फिरोज सिद्दिकी, लहान । थारु कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सिरहाको लहानमा थारु माघी महोत्सव-२०७९ सुरु भएको छ । लहान ९ खुट्टीपारी गोठ टोल स्थित आधारभूत विद्यालयको खेल मैदानमा आजदेखी सुरु भएको महोत्सव माघ २ गतेसम्म सञ्चालन हुनेछ । दुई दिने प्रथम थारु माघी महोत्सवलाई लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले लहान नगरको विकासका लागि सामुदायिक संस्कृतिको विकास हुन जरुरी रहेको बताउनु भएको छ । पक्की सडक र ठूला ठूला भवन बनाएर मात्र विकास न हुने दावी गर्दै जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, नागरिकताका लागि स
लहान । सिरहाको लहान ९ गोठ टोलमा माघी पर्वको अवसरमा प्रथम थारु माघी महोत्सव २०७९ हुँदैछ । श्री लहानगोठ माघी महोत्सव मेला समितिको आयोजनामा माघ १ र २ गते लहागोठमा सो महोत्सव मनाउन लागिएको हो । माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको मूल आयोजक समितिका संयोजक तथा लहान ९ का वडाध्यक्ष घुरल चौधरीले बताउनुभयो । आइतवार र सोमवार दुई दिनसम्म हुने महोत्सवको उद्घाटन लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले गर्नुहुनेछ । महोत्सवमा २९ वटा स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा थारु सांस
पुस २७ , जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। जसपाको मधेस प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हु्न्। उनी यो प्रदेशका लागि दोस्रो मुख्यमन्त्री बनेका छन्। प्रदेशको पहिलो पाँच वर्षे कार्यकालमा जसपाकै लालबाबु राउत मुख्यमन्त्री भएका थिए। उनले अनेक विवादबीच पूरा ५ वर्ष शासन गरे। प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए। त्यहीअनुसार यादवले बुधबार दाबी पेश गरेका थिए। यादवलाई नेकपा एमाले, माओवादी केन्द्र
जीवछ उदासी पुस २३ गते । गोपाल सेवा समितिको लहानको सातौ सधारणसभा सम्पन्न भएकोछ । सम्पन्नसभसबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा गणेश यादव चुनिनु भएको छ । उमेरले ७० पुग्न लागेको यादव इन्जिनियर पदबाट अवकास प्राप्त गरेपछि गोपाल सेवा समितिको अध्यक्षमा दोस्रो कार्यकालको लागि चुनिनु भएको हो । सधारणसभामा जग्गादाता चन्दादाता र २१ हजार तिरेर आजीवन सदस्यता लिएकाहरु मात्रै साधारण सभामा भाग लिन पाउने एक कार्यकाल पदाधिकारी हुनेले मात्रै अध्यक्ष हुने विधान कार्यसमितिबाट संशोधन गरेर साधारण सदस्यहरुको सधारणसभामा सहभागी हुने प्रावधानमा रोक लगाएको हो । सामाजिक कार्य , जातीय उत्
जीवछ उदासी लहान,पुस २२ गते । मिर्चैया नगरपालिकाले बढ्दो शितलहरलाई ध्यानमा राखेर आगो ताप्न दाउराको प्रबन्ध मिलाएको छ । विपत्त व्यवस्थापन समितिका संयोजक समेत रहनु भएको मिर्चैया नगरपालिका प्रमुख श्रवण कुमार यादवले आजदेखि दाउरा वितरणको कार्यलाई तीव्रता दिइएको बताउनुभयो । मिर्चैया नगरपालिकाको कटारी थाना चोक लगायत विपन्न दलित बस्तीहरुमा शितलहर छल्न दाउरा वितरणको कार्यलाई निरन्तरता दिइने प्रमुख यादवले जानकारी दिनुभयो । सिरहा जिल्लाका १७ वटै पालिकाहरुमा शितलहरबाट प्रभावित हुने बस्तीहरुमा दाउरा वितरण र अवश्यक सहयोगको लागि समन्वय भइरहेको जिल्ला समन्वय समिति सिरहा
सीताराम बराल पुस १३ , काठमाडौँ । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले प्रदान गरेको सात दिनको समयावधिभित्र पनि कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धनले प्रधानमन्त्रीको उम्मेदवार चयन गर्न सकेनन्। तर, अन्तिम दिन (१० पुस) एमाले–माओवादी केन्द्रसहितको नयाँ गठबन्धनलाई प्रधानमन्त्री चयन गर्न केही घण्टा पनि लागेन। एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, तीन जना स्वतन्त्र सांसदसहितको गठबन्धनले तीन घण्टाभित्रै सहज रुपमा माओवादी अध्यक्ष पुष्प
पुस १३ , काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएपछि सात प्रदेशका मुख्यमन्त्रीको करिब टुंगो लागेको छ। बुधबार खुमलटारमा भएको वार्तापछि दुई नेताले प्रदेश सरकारको भागवण्डा मिलाएका थिए। दुई नेताहरूबीच भएको सहमतिअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेले लिने भएको छ। प्रदेश १ जसअनुसार प्रदेश १ मा सरकारको नेतृत्व एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले गर्ने छन्। उनी गत आइतवार एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत चयन भइसकेका छन्। प्रदेश सांसद तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्
पुस १० , काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास वालकोटमा सत्ता समीकरणका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई वार्तामा बसेका छन्। नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नदिएर धोका दिएको भन्दै बालुवाटारबाट निस्किएका प्रचण्ड खुमलटारमा केहीबेर आराम गरेपछि बालकोट सत्तामा समीकरणका लागि वार्तामा बसेका हुन्। २०७७ फागुनमा तत्कालीन नेकपा विभाजन भएपछि पहिलो पटक ओलीसँग वार्ताका लागि प्रचण्ड बालकोट पुगेक
लहान । लहान नगरपालिकाले लहान-३ स्थित बालन खोला छेउमा रहेको सन्यासी सामुदायिक वनमा निर्माण गर्न लागेको फोहोर व्यवस्थापन तथा मानव लेदो संकलन तथा मल उद्योग निर्माण परियोजनालाई स्थानीयबासीले रोक लगाएको छ । आइतवार लहान ३ स्थित रहेको बस पार्कमा स्थानीयहरुको बैठकबाट डम्पिङ्गसाईट तथा फोहरमैला प्रशोधन केन्द्र परियोजना सन्यासी सामुदायिक वनमा निर्माण हुन नदिने सर्वसम्मतीले निणर्य गरेको हो । लहानको वडा नम्बर २, ३ र १९ मा बसोवासगर्ने नागरीकहरुको जग्गा, किसानको कार्य, मुल आयश्रोत समेत यही क्षेत्रमा रहेकोले निर्माण हुन लागेको परियोजनाबाट विभिन्न किसिमका वेक्टेरीया उत्पन्न भई मानव स्वास्थ्यमा असर गर्ने तथा
पुस ४ , काठमाडौँ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ। लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। खेल जीवनको उत्तरार्धमा रहेका कप्तान मेस्सीले यो आफ्नो लागि अन्तिम विश्वकप भएको बताइसकेका छन्। खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो। निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेप
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A