जिवछ उदासी लहान,कोरोना सङ्क्रमण फैलिन नदिनको लागि पछिलोपटक गरिएको निशेधाज्ञाको समयमा लहानमा विहान वेलुका गरवि मजदुरहरुलाई खाना खुवाउन परोपकार संस्थाले संचालन गरेको फुडबैंकले सकारात्क सन्देस र उदाहरणीय काम गरेको लहान नगरप्रमुख मुनि साहले बताउनुभयो । सिरहा जिल्लामा पुनः भदौ २७ गतेदेअि असोज १० गतेसम्म जारी गरिएको निशेधाज्ञाको समयमा लहानका परोपकार संस्थाले फुडबैंक संचालन गरेर उदाहरणीयम मात्रै होइन, विपद र संकटको समयमा प्रेरणादायी भूमिका समेत देलेको नगरप्रमुख साहले सराहना गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो लहान समृद्ध लहानको नारालाई सफल बनाउनको लागि यस्तै संस्थाहरु चाहिएको छ जुन संकटको व
फिरोज सिद्दिकी, लहान । सिरहाको लहानबाट प्रशारण भइरहेको रेडियो सरगम ९३ मेगाहर्ज पाँचौं वर्षमा प्रवेश गरेको छ । २०७३ साल असोज १० गतेदेखि नियमित प्रशारण थालेको रेडियो सरगम आजदेखि चौथौ वर्ष पूरा गरेर पाँचौ वर्षमा प्रवेश गरेको हो । ‘हरएक मनको आवाज’ सुचना, संगीत र मनोरंजनका लागि हरपल तपाइको साथ’ भन्ने नारा सहित शेख मिडिया हाउस प्रालिद्वारा संचालित रेडियो सरगत ९३ मगाहर्ज सिरहा जिल्लाकै पहिलो ५०० वाट क्षमता भएको रेडियो स्टेशन हो । समाज, राष्ट्र र समुदायको उत्थान, संरक्षण र विकासका साथै विभिन्न उत्पादनहरुको बजार प्रवद्र्धनमा समेत सक्दो सहयोग गर्ने रेडियोले नीति लिएको रेडियो सरगमका
फिरोज सिद्दिकी, लहान । ४१औं सामाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल सिरहा शाखाले सिरहा कारागारमा रहेका कैदीबन्दीहरुका लागि राहत सामग्री हस्तान्त्रण गरेका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलको उपस्थितिमा निमित्त कारागार प्रमुख बविता कुमारी महतोलाई राहत सामग्रंी हस्तान्त्रण गरिएको हो । राहत सामग्रीमा तीन सयवटा झुलका साथै महिलाहरुका लागि डिगनिटी किट जसभित्र नुहाउने साबुन ३ थान, लुगाधुने साबुन ३ थान, काइयो १ थान, नेलकटर १, ब्रस १, टुथपेष्ट १, रबर १, प्याड १, गम्छा १ र पेन्टी २ थान रहेको ओरेक नेपालका कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले जानकरी दिनुभयो ।
जिवछ उदासी लहान, लहान नगरपालिकामा कोरोना सङ्क्रमणको बेलामा महिला हिंसा बढेको नगरउप्रमुख तथा नयायिक समितिका संयोजक सरियार कुमारी चौधरीले बताउनुभयो । नगरपालिकाको ५, १८, २३ र २४ नम्बर वडामा महिला हिंसासम्बन्धी उजुरी नै न्यायिक समितिमा आएको उपप्रमुख चौधरीले भन्दै पति र परिवारको अन्य सदस्यहरुबाट हिंसामा महिलाहरु हिंसामा परेकी उहाँले बताउनुभयो । लहान नगरपालिकाको २४ वटै वडाहरुमा गठित मेलमिलाप समितिले समेत वडा स्तरमा मेलमिलाप गराउन काम गरिरहेकोले पहिलेको तुलनामा सहज भइरहेको उपप्रमुख चौधरीले प्रष्टयाउनुभयो । साउन यता हालसम्म १३ वटा महिला हिंसाको घट्ना दर्ता भएको छ । महिला हिंसा बाहेक लेनदेनस समिा साँ
जिवछ उदासी लहान, असोज १ गते । सिरहाको धनगडीमाइ नगरपालिकाको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख हरि नारायण चौधरीले जनप्रतिनिधि र कर्मचारीको साझा प्रयासबाट समृद्धि र विकास संभव हुने बताउनु भएको छ । पाँच वर्ष अगाडि आजैको दिन ६ वटा गाविसहरु मिलेर बनेको धनगडीमाइ नगरपालिकाको समृद्धि र विकासको लागि सहमति सहकार्य र एकचताको माध्यमबाट अघि वढिरहेको उहाँले प्रष्टयाँउदै भन्नुभयो, सीमित श्रोत र साधनबाट नगरपालिकामा जनप्रतिनिधिहरुले नमूना नगरपालिका बनाउन लागि परेको छ । जनप्रतिनिधिबाट मात्रै संभव छैन । कर्मचारी समूह र राजनीतिक दलहरु समेत सकारात्मक रुपमा सहयोग गरिरहे
जिवछ उदासी लहान, लहान नगरपालिका २३ गढामा प्रदेश सरकारबाट जनता अवास कार्यक्रम अन्र्तगत २४ डुम समुदायको लागि पक्की घर निर्माण सुरु भएपछि त्यस वडाका डुम समुदाय हर्षित भएका छन् । प्रदेश २ सरकारबाट आएको जनता आवास कार्यक्रम अन्तर्गत गढामा रहेका २४ घर डुम समुदायको लागि पक्की घर निर्माण सुरु भएको सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक कुमार यादवले जानकारी दिनुभयो । उहाँको अनुसार प्रति परिवार तीन लाखको दरले ७२ खाखमा पक्की घर निर्माण हुन लागेको हो । तराई मधेशका बस्तीहरुमा अझैसम्म डुम समुदायप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको प्रदेशसभा सदस्य यादवले भन्दै यस समुदायको उत्थान र आर्थिक अवस्था मजबूत बनाउने उद
जिवछ उदासी लहान,भदौ ३१ गते । लहान नगरपालिकका नगरप्रमुख मुनि साहले निष्पक्ष पत्रकारितामा जोड दिन आग्रह गर्नु भएको छ । सिरहाको लहानमा प्रेस संगठन सिरहाका पत्रकारहरुलाई प्रेस ज्याकेट हस्तान्तरण गर्दै यस्तो बताउनु भएको हो । ‘पत्रकारिता समाजको ऐना र सहि सूचना दिने माध्यम भएकोले यसको विश्वश्वनीयतामा प्रश्न नउठ्ने गरी प्रेस संगठन सिरहाको भूमिका हुनुपर्छ’, उहँले भन्नुभयो । केहि पत्रकार मित्रहरुले राम्रो कामलाई पनि भ्रम सृजना हुनेगरी समाचार सम्प्रेण गरिदिँदा काम गर्न असजिलो महसुस भएको भन्दै सत्यलाई बङगयाउन नहुनेमा प्रेस संगठन सचेत हुनुपर्ने सुझाव दिनुभयो । प्रेस संगठनले चासो देखाएमा लह
जिवछ उदासी लहान, लहानको मुख्य चोकमा रहेको अव्यवस्थित तरकारी बजार निर्माणको लागि फुस तथा टहरा घरहरु खाली गराएको छ । आधुनिक तरकारी बजार निर्माण कार्यले चोक व्यवस्थित हुने भन्दै स्थानीयहरु खुसी भएका छन् । न्यू ड्राइगन निर्माण सेवा काभ्रेले भ्याट काटेर चार करोड ११ लाखमा निर्मााण गार्न लिएको ठेक्कामा १५ महिनामा निर्माण सम्पन्न गरिसक्ने निर्माण व्यवसायी शालीकराम गिरीले जानकारी दिनुभयो । यस्तै आधुनिक नयाँ बजार निर्माणको लागि १५ करोडको लागतमा निर्माण हुन टेण्डर हुनै लागेको छ । लहान १ का मनिलाल साह र तरकारी बजारमा रहेको गुप्ता फार्मेसीका संचालक तथा समाजसेवी शंकर प्रसाद गुप्ताले लहान नगरपालिकाले तर
जिवछ उदासी लहान, सखुवानन्कारकटि गाँउपालिकाले दलित समुदायका घरपरिवारलाई राहत वितरण सुरु गरेको छ ।स्थानीय अजय रामको सक्रियचतामा चुजी संस्थाको सहयोगमा राहत वितरण गर्न लागिएको गाँउपालिकाले जनाएको छ । त्यस गाँउपालिकामा रहेको १२३४ दलित घरपरिवारलाई राहत दिन सुरु गरिएको हो । राहतमा जिरा मसिनो चावल २५ किलो, गहुँको पिठो १० किलो, चना १ किलो, मसुरोको दाल १ किलो, तेल १ लिटर र सावुन ६ पीस रहेको छ । पाँच वटै वडामा रहेका दलित समुदायले निशेधाज्ञाको समयमा रोजगारी पाउन नसकेर राहतको लागि गाँउपालिकामा माग गर्न थालेपछि गाँउपालिकाले विभिन्न संघ संस्थाहरुलाई समेत सहयोगको लागि आग्रह गरिएको थियो । गाँउपालिका अध्
जिवछ उदासी लहान, लहान नगरगपालिकाका सहरी क्षेत्रमा थप्रिएको फोहोर आइतबार सहमति भएपछि फोहोर उठ्न सुरु भएको छ । लहान नगरपालिका,सुरक्षा निकाय र वडा नम्बर ४ बीच सहमति भएपछि फोहोर उठ्न थालेको हो । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल जिल्ला प्रहरी प्रमुख उमा शंकर पजियार र सशस्त्र प्रहरी प्रमुख दिपेन्न्द्र गिरी लहान नगरप्रमुख मुनि साह उपप्रमुख सरियार कुमारी चौधरी सम्पूर्ण वडाध्यक्षहरु र अवरोध सृजना गरेको लहान ४ का वडाध्यक्ष रामनाथ पण्डितबीच भएकोृ सहमति अनुसार तीन महिनासम्म वडा नम्बर ४ को वाटोबाट फोहोर ढुवानी गर्ने गाडीलाई अवरोध नगर्ने हाल रहेको ल्याण्डफिलदेखि उत्तर फाल्ने सहमति भएको लहान नगरपालिका
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A