लहान । पतिको दीर्घायु र मंगल कामना गर्दै विहिबार मिथिलाका महिला धार्मिक एवम् सांस्कृतिक वटसावित्री पर्व मनाएका छन् । सिरहाको लहान स्थित शिव मन्दिर परिसर, नयाँ बजार, पशुपति आदर्श माध्यमिक विद्यालय अगाडी रहेका वरको रुखलगायतका विभिन्न ठाउँका वरको रुखमुनि बिहानैदेखि पर्व मनाउने महिलाको घुइँचो लागेको छ । वर्षारम्भको समयमा मनाइने भएकाले यस पर्वलाई ‘बरसाइत पर्व’ पनि भन्ने गरिन्छ । यस पर्वको अवसरमा विवाहिताहरुले नुहाइधुवाई गरी नयाँ वस्त्र धारण गरेर धामिर्क विधिपूर्वक वरको रुख अर्थात् वटवृक्षको पूजा गर्छन् । यस अवसरमा बाँसको नयाँ पङखा, चना, चामल र मिठाई अनिवार्य रुपमा चढाउने गरिन्छ । ब्र
जिवछ उदासी सिरहा जिल्लाका कम्युनिष्ट आन्दोलनका धरोहरको रुपमा रहनु भएको ७८ वर्षिय पूर्व सांसद विष्णुलाल वाइवाको कोरोना सङक्रमणले उपचारको क्रममा निधन भएको छ । उपचारको क्रममा झापा दमक स्थित आम्दा अस्पतालमा विहिबार साँझ ७ बजेतिर निधन हुनु भएको वाइवा मधुमेह र उच्च रक्तचाप विरामी समेत हुनुहुन्थ्यो । उहाँको अभाव सिरहा जिल्लाको बाम आन्दोलनमा सधैं खडकिरहने बामदलका नेताहरुले उहाँप्रति श्रद्धा सुमन व्यक्त गर्दै यस्तो बताउनु भएका छन् । सिरहा कर्जन्हा नगरपालिका ५ बडहरामालका वाइवा २०४८ सालको निर्वाचनमा सिरहा–५ बाट संयुक्त जनमोर्चाबाट उम्मेदबार भई निर्वाचित हुनु भएको थियो । सदा जीवन उच्च बिचार कम्युन
जिवछ उदासी । कोभिड –१९नियणत्रणको लागि जनहितमा जारी सार्वजानिक सूचनालाई ध्यानमा राखी नेपाल बिजुली, पेन्टर, एलम्बर तथा निर्माण मजदुरको साझा युनियन (क्युपेक) को २५ औ स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी लहान–४ मा निर्मित खुटी खोला किनारको सडकमा बृक्षा रोपण गरेका छन् । बृक्षारोपण कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिका प्रमुख मुनि साहले ‘हाम्रो लहान, सुन्दर लहान’को पवित्र र जनहितमा केन्द्रित नारालाई कार्यान्वयन गर्न मजदुरहरुको समस्या समाधान गर्न नगर सरकार तयार रहेको विश्वास दिलााउदै क्युपेकमा आवद्ध ५१२ मजदूरहरुको स्वास्थ्य वीमामा नगरपालिकाले नै गरिदिने घो
सिरहा–३ बाट निर्वाचित जनमनको नेता बन्न सफल शालिन व्यक्तित्व सबैसँग मीठो शैलीमा कुरा गरेर धैर्यतापूर्वक समस्या सुन्ने र समस्या समाधानको लागि इमानदार प्रयास गर्न पछि नपर्ने नेकपा एमाले प्रदेश २ का सह–इन्चार्ज समेत रहनु भएको वर्तमान कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ मधेशी जनताको दुख सुखमा साथ मात्रै दिनुहुन्न राजनीतिक अधिकार दिलाउन समेत आवाज बुलन्द गरेर मधेशी जनताको प्यारो नेताको रुपमा पहिचान बनाउनु भएको मन्त्री श्रेष्ठसँग समृद्धिपथ अनलाइनको लागि पत्रकार जिवछ उदासीले गरेको कुराकानीको अंशः अध्यादेश मार्फत देश चलाउन थालियो । यसले लोकतन्त्र कमजोर भइरहेको विपक्ष
नेपाल अधिराज्यमै सबैभन्दा बढी वडा भएको लहान नगरपालिका,‘हाम्रो लहान समृद्ध लहान’ मूल नाराका साथ अघि बढन सहमति सहकार्य र एकताको आधारमा अघि बढाउन लागि पर्नु भएको लहान नगरप्रमुख मुनि साहसँग समृद्धिपथ अनलाइनको लागि पत्रकार जिवछ उदासीले गणतन्त्र दिवसको अवसरमा गरेको छोटो कुराकानीको अंश : आज गणतन्त्र दिवसको अवसरमा लहान नगरपालिकाको प्रमुखको हैसियतले नगरवासीहरुमा के सन्देस प्रवाह गर्न चाहन्हुन्छ ? – अत्यन्तै सान्दर्भिक प्रश्न गर्नुभयो । गणतन्त्रको संस्थागत विकासको लागि प्राप्त उपलब्धीहरुको रक्षा गर्दै सामाजिक न्याय सहितको विकास गरेर न्याय र समानता स्थापित गर्न तीनै तहको सरकारले
जिवछ उदासी लहान,जेठ १३ गते । लहान नगरपालिका –३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा राम नारायण मेहता चयन भएपछि त्यस विद्यालयको भौतिक विकासले गति लिन थालेको छ । भौतिक विकासको लागि अध्यक्ष मेहताले लहान नगरपालिका र विद्यालयलाई सहयोग गर्न सक्ने समाजसेवी दाताहरुलाई आकर्षित गराउन पहल थाल्नु भएको हो । लहान–३ का स्थानीय तथा भूतपूर्व त्यस वडाका वडाधयक्ष बद्रीलाल महतोको पुत्र चन्द्र नारायण कुशवाहाले आमा पानो देवी महतोको स्मृति दिवसको अवसरमा खानेपानीको लागि समर्सियल बोरिङग जडान गर्न एक लाख साठी हजारको चेक विहिबार एक औपचारिक कार्यक्रमकोबीच हस्तान्
जिवछ उदासी लहान नगरपालिकाभित्र केहि महिना यता चलेको डकैतीको शृङखलाको कारण लहान नगरको केहि वडामा भय त्रास नै छाएको थियो । आधा दर्जन भन्दा बढी घट्नाहरु घटेपनि संलगन लुटेराहरु समातिन सकेको थिएन । केहि दिन पहिले सिरहा प्रहरी प्रमुख डिएसपी हिरा वाहादुर पाण्डे आएपछि बढाउन थालेको प्रहरी गस्ती र सक्रियतामा इन्द्रदेव ठाकुरको घरमा डकैतीमा संलग्न हुन सक्ने शंकास्पद तीन जना युवालाई पक्राउ गरेको छ । डकैती गर्न आएका सवै २० देखि ३५ वर्ष भित्रकै नवयुवकहरु रहेको ठाकुरले प्रहरीलाई हुलियाबारे जानकारी गराउनु भएको थियो । सिरहामा हाजिरी हुने वित्तिकै एसपी पाण्डेले अपराधीहरु पतालमा लुकेपनि खोजेर पक्रिने जिल्लावासील
जिवछ उदासी लहान सिटी जेसिस २०२१ का अधयक्ष अजय कुमार जयसवाल र निवर्तमान अध्यक्ष बसन्त साहको पहलमा तीन जना युवा डाक्टरहरुले हेलो डाक्टर कार्यक्रम अन्तर्गत निःशुल्क सेवा परामर्श सुरु गरेका छन् । यो सेवा वेलुका तीन बजेदेखि साँझ सात बजेसम्म सुचारु रहने जनाएको छ । बढ्दो कोरोना सङक्रमणको वेला समान्य स्वास्थ्य समस्या हुँदा कहा जाने के गर्ने भन्ने समस्या सामाधानको लागि लहान सिटी जेसिसको पहलमा घरै बसी फोनबाट निःशुल्क परामर्शको लागि ‘हेलो डाक्टर’ कार्यक्रम सुरु गरिएको अध्यक्ष जयसवालले जानकारी दिनुभयो । दिउँसो तीन बजेदेखि साँझ सात बजेसम्म चल्ने हेलो डाक्टर कार्यक्रममा नवजात शिशु तथा बालरोग व
सप्तरी । नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ अध्यादेश जारी भएका खुसीयालीमा आज साँझ यहाँ मैनबत्ती प्रज्वलन गरिएको छ । संसद्मा नागरिकता विधेयकका रुपमा पेश भएको र विचाराधीन रहेको सो अध्यादेश जारी भएका खुसीयालीमा राजविराजसहित विभिन्न ठाउँमा स्वागत गरिएको छ । गजेन्द्रनारायण सिंहको सालिक रहेको राजविराजस्थित गजेन्द्र चोक र शहीद दशनचोकमा जनता समाजवादी पार्टी नेपालका नेताहरुले मैनबत्ती प्रज्वलन गरेका छन् । कार्यक्रममा महन्थ ठाकुर र राजेन्द्र महतो समर्थित जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवसहित जिल्लाका नेताको सहभागिता थियो । जसपाको मूल मागका रूपमा रहेको नागरिकतासम्बन्धी अध्यादेश जारी भएको ख
जिवछ उदासी लहान, प्रधानमन्त्री केपी शर्मा ओलीले कि त वैकल्पिक सरकार बनाउ कि त यहि सरकारलाई समर्थन गर्न सबै संसदमा भएका सबै राजनीति दलहरुसँग आग्रह गर्नु भएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । प्रधानमन्त्रीको फेसबुक लाइभको आधारमा यो सामाचार तयार गरिएको छ । अन्यौलता आराजकता र दिग्भ्रमित गरेर न त लोकतन्त्रको रक्षा हुने न त संविधान नै गतिशील रहने भन्दै कोभिड महामारीको वेलामा सहमति संवाद र एकताकै माध्यमबाट अघि वढ्न यहि दुई वाटा भरपर्दो विकल्प रहँदा रहँदै पनि आज ५ बजेसम्म कुनै विकल्पमा पुग्न नसके मुलुक चुानवमा जा
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A