समाचार

    Showing ९८१-९९० of १,२६८ items.
  • लहान अस्पतालाई सय शैयामा परिणत गर्न प्रदेशसभा सदस्य यादवको माग

    जिवछ उदासी लहान,असार १ गते । लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताललाई सय शैयाको अस्पताल सञ्चालन गर्न सिरहा–१ के (ख) प्रदेशबाट निर्वाचित प्रदेश सभा सदस्य अशोक कुमार यादवले माग गर्नु भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बोल्दै उहाँले यस्तो माग गर्नु भएको हो । मधेश आन्दोलनको उदगम स्थलको रुपमा रहेको लहानलाई प्रदेश सरकारले विर्सन लागेको भन्दै लहान स्थित राम कुमार उमा प्रसाद अस्पताललाई सय शैयाको अस्पताल र लहान स्थित रहेको प्राविधिक शिक्षालयलाई प्रदेश २ कै प्राविधिक शिक्षालयको रुपमा वयवस्थापन गर्न उहाँले जोडदार माग गर्नुभयो । प्रदेशसभा सदस्य यादवले भन्नुभयो, &l

    • प्रकाशित मितिः असार १, २०७८
    • ८६६ पटक पढिएको
    • समृद्धिपथ
  • रङिगएपछि अभिाभावकको रोजाइमा सामुदायिक विद्यालय

    जिवछ उदासी लहान,जेठ ३१ गते । लहान नगरपालिकाको केहि सामुदायिक विद्यालयहरुलाई पहिलो चरणमा रङिगएपछि अभिभावकहरुको रोजाइमा सामुदायिक विद्यालयहरु पर्ने चर्चा चल्न थालेको छ । बाहिरबाट हेर्दा सामुदायिक विद्यालय पनि यस्तो ठहर गर्दै अभिभावाकहरु आकर्षित हुने चर्चा सुरु भएको छ । भौतिक र शैक्षिक सुधारमा लहान नगरपालिकाले एकपछि अर्को प्रयास जारी रहेको छ । कतिपय सामुदायिक विद्यालयहरु जीर्ण अवस्थामा पुगेर बाहिय रुपमा कुरुप जस्तो देखिन थालेपछि सरकारी विद्यालय कसले लेला चासो भने स्थानीय अभिभावकहरु निरास भइरहेको अवस्थामा लहान नगरपालिका शिक्षा शाखाले विद्यालयहरुलाई पहेलो रङगमा रङिगनुको साथै मर्मत सम्भार समेत गरेर

    • प्रकाशित मितिः असार १, २०७८
    • ७०८ पटक पढिएको
    • समृद्धिपथ
  • सहमतिको पालना नगर्दा गोडछाडीको नालासहितको सडक निर्माण कार्यमा अवरुद्ध

    जिवछ उदासी लहान, जेठ ३० गते । लहान नगरपालिकाको वडा नम्बर २० र २ को सीमानामा सहमतिको पालना नगर्दा विकास निर्माणको कार्य रोकिएको छ । दक्षिणी भेगका वडाहरुमा सडक नाला निर्माण कार्यमा पटक–पटक अवरुद्ध हुने गरेकोले विकासले गति लिन नसकेको नगरपालिकाले जनाएको छ । नाला सहितको सडक निर्माणको लागि २५ फिट फराकिलो गर्नुपर्ने स्थानीयहरुले निर्णय गर्दा हबिगुललले समेत शर्त मान्ने सहि छाप म्यानेटिङगमा गरेर पछि घर खाली नगर्ने हठ गरेपछि नला निर्माण रोकिनुको साथै लहान–२ र २० नम्बर वडाका मुस्लिम समुदाय र महतो समुदायबीच तनाव बढ्दै जान थालेको हो । हबिगुलले बाटो जाम गरिदिएपछि गोडछाडीको महतो समुदायहरुलाई उत्

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • ६५५ पटक पढिएको
    • समृद्धिपथ
  • मण्डलको अध्यक्षतामा लहान–९ मा युवा संघको कमिट गठन

    समृद्धिपथ समाचारदाता लहान, जेठ २९ गते । नेकपा एमालेको भातृ संगठनको रुपमा रहेको राष्ट्रिय युवा संघको वडास्तरीय कमिटि लहान–९ मा सन्तोष मण्डलको अध्यक्षतामा कमिटि गठन गरेको छ । नेकपा स्थानीय अगुवा कार्यकर्ता मो नियामुदिनको अगुवाइमा युवा संघ लहान–५ का अध्यक्ष मो इस्राइल सिद्दिकी र मुस्लिम इतिहाद संगठनका केन्द्रिय सचिवालय सदस्य तथा नेकपाको युवा नेता मो रियासत लिमी र वडा नम्बर–९ का वडाध्यक्ष प्रदिप कुमार चौधरीको सहयोगमा शनिबार ११ सदस्यीय वडा स्तरीय कमिटि गठन गरेको हो । यस अघि लहान–५ मा मो इसराइल सिद्दिकीको नेतृत्वमा १५ सदस्यीय युवा संगठनको वडा कमिटि गठन गरिएको थियो । गठित क

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • १,२८३ पटक पढिएको
    • समृद्धिपथ
  • मिथिलाका महिला धार्मिक एवम् सांस्कृतिक वटसावित्री पर्व मनाए

    लहान । पतिको दीर्घायु र मंगल कामना गर्दै विहिबार मिथिलाका महिला धार्मिक एवम् सांस्कृतिक वटसावित्री पर्व मनाएका छन् । सिरहाको लहान स्थित शिव मन्दिर परिसर, नयाँ बजार, पशुपति आदर्श माध्यमिक विद्यालय अगाडी रहेका वरको रुखलगायतका विभिन्न ठाउँका वरको रुखमुनि बिहानैदेखि पर्व मनाउने महिलाको घुइँचो लागेको छ । वर्षारम्भको समयमा मनाइने भएकाले यस पर्वलाई ‘बरसाइत पर्व’ पनि भन्ने गरिन्छ । यस पर्वको अवसरमा विवाहिताहरुले नुहाइधुवाई गरी नयाँ वस्त्र धारण गरेर धामिर्क विधिपूर्वक वरको रुख अर्थात् वटवृक्षको पूजा गर्छन् । यस अवसरमा बाँसको नयाँ पङखा, चना, चामल र मिठाई अनिवार्य रुपमा चढाउने गरिन्छ । ब्र

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • ४४५ पटक पढिएको
    • समृद्धिपथ
  • ‘विष्णुलाल वाइवाको अभाव सिरहाको बाम आन्दोलनमा सधैँ खडकि रहने छ’

    जिवछ उदासी सिरहा जिल्लाका कम्युनिष्ट आन्दोलनका धरोहरको रुपमा रहनु भएको ७८ वर्षिय पूर्व सांसद विष्णुलाल वाइवाको कोरोना सङक्रमणले उपचारको क्रममा निधन भएको छ । उपचारको क्रममा झापा दमक स्थित आम्दा अस्पतालमा विहिबार साँझ ७ बजेतिर निधन हुनु भएको वाइवा मधुमेह र उच्च रक्तचाप विरामी समेत हुनुहुन्थ्यो । उहाँको अभाव सिरहा जिल्लाको बाम आन्दोलनमा सधैं खडकिरहने बामदलका नेताहरुले उहाँप्रति श्रद्धा सुमन व्यक्त गर्दै यस्तो बताउनु भएका छन् । सिरहा कर्जन्हा नगरपालिका ५ बडहरामालका वाइवा २०४८ सालको निर्वाचनमा सिरहा–५ बाट संयुक्त जनमोर्चाबाट उम्मेदबार भई निर्वाचित हुनु भएको थियो । सदा जीवन उच्च बिचार कम्युन

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • ९१९ पटक पढिएको
    • समृद्धिपथ
  • मापदण्ड विपरित कोभिशिल्ड खोप लगाउदा

    जिवछ उदासी लहान नगरपालिका स्वास्थ्य शाखाले मंगलबार दोस्रो चरणको खोप कार्यक्रममा व्यापक अनियमितता भएको रहस्य खुलेपछि लहान नगरपालिका कोरोना राहत कोष व्यवस्थापन समितिको बैठकले अनियमितता गर्ने स्वास्थ्य शाखा प्रमुखलाई जिम्मेबारीबाट हटाई थप कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको छ । जेठ १८ गते लहान नगरपालिका स्वास्थ्य शाखाले जिल्ला स्वास्थ्य कार्यालयको निर्देशनमा लहान नगर प्रहरीको कार्यालय लहान–७ मा दुई सय कोभिशिल्ड खोप लहान नगरपालिकाको स्वास्थ्यकर्मी,सरसफाईकर्मी,महिला स्वयम सेविका र सुरक्षकर्मीलाई दिएपछि फेरि फ्रन्ट लाइनमा कार्य ग

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • ८४३ पटक पढिएको
    • समृद्धिपथ
  • २५ औं क्युपेक स्थापना दिवसको अवसरमा वृक्षारोपण

    जिवछ उदासी  । कोभिड –१९नियणत्रणको लागि जनहितमा जारी सार्वजानिक सूचनालाई ध्यानमा राखी नेपाल बिजुली, पेन्टर, एलम्बर तथा निर्माण मजदुरको साझा युनियन (क्युपेक) को २५ औ स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी लहान–४ मा निर्मित खुटी खोला किनारको सडकमा बृक्षा रोपण गरेका छन् । बृक्षारोपण कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिका प्रमुख मुनि साहले ‘हाम्रो लहान, सुन्दर लहान’को पवित्र र जनहितमा केन्द्रित नारालाई कार्यान्वयन गर्न मजदुरहरुको समस्या समाधान गर्न नगर सरकार तयार रहेको विश्वास दिलााउदै क्युपेकमा आवद्ध ५१२ मजदूरहरुको स्वास्थ्य वीमामा नगरपालिकाले नै गरिदिने घो

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • १,२७७ पटक पढिएको
    • समृद्धिपथ
  • नागरिकताको समस्या समाधानको लागि अध्यादेश ल्याउदा गौरव महसुस भएको छ : कानुन मन्त्री श्रेष्ठ

    सिरहा–३ बाट निर्वाचित जनमनको नेता बन्न सफल शालिन व्यक्तित्व सबैसँग मीठो शैलीमा कुरा गरेर धैर्यतापूर्वक समस्या सुन्ने र समस्या समाधानको लागि इमानदार प्रयास गर्न पछि नपर्ने नेकपा एमाले प्रदेश २ का सह–इन्चार्ज समेत रहनु भएको वर्तमान कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ मधेशी जनताको दुख सुखमा साथ मात्रै दिनुहुन्न राजनीतिक अधिकार दिलाउन समेत आवाज बुलन्द गरेर मधेशी जनताको प्यारो नेताको रुपमा पहिचान बनाउनु भएको मन्त्री श्रेष्ठसँग समृद्धिपथ अनलाइनको लागि पत्रकार जिवछ उदासीले गरेको कुराकानीको अंशः  अध्यादेश मार्फत देश चलाउन थालियो । यसले लोकतन्त्र कमजोर भइरहेको विपक्ष

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • १,३९८ पटक पढिएको
    • समृद्धिपथ
  • गणतन्त्रको उपलब्धि सामाजिक न्याय र समृद्धि : नगरप्रमुख साह

    नेपाल अधिराज्यमै सबैभन्दा बढी वडा भएको लहान नगरपालिका,‘हाम्रो लहान समृद्ध लहान’ मूल नाराका साथ अघि बढन सहमति सहकार्य र एकताको आधारमा अघि बढाउन लागि पर्नु भएको लहान नगरप्रमुख मुनि साहसँग समृद्धिपथ अनलाइनको लागि पत्रकार जिवछ उदासीले गणतन्त्र दिवसको अवसरमा गरेको छोटो कुराकानीको अंश :  आज गणतन्त्र दिवसको अवसरमा लहान नगरपालिकाको प्रमुखको हैसियतले नगरवासीहरुमा के सन्देस प्रवाह गर्न चाहन्हुन्छ ? – अत्यन्तै सान्दर्भिक प्रश्न गर्नुभयो । गणतन्त्रको संस्थागत विकासको लागि प्राप्त उपलब्धीहरुको रक्षा गर्दै सामाजिक न्याय सहितको विकास गरेर न्याय र समानता स्थापित गर्न तीनै तहको सरकारले

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • १,१२७ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A