जिवछ उदासी नेकपा एमाले सिरहा जिल्ला कमिटिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रदेश–२ का सह–इन्चार्ज लिलानाथ श्रेष्ठले आउने चुनावलाई ध्यानमा राखेर संगठन निर्माण र परिचालन गर्न निर्देशन दिनु भएको छ । मिर्चैयाको खुश्वु होटेलमा बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनु भएको हो । ‘काम गर्न नसक्नेले जिम्मेबारी लिएर हुन्दैन, अब झारा टार्ने प्रवृत्तिले पार्टी चल्दैन । योग्यता क्षमता र क्रियाशिलताको आधारमा पार्टीमा जिम्मेबारी दिइने छ । पार्टीका पुराना योगदान गरेका नेताहरुलाई पनि स्थान दिन कन्जुस्याइ हुँदैन’, नेता श्रेष्ठले प्रष्टयाउनुभयो । पर्टीलाई दुर्घटना गर्न सक्न
जिवछ उदासी लहान, नेकपा एमालेको प्रदेश २ को सह इन्चार्ज तथा पूर्व कानुन न्यनय तथा संसदीय व्यवस्था मामिला मन्त्री लिलानाथ श्रेष्ठले प्रदेश २ को विकास नेकपा एमालेबाट मात्रै संभव रहेको बताउनु भएको छ ।नेकपा एमाले सखुवानन्कारकटि गाँउपालिकाको प्रथम अधिवेशनलाई खैरबोना चोकमा आयोजित खुल्ला सत्रलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । प्रदेश २ को विकासको लागि केपी ओली नेतृत्वको सरकारले जति काम गरेर देखाएको छ ,त्यति काम नेपालकै इतिहासमा कुनै प्रधानमन्त्रीले नगरेको उहाँले ठोकुवा गर्नुभयो ।मधेशको विकासको लागि लाइफलाइनको रुपमा रहेको हुलाकी सडक निर्माण,कोशी –कमला डाइभर्सन, जनता आवास कार्यक्रम, क
जिवछ उदासी नेकपा एमाले लहान नगरपालिको प्रथम अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले सर्वसम्मतिबाट राज कुमार साहको नेतृत्वमा ४३ सदस्यीय कमिटि गठन गरेको नेकपा एमाले लहानले जनाएको छ । ‘पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु मिलेर अघि बढौ, हाम्रो लहान समृद्ध लहान ’को नारा कार्यान्वयन गरौ भने मूल नाराकासाथ सभ्य र भव्य रुपमा अधिवेशन सम्पन्न भएको लहान नगर इन्चार्ज सरियार कुमारी चौधरीले बताउनु भएको छ । अध्यक्षमा राज कुमार साह, उपाध्यक्षमा पविना कुमारी सिन्हा,सचिवमा विरेन्द्र प्रसाद चौधरी,उपसचिवमा राम अधिन यादव र प्रथमलाल चौधरी चयन हुनु भएका छन् । सदस्यहरुमा ललित नारायण चौधरी,जित
जिवछ उदासी नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले केपी ओलीको विरोध गरेर विभाजनको पछि लाग्नेहरुको पतन निश्चित रहेको बताउनु भएको छ ।लहान १३ र १४ नम्बरको वडा प्रथम वडा अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । केपी ओली महाधिवेशनबाट आएको अध्यक्ष भएकोले उहाँलाई महाधिवेशनबाटै हटाउने विधि र पद्धतिलाई मिचेर विभाजनको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । एमालेबाट विभाजन गरेर माले हुँदा एक स्थानमा पनि चुनाव नजितेको इतिहास साक्षी रहेको छ । मालेभन्दा पनि खराव अवस्था नेकपा एकिकृत समाजवादीको हुने नेता यादवले ठोकुवा गर्नुभयो । १५ वर्षसम्म निरन्तर पार्टीको महासचिव भएर
जिवछ उदासी नेकपा एमाले लहान नगरपालिका–२ नम्बर वडाको प्रथम अधिवेशनबाट अमोला महतोको नेतृत्वमा सर्वसम्मतिबाट वडा कमिटि गठन भएको छ । प्रतिकूल मौषममा पनि वडा नम्बर–२ को प्रथम वडा अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको हो । अधिवेशनबाट उपाध्यक्षमा मो आलम,सचिवमा प्रमेश्वर महतो,सह सचिवमा दुर्गानन्द महतो, सहचिवमा राजिन सदाय र सदस्यहरुमा क्रमशः अनिता साह,रामध्यान महतो,सविता देवी महतो,मो. हकिम,आनन्दी देवी सदाय,सिता देवी चौधरी,जमिदा खातुन,जिवछ महतो,राम दयाल महतो,श्रीराम सदाय,लाल बहादुर राम,दयावति सदाय,सकुलिया सदाय,संगिता यादव,राम विलास महतो,सुकदेव सदाय,मो. जलिफा,शम्भु सदाय,मोमिना खातुन,शलिमा
सिरहा । सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । गोलबजार नपागरपालिका–८ भाइजिटोलका भुनेश्वर महतोको छोरा १७ वर्षीय सत्रुधन महतोको नरहा गाउँपालिका–३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार विहान फेला परेका हुन् । दशैँको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका महतो मृत अबस्थामा भेटिएका हुन् । मेलामा राति झगडा भएको बेलामा भाग्ने क्रममा इनारमा झरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । मेलामा राति दुई युवा समूहबीच विवाद भएको स्थानीय राम कृपाल यादवले जानकारी दिए । उनी गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत रहेको बताइएको छ । घटनाबारे पनि अ
सप्तरी । बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न रोगका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ । केही दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत झाले बताए । एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको सङ्ख्या बढेको छ। यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनको भनाइ छ। मौसम परिर्वतनका कारण अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीको बिरामीहरुको चाप अहिले बढदै गएको म
जिवछ उदासी लहान,सोमबार लहानको हटियामा दशैंमा बली चढाउन बोका खरीद गर्न आएका उपभोक्ताहरु बेकाको तौल अनुसार हुने मूल्यभन्दा बढी मूल्य तिरेर खरीद गर्नु परेको बाध्यता पोखेका छन् । ५ हजारमा पाउने बोका ८ हजारमा ७ हजारमा पाउने १० हजार तिरेर खरिद गर्नुपर्ने बाध्यता यस वर्ष महसुस भएको बोका खरिद गर्न आएका उपभोक्ताहरुले गुनासो पोखेका हुन् । तौल अनुसारको मूल्य निर्धारण नगरिएकोले महँगोमा खसी बोका खरिद गर्नु परेको लहान–२ की मन्दिरा यादवले भन्दै दशैको बेला खसी बोका बजारको अनुगमन र मूल्य निर्धारणको लागि सम्बन्धित निकायको ध्यान जानुपर्नेमा त्यसो नहुनुले उपभोक्ताहरु मनपरी मूल्य तिरेर बोका खरीद गर्नुपरेको
जिवछ उदासी,लहान, असोज २६ गते । टेण्डर भएको विगत पाँच महिनादेखि लहान–५ स्थित रहेको नयाँ बजार निर्माण कार्यले पछिल्लो दलीय सहमति अनुसार निर्माण कार्यले गति लिएको छ । असोज २४ गते जिल्ला प्रशासन कार्यालय सिरहामका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सहमति गरेपछि लहान नगरपालिकाले कार्य सुरु गरेको हो । असोज १२ गते नगरपालिका र चार दलीय सहमतिकै आधारमा अस्थायी टहरा निर्माण र पुरानो १० वटा जीर्ण भवन खाली गराउने क्रममा नगरप्रहरी र स्थानीय व्यापारीबीच झडप भएको थियो । झडपमा लहान–५ की गुडिया खातुन र लहान–७ का रामऔतार शर्मा घाइते भएको थियो । ईलाका प्रहरी कार्यालय लहानले लहान&nd
रामभरोसी महतो, लहान । मुक्ति नेपालद्धारा सिरहाको गोलबजारमा सञ्चालित तीन दिने बाल भित्ते पत्रिका तथा प्रतिवेदन लेखन तालिम शनिवार सम्पन्न भएको छ । भित्ते पत्रिका तथा प्रतिवेदन लेखन क्षमता विकास गर्ने उदेश्यले गोलबजारस्थित मुक्ति नेपालको तालिम हलमा विहिवारदेखि सञ्चालन गरेको सो तालिममा मुक्ति नेपालसंग आवद्ध बाल क्लव, युवा क्लव र शान्ति दुतहरु गरी २२ जनाको सहभागिता रहेको कार्यक्रम अधिकृत विशेश्वर दासले जानकारी दिनुभयो । बाल अधिकार, युवा र नेतृत्व, बाल भित्ते पत्रिकामा समावेश गरिने विधा र सो विधा लेखन सीप, एवम् प्रतिवेदन लेखन लगायतको विषयमा छलफल गरिएको सो तालिममा रेडियोकर्मी एवम् भित्ते पत्रिका
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A