काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिर निस्किएका छन्। जेनजी आन्दोलनको क्रममा नेपाली सेनाले उनलाई सुरक्षाको लागि नियन्त्रणमा लिइएको थियो। प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि २४ भदौदेखि ब्यारेकमा बस्दै आएका ओली अब सामान्य अवस्थामा बाहिर आएका हुन्। सुरक्षा स्रोतका अनुसार ओली अहिले भक्तपुरको गुण्डु सरेका छन्, जहाँ उनको बसाइका लागि भाडाको घर व्यवस्था गरिएको छ। बालकोटस्थित उनका निवासमा प्रदर्शनकारीले आगजनी गरेपछि उनी गुण्डु सरेका हुन्। एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले ओलीलाई गुण्डु ल्याउने पहल गरेका थिए। बस्नेतले आगामी दिनमा ओलीलाई भव
फिरोज सिद्दिकी सिरहा । भगवानपुर गाउँपालिका कार्यालयले जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा हराएका तथा लुटिएका सामान फिर्ता गर्न आह्वान गरेको छ। गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै भदौ २४ गतेको आन्दोलनमा गाउँ कार्यपालिकाको कार्यालय र वडा नं. २ को कार्यालयमा भएको क्षतिको विवरण सार्वजनिक गर्दै ७ दिनभित्र सामान बुझाउन आग्रह गरेको हो। सूचना अनुसार सिसिटिभी क्यामेरा, कम्प्युटर, प्रिन्टरसहित कार्यालयका अन्य सर-सामान केही व्यक्तिहरूले लगेका वा प्राप्त गरेका हुन सक्ने भन्दै ती सामग्री गाउँ कार्यपालिकाको कार्यालय वा अस्थायी प्रहरी पोष्ट भगवानपुरमा बुझाउन अनुरोध गरिएको छ। गाउँपालिका अध
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै सरकारले पहिलो निर्णयमा जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेकी छन्। साथै, मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको छ। सरकारको पहिलो बैठकपछि मुख्यसचिव एकनारायण अर्यालले निर्णयको जानकारी दिँदै तोडफोड र आगजनीका कारण सरकारी सेवा प्रवाहमा चुनौती आएको बताए। उनका अनुसार मन्त्रालय, अदालत, सिडिओ कार्यालयलगायतका संरचनाहरू नष्ट भएकाले प्राथमिकताका आधारमा पुनर्निर्माणको आवश्यकता देखिएको छ। पदभार ग्रहणपछि कर्मचारीलाई सम्बोधन गर्दै प्रधानमन्त्
काठमाडौं, भदौ २७ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ गराउनु भएको हो। शपथग्रहणपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै आगामी कार्यकाल सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना दिनुभयो । यससँगै देशले पहिलोपटक महिला कार्यकारी नेतृत्व प्राप्त गरेको छ । कार्की यसअघि पनि नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी थिइन् । करिब आठ वर्षअघि न्यायपालिकाबाट अवकाश लिएपछि कार्यपालिकाको नेतृत्व गर्ने अवसर पाउँदा
काठमाडौँ । देशभरि चर्किँदो जेन–जी आन्दोलन अखेर प्रधानमन्त्री केपी शर्मा ओलीको पद गुम्ने कारण बनेको छ। मंगलबार दिउँसो करिब २ः३० बजे ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका छन्। उनले पत्रमा असामान्य परिस्थिति सिर्जना भएकाले समाधान संविधानमै खोजिनुपर्ने उल्लेख गरेका छन्। राष्ट्रपति पौडेलले राजीनामा स्वीकार गरेर अर्को प्रधानमन्त्री नआएसम्म ओलीलाई कार्यवाहक बनाइएका छन्। ओली पद छाड्नुअघि नै सत्तारूढ गठबन्धन फाटिसकेको थियो। कांग्रेसका गृहमन्त्री रमेश लेखकले सोमबार राजीनामा दिए, मंगलबार स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी र खेलकुद मन्त्री तेजुलाल चौधरीले पन
जीवछ उदासी लहान, भदौ २४ गते हिजो काठमाण्डौ केन्द्रित आन्दोलनमा उत्रिएका जिएनजी पुस्ताको आन्दोलन खबरदारीको रुपमा हुने सर्वत्र अनुमान थियो । लोकतन्त्रमा शान्तिपुर्ण प्रदर्शन गर्न पाइन्छ । गर्नपनि दिइनुपर्छ । शान्तिपूर्ण प्रदर्शन संसद भवनतर्फ अघि बढ्दै जाँदा सुरक्षाकर्मील चलाइयो गोली । दुई दर्जनभन्दा बढी युवाहरुको ज्यान गयो । सयौ घाइते भए । सोमबार राती देशवासीले सुत्नै पाएन । होनहार युवा विधार्थीहरु जसले जीवनका सुन्दर सपना बोकेका थिए तिनिहरुलाई सरकारको आदेशमा कसरी प्रहरी निर्मम भएर ठोके गोली, निरकुंश भए सरकारको नेतृ्रत्व गरेका प्रधानमन्त्री ओली । सोमबार शोकमा डुबेका राजधानी काठमाण्डौंको आन्दोलनम
फिरोज सिद्दिकी लहान (सिरहा) । सरकारले ल्याएको भूमि विधेयक गरिब, दलित र भूमिहीनहरूको हितविपरीत रहेको भन्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) सिरहाले कडा आपत्ति जनाउँदै आइतबार लहानमा बृहत् विरोध प्रदर्शन तथा कोणसभा गरेको छ। लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको र्याली विभिन्न नाराबाजी गर्दै बजार परिक्रमा गरी सहिद पार्क अगाडि पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रम क्षेत्र नं.–१ का क्षेत्रीय अध्यक्ष प्रयागलाल यादवको अध्यक्षता रहेको थियो। वक्ताहरूले भूमि विधेयक लागू भएमा चुरे क्षेत्रको विनाश, वन संहार, पानीको हाहाकार र मधेशमा खडेरी जस्ता गम्भीर समस्या निम
लहान । जिल्ला उद्योग वाणिज्य सङ्घ सिराहा, लहानका अध्यक्ष विकास शारडा सातजना माफिया व्यापारीको एजेन्ट, सानो व्यापारी वर्गको शत्रु र अविवेकी तथा गैरजिम्मेवार नेता रहेको आरोप लागेका छन्। महासचिव श्याम गुप्ताले आज पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएका हुन्। गुप्ताका अनुसार अध्यक्ष शारडा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा होइन, ठूला व्यापारी र माफियाहरूको स्वार्थ पुरा गर्न मात्र केन्द्रित छन्। उनी झुठो बोल्ने, सूचना च्यात्ने र चोर शैलीमा निर्णय गर्ने कार्यमा संलग्न छन्। महासचिव गुप्ताले अध्यक्ष शारडाको कार्यशैलीलाई अविवेकी, गैरजिम्मेवार र चोर शैलीको करार दिँदै २०८२ साल साउन ३० गते जारी नवीकरण सम्बन
फिरोज सिद्दिकी सिरहा, साउन १४ गते । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाभित्र इलाका प्रहरी कार्यालयको ५०० मिटर वरिपरिको क्षेत्रमा एक साताको अवधिमा हत्या, हिंसा, आगजनी, लुटपाट लगायतका आधा दर्जन जति आपराधिक घटनाहरू भएपछि स्थानीयबासी त्रसित बनेका छन् । यस्तै घटनाहरू प्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, सिरहाले गम्भीर ध्यानाकर्षण गराउँदै कडा आपत्ति जनाएका हुन्। एमाले जिल्ला कमिटीका अनुसार पछिल्लो समय धनगढीमाई क्षेत्रमा घटेका यस्ता जघन्य घटनाहरूले कानून–व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस्ता घटनाहरू अत्यन्तै दुःखद, निन्दनीय र
समृद्धिपथ दैनिक लहान, श्रवण ५ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विभिन्न शिर्षकमा भएको अनियमितता र मनपरी खर्चको विरोधमा नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिका कमिटीसहित पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरूले आइतवार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले सूचनाको हक अन्तर्गत विभिन्न योजना, गतिविधि, गाडी भाडा, संचालन खर्च लगायतमा व्यापक दुरुपयोग भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत अशोक सिंहको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। नेता तथा कार्यकर्ताहरूले गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरको ध्यानाकर्षण गराउँदै किसानहरूको ट्रान्सफर्मर जडान तथा खानेपानीको समस
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A