समाचार

    Showing ७२१-७३० of १,२६८ items.
  • चुनावको मुखमा करको दरमा छुट दिने निर्णय बदर गर्न गण्डकी सरकारलाई निर्देशन

    काठमाडौं, २० कात्तिक । निर्वाचन आयोगले चुनावको मुखमा कर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय बदर गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दर परिवर्तन गरेको देखिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय बदरगरी जानकारी गराउन निर्देशन दिएको छ । ‘गण्डकी प्रदेश सरकारले २७ असोजको प्रदेश राजपत्र खण्ड–५, संख्या ५ मा सरकारले विभिन्न करका दरहरूमा छुट दिने गरी सूचना प्रकाशन गरेको देखिएको’ स्पष्टीकरणपत्रमा उल्लेख गरिएको छ । ‘निर्वाचनको सम

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • ३८१ पटक पढिएको
    • समृद्धिपथ
  • म्याक्स टाईगरको प्राइजफुल अफर, लहानका साहलाई स्मार्ट टिभी पुरस्कार

    फिरोज सिद्दिकीलहान । इनर्जी ड्रिंक्स म्याक्स टाईगरले बजार प्रवद्र्धन गर्न ल्याएको ‘म्याक्स टाईगर प्राइजफुल’ योजनाको उपहार लहान-५ का मनोज साहले प्राप्त गरेका छन् । साहले म्याक्स टाईगरको बिर्कोमा अंकित स्मार्ट टिभी प्राप्त गरेको कम्पनीका प्रतिनिधि विक्रम हमालले जनाएको हो । छठ पर्वको अवसरमा लहानको झण्डा पार्क स्थित आयोजति कार्यक्रममा स्मार्ट टिभी हस्तान्तरण गरिएको म्याक्स टाईगर इनर्जी ड्रिंक्स कम्पनीका प्रतिनिधि हमालले जानकारी दिनुभयो । स्वदेशमै उत्पादित म्याक्स टाईगर इनर्जी ड्रिंक्सको सिरहाका लागि आधिकारिक बिक्रेता हिमालचुली सप्लार्य एण्ड ट्रेडर्स, लहानका प्रोप्राइटर निरस चौधरी र

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • ६९३ पटक पढिएको
    • समृद्धिपथ
  • 'दलहरु सच्चिए स्वतन्त्रको अभियान टुङगिन्छ'

      जीवछ उदासी  लहान,कातिक ८ गते । सिरहा-१ क प्रदेशबाट स्वतन्त्र उम्मेदबारी दिनु भएको सुरेश कुमार यादवले दलहरु सच्चिए अभियान टुङगिने बताउनु भएको छ ।  लहानको गोपाल सेवा समितिमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो चुनावी प्रतिवद्धता सार्वजानिक गर्दै यस्तो बताउनु भएको हो ।  राजनीतिक दलहरुले प्रतिवद्धता गर्ने चुनाव जितेर जाने तर फर्केर नआउने प्रवृतिको बिरोधमा स्वतन्त्र उम्मेदबारी लहर आएको भन्दै आफ्नो उम्मेदबारी दिएको यादवले प्रष्याउनुभयो ।  यस प्रदेशमा सिंचाइ ,किसानको लागि बजार व्यवस्थापन र पर्यटक क्षेत्रको विकासको लागि जारी गरेको प्रतिवद्धता पुरा गर्न उम्मेदबारी दिए

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • ४३८ पटक पढिएको
    • समृद्धिपथ
  • स्वतन्त्र उम्मेदबार कार्कीद्वारा औठा छाप गरेर १५ बुुँदे प्रतिबद्धता सार्वजनिक

      जीबछ उदासी  लहान,कातिक ७ गते ।  सिरहा निर्वाचन क्षेत्र -२ का प्रतिनिधि सभाको स्वतन्त्र बामपन्थी उम्मेदबार सुरेश कुमार कार्कीले नेपाली (बसहा) कागजमा लिखित र औठा छाप सहितको प्रतिवद्धता पत्र पत्रकार समेलन गरी सार्वजानिक गर्नु भएको छ ।   धनगडीमाई नगरपालिकाको प्राकृतिक अस्पतालको हलमा सोमबार पत्रकार सम्मेलन गरी यस्तो प्रतिवद्धता ब्यक्त गर्नु भएको हो ।  प्रतिवद्धता गरेका १५ बुँदे कार्य गर्न नसके आफू राजीनमा समेत गर्ने उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो ।  १५ बुँदामा निर्वाचित भएको ७ दिनमा राष्ट्रपति कार्यालय आगाडि अनसन बसेर नागरिकता समस्या समाधान गर्ने,सिरहा

    • प्रकाशित मितिः कार्तिक ७, २०७९
    • ४३७ पटक पढिएको
    • समृद्धिपथ
  • आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई कारबाहीको तयारी

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरूलाई कारबाही गर्ने तयारी थालेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढाउन लागेको हो । बुधवार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारहरूले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए । उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागि

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • ४७२ पटक पढिएको
    • समृद्धिपथ
  • बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाईंदै

    सिरहा । आजबाट बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम अनुसार बुधवार र बिहीवार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइन्छ । ‘भिटामिन ‘ए’ क्याप्सुल खुवाऔं, बालबालिकालाई स्वास्थ बनाऔं’ भन्ने मूल नाराका साथ शुरु गरिएको सो कार्यक्रम बिहान ८ बजेबाट बेलुका ४ बजेसम्म सञ्चालन हुदैछ । महिला स्वास्थ्य स्वयम्सेविकाहरुले ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई सो क्याप्सुल खुवाईरहेका छन् । - न्यूज एजेन्सी नेपाल

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • ७४० पटक पढिएको
    • समृद्धिपथ
  • प्रेस चौतारी नेपाल सिराहा शाखाको कार्यवाहक अध्यक्षमा साह

    सिरहा । प्रेस चौतारी नेपाल सिराहा शाखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव कुमार साहलाई दिइएको छ। आईतबार सिराहाको लहान स्थित प्यासिफिक होटलमा भएको प्रेस चौतारी सिरहाको विस्तारित बैठकबाट अर्को निणर्य नहुन्जेलसम्मको लागि साहलाई कार्यवाहक अध्यक्ष तोकिएको हो। प्रेस चौतारी सिरहामा कार्यसमिति चयनका विषयलाई लिएर विवाद चल्दै आएको थियो। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएकोले जिल्ला अधिवेशन गर्ने अवस्था अहिले नरहेकोले कार्यवाहक अध्यक्ष तोकिएको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रामभरोसी महतोले जानकारी दिनुभयो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य महतोको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ प

    • प्रकाशित मितिः असोज ३१, २०७९
    • ५४० पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल उद्योग तथा व्यवसायी महासंघ लहान नगरको अध्यक्षमा उज्ज्वल साह

    फिरोज सिद्दिकी, लहान । नेकपा एमाले निकट व्यवसायीहरूको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ लहान नगरकमिटिको अध्यक्षमा उज्ज्वल साह चयन भएका छन् । शनिबार लहान ८ स्थित रहेको नेवी ठकनी देवी कुशवाहा सेवा सदनको सभाहलमा आयोजित प्रथम लहान नगर अधिवेशनले बरिष्ठ उपाध्यक्षमा राम एकवाल साह, उपाध्यक्षमा सत्यनारायण यादव, सचिवमा बसन्त साह र सहसचिवमा दिलीप चौधरी चयन गरेका हो । त्यस्तै सदस्यहरुमा राजेन्द्र प्रसाद गुप्ता, पवन गुप्ता, सुनिल चौधरी, श्रवण साह, अमित साह, मो. अब्दुल आविद, अमरजित नायक, धनिलाल साह, ईन्द्रकुमार पंडित, जयकिसुन साह, कृष्णा गुप्ता, स्वमेन साह, मो. फैज आलम, जागेश्वर चौधरी, राजकुमार सा

    • प्रकाशित मितिः असोज २९, २०७९
    • ९७० पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा १ मा नेकपा एमाले र जसपाका संयुक्त उम्मेदवार रामशंकर यादवले गरे उम्मेदवारी दर्ता

    लहान, असोज २३ । सिरहा निर्वाचन क्षेत्र नं १ बाट नेकपा एमाले र जसपाका संयुक्त उम्मेदवारका रुपमा रामशंकर यादवले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । सिरहा १ को प्रदेश तर्फभने ‘क’ मा नेकपा एमालेका नेता राजेन्द्र चौधरी र ‘ख’ बाट जनता समाजवादी पार्टीका नेता राजकुमार गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी सत्ता गठबन्धनका तर्फबाट सिरहा १ मा नेपाली कांग्रेसका पदम नारायण चौधरीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश तर्फ ‘क’ मा नेपाली कांग्रेसका नेता सुनिल महतो र ‘ख’ मा एकिकृत समाजवादीका नेता अशोक यादवले

    • प्रकाशित मितिः असोज २३, २०७९
    • ५२२ पटक पढिएको
    • समृद्धिपथ
  • रेशम चौधरीले जेलभित्रैबाट चुनाव लड्ने, वारिस्नामामार्फत मनोनयन दर्ता

    काठमाडौं, २३ असोज । टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तको आरोप लागेका रेशम चौधरी जेलभित्रैबाट चुनाव लड्ने हुनुभएको छ । बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा वारिस्नामामार्फत उहाँले उम्मेदवारी दर्ता गराउनु भएको छ । श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट रेशम चुनाव लड्न लाग्नु भएको हो । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुबा लालवीरले रेशमको उम्मेदवारी दर्ता गराउनु भएको थियो । थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको ‘टीकापुर घटना’मा आठ सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो । उक्त हत्याको अभियोग प्रमाणित भएपछि

    • प्रकाशित मितिः असोज २३, २०७९
    • ५३३ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A