सिरहा । साउदी अरेवियाको मक्का मदिना हजगर्न जाने नेपाली हजयात्रीका लागि सरकारले निर्धारण गरेको शुल्क अव्यावहारिक भएको भन्दै सिरहाका मुस्लिम समुदायको ध्यानाकर्षण भएको जनाएका छन् । इस्लाम धर्मावलम्बीको पवित्र धार्मिक स्थल मक्कामदिनामा हज गर्न जाने नेपालीका लागि नेपाल हज कमिटीले तोकेको चर्को शुल्कप्रति आपत्ति जनाउँदै नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाले तत्काल सच्याउन सरकारसँग माग गरेका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत गृह मन्त्रालयलाई पठाइएको ज्ञापन पत्रमा तोकिएको चर्को शुल्कसम्बन्धी निणर्यको घोर निन्दा एवं भर्तसना गर्दै विगतको भन्दा दोब्बर शुल्क ब
काठमाडौं। बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रम झडप भएको छ। दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो। बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो। प्रहरीले धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न नदिएपछि झडप भएको हो। तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ। झडपका क्रममा स्थानीय र सुरक्षाकर्मी गरी एक दर्जन जति घाइते भएका छन्। धम्बोजी चोकलाई २०६२/६३ को जनआन्दोलनसम्म वीरेन्द्र चोक भनिन्थ्यो भने त्
लहान । पतिको दीर्घायुको कामना गर्दै तराई मधेशका जिल्लाहरुमा बटसावित्री ’बरसाइत’ पर्व मनाएका छन्। पतिको लामो आयु तथा दीर्घायु जीवनको कामना गर्दै सोमबार सिरहाको लहानमा पनि विवाहित महिलाले बटसावित्री पर्व मनाएका हुन्। आफ्ना पतिको दिर्घायु र सु-स्वास्थ्यको कामना गर्दै यस क्षेत्रका महिलाले यो पर्व मनाउने गर्छन् । वरको बृक्षमा धागो बाँधेर विधीपूर्वक पूजापाठ गर्दै यो पर्व मनाइन्छ । महिलाले बटवृक्षको नजिक पूजा गर्दा पतिको आयु लामो र स्वास्थ्य राम्रो हुने धार्मिक जनविश्वास रहि आएको छ। बटसावित्री पूजालाई मिथिला भाषामा ’बरसाइत’ पनि भन्ने चलन रहेको लहान ९ का व्रतालु लक्ष्मी साह
काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर जहाज सम्पर्कविहीन भएको छ । जहाजमा १९ यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना सवार थिए ।जहाज बिहान ९ बजेर ५५ मिनेटमा २ विदेशी, ४ भारतीय, १३ जना नेपाली ३ जना चालक दलका सदस्य थिए। जहाजमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए।यात्रुहरुमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजीना श्रेष्ठ थिए । यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामा
जीवछ उदासी लहान,जेठ १४ गते । सिरहा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएको केहि दिनपछि डा नविन यादव आफै झारु लिएर सरसफाईको लागि निस्कनु भएको छ । सुन्दर विकसित सिरहा नगरपालिका बनाउने प्रतिवद्धता गरेर मेयरमा सिरहा नगरवासीले जिताएकोले परिवर्तन र विकासको लागि सधैं अगुवाई गरिरहने उहाँले बताउनु भएको छ । मेयर नहुँदा सिरहा स्थित चन्द्र माध्यमिक विद्यालयलाई भौतिक र शैक्षिक परिवर्तनको लागि योगदान गरेकोले सिरहा नगरपालिकाको विकास र समृद्धिको लागि नगरवासीले सुम्पेको जिम्मेबारी पुरा गरि छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख यादवले भन्नुभयो,'शिक्षा स्वास्थ्य र कृष
सिरहा, ८ जेष्ठ। सिरहामा बाबु छोराको धारीलो हतियार प्रहार गरी हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका १ महनौरका करिव ६० वर्षिय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षिय छोरा सन्तकुमार पालको गएराती हत्या भएको हो । सन्तकुमारको यहि जेष्ठ ११ गते विवाह हुने भएकाले गाउँले महिलाहरु विवाह गीत गाएर करिव १२ बजे सुतेका बाबु छोराको करिव २ बजे राति हत्या भएको स्थानीयले जानकारी दिए । स्थानीयका अनुसार राती करिव १२ बजेसम्म गीत बजि रहेको थियो, विहान पख करिव ३ बजे हत्याको घटना गाउँ भरी फैलि सकेको हुनाले २ बजेको आसपासमा घटना भएको हुनसक्ने बताए । घरको छुट्टाछुट्टै घरमा बुबा र छोरा सुते
नेपाल-भारत सीमा क्षेत्रबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको सिम्रौनगढ बिओपी र बाहिनीको स्क्वाड टोलीले मोटरसाइकलमा आइरहेका उनीहरुलाई बाराको बस्तवारिया-कर्चौवा सडक खण्डबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारिका २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँका २२ वर्षीय अखलेश कुमार सिंह छन् । उनीहरको साथबाट एउटा चाइनिज पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली, एक थान लोड गरेको म्यागजिन, एक थान कटुवा पेस्तोल र त्यसको २ राउण्ड बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । बिआर ०१ सी १३१६१ भारतीय नम्बरप्लेटको मोटरसाईकलमा नेपालतर्फ आउँदै
जीबछ उदासी लहान, बैशाख 20 गते । लहान नगरपालिका र भगवानपुर गाउँपालिकाको बीचमा रहेको सखुवानन्कारकटि गाँउपालिकामा जति जति निर्वाचन नजिकिँदै गइरहेको छ, त्यति नै रोमाञ्चक प्रतिस्पर्धा हुने संकेत देखिन थालेको छ । चुनावको एक दुई दिन अगाडिको दिनलाई सेमि फाइनल भन्ने गरिन्छ । सेमि फाइनलमा जनता समाजवादी पार्टी र एकिकृत समाजवादी पार्टी आउट हुने र अन्तिम खेल यस पटक नेकपा एमाले र नेपाली काँग्रेसबीच नै हुने चर्चा मतदाताबीच हुन थालेको छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले जीत हासिल गरेको यस गाँउपालिकाका निर्वाचित जनप्रतिनिधिहरु नेकपा एमालेबाट फुटेर गठित एकिकृत समाजवादी रोजेका थिए । नेकपा एकिकृत समा
जीवछ उदासी बैशाख ५ गते । नेकपा एमालेको पोलिटब्युरो सदस्य,मधेस प्रदेशको सह-इन्चार्ज लिलानाथ श्रेष्ठले एमालेले जिते मात्रै समाजमा समृद्धि र विकास हुने बताउनु भएको छ । नेकपा एमाले सिरहा जिल्ला कमिटिमो पूर्ण बैठकलाई सिरहाको दहिपौरीमा सम्बोधनको क्रममा यस्तो बताउनु भएको हो । मधेस प्रदेशमा एमाले ठूलो पार्टी बन्न गइरहेको भन्दै उहाँले सिरहा जिल्लाको समृद्धि र विकासको लागि १७ वटै पालिकामा नेकपा एमाले स्थानीय चुनावमा बलियो हुनुपर्ने बताउनुभयो । नेता श्रेष्ठले थप्नुभयो,'गठबन्धन केहि पनि होइन,कसैले भत्काउनु पर्दैन आफै भत्किरहेको छ । एमालेको पक्षमा अझै जनलहर सृजना गर्न एमालेको न
वीरनायक सलहेशको गाथासँग जोडिएको सम्पदा मध्ये फूलबारीले मिथिला क्षेत्रको विशेष प्रतिनिधित्व र महत्व राख्दछ । दुसाध जातिको कुल देवताको रुपमा रहेको सलहेश मिथिला अञ्चलको निकै प्रभावशाली देवताको रुपमा आदरपूर्वक पूजिने गरिन्छ । सहलेश मिथिला अञ्चलका यस्ता देवता हुन जसको परिवारको प्रत्येक सदस्यलाई कुनै न कुनै रुपमा पुजिने गरेको पाइन्छ । अर्थात एक्कै शब्दमा भन्ने हो भने सलहेश परिवार देवताहरुको परिवार हो । यस परिवारमा सलहेश सबै भन्दा प्रमुख देवताको रुपमा पुजिदै आएको छ । यीनका माइला भाई मोतीराम पहलमानहरुको देवताको रुपमा पुजिन्छ । भनिन्छ पहलमानहरु कुस्ती खेल्न आखाडामा जानु अघि मोतीरामको स्मरण गर्दछन । यीन
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A