समाज

    Showing १११-१२० of ८१८ items.
  • प्रेस चौतारी नेपाल सिरहा शाखाको जिल्ला अधिवेशन आज हुँदै

    फिरोज सिद्दिकी  सिरहा, २४ माघ । प्रेस चौतारी नेपाल सिरहा शाखाको जिल्ला अधिवेशन आज बिहीबार सिरहाको गोलबजार नगरपालिका, चोहर्वामा हुने भएको छ। अधिवेशन दिउँसो १२:१५ बजे सुरू हुने तय गरिएको हो।   कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले मधेश प्रदेश इन्चार्ज एवं पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठ रहनुहुनेछ। साथै, प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव हिरा लामा, नेकपा एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, नेकपा एमाले जिल्ला अध्यक्ष डा. नवीन यादव, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा सम

    • प्रकाशित मितिः माघ २४, २०८१
    • ५४१ पटक पढिएको
    • समृद्धिपथ
  • सखुवानन्कारकट्टीमा कृषि तथा बगान श्रमिक संघ फाफुनको प्रथम भेला सम्पन्न

    फिरोज सिद्दिकी  लहान। सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ मा कृषि तथा बगान श्रमिक संघ (फाफुन)को प्रथम भेला सम्पन्न भएको छ। भेलामा फाफुन जिल्ला कमिटी अध्यक्ष कविता कुमारी चौधरीको अध्यक्षता तथा फाफुन केन्द्र सचिव प्रदिप कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रमबाट संजिता सिंहको अध्यक्षतामा सात सदस्यीय वडा कमिटी गठन गरिएको छ। साथै, उषा कर्णलाई जीफन्ट प्रतिनिधिको रूपमा चयन गरिएको छ। भेलामा नेकपा एमालेका नेता तथा पूर्व गाविस अध्यक्ष रामरायण यादव, फाफुन जिल्ला कमिटी सदस्य सुनिता चौधरी तथा अन्य श्रमिक नेताहरूको पनि उपस्थिति रहेको थियो।   कार्यक्रममा नेताहर

    • प्रकाशित मितिः माघ २३, २०८१
    • ५२५ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई ग्लोबल एकेडेमी लहानद्वारा सम्मान

    फिरोज सिद्दिकी लहान । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई ग्लोबल एकेडेमी लहानद्वारा विशेष सम्मान गरिएको छ। नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा, केन्द्रिय लेखा समिति संयोजक केसी लामिछानेलगायत प्रेस चौतारीका केन्द्रिय सदस्य अच्युत पौड्याल र जिवछ चौधरीलाई लहानमा विशेष सम्मान गरिएको हो। ग्लोबल एकेडेमी लहानका प्रधानाध्यापक कञ्चल साह तथा एकेडेमीका सञ्चालक एवं प्रेस चौतारी नेपाल सिरहा शाखाका अध्यक्ष शिव कुमार साहले संयुक्त रूपमा सम्मान गरेका थिए। कार्यक्रममा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार

    • प्रकाशित मितिः माघ २१, २०८१
    • ६३८ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा किसानको आन्दोलन तीव्र, खुट्टी खोला नहर ढलमा रूपान्तरणको विरोध

    फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाले खुट्टी खोला नहरलाई ह्युम पाइप राखेर ढलमा परिणत गर्ने योजनाविरुद्ध किसानहरु आन्दोलित बनेका छन्। संघर्षरत किसानहरुले नगरपालिकाले उच्च अदालत जनकपुर राजविराज इजलासको आदेशको गलत व्याख्या गर्दै जबरजस्ती विकास निर्माणको काम गरिरहेको आरोप लगाएका हुन्। खुट्टी खोला नहर संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै भने, "उच्च अदालतको आदेशअनुसार नहरको स्वरूप यथावत् राख्नुपर्ने र सिंचाइ प्रणालीलाई असर नपर्ने गरी मात्र विकास निर्माण गर्नुपर्ने भनिए पनि नगर प्रमुख भू-माफियाहरूसँगको साँठगाँठमा किसानको हितविपरीत निर्णय लाद्न खोजिरहेका छन्।" प

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ७०७ पटक पढिएको
    • समृद्धिपथ
  • किसानहरूले लहानका मेयर महेश चौधरीलाई दुर्व्यवहार गर्ने चेतावनी

    फिरोज सिद्दिकी  लहान । खुट्टी नहरलाई ढलमा परिणत गर्ने प्रयासको विरोधमा विगत ४ महिनादेखि आन्दोलनरत किसानहरूले अब लहान नगरपालिकाका मेयर महेश चौधरीलाई दुर्व्यवहार गर्ने चेतावनी दिएका छन्।   नगरपालिकाले खुट्टी नहरमा ढल निर्माण गर्ने काम सुरु गरेपछि किसानहरूले निरन्तर आन्दोलन गर्दै आएका हुन्। उनीहरूको भनाइ छ कि यो नहरले हजारौं बिघा खेतीयोग्य जमिनलाई सिञ्चित गर्ने छ। नहरलाई ढलमा परिणत गर्दा उनीहरूको कृषि निर्भरता पूर्णतः संकटमा पर्नेछ।   किसानहरूको आन्दोलनले चौतर्फी समर्थन प्राप्त गरिरहेको छ। उनीहरूले नगरपालिकासँग पटक–पटक वार्ताको प्रयास गरे पनि कुनै समाधान निस्कन न

    • प्रकाशित मितिः माघ १२, २०८१
    • ६८६ पटक पढिएको
    • समृद्धिपथ
  • ध्यनााकर्षण पत्रमा धर्नादेखि चक्काजामसम्मको कार्यक्रम सार्वजानिक

    जीवछ उदासीमाघ १० गते । खुटी नहरमा ह्युमपाइप नराखी सिँचाइको लागि खुल्ला रुपमा सञ्चालन गर्नको लागि खुटी नहर सिँचाइ संघर्ष समितिले इलाका प्रशासन कार्यालय लहानमा ध्यनाआकर्षण पत्र बुझाइएको छ । दुई वर्ष अगाडि नै लहान–१० खुटी खोला नहर सञ्चालनको लागि हेडवक्र्स समेत निर्माण भइसकेको अवस्थामा नहरमा ह्युमपाइप राखेर ढल निकासको लागि लहान नगरपालिकाले ठेक्का टेण्डर समेत लगाइ सकेको अवस्थामा संघर्ष समिसितले विभिन्न चरणको आन्दोलन समेत घोषणा गरिएको ध्यानाकर्षण पत्र बुझाउदै संघर्ष समितिका संयोजक धर्मराज चौधरीले जानकारी गरउनुभयो । बुझाइको ज्ञापनपत्रमा माघ १० गते विहिबार १० बजेदेखि ४ बजेसम्म लहान नगरपालिकाको

    • प्रकाशित मितिः माघ १०, २०८१
    • १,०३५ पटक पढिएको
    • समृद्धिपथ
  • आगो ताप्ने चिया पसलको ‘घुरा’ साझा वहसको थलो बन्दै

    जीवछ उदासी माघ १० गते शितलहर चलेपछि तराई मधेशको ग्रामीण भेग होस् चाहे सहरी क्षेत्र होस् न्यानो लुगा लगाएर मात्रै पुग्दैन । आगो ताप्न ‘घुरा’को महत्व पनि त्यतिकै हुने गर्दछ । लहानको मुख्य चोकमा रहेको रघुबीर चिया पसलको घुराको चर्चा यत्रतत्र हुन थालेको छ । यसलाई सामुहिक घुरा र वहस केन्द्रको रुपमा लिएर विहान वेलुका यहाँ विभिन्न क्षेत्रका अगुवाहरु घुरा ताप्न आउने गरेका छन् । लहान–२ का वडा सदस्य लाल मोहम्मद भन्नुहुन्छ,‘गाउँमा परालको घुरा सहरी क्षेत्रमा दाउराको घुरा शितलहर चलेपछि अति नै प्यारो हुने गर्दछ । जति न्यायनो ल्ुगा लगाएपनि केहिबेर विहान बेलुका घुरा तापेर सामाजिक परिव

    • प्रकाशित मितिः माघ १०, २०८१
    • ६०६ पटक पढिएको
    • समृद्धिपथ
  • लायन्स क्लब अफ लहान फुलबारीद्वारा नि:शुल्क चिया, बिस्कुट तथा कपडा वितरण कार्यक्रम सम्पन्न

    फिरोज सिद्दिकी  लहान। लायन्स क्लब अफ लहान फुलबारीको आयोजनामा दुर्गा मन्दिर, लहान–७ मा नि:शुल्क चिया, बिस्कुट तथा कपडा वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।   कार्यक्रम क्लबका अध्यक्ष शंकर प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथि जिल्ला उद्योग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष बिकास कुमार सारडाले समाजसेवाका यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश पुर्‍याउने बताए।   क्लबका चार्टर प्रेसिडेन्ट राकेश झाको सौजन्यमा आयोजना गरिएको कार्यक्रममा निवर्तमान अध्यक्ष राजाबाबु साह, लहान नपा–७ का वडा अध्यक्ष राम अवतार शर्मा, लहान नपा–२४

    • प्रकाशित मितिः माघ २, २०८१
    • ५६८ पटक पढिएको
    • समृद्धिपथ
  • समृद्धिको लागि कृषि सहकारी आवश्यक : सभामुख मण्डल

    जीवछ उदासीलहान,पुस २९ गते  मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले कृषि सहकारी समाजको समृद्धि गर्न उत्पादनको लागि आवश्यक भएको बताउनु भएको छ । जिल्ला कृषि सहकारी संघको ११ औ साधारणसभालाई उदघाट्न गर्दै यस्तो बताउनु भएको हो । साना पुँजीहरुलाई एकिकृत गरेर समाज समृद्धि गर्न गठन भएको सहकारीहरु सहकारी नीति अनुसार चल्नुपर्ने उहाँले जोड दिनुभयो । सभामुख मण्डलले भन्नुभयो,‘देश भरीमा नै अधिकांश सहकारीहरु ठगको काम गरिरहेको समाचारहरु बाहिर आइरहेकोले मधेश प्रदेश सरकारले मधेमा रहेका सहकारीहरुलाई सहि दिशा दिनको लागि बन्ने सहकारी ऐन निर्माणको लागि ध्यान दिन आवश्यक छ । कृषि ऐन मधेश प्रदेशले बनाइ सकेको

    • प्रकाशित मितिः माघ १, २०८१
    • ४९० पटक पढिएको
    • समृद्धिपथ
  • उपाध्यक्ष जगतप्रसाद यादवद्वारा राजीनामा

    गोलबजार । श्री रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस, गोलबजारका क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष जगतप्रसाद यादवले आफ्नो पदबाट राजीनामा दिएका छन्। यादवले व्यवस्थापन समितिमा सुशासनको अभाव र निर्णायक क्षमताको कमजोरीलाई कारण देखाउँदै राजीनामा दिएका हुन्। उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् कि क्याम्पसको गठन प्रक्रियामा अध्यक्ष पदका लागि आफू दावेदार भए पनि विभिन्न बाधा अड्काउका कारण नेतृत्वको मुख्य भूमिकामा पुग्न असफल भएका थिए। विद्यार्थी, प्राध्यापक तथा व्यवस्थापन समितिका सदस्यहरूको आग्रहमा उपाध्यक्ष पदमा बस्न तयार भए पनि उनले सो पदबाट क्याम्पसको उन्नति र प्रगति गर्न उपयुक्त वातावरण

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ४५९ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A