमा अल-अमिन नेशनल एकेडेमीको स्थापना सही दिशामा एक राम्रो आवश्यक कदम हो । एकेडेमी विशेष गरी मुस्लिम बालबालिकालाई ध्यानमा राखेर संचालन गरिएको हो र यसले यी बालबालिकाहरूलाई उच्च गुणस्तरको शिक्षा प्राप्त गर्ने अनौठो अवसर प्रदान गर्नेछन् जुन उनीहरूको सां
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A