सिराहा। सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नम्बर ३, सलमपुरमा गए राति भीषण आगलागी हुँदा दुईवटा किराना पसल र ग्यास डिलर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। सुलिन्दर दासको एकतले पक्की घरमा भरत साहले सञ्चालन गर्दै आएको किराना पसल र प्रिमा ग्यास डिलरमा ग्यास लिकेजका कारण आगलागी भएका हुन्। आगलागीका क्रममा ग्यास डिलरमा रहेका ६ थान ग्यास सिलिन्डर विस्फोट भएका थिए। आगलागीबाट किराना पसलमा राखिएका खाद्यान्न, रिचार्ज कार्ड, तेल, चाउचाउ, मलजस्ता सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी विरेन्द्र पासमानले जानकारी दिए। भरत साहको पसलमा मात्रै ५
लहान । लहानसहित पूर्वी नेपालका समता स्कुलहरूले २०८१ सालको "मौलिक पहिरन उत्सव" भव्य रूपमा सम्पन्न गरेका छन्। "परम्परा र पहिचान: सांस्कृतिक पहिरनको सम्मान" नाराका साथ समता पूर्वी कन्सर्टियमको पहलमा आयोजित यो उत्सवले नेपाली मौलिकता र विविधतालाई उजागर गरेका हुन्। उत्सवमा विद्यार्थीहरू आ-आफ्ना धर्म, समुदाय र संस्कृतिलाई झल्काउने परम्परागत पोशाकमा विद्यालय आएका थिए। रंगीन पोशाक र सांस्कृतिक झल्कोले विद्यालय परिसरलाई सांस्कृतिक मेलास्थलजस्तो बनाएको थियो। समता पूर्वी कन्सर्टियमका प्रमुख सन्तोष श्रेष्ठले नेपाली मौलिक पोशाकको प्रवर्द्धन गर्दै विविधतामा एकताको सन्देश प्रवाह गर्न
फिरोज सिद्दिकी लहान । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज १२औं दिन सिरहाको लाहानमा सहिद महिलाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। मानव अधिकार संरक्षण सञ्जाल, सिरहाको आयोजनामा भएको कार्यक्रममा सहिद महिलाको बलिदान र योगदानलाई स्मरण गर्दै दीप प्रज्वलन गरिएको हो। कार्यक्रममा विभिन्न अधिकारकर्मी र पत्रकारहरूको उपस्थिति रहेको थियो। अधिकारकर्मी गंगा अधिकारीले महिला हिंसाका घटनाको अन्त्य गर्न सबैले एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याउदै महिला हिंसाविरुद्धको अभियानलाई सफल बनाउन सबैले सामूहिक प्रयास गर्नुपर्ने बताए। पत्रकार जिबछ उदासील
जीवछ उदासीलहान मङ्सिर २१ गते । लहान नगरपालिका वडा नम्बर –२३ मा रहेको श्री जनता आधारभूत विद्यालय बथनाहाबाट मङ्सिर ३ गते शिक्षक सिकन्दर यादव सेवा समस्यामा पर्नु भएको छ । श्री जनता आधारभुत विद्यालय बथनाहाबाट सेवा निवृत भएपछि सञ्चयकोष र नागरिक लगानी कोषको रकमबारे बिराटनगर र जनकपुर गएर बुझ्दा सात वर्षको रकम त्यस विद्यालयका तत्कालिन प्रधानाध्यापक मागैन यादवले रकम जम्मा नगरिदिएको उहाँले सुनाउनुभयो । सेवा निवृत शिक्षक यादवका अनुसार तत्कालिन प्रअ मागैन यादवले २०६५ सालदेखि २०७२ सालसम्म सम्मको २८ महिनाको नागरिक लगानी कोषको रकम र सञ्चयकोषको रकम जम्मा नभएको तथ्य फेला परेको छ । २०७२ सालमै प्रअ मागै
जीवछ उदासी लहान समाचारदातालहान,मङ्सिर २० गते । लहान सिटि जेसिस र नेपाल पत्रकार महासङघ सिरहा शाखाले विकृति र कुलतमा लागेका युवाहरुलाई सहि बाटोमा ल्याउन खेलेको मैत्रीपुर्ण फुटवल खेलमा पत्रकारको समूह जीत हासिल गरेको छ । लहान नगरपालिका –१० मा रहेको खेल मैदानमा बुधबार विहान सम्पन्न खेलमा नेपाल पत्रकार महासङघ सिरहाका समूहले दुई गोलको विरुद्ध तीन गोल गरेर जित निकालेको हो । नेपाल पत्रकार महासङघ तर्फबाट पत्रकारहरु लालविहारी यादव,विरेन्द्र विरु यादव र अनुभक्त चौधरीले एक एक गोल गरेर जीत हासिल गरेको थियो । लहान सिटी जेसिसको तर्फबाट शम्भु चौधरी र नित्यानन्द साहले एक एक गोल गरेर जवाफी प्रहार गरेको
लहान । लहान नगरपालिकामा कार्यरत कर्मचारीहरूले नगर उपप्रमुख राम चलितर महतोद्वारा एक असिस्टेन्ट सब-इन्जिनियरलाई धम्की र अभद्र व्यवहार गरिएको घटनाको विरोधमा ज्ञापनपत्र बुझाएका छन्। नगरपालिकाको योजना शाखामा कार्यरत असिस्टेन्ट सब-इन्जिनियर राजीव कुमार बैठालाई नगर उपप्रमुख महतोले आज बुधबार आफ्नो कार्यकक्षमा बोलाई प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा र कृषि शाखाका प्रमुख प्रकाश साह हलुवाईको उपस्थितिमा अभद्र गालीगलौज गर्दै भौतिक कारवाही गर्ने धम्की दिएको आरोप लगाएका हुन्। यस घटनाले कर्मचारीहरूमा त्रासको वातावरण सिर्जना गरेको भन्दै नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूले उक्त कार्यको घोर भर्त्सन
फिरोज सिद्दिकी लहान । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा पद्मोदय फाउन्डेसनले ६४ जना अपाङ्ग व्यक्तिहरूलाई व्हीलचेयर वितरण गरेको छ। मङ्गलबार धनगढीमाई नगरपालिकाको तरकारी बजारमा डाइनामिक हाइड्रो इनर्जी प्रा. लि.को सौजन्यमा आयोजना गरिएको कार्यक्रममा व्हीलचेयर वितरण गरिएको हो। अपाङ्गता भएका व्यक्तिहरूको सम्मान, उनीहरूको क्षमता विकास र सामाजिक सहभागितामा सकारात्मक सन्देश फैलाउने उद्देश्यका साथ यो कार्यक्रम गरिएको पद्मोदय फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोले बताउनुभयो। कार्यक्रमको अध्यक्षता गरेका महतोले फाउन्डेसनले भविष्यमा पनि अपाङ्गता भएका व्यक्तिहरूको सहयोगका लागि यस्ता गतिविधि नि
फिरोज सिद्दिकी लहान । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को १५औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशनबाट सिरहा शाखाका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। अधिवेशनले नन्दकिशोर गुप्तालाई अध्यक्षमा चयन गर्दै १० सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। उपाध्यक्षमा दीपेन्द्र महतो निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा सुरेन्द्र कुमार महतो, कोषाध्यक्षमा सुनैना कुमारी सिंह कुशवाह र सहसचिवमा धुनु महतो चयन भएका छन्। सदस्यहरूमा सन्तोषी कुमारी यादव, सन्तोष कुमार गुप्ता, मनोज कुमार यादव, भगवानलाल चौधरी र कुमोद कुमार यादव निर्वाचित भएका छन्। कार्यसमितिले सि
फिरोज सिद्दिकी लहान । लक्ष्मीपुर पतारी वार्ड नं. ६ की अन्जु देवी साहले आफ्नो निजी जग्गामा धान काट्न रोक लगाइएको र जबरजस्ती जग्गा पास गराउन धम्की दिइएको आरोप लगाएकी छन्। उनले पत्रकार सम्मेलनमार्फत आफ्नो पीडा सुनाउँदै वार्ड सचिव घुरन यादवको नेतृत्वमा बसेको बैठकमा आफूलाई धम्की दिँदै सही छाप गराइएको दाबी गरेकी हुन्। अन्जु देवीले २०६७ सालमा बिन्दीलाल दासबाट किन्नु भएको कि.नं. १०१२ र १०२७ नम्बरको जग्गामा अहिले बिन्दीलाल दासले जबरजस्ती मिटर ब्याजको आधारमा जग्गा आफ्नो नाममा पास गराउन खोजिरहेको बताएकी छिन्। यो प्रकरणमा उच्च अदालत जनकपुर, राजविराज इजलासले २०८१ मंसिर ७ गते अन्जु देव
लहान । लहान नगरपालिकाका उपमेयर रामचरित्र महतोले मेयर महेश चौधरीविरुद्ध गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। महतोले सामाजिक सञ्जालमा लेख्दै आफूलाई बारम्बार षड्यन्त्रको शिकार बनाइँदै आएको दाबी गरेका हुन्। उनका अनुसार, यसअघि जस्तापाताको वितरणका बेला षड्यन्त्र गरिएको थियो भने अहिले एउटा सामान्य फाइलमा हस्ताक्षर गरेको आधारमा आफूलाई फसाउने प्रयास भइरहेको छ। उनले आफ्नो पोस्टमा लेखेका छन्, "यो कस्तो तानाशाही हो, मेयर महेश चौधरीको? कति सम्म गर्दोरहेछ हेर्नुपर्छ केही समय।" महतोले नगरपालिकाको कामकारबाहीमा निष्पक्षता र सहकार्यको अभाव रहेको संकेत गर
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A