जिवछ उदासी प्रदेश २ मुख्यमन्त्री बेटी पढाउ, बेटी बताउ कार्यक्रम अन्तर्गत लहान–१० मा रहेको श्री जनता आधारभूत विद्यालय बैरियाँ गुदीगाँउका छात्राहरुलाई साइकल वितरण गरिएको छ । नियमित विद्यालय जानको लागि साइकल उपयोगी हुनुको साथै शिक्षाको लागि प्रो्त्साहित गरिएको साइकल वितरण कार्यक्रममा सरोकारवाला सहभागीहरुले सामूहिक रुपमा धारणा राखेका हुन् । साइकल वितरण कार्यले ९९ प्रतिशत दलित बालबालिकाहरु पढ्ने यस विद्यालयका छात्रछात्राहरुलाई साइकल दिएर प्रदेश २ को सरकारले राम्रो काम गरेको दलित जनकल्याण युवा कल्वका निर्देशक दलित अभियानकर्मी विनोद विसुन्केले धन्यावाद दिँदै बालविवाहलाई अन्तय गर्न समेत बेटी पढ
रामभरोसी महतो, सप्तरी । निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल हुन थालेपछि कोरोना जोखिमको सम्भावना बढेको भन्दै सप्तरीमा क्रियाशीले विभिन्न संस्थाको समन्वयमा राजविराजमा आज मास्क बैंक स्थापना गरिएको छ । चेतना र आर्थिक अभावमा मास्क नलगाएर हिडडुल गर्ने सर्वसाधारणलाई वितरण गर्न यूकेएडको सहयोग तथा भिएसओ नेपालको साझेदारीमा समग्र जनउत्थान केन्द्रद्धरा सञ्चालित सहज परियोजना, इन्सेक, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, ग्रिन नेपाल, नेपाल प्रहरी, कल्याण पोस्ट दैनिक, कोरोना सहजिकरण सञ्जाल सप्तरीले मास्क बैंकको स्थापना गरेको हो । “हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं” नारासहित स्था
जिवछ उदासी ‘सुखी नागरिक हाम्रो पहिचान,सुखी नगर सुखीपुरको अभियान’मूल नाराका साथ सुखीपुर नगरपालिकाले ४९ करोड २३ लाख ६५ हजार बजेट सार्वजानिक गरेको छ । बजेटमा दलित घर परिवारलाई चुलो र ग्यास सिलिण्डर वितरण गरिने नयाँ विषय समावेश गरीएको छ । बजेट सार्वजानिक गर्दै नगरप्रमुख राम औतार यादवले यस वर्षको बजेट कृषि,सडक, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिएको जानकारी गराउनुभयो । गाँउ नै गाँउले भरिएको यस नगरपालिकालाई शहरी बातावरण बनाउन १० वटै डामा पीच सडक, कृषि उत्पादनको लागि खेत खेतमा सिँचाइको लागि बोरिङग सहित मोटर जडान,१५ शैयाको अस्पताल र यस नगरपालिकाको २२६८ दलित घर परिवारलाई चुलो र सिलिण्डर
फिरोज सिद्दिकी, लहान । नेपाल औषधि व्यवसायी संघ सिरहा शाखाले विहिबार लहानका अस्पतालहरुमा रहेका बिरामीहरुलाई मास्क तथा फलफुल वितरण गरेको छ । नेपाल औषधि व्यवसायी संघको ४८औँ स्थापना दिवसको अवसरमा संघले अस्पतालमा रहेका करिब एक सय जना बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिँदै मास्क तथा फलफूल वितरण गरेको हो। नेपाल औषधि व्यवसायी संघ सिरहा शाखाका अध्यक्ष श्याम प्रसाद राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ प्रदेश २ का अध्यक्ष शिवनाथ सिंहको प्रमुख अतिथ्य रहेको थियो । कार्यक्रममा महासचिव मनोज कुमार चौधरी सहितको पदाधिकारीटोलीले लहान स्थित रहेको रामकुमार उमाप्रसाद मुरारका स्मारक
जिवछ उदासी लहान,लहान नगरपालिका स्वास्थ्य शाखाले डेंगु रोग नियणत्रण सम्बन्धी सरोकारवालाहरुसँग एक दिवसीय अभिमुखिकरण सम्पन्न भएको छ । रोग फैलिन नदिन जन चेतनाको लागि पत्रकारहरुसँग अभिमुखीकरण गरिएको हो । पत्रकारहरुसँग भएको अभिमुखीकरणमा लहान नगरपालिका जन स्वास्थ्य अधिकृत राम सुन्दर यादवले सरुवा रोग सम्बनधी जानकारी गराउनुको साथै डेंगु रोग फैलिने समय सुरु भैसकेको र नोभेम्बरसम्म फैलिने गरेकोले डेंगु फैलाउने लामखुट्टेले सफा पानी रहेको कालो टायर, पलाष्टिकको फलिएको गिलास,गमला रङगका डिवाहरुमा रहेको ५ मिलिलिटर पानीमा समेत फुल पार्ने गरेको जानकारी दिनुभयो । डेंगु फैलिसकेपछि यसको नियणत्रण गर्न निकै ग्राहो ह
जिवछ उदासी लहान नगरप्रमुख मुनि साहले ‘हाम्रो लहान,समृद्ध लहान ’को नारा कार्यान्वयन गर्न सामुदायिक विद्यालय प्रतिस्पर्धामा अघि आउनुपर्ने बताउनु भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत लहान–२४का लेखनाथ माविमा चार कोठे भवन निर्माण कार्यको शिलान्यास गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकामका रहेको ५९ वटै सामुदायिक विद्यालयहरुको शैक्षिक र भौतिक प्रगतिको लहान नगरपालिका शिक्षा शाखाले गरिरहेको कार्यलाई सकारात्मक रुपमा लिएर सबैले सहयोग गर्नुपर्ने उहाँले सबैलाई आग्रह गर्नुभयो । चुनावमा जारी गरिएको ९० प्रतिशत प्रतिवद्धता पुरा हुनै लागेको नगरप्रमुख साहले भन्नुहुादै सडक,
शिव कुमार शाह, लहान । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले मुसहर वस्तिमा हालसम्म विजुलि बति नरहेको बस्तीमा सोलार बत्ती र जिविको यापनका लागि हाँस वितरण गरेको छ । ती सामानहरु पाएपछि मुसहर समुदाय दङ्ग भएका छन् । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले करिव १४ घर परिवार सुस्हरहरुलाई एक सेट सोलार पाईनल, ८० एम्पियरको ब्याट्री, तार, होल्डर र सुइच प्रदान गरेको हो । सखुवानन्कारकट्टी वाडा नं १ मधुवनि मुसहर वस्ति राति झल मल देखिन्छ । स्थानीय शम्भु सदाय मुसहर भन्नू हुन्छ पुस्तौदेखि हामिहरु टुकी वालेर रात बिताउने गर्थे तर कुनैपनि संघ संस्थाले हामिहरुको पीडा बुझ्न आएन । गाउपाकिला अध्यक्ष यादवले हामिहरुको व
जिवछ उदासी उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री राज किशोर यादवले कालाबजारीया र माफियाहरुले सोचे अनुसारको अब नहुने बताउनु भएको छ । गृह जिल्ला सिरहा आइपुग्नु भएको मन्त्री यादवले उद्योग वाणिज्यसंघ सिरहा लहान र पत्रकार महासंघ सिरहा शाखाले संयुक्त रुपमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । कालोबाजारिया र माफियाहरुको गिरोहलाई भत्काएर उपभोगय सामानहरुको आपूर्ति सहज तरिकाबाट गर्न आफू प्रतिवद्ध रहेको भन्दै उहाँले उद्योगीहरुको संरक्षण र सुरक्षामा समेत ध्यान दिइने बताउनुभयो । आफ्नो छनौट अनुसारको मन्त्रालय पाएकोमा खुसी व्यक्त गर्दै मन्त्री यादवले भन्नुभयो,‘यतिवे
लहान । समाजमा लैंगिक हिंसा उन्मुख संकटलाई सम्बोधनका प्रदेश २ मा क्रियाशिल संस्था समग्र जन उत्थान केन्द्रले सिरहा र सप्तरीका केही प्रहरी कार्यालय र सुरक्षित आश्रय गृहलाई स्वास्थ्य तथा सरसफाई एवम् मर्यादित किट सामाग्री हास्तान्तरण गरेको छ । कोरोना भाइरसको दोस्रो लहरबाट विश्व नै प्रभावित रहेको बेला सोबाट सुरक्षितसाथ हिंसा प्रभावित एवम् सेवाग्राहीलाई सेवा आदान प्रदान गर्न सकुन भन्ने उदेश्यले शुक्रवार एक कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय सिरहा र मुक्ति नेपालको नेतृत्वमा सञ्चालित सुरक्षित आश्रय गृह गोलबजारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको केन्द्रका कार्यक्रम अधिकृत रामभरोसी महतोले जानकारी
जिवछ उदासी लहान,असार २ गते । कनुन न्याय तथा संसदीय मामिलामन्त्री समेत रहनु भएको नेकपा एमाले प्रदेश–२ का सहन्चार्ज लिलानाथ श्रेष्ठले पार्टी एकताको लागि नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रधानमन्त्री समेत रहनु भएको पार्टी अध्यक्ष केपी ओली तयार रहेको बताउनु भएको छ । नेकपा एमालेको आन्तरिक विवाद समाधानको लागि दुई पटकभन्दा बढी नेतृत्वमा नबस्ने गरी, उमेर हद कायम गरेर नेतृत्व नयाँ पुस्तामा हस्तान्तरणको लागि केपी ओलीले प्रस्ताव गरि सक्नु भएकोले यहि नै समस्या समाधानको लागि उपयुक्त सुत्र भएको मन्त्री श्रेष्ठले भन्दै यसको लागि माधव नेपाल तयार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । काजलभन्दा पनि का
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A