फिरोज सिद्दिकी ७ असार, लहान । जनता समाजवादी पार्टी (जसपा) नेपाल लहान नगर समितिले लहान नगरपालिकाको १६ औं नगरसभा बिना आवश्यक कानुनी प्रक्रिया सम्पन्न गरेको भन्दै कडा विरोध जनाएको छ। शनिबार जारी एक प्रेस विज्ञप्तिमा जसपा नेपालले नगरसभाको तयारीमा आवश्यक प्रक्रिया नअपनाइएको, उप-प्रमुखलाई अधिकारबाट वञ्चित गरिएको र पार्टीभित्रैका केही नेताले गलत प्रवृत्ति अपनाएको भन्दै गम्भीर आपत्ति जनाएको हो। नगर उप-प्रमुख राम चलितर महतो जसपा नेपालबाट निर्वाचित प्रतिनिधि हुन्। पार्टीका अनुसार, संविधान र स्थानीय ऐनले उप-प्रमुखलाई दिएको अधिकारको सम्मान नगरी नगरसभा आयोजना गर्नु गैरकानुनी कार्य हो। विज
फिरोज सिद्दिकी ७ असार, लहान । लहान नगरपालिकाको १६औं नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई प्रमुख विपक्षी दल नेकपा (एमाले) र सत्तारूढ गठबन्धनकै घटक नेकपा (माओवादी केन्द्र) ले कडा आलोचना गरेका छन्। उनीहरूले प्रस्तुत नीति तथा कार्यक्रमलाई 'कुशासनको निरन्तरता बोकेको कर्मकाण्डी दस्तावेज' को संज्ञा दिँदै त्यसको घोर विरोध गरेका हुन्। नेकपा (एमाले) लहान नगर कमिटीका अध्यक्षद्वारा सार्वजनिक गरिएको वक्तव्यमा भनिएको छ, '१६औं नगरसभा २०८१ सम्म आइपुग्दा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र सेवा प्रवाह क्षेत्रमा देखिएका जनअविश्वास र नीतिगत समस्या तथा चुनौतीहरू समाधान गर्ने दिशामा कु
एजेन्सी ५ असर । ईरान र इजरायलबीच जारी युद्धले विश्वव्यापी तनाव बढाइरहेका बेला उत्तर कोरियाले इजरायललाई कडा शब्दमा आलोचना गरेको छ। उत्तर कोरियाले इजरायललाई 'मध्यपूर्वको शान्तिका लागि क्यान्सर' भन्दै उसको आक्रामक कार्यशैलीले विश्व शान्ति र सुरक्षामा खतरा उत्पन्न गराएको आरोप लगाएको हो। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका प्रवक्ताले इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणहरूलाई मानवताविरुद्धको अपराध भन्दै कडा निन्दा गरेका छन्। कोरियाली सरकारी समाचार एजेन्सी KCNA का अनुसार बिहीबार उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गर्दै इजरायली सैन्य आक्रमणबाट इरानी नागरिक, ऊर्जा र
१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार मधेश प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री सुनिल कुमार यादवले उक्त बजेट प्रस्तुत गरेका हुन्। बजेटमध्ये १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ चालू खर्चतर्फ र ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। यो वर्षको बजेटमा पुँजीगत खर्चलाई प्राथमिकता दिइएको देखिन्छ। स्रोत व्यवस्थापन यथापि चुनौतीपूर्ण बजेटका लागि ९ अर्ब ५० करोड ८३ लाख रुपैयाँ आन्तरिक राजस्वबाट उठाउने लक्ष्य राखिएको छ। संघीय सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदानमार्फत
फिरोज सिद्दिकी १ असार, लहान । लहान नगरपालिकाका उप–प्रमुख रामचलितर महतोले नगरपालिकामा भइरहेको अनियमितता, गैरजिम्मेवार गतिविधि र आफूलाई गरिएको गलत व्यवहारको विषयमा प्रमुख प्रशासकीय अधिकृत जयकान्त झासँग लिखित जवाफ माग गरेका छन्। उप-प्रमुख महतोले पालिकाभित्र योजना छनोटदेखि बजेट विनियोजन, कार्यान्वयन प्रक्रियामा पारदर्शिता नहुनु, उप–प्रमुखको भूमिकालाई योजनाबद्ध रूपमा पन्छाउने प्रयास तथा पालिकाको आधिकारिक बैठक र निर्णयहरूमा समेत उपेक्षा गरिएको भन्दै गम्भीर आपत्ति जनाएका हुन्। उनले भने- संघीय लोकतान्त्रिक संरचनाअनुसार उप–प्रमुखको भूमिकालाई कानुनी रूपमा सुनिश्चित गरिएको भए पनि कार
काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। अख्तियारको टोलीले उनलाई राजधानी काठमाडौंको अनामनगरबाट पक्राउ गरेका हुन्। कुशवाहा महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनी मधेश प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत रहिसकेका छन्। यसअघि अख्तियारले १२ जेठमा कुशवाहाको घरमा छापा मारेको थियो। छापाको क्रममा अख्तियारले विभिन्न योजना सम्बन्धी कागजातहरू बरामद गरेको थियो भने उनका मोबाइलहरू नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको थियो। त्यसै दिन
धनुषा, जेठ ५ गते । । मिथिला नगरपालिकामा पाँच दिनदेखि जारी तालाबन्दीले स्थानीय जनजीवन प्रभावित बनेको छ। नगरपालिकाको कार्यालयमा दैनिक सेवा लिन आउने नागरिकहरू रित्तै फर्कन बाध्य छन्, कारण हो स्थानीय सरकारको आन्तरिक विवाद। मेयर महेन्द्र महतो र उप–मेयर सुनिता सिंह बुढाथोकीबीचको लामो समयदेखिको तनाव अन्ततः कार्यालय बन्द गर्ने स्थिति सम्म पुगेको छ। योजनामा सहभागिताका विषयमा उत्पन्न विवादले प्रशासनिक कार्य पूर्णरूपमा ठप्प बनाएको छ। तालाबन्दीका कारण नगरपालिकाबाट दिइने सामान्य सेवा जन्मदर्ता, मृत्यु दर्ता, सिफारिस, सामाजिक सुरक्षा भत्ता प्रक्रिया, विकास आयोजनाका अनुगमन र कार्यान्वयन सबै स्थगित छन
फिरोज सिद्दिकी नेपालगन्ज, वैशाख १९ गते । नेपाल मुस्लिम इत्तीहद संगठनले आफ्नो सातौं केन्द्रीय महाधिवेशनको सम्पूर्ण तयारी सम्पन्न गरेको छ। महाधिवेशन यही बैशाख २१ गते (शनिबार) बाँके जिल्लाको नेपालगञ्जस्थित 'मेरो प्लानेट' पार्टी प्यालेसमा आयोजना हुनलागेको आयोजकले जनाएको हो। कार्यक्रमका संयोजक तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य सेराज अहमद फारुकीले महाधिवेशनले संगठनको आगामी कार्यदिशा, मुस्लिम समुदायको अधिकार, प्रतिनिधित्व र राज्यका संरचनामा सहभागिता सुनिश्चित गर्ने विषयमा महत्वपूर्ण निर्णयहरू गर्ने जानकारी दिए। महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख आति
फिरोज सिद्दिकी सिराहा । यही वैशाख २० र २१ गते नेपालगन्जमा हुने मुस्लिम इत्तेहाद संगठनको ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा किसानहरुको समेत सक्रिय सहभागिता सुनिश्चित गर्न विशेष निमन्त्रणा गरिएको छ। बाँकेको खजुरा गाउँपालिकामा शुक्रबार सम्पन्न अखिल नेपाल किसान महासंघ बाँकेको अधिवेशनमा सहभागी हुँदै मुस्लिम इत्तेहाद संगठनका नेता तथा मुस्लिम फाँट इन्चार्ज मो. हारुन हलवाईले किसानहरुलाई महाधिवेशनमा उत्साहपूर्वक उपस्थित हुन आग्रह गरे हो। 'किसान हाम्रो समाजको मेरुदण्ड हुन्। उनीहरुको समस्या केवल गाउँको होइन, राष्ट्रिय एजेन्डा बन्नुपर्छ,' नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका हलवाईले भने
फिरोज सिद्दिकी सिरहा । लहान नगरपालिका वडा नम्बर १६ मा २५ लाख रुपैयाँको लागतमा निर्माण भएको मलामी विश्राम स्थलमा ठूलाे भ्रष्टाचार भएको आशंका स्थानीय बासिन्दाले व्यक्त गरेका छन्। जस्तापाताको सानो सेड जस्तो देखिने यो संरचना बुधबार नगर प्रमुख महेश चौधरीले उद्घाटन गर्दै यो २५ लाखको लागतमा निर्माण भएको बताए पछि स्थानीय आक्रोशित भएका हुन्। स्थानीयहरूका अनुसार सो विश्रामस्थल मुस्किलले दुई–तीन लाख रुपैयाँमै बन्न सक्थ्यो। तर यसमा २५ लाख रुपैयाँ खर्चिएको देखाइनु भ्रष्टाचारको स्पष्ट संकेत भएको उनीहरूको आरोप छ। “यस्तो सानो काममा यति धेरै चलखेल हुन्छ भने ठूला योजनामा कति कमिसन खा
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A