समाज

    Showing ५१-६० of ८१८ items.
  • बटसावित्री पर्व लहानसहित देशभर श्रद्धापूर्वक मनाइयो

    फिरोज सिद्दीकी सिरहा । महिलाको आस्था, प्रेम र आत्मबलको प्रतीक बटसावित्री (बरसाइत) पर्व सोमबार सिरहाको लहानसहित देशभर श्रद्धाभावपूर्वक मनाइएका छन्। विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु र सुखमय जीवनको कामना गर्दै धार्मिक विधिअनुसार पूजा–अर्चना गरेर मनाएका हुन्। हिन्दू धर्मावलम्बी महिलाहरू विशेषगरी बरको रूखमुनि विधिपूर्वक पूजापाठ गरी सावित्री–सत्यवानको कथाको स्मरण गर्छन्। यो पर्वले आत्मसमर्पण, निष्ठा र सांस्कृतिक आस्थालाई उजागर गर्छ। लहानदेखि ग्रामीण क्षेत्रसम्म बिहानैदेखि महिलाहरू नुहाएर नयाँ पहिरनमा सजिएर बरको रूखमुनि भेला भएका थिए। उनीहरूले बाँसको डालोमा सात प्रकारका फलफूल (ज

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • ५४४ पटक पढिएको
    • समृद्धिपथ
  • विद्यालय सम्बन्धी विवादमा समाचार प्रकाशनप्रति नेपाल थारु संघ सिरहाको प्रेस विज्ञप्ति

    लहान । नेपाल थारु संघ, जिल्ला कार्य समिति सिरहाले लहान–१ मा रहेको पशुपति आदर्श मावि सम्बन्धी समाचारप्रति गम्भीर आपत्ति जनाउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ। संघका अध्यक्ष अजय कुमार चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ— संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास, महोत्तरीको पत्र अनुसार विद्यालयमा नौ वर्षअघि पसल भाडा संकलनमा भ्रष्टाचार भएको उजुरीबारे अनुसन्धान गर्न लहान नगरपालिकालाई जानकारी दिइएको थियो। सो अनुरूप नगरपालिकाले विद्यालयसँग राय माग्दा विद्यालयले आवश्यक कागजातसहित जवाफ दिएको र सो प्रकरणमा सिरहा जिल्ला अदालतबाट वादीका अभिलेख प्रमाण नपुगेको भनी मि

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • ४६८ पटक पढिएको
    • समृद्धिपथ
  • ३१ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

    सिरहा, २०८२ जेठ ६ गते । सिराहा प्रहरीले एक पशुपालन तथा कृषि फार्मबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाको विशेष टोलीले शंकास्पद गतिविधिको सूचनाका आधारमा नरहा गाउँपालिका–१ स्थित फार्ममा छापा मार्दा सो फार्मबाट ३१ किलो ८२० ग्राम गाँजा बरामद भएको हो। प्रहरीका अनुसार, गत आईतबार राति साढे ११ बजे शिद्धीक्षा पशुपालन तथा कृषी फर्ममा गाँजा बिक्री भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक आकाश उप्रेतीको कमाण्डमा टोली खटिएको थियो। स्थानीय जनप्रतिनिधिको रोहबरमा फार्ममा खानतलासी गर्दा दुई वटा प्लास्टिकका बोरामा लुकाएर राखिएको गाँजा फे

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • ५४६ पटक पढिएको
    • समृद्धिपथ
  • पशुपति आदर्श मावि लहानको करोडौं भ्रष्ट्राचार प्रकरणमा अख्तियारको छानबिन, पूर्वमन्त्री पद्म नारायण चौधरी तानिए

    काठमाडौं । सिरहाको लहान नगरपालिका–१ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयले ८९ जना व्यापारीहरूसँग ९ वर्षअघि पसल सञ्चालनको नाममा उठाएको करोडौं रकममा भ्रष्टाचार भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले छानबिन प्रक्रिया थालेको छ। आयोगले २०८१ साल चैत २५ गते लहान नगरपालिकालाई पत्र पठाउँदै संलग्न विवरण, प्रमाण र राय प्रतिकृया १५ दिनभित्र पेश गर्न निर्देशन दिएको हो। पत्रमा विद्यालयले कुन प्रयोजनका लागि रकम संकलन गर्‍यो, संकलित रकमको मात्रा कति हो, र सो रकम केमा खर्च भयो भन्नेबारे स्पष्ट विवरण दिन भनिएको छ। आयोगले उक्त रकम संकलन सरकारी वा सामुदायिक विद्यालयलाई

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • २,०७२ पटक पढिएको
    • समृद्धिपथ
  • प्रहरी निरीक्षकद्वारा पत्रकारमाथि दुव्र्यवहार, प्रेस चौतारीको विरोध

    सिराहा, वैशाख २९ गते । प्रहरी निरीक्षक राज यादवद्वारा पत्रकार सुरेश रायमाथि गरिएको अमर्यादित, अपमानजनक र धम्कीपूर्ण व्यवहारप्रति प्रेस चौतारी नेपाल, सिराहा शाखाले गम्भीर आपत्ति जनाउँदै विरोध जनाएको छ। हिमालय टेलिभिजन र रातोमसि डटकमका सिराहा संवाददाता राय आइतबार गोलबजार–४ स्थित वर्धमान अस्पतालमा सुत्केरी महिलाको मृत्युसम्बन्धी घटनाको रिपोर्टिङ गर्न जाँदै गर्दा इलाका प्रहरी कार्यालय गोलबजार अगाडि प्रहरी निरीक्षक यादवले मोटरसाइकल रोकी हेल्मेट नलगाएको भन्दै पत्रकारलाई दुर्व्यवहार गरेको हो। प्रत्यक्षदर्शीका अनुसार, निरीक्षक यादवले रायलाई "हेल्मेट लगाउन आउँदैन? सिकाउनुपर्छ? सिकाइदिउँ?" भनेर

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ६१९ पटक पढिएको
    • समृद्धिपथ
  • श्रद्धालु भक्तजनलाई नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा निःशुल्क चिसो पानी वितरण

    फिरोज सिद्दिकी लहान, वैशाख २९ गते । लहान नगरपालिका–१५ स्थित ढोढनामा रहेको ऐतिहासिक राजदेवी पञ्चावती मन्दिर परिसरमा सोमबार लागेको मेलामा श्रद्धालु भक्तजनका लागि नेपाल मुस्लिम इत्तेहाद संगठन, लहान नगर कमिटीले निःशुल्क चिसो पानी वितरण गरेको छ। मेलामा दर्शन तथा भाकल चढाउन आएका भक्तजनलाई लक्षित गरी संगठनले चिसो पानी वितरणको कार्यक्रम आयोजना गरेको हो। संगठनका अनुसार, नेपाली समाजमा धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकता सुदृढ गर्न यस प्रकारका कार्यक्रम महत्वपूर्ण हुनेछन्। नेपाल मुस्लिम इत्तेहाद संगठनका नव निर्वाचित केन्द्रीय अध्यक्ष हारुण हल्वाईद्वारा घोषित “हाम्रो संगठनले मुस्ल

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ६६१ पटक पढिएको
    • समृद्धिपथ
  • बजार अनुगमनका क्रममा दर्ता नभएका र बिलबिजक नराख्ने पसलहरूलाई जरिवाना

    लहान । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज र इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा बिहीवार बजार अनुगमन गरिएका छन्। संयुक्त बजार अनुगमनका क्रममा लहान क्षेत्रमा सञ्चालित अधिकांश पसलहरू व्यवसाय दर्ता नगरी सञ्चालनमा रहेको, दर्ता भएका व्यवसायको नविकरण नगरेको, खरिदबिक्रीको बिलबिजक नराखेको तथा मूल्यसूची नराखेको अवस्थामा भेटिएका हुन्। अनुगमनका क्रममा अनियमितता भेटिएका पसलहरूमाथि जरिवाना तोकिएको छ। अनिता जनरल स्टोर्सलाई २० हजार, समाया ट्रेडर्सलाई १५ हजार, श्याम इलेक्ट्रोलाई १० हजार र मा इन्टरप्राइजेजलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यसैगरी महावीर वस्त्रालय, बाबा फेन्सी स्टोर्

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ५२५ पटक पढिएको
    • समृद्धिपथ
  • सिराहा प्रादेशिक अस्पतालमा तालाबन्दी खुल्यो, अस्पताल सुधारको मागबारे सोमबार पुनः छलफल हुने

    सिराहा । सिराहाको जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पतालमा शुक्रबार बिहान स्थानीय युवाहरूको समूहले गरेको तालाबन्दी प्रहरीले तत्काल खुलाएको छ। अस्पताल सुधारका मागसहित तीन दिनअघि अस्पताल प्रशासनलाई अल्टिमेटम दिए पनि बेवास्ता गरेको आरोपमा युवाहरूले अस्पताल प्रशासन खुल्नुअघि नै तालाबन्दी गरेका थिए। ८ वैशाखमा अस्पताल प्रशासनलाई २२ बुँदे मागपत्र बुझाएका स्थानीय युवाहरूले अस्पताल विकास समितिका अध्यक्ष सोहिन्द्रप्रसाद यादव र मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. सुनीलप्रसाद कुशवाहको कार्यकक्षमा तालाबन्दी गरेका थिए। तर, तालाबन्दी भएको केहीबेरमै प्रहरीले हस्तक्षेप गर्दै कार्यालयको ताला खोलिदिएको हो। सिरा

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • १,२०३ पटक पढिएको
    • समृद्धिपथ
  • चिकित्सक आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, आकस्मिकबाहेक सम्पूर्ण सेवा ठप्प

    लहान, १२ वैशाख । शिक्षक आन्दोलन अझै नसुल्झिँदै गर्दा चिकित्सकहरु समेत आन्दोलनमा उत्रिएपछि देशभरको स्वास्थ्य सेवा थप अस्तव्यस्त भएको छ। विगत २४ दिनदेखि विभिन्न मागसहित आन्दोलनरत शिक्षकहरु सडकमा रहेका बेला अब चिकित्सकहरुले समेत सरकारविरुद्ध आवाज उठाएका छन्। सरकारले आवासीय चिकित्सकहरुलाई आठौँ तहसरहको सेवा सुविधा दिने निर्णय गरेको भए पनि देशभरका मेडिकल कलेजहरुले उक्त निर्णयको अवज्ञा गर्दै कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरु आक्रोशित बनेका छन्। यही असन्तुष्टिका कारण उनीहरु आन्दोलनमा उत्रिएका हुन्। बिहीबार माइतीघर मण्डलामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग आन्दोलनरत चिकित्सकहरुको संव

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • ५६४ पटक पढिएको
    • समृद्धिपथ
  • चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा छानबिन समिति गठन

    सिरहा । चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहा निवासी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीले छानबिन समिति गठन गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यका अनुसार घटनाको गम्भीरताका कारण विशेष समिति बनाइएको हो। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा गठित छानबिन समितिमा इन्स्पेक्टर विक्रम शाह र एक जना सहायक हवलदार सदस्य छन्। डीआईजी आचार्यका अनुसार समितिलाई मृत्युअघिको घटनाक्रम, प्रहरी प्रशासनको भूमिका तथा मृत्युको कारणबारे विस्तृत अनुसन्धान गर्न कार्यादेश दिइएको छ। २५ वर्षीया आनन्दीदेवी सदाय वैशाख २ गते नवराजपुर गाउँपालिका–३, दोनबारी टोलस्थि

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • ५८५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A