जीवछ उदासी मिर्चैया, भदौ ३१ गते ।जनजनमा माओवादी घरघरमा माओवादी जनतासंग माओवादी विशेष रुपान्तरण अभियान मिर्चैया नगरपाकिा वडा नम्बर–८ को सम्मेलन सम्पन्न भएको छ । अभियानले आन्तरिक एकता सुदृढ गर्न र संगठन विस्तार गर्न चलिरहेको नेकपा माअेवादी मधेश प्रदेश कमिटिका सदस्य तथा मिर्चैया नगरप्रमुख श्रवणकुमार यादवले बताउनु भएको छ । नेकपा मोओवादी सिरहा जिल्लामा अरुको कारणभन्दा आफ्नै आन्तरिक कारणले कमजोर देखापरेको उहाँले भन्दै पार्टी भित्रको विवादको विषय चिया पसल र सार्वजानिक ठाउँहरुमा बोलेर समाधान नहुने बताउनुभयो । पार्टीभित्रको समस्या समाधान गर्नको लागि पार्टीले तनि महिने अभियान ल्याएको प्रदेश
जीवछ उदासी लहान,भदौ ३० गते । लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पस लहानको प्रथम बैठक सौहाद्रपूर्ण रुपमा सम्पन्न भएको छ । बैठकले खाता संचालन,पोखरी र बगैंचा र विविध तीन प्रस्ताव पारित गरी बैठक सम्पन्न भएको हो । प्रथम बैठकमा क्याम्पस लहान नगरप्रमुख समेत रहनु भएको क्याम्पस अध्यक्ष महेश प्रसाद चौधरीको निर्देशनमा क्याम्पस प्रमुख संजय चौधरीले प्रस्ताव राख्नु भएको थियो । क्याम्पसको विधान अनुसार बैंक खाता नव निर्वाचित अध्यक्ष महेश प्रसाद चौधरी र क्याम्पस प्रमुख संजय चौधरीको नाममा बैंक खाता सञ्चालन गर्ने,पोखरी र बगैंचाको ठेक्का लगाउन नयाँ कार्यविधि बनाउन सञ्चा
सिरहा । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज नेपालमा पनि राष्ट्रिय बाल दिवस मनाएका छन् । नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ । संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । नेपालको संविधान र कानूनले बाल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हाे । बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई त्रिवि शिक्षण अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट विजयी भएका थिए । उनी एमाले संसदीय दलका उपनेतासमेत हुन् । नेम्वाङ विसं. २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका थिए ।
जीवछ उदासीलहान, भदौ २५ गते । सिरहा जिल्लाको दक्षिणी भारतको सीमाक्षेत्र र हुलाकी मार्गसँग जोडिएको औरही गाँउपालिका वडा नम्बर–४ इटाटारमा एक वर्षदेखि वडा कार्यालयले कक्षा एकदेखि दससम्म सञ्चालन गरेको कोचिङग कक्षाले सामुदायिक विद्यालयमा पढने विद्यार्थीहरुमा शैक्षिक सुधार देखिएको छ । वडाअध्यक्ष सुरेन्द्र कुमार यादवको अनुसार स्थानीय तहको चुनावमा सामुदायिक विद्यालयको सुधारको लागि निःशुल्क कोचिङग कक्षा सञ्चालन गर्ने प्रतिवद्धता अनुसार विगत एक वर्षदेखि कक्षा एकदेखि दशसम्मको विद्यार्थीहरुको लागि कक्षा सञ्चालनको लागि दसजना शिक्षक भर्नागरी विहान ५ः३० बजेदेखि ९ बजेसम्म कक्षा सञ्चालन हुँदै आइरहेको छ
लहान । सिरहाको स्थानीय तहका कर्मचारीहरुले आफूहरुलाई विभेद गरेको भन्दै निजामती सेवा दिवसको दिन हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा प्रस्तावित निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई निजामती नभनेको भन्दै उनीहरुले विरोध जनाएका हुन्। उनीहरुले कर्मचारीहरुको सेवा सुविधा, वृत्ति विकासको सुनिश्चित गर्नुपर्ने र प्रस्तावित संघिय निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामतीमा समेट्नुपर्ने माग गरेका छन्। त्यसैगरी आन्दोलित कर्मचारीहरुले संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको
लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लहानको नापी कार्यालयमा छापामारी गरि अमिनलाइ घुसको रकम सहित रङ्गेहात पक्राउ गरेको छ । अख्तियारको टोलीले नापी कार्यालयका अमिन दिपरन्जन यादवलाई १० हजार घुसको रकम सहित पक्राउ गरेको हो । बर्दिवासबाट आएका अख्तियारका टोलीले लहान १ मटियर्वास्थित नापी कार्यालय लहान अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयमा छापामारी गरेको थियो । अमिन यादवले साविक गा.वि.स.तरेगना गोविन्दपुरको गाउँब्लकका जग्गा कित्ता काट गर्न सेवाग्राही सग १० हजार घुसको रकम लिइ रहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ । पक्राउ परेका
जीवछ उदासी लहान,साउन ८ गते । लहान-३ स्थित प्रदेशिक अस्पताल लहानमा उपचार गराउन आउने विरामीहरुको चाप ह्वातै बढेका छन् । प्रादेशिक अस्पताल नामाकरण भएपछि चिकित्सक उपकरण र कर्मचारीहरुको संख्यामा वृद्धि भएपछि विरामीका चाप बढेका हुन् । अस्पतालको मेडिकल सुपरीडेन्टेड सुनिल कुमार कुशवाहाका अनुसार ओपिडीमा प्रत्येकदिन डेढ सयदेखि दुइसयसम्म विरामीहरुको उपचार हुनेगर्दछ । ओपिडीमा आठजना चिकित्सक दर्जनौ प्रकारका जाँच सुविधासम्पन्न प्रयोगशाला आधुनिक एक्सरे भिडियो एक्सरे र थाइरेडको समेत जाँच हुने यस अस्पतालमा अहिले चिकित्सकहरुको सन्तुलित टिमले उपचार गराउन आउने विरामीहरु उपचार पाएर खु
जीवछ उदासी लहान साउन ६ गते । नेपाली काँग्रेसका नेता तथा प्रजातान्त्रिक समाजवादका सिद्धान्तकार विपी कोइरालाको ४१ औ स्मृति दिवसको अवसरमा नेपली काँग्रेस लहान नगरकमिटि र विधार्थी संघले वृक्षारोपण गरेको छ । लहान नगर समितिको कार्यवाहक सभापति शितल प्रसाद चौधरीको नेतृत्वमा प्रदेशिक अस्पताल लहानमा र नेपाल विधार्थी संघको नेता सरोज कुमार यादवको अगुवाइमा लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पसको प्राङगनमा बृक्षारोपण गरिएको हो । वृक्षा रोपण गर्दै युवा नेताहरुले नेपाली काँग्रेस विपिको आदर्श विचार र प्रजातान्त्रिक समाजवादकोबाटो विर्सन नहुने र पार्टीको उच्च नेतृत्वलाई
सिराहा । सिराहामा एक महिला आफ्नै घरको शौचालय मृत अवस्थामा फेला परेकी छन् । सिराहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ हटलेटवा बस्ने स्थानीय धनिक लाल यादवको छोरा सुधन यादवकी श्रीमती अन्दाजी वर्ष २० की शान्ति यादव आफ्नै शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । सुधनसँग करिब ५ वर्ष अघि किशोरी उमेरमै बिहे गरेकी शान्तिसँग २ वर्षीय छोरी रहेकी छन् । उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । राती २ बजेको समयमा प्रहरीलाई जानकारी गएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । मृतको श्रीमान् सुधन वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् । उनी राती २ बजे झुन्डिएको भेटिएको परिवारजनको बयान छ । यद
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A