सिरहा, जेठ ४ । भारतसँग सीमा जोडिएको सिरहा जिल्लामा पुनः लागुऔषध कारोबार र स्रोत नखुलेको नगद ओसारपसारमा संलग्न गिरोह सक्रिय भएको देखिएको छ। पछिल्ला २४ घण्टामा प्रहरीले तीन फरक घटनाबाट स्रोत नखुलेको ७१ लाखभन्दा बढी नगद र खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ। सबै घटना सीमावर्ती क्षेत्र वरपर र भित्री सडकमार्गमा भएका हुन्, जसले नेपाल-भारत खुला सीमाको दुरुपयोग गरी आपराधिक गतिविधि मौलाउँदै गएको संकेत गर्छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिरेन्द्रकुमार पाशवानका अनुसार पक्राउ परेकामध्ये एकजनाले यसअघि पनि लागुऔषध कारोबारकै अभियोगमा जेल सजाय भोगिसकेका थिए। शनिबार सा
काठमाडौं । सिरहाको लहान नगरपालिका–१ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयले ८९ जना व्यापारीहरूसँग ९ वर्षअघि पसल सञ्चालनको नाममा उठाएको करोडौं रकममा भ्रष्टाचार भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले छानबिन प्रक्रिया थालेको छ। आयोगले २०८१ साल चैत २५ गते लहान नगरपालिकालाई पत्र पठाउँदै संलग्न विवरण, प्रमाण र राय प्रतिकृया १५ दिनभित्र पेश गर्न निर्देशन दिएको हो। पत्रमा विद्यालयले कुन प्रयोजनका लागि रकम संकलन गर्यो, संकलित रकमको मात्रा कति हो, र सो रकम केमा खर्च भयो भन्नेबारे स्पष्ट विवरण दिन भनिएको छ। आयोगले उक्त रकम संकलन सरकारी वा सामुदायिक विद्यालयलाई
सिराहा, वैशाख २९ गते । प्रहरी निरीक्षक राज यादवद्वारा पत्रकार सुरेश रायमाथि गरिएको अमर्यादित, अपमानजनक र धम्कीपूर्ण व्यवहारप्रति प्रेस चौतारी नेपाल, सिराहा शाखाले गम्भीर आपत्ति जनाउँदै विरोध जनाएको छ। हिमालय टेलिभिजन र रातोमसि डटकमका सिराहा संवाददाता राय आइतबार गोलबजार–४ स्थित वर्धमान अस्पतालमा सुत्केरी महिलाको मृत्युसम्बन्धी घटनाको रिपोर्टिङ गर्न जाँदै गर्दा इलाका प्रहरी कार्यालय गोलबजार अगाडि प्रहरी निरीक्षक यादवले मोटरसाइकल रोकी हेल्मेट नलगाएको भन्दै पत्रकारलाई दुर्व्यवहार गरेको हो। प्रत्यक्षदर्शीका अनुसार, निरीक्षक यादवले रायलाई "हेल्मेट लगाउन आउँदैन? सिकाउनुपर्छ? सिकाइदिउँ?" भनेर
फिरोज सिद्दिकी लहान, वैशाख २९ गते । लहान नगरपालिका–१५ स्थित ढोढनामा रहेको ऐतिहासिक राजदेवी पञ्चावती मन्दिर परिसरमा सोमबार लागेको मेलामा श्रद्धालु भक्तजनका लागि नेपाल मुस्लिम इत्तेहाद संगठन, लहान नगर कमिटीले निःशुल्क चिसो पानी वितरण गरेको छ। मेलामा दर्शन तथा भाकल चढाउन आएका भक्तजनलाई लक्षित गरी संगठनले चिसो पानी वितरणको कार्यक्रम आयोजना गरेको हो। संगठनका अनुसार, नेपाली समाजमा धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकता सुदृढ गर्न यस प्रकारका कार्यक्रम महत्वपूर्ण हुनेछन्। नेपाल मुस्लिम इत्तेहाद संगठनका नव निर्वाचित केन्द्रीय अध्यक्ष हारुण हल्वाईद्वारा घोषित “हाम्रो संगठनले मुस्ल
लहान । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज र इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा बिहीवार बजार अनुगमन गरिएका छन्। संयुक्त बजार अनुगमनका क्रममा लहान क्षेत्रमा सञ्चालित अधिकांश पसलहरू व्यवसाय दर्ता नगरी सञ्चालनमा रहेको, दर्ता भएका व्यवसायको नविकरण नगरेको, खरिदबिक्रीको बिलबिजक नराखेको तथा मूल्यसूची नराखेको अवस्थामा भेटिएका हुन्। अनुगमनका क्रममा अनियमितता भेटिएका पसलहरूमाथि जरिवाना तोकिएको छ। अनिता जनरल स्टोर्सलाई २० हजार, समाया ट्रेडर्सलाई १५ हजार, श्याम इलेक्ट्रोलाई १० हजार र मा इन्टरप्राइजेजलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यसैगरी महावीर वस्त्रालय, बाबा फेन्सी स्टोर्
फिरोज सिद्दिकी नेपालगन्ज, वैशाख १९ गते । नेपाल मुस्लिम इत्तीहद संगठनले आफ्नो सातौं केन्द्रीय महाधिवेशनको सम्पूर्ण तयारी सम्पन्न गरेको छ। महाधिवेशन यही बैशाख २१ गते (शनिबार) बाँके जिल्लाको नेपालगञ्जस्थित 'मेरो प्लानेट' पार्टी प्यालेसमा आयोजना हुनलागेको आयोजकले जनाएको हो। कार्यक्रमका संयोजक तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य सेराज अहमद फारुकीले महाधिवेशनले संगठनको आगामी कार्यदिशा, मुस्लिम समुदायको अधिकार, प्रतिनिधित्व र राज्यका संरचनामा सहभागिता सुनिश्चित गर्ने विषयमा महत्वपूर्ण निर्णयहरू गर्ने जानकारी दिए। महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख आति
फिरोज सिद्दिकी सिरहा, वैशाख १५ गते । सरकारी विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण उत्पन्न शैक्षिक संकट समाधान गर्न सिरहा नगरपालिका वडा नं. ६ ले महत्वपूर्ण कदम चालेको छ। वडाध्यक्ष इन्द्रजित कुमार गोठियाको नेतृत्वमा वडाले भोलि मिति वैशाख १६ गतेदेखि निजी शिक्षक नियुक्त गरी विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो। वडाबाट जारी सूचनामा उल्लेख गरिएअनुसार करिब एक महिनादेखि जारी शिक्षक आन्दोलनले गरिब, निमुखा र दलित समुदायका बालबालिकाहरू शिक्षाबाट वञ्चित भइरहेका छन्। सूचनामा भनिएको छ, 'हामी शिक्षक आन्दोलनसँग ऐक्यबद्धता जनाउँछौं, तर आन्दोलनका कारण सर्वसाधारणका छोराछोरी शिक्षा पाउनब
फिरोज सिद्दिकी सिराहा । यही वैशाख २० र २१ गते नेपालगन्जमा हुने मुस्लिम इत्तेहाद संगठनको ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा किसानहरुको समेत सक्रिय सहभागिता सुनिश्चित गर्न विशेष निमन्त्रणा गरिएको छ। बाँकेको खजुरा गाउँपालिकामा शुक्रबार सम्पन्न अखिल नेपाल किसान महासंघ बाँकेको अधिवेशनमा सहभागी हुँदै मुस्लिम इत्तेहाद संगठनका नेता तथा मुस्लिम फाँट इन्चार्ज मो. हारुन हलवाईले किसानहरुलाई महाधिवेशनमा उत्साहपूर्वक उपस्थित हुन आग्रह गरे हो। 'किसान हाम्रो समाजको मेरुदण्ड हुन्। उनीहरुको समस्या केवल गाउँको होइन, राष्ट्रिय एजेन्डा बन्नुपर्छ,' नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका हलवाईले भने
सिराहा । सिराहाको जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पतालमा शुक्रबार बिहान स्थानीय युवाहरूको समूहले गरेको तालाबन्दी प्रहरीले तत्काल खुलाएको छ। अस्पताल सुधारका मागसहित तीन दिनअघि अस्पताल प्रशासनलाई अल्टिमेटम दिए पनि बेवास्ता गरेको आरोपमा युवाहरूले अस्पताल प्रशासन खुल्नुअघि नै तालाबन्दी गरेका थिए। ८ वैशाखमा अस्पताल प्रशासनलाई २२ बुँदे मागपत्र बुझाएका स्थानीय युवाहरूले अस्पताल विकास समितिका अध्यक्ष सोहिन्द्रप्रसाद यादव र मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. सुनीलप्रसाद कुशवाहको कार्यकक्षमा तालाबन्दी गरेका थिए। तर, तालाबन्दी भएको केहीबेरमै प्रहरीले हस्तक्षेप गर्दै कार्यालयको ताला खोलिदिएको हो। सिरा
लहान, १२ वैशाख । शिक्षक आन्दोलन अझै नसुल्झिँदै गर्दा चिकित्सकहरु समेत आन्दोलनमा उत्रिएपछि देशभरको स्वास्थ्य सेवा थप अस्तव्यस्त भएको छ। विगत २४ दिनदेखि विभिन्न मागसहित आन्दोलनरत शिक्षकहरु सडकमा रहेका बेला अब चिकित्सकहरुले समेत सरकारविरुद्ध आवाज उठाएका छन्। सरकारले आवासीय चिकित्सकहरुलाई आठौँ तहसरहको सेवा सुविधा दिने निर्णय गरेको भए पनि देशभरका मेडिकल कलेजहरुले उक्त निर्णयको अवज्ञा गर्दै कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरु आक्रोशित बनेका छन्। यही असन्तुष्टिका कारण उनीहरु आन्दोलनमा उत्रिएका हुन्। बिहीबार माइतीघर मण्डलामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग आन्दोलनरत चिकित्सकहरुको संव
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A